प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg lesson ९ ques. १-५
  • तपाईँको परिवार कसरी आनन्दित हुन सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँको परिवार कसरी आनन्दित हुन सक्छ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको परिवार कसरी आनन्दित हुनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • पारिवारिक जीवन सफल पारौं
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg lesson ९ ques. १-५

पाठ ९

तपाईँको परिवार कसरी आनन्दित हुन सक्छ?

१. पारिवारिक आनन्दको लागि कानुनी रूपमा विवाह गर्नु किन महत्त्वपूर्ण छ?

एउटा दम्पती विवाह दर्ता गराउँदै

सुसमाचार आनन्दित परमेश्‍वर यहोवाबाट आउँछ। परिवारहरू आनन्दित भएको यहोवा चाहनुहुन्छ। (१ तिमोथि १:११) पहिलो विवाह गराइदिने उहाँ नै हुनुहुन्छ। पारिवारिक आनन्दको लागि कानुनी रूपमा विवाह भएको हुनै पर्छ। यसो गर्दा छोराछोरी हुर्काउनको लागि सुरक्षित वातावरण सृजना हुन्छ। ख्रिष्टियनहरूले विवाह दर्ता गर्ने सम्बन्धमा स्थानीय नियमकानुन पालन गर्नुपर्छ।—लुका २:१, ४, ५ पढ्‌नुहोस्‌।

विवाहलाई परमेश्‍वर कस्तो दृष्टिकोणले हेर्नुहुन्छ? विवाह पुरुष र स्त्रीबीचको स्थायी बन्धन भएको परमेश्‍वर चाहनुहुन्छ। पति र पत्नी आपसमा वफादार रहेको पनि परमेश्‍वर चाहनुहुन्छ। (हिब्रू १३:४) सम्बन्धविच्छेदलाई उहाँ घृणा गर्नुहुन्छ। (मलाकि २:१६) तर पति वा पत्नीमध्ये कसैले अवैध यौनसम्बन्ध राखेमा परमेश्‍वर तिनीहरूलाई सम्बन्धविच्छेद गर्न र पुनःविवाह गर्न अनुमति दिनुहुन्छ।—मत्ति १९:३-६, ९ पढ्‌नुहोस्‌।

२. पति-पत्नीले एकअर्कासित कस्तो व्यवहार गर्नुपर्छ?

आनन्दित पति र पत्नी

यहोवाले पुरुष र स्त्रीलाई एकअर्काको पूरकको रूपमा सृष्टि गर्नुभयो। (उत्पत्ति २:१८) परिवारको शिरको रूपमा पतिले आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्न र परमेश्‍वरबारे परिवारलाई सिकाउन नेतृत्व लिनुपर्छ। पतिले आफ्नी पत्नीलाई आत्मत्यागी प्रेम देखाउनुपर्छ। पति र पत्नी दुवैले एकअर्कालाई प्रेम र आदर गर्नुपर्छ। दुवै जना त्रुटिपूर्ण भएकोले एकअर्कालाई क्षमा दिन सिक्नै पर्छ। वैवाहिक सम्बन्धलाई आनन्दित बनाउने मुख्य कुरा यही हो।—एफिसी ४:३१, ३२; ५:२२-२५, ३३; १ पत्रुस ३:७ पढ्‌नुहोस्‌।

३. वैवाहिक जीवन आनन्दित छैन भन्दैमा सम्बन्ध तोड्‌न मिल्छ?

वैवाहिक जीवनमा समस्या आइपऱ्‍यो भने दुवैले एकअर्कालाई मायालु व्यवहार गर्ने कोसिस गर्नुपर्छ। (१ कोरिन्थी १३:४, ५) पति-पत्नीबीच खटपट हुँदैमा छुट्टिएर बस्न बाइबलले प्रोत्साहन दिँदैन।—१ कोरिन्थी ७:१०-१३ पढ्‌नुहोस्‌।

४. छोराछोरी हो, परमेश्‍वर तपाईँबाट के चाहनुहुन्छ?

बुबाआमा घरमा आफ्ना छोराछोरीलाई मदत गर्दै

यहोवा तपाईँ आनन्दित भएको चाहनुहुन्छ। युवावस्थामा कसरी आनन्दित हुन सकिन्छ भन्‍ने विषयमा उहाँ उत्तम सल्लाह दिनुहुन्छ। तपाईँले आफ्नो बुबाआमाको बुद्धि र अनुभवबाट लाभ उठाएको उहाँ चाहनुहुन्छ। (कलस्सी ३:२०) यहोवा तपाईँले उहाँ र उहाँको छोराको इच्छाअनुसार गर्दा पाइने आनन्द अनुभव गरेको पनि चाहनुहुन्छ।—उपदेशक ११:९–१२:१; मत्ति १९:१३-१५; २१:१५, १६ पढ्‌नुहोस्‌।

५. बुबाआमा हो, तपाईँका छोराछोरीहरू कसरी आनन्दित हुन सक्छन्‌?

बुबा आफ्नो छोरासित कुरा गर्दै

तपाईँले छोराछोरीको लागि गाँस, बास र कपास जुटाउन मेहनत गर्नुपर्छ। (१ तिमोथि ५:८) तर तिनीहरू आनन्दित हुनको लागि तपाईँले तिनीहरूलाई परमेश्‍वरलाई प्रेम गर्न र उहाँबाट सिक्न मदत गर्नुपर्छ। (एफिसी ६:४) परमेश्‍वरप्रति प्रेम देखाउने सन्दर्भमा तपाईँको उदाहरणले तपाईँको छोराछोरीको मनमा गहिरो असर पार्छ। छोराछोरीलाई परमेश्‍वरको वचनमा आधारित भएर प्रशिक्षण दिँदा तिनीहरूको सोचाइमा सकारात्मक प्रभाव पर्न सक्छ।—व्यवस्था ६:४-७; हितोपदेश २२:६ पढ्‌नुहोस्‌।

छोराछोरीलाई प्रोत्साहन दिँदा र तिनीहरूको प्रशंसा गर्दा तिनीहरूले लाभ उठाउँछन्‌। तिनीहरूलाई सुधार्नुपर्छ र अनुशासन पनि दिनुपर्छ। त्यस्तो प्रशिक्षणले तिनीहरूको आनन्द गुम्न सक्ने आचरणबाट तिनीहरूलाई जोगाउँछ। (हितोपदेश २२:१५) तर अनुशासन कहिल्यै पनि निर्दयी वा क्रूर हुनु हुँदैन।—कलस्सी ३:२१ पढ्‌नुहोस्‌।

बुबाआमा र छोराछोरीका लागि भनेर नै यहोवाका साक्षीहरूले बाइबलआधारित केही किताब तयार पारेका छन्‌।—भजन १९:७, ११ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय १४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने