प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg lesson १० ques. १-४
  • तपाईँ साँचो उपासना कसरी चिन्‍न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ साँचो उपासना कसरी चिन्‍न सक्नुहुन्छ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं साँचो धर्म कसरी चिन्‍न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • तपाईंले साँचो धर्म कसरी भेटाउन सक्नुहुन्छ?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • परमेश्‍वरको उपासना गर्ने सही तरिका
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg lesson १० ques. १-४

पाठ १०

तपाईँ साँचो उपासना कसरी चिन्‍न सक्नुहुन्छ?

१. के साँचो धर्म एउटै मात्र छ?

येसु सिकाउँदै

“झूटा भविष्यवक्‍ताहरूदेखि होसियार रहो।”—मत्ति ७:१५.

येसुले आफ्ना अनुयायीहरूलाई एउटै धर्म, साँचो धर्मबारे सिकाउनुभयो। त्यो अनन्त जीवनतर्फ डोऱ्‍याउने बाटोजस्तै हो। येसुले त्यो बाटो “भेट्टाउने थोरै हुन्छन्‌” भन्‍नुभयो। (मत्ति ७:१४) परमेश्‍वर उहाँको वचन बाइबलमा आधारित उपासना मात्र स्विकार्नुहुन्छ। सबै साँचो उपासकको विश्‍वास एउटै छ।—युहन्‍ना ४:२३, २४; १४:६; एफिसी ४:४, ५ पढ्‌नुहोस्‌।

के परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌

२. झूटा ख्रिष्टियनहरूबारे येसुले के भन्‍नुभयो?

एक जना धर्मगुरु चर्चमा भाषण दिंदै। पछि उसले युद्धमा सिपाहीहरूलाई आशिष्‌ दिँदैछ।

“परमेश्‍वरलाई चिनेका छौँ भनेर तिनीहरू खुलेआम घोषणा गर्छन्‌ तर आफ्ना कामहरूद्वारा भने उहाँलाई इन्कार गर्छन्‌।”—तितस १:१६.

झूटा भविष्यवक्‍ताहरूले ख्रिष्टियन धर्मलाई भ्रष्ट बनाउनेछन्‌ भनेर येसुले सचेत गराउनुभयो। तिनीहरू बाहिरबाट साँचो उपासकहरूजस्तै देखिन्छन्‌। तिनीहरू ख्रिष्टियन भएको दाबी गर्छन्‌। तर तिनीहरू वास्तवमा साँचो ख्रिष्टियन होइनन्‌। किन? साँचो उपासनाले मात्र असल गुणहरू देखाउने र त्यसैअनुसार काम गर्ने साँचो ख्रिष्टियन बन्‍न मदत गर्छ।—मत्ति ७:१३-२३ पढ्‌नुहोस्‌।

३. तपाईँ साँचो उपासकहरूलाई कसरी चिन्‍न सक्नुहुन्छ?

तिनीहरूलाई चिनाउने पाँच वटा कुरा याद गर्नुहोस्‌:

  • साँचो उपासकहरूले बाइबल परमेश्‍वरको वचन हो भनी मानिलिन्छन्‌। तिनीहरू यसका सिद्धान्तअनुसार जीवन बिताउने कोसिस गर्छन्‌। त्यसैले साँचो धर्म मानिसहरूको विचारमा आधारित धर्मभन्दा फरक छ। (मत्ति १५:७-९) साँचो उपासकहरूको बोली एउटा र व्यवहार अर्को हुँदैन।—युहन्‍ना १७:१७; २ तिमोथि ३:१६, १७ पढ्‌नुहोस्‌।

  • एक जना ख्रीष्टियन बाइबल भाषण दिन्छन्‌। पछि तिनले परमेश्‍वरको राज्यको विषयमा प्रचार गर्छन्‌, प्रकोपमा परेकाहरूलाई राहत वितरण गर्न मदत दिन्छन्‌ अनि वृद्धहरूलाई मदत गर्छन्‌।

    येसुका साँचो अनुयायीहरू परमेश्‍वरको नाम यहोवाको आदर गर्छन्‌। येसुले परमेश्‍वरको नामबारे अरूलाई बताएर उक्‍त नामको आदर गर्नुभयो। येसुले तिनीहरूलाई परमेश्‍वरलाई चिन्‍न र उहाँको नाम पवित्र पारियोस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। (मत्ति ६:९) तपाईँको इलाकामा कुनचाहिँ धर्मले परमेश्‍वरको नामबारे बताउँछ?—युहन्‍ना १७:२६; रोमी १०:१३, १४ पढ्‌नुहोस्‌।

  • साँचो ख्रिष्टियनहरू परमेश्‍वरको राज्यबारे प्रचार गर्छन्‌। परमेश्‍वरले येसुलाई राज्यको सुसमाचार प्रचार गर्न पठाउनुभयो। मानिसजातिको एउटै मात्र आशा परमेश्‍वरको राज्य हो। आफ्नो मृत्युसम्मै येसुले यसबारे कुरा गर्न छोड्‌नुभएन। (लुका ४:४३; ८:१; २३:४२, ४३) आफ्ना अनुयायीहरूले यसबारे प्रचार गर्नेछन्‌ भनेर उहाँले भन्‍नुभयो। तपाईँकहाँ परमेश्‍वरको राज्यबारे कुरा गर्न आउनेहरू कुन धर्मका हुन सक्छन्‌?—मत्ति २४:१४ पढ्‌नुहोस्‌।

  • येसुका अनुयायीहरू यस दुष्ट संसारका भाग होइनन्‌। तिनीहरू राजनीति र युद्धमा भाग लिँदैनन्‌। यसैबाट तपाईँ तिनीहरूलाई चिन्‍न सक्नुहुन्छ। (युहन्‍ना १७:१६; १८:३६) साथै तिनीहरू संसारमा व्याप्त हानिकारक बानी र मनोभावको नकल गर्दैनन्‌।—याकुब ४:४ पढ्‌नुहोस्‌।

  • साँचो ख्रिष्टियनहरू आपसमा उत्कृष्ट प्रेम देखाउँछन्‌। परमेश्‍वरको वचनबाट तिनीहरू सबै जातका मानिसलाई आदर गर्न सिक्छन्‌। झूटा धर्महरूले राष्ट्रहरूबीचको युद्धलाई पूरापूर समर्थन गरेका छन्‌। तर साँचो उपासकहरू त्यसो गर्दैनन्‌। (मिका ४:१-३) बरु तिनीहरू कुनै स्वार्थ नराखी आफ्नो समय र स्रोतसाधन अरूलाई मदत र प्रोत्साहन दिन चलाउँछन्‌।—युहन्‍ना १३:३४, ३५; १ युहन्‍ना ४:२० पढ्‌नुहोस्‌।

४. के तपाईँ साँचो धर्म चिन्‍न सक्नुहुन्छ?

कुनचाहिँ धर्मको सबै शिक्षा बाइबलमा आधारित छ? कुनचाहिँ धर्मले परमेश्‍वरको नामको आदर गर्छ? कुनचाहिँ धर्मले मानिसजातिको एउटै आशाको रूपमा परमेश्‍वरको राज्यको घोषणा गर्छ? कुन समूहले प्रेम देखाउँछ र युद्धलाई समर्थन गर्दैन? यसबारे तपाईँ के भन्‍नुहुन्छ?—१ युहन्‍ना ३:१०-१२ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय १५ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने