प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • T-30 pp. १-४
  • बाइबल कस्तो किताब हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल कस्तो किताब हो?
  • बाइबल कस्तो किताब हो?
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो भविष्य कस्तो होला?
    हाम्रो भविष्य कस्तो होला?
  • के मरिसकेका मानिसहरू फेरि बाँच्नेछन्‌?
    के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?
  • परमेश्‍वरको राज्य के हो?
    परमेश्‍वरको राज्य के हो?
  • कहिल्यै दुःखकष्टको अन्त होला?
    कहिल्यै दुःखकष्टको अन्त होला?
थप हेर्नुहोस्
बाइबल कस्तो किताब हो?
T-30 pp. १-४

बाइबल कस्तो किताब हो?

तपाईँ के भन्‍नुहुन्छ?

  • विदेशीहरूको किताब।

  • झूटा विवरणहरू भएको किताब।

  • परमेश्‍वरको वचन।

बाइबल के भन्छ?

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।”—२ तिमोथि ३:१६, नयाँ संसार अनुवाद।

यो कुरा साँचो हो भने यसबाट तपाईँलाई कस्तो फाइदा हुन्छ?

जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउनुहुनेछ।—हितोपदेश २:१-५.

जीवनको हरेक मोडमा चाहिने भरपर्दो डोऱ्‍याइ पाउनुहुनेछ।—भजन ११९:१०५.

सुन्दर भविष्यको आशा पाउनुहुनेछ।—रोमी १५:४.

एक पुरुष र एक स्त्री बाइबल पढ्‌दै; एउटा सुखी परिवार घुमघाम गरेर रमाइलो गर्दै

के यस कुरामा विश्‍वास गर्न सकिन्छ?

अवश्‍य। कम्तीमा तीन वटा कारण विचार गर्नुहोस्‌:

  • बाइबलका कुराहरूमा एकरूपता। बाइबल लेख्न १,६०० भन्दा धेरै वर्ष लागेको थियो। यो लगभग ४० जना मानिसले लेखेका थिए। तिनीहरूमध्ये कतिपयले एकअर्कालाई कहिल्यै भेटेका थिएनन्‌। तैपनि बाइबलका कुराहरूमा एकरूपता छ, बाझिएका छैनन्‌। पूरै बाइबल एउटा मूल विषयमा केन्द्रित छ।

  • इमानदार लेखकहरू। संसारका इतिहासकारहरूले अक्सर आफ्ना मानिसहरूको पराजय ढाकछोप गरिहाल्छन्‌। तर बाइबल लेखकहरूले भने आफूले र आफ्ना मानिसहरूले गरेको गल्ती प्रस्टै बताएका छन्‌।—२ इतिहास ३६:१५, १६; भजन ५१:१-४.

  • भरपर्दो भविष्यवाणी। येसुको जन्म हुनुभन्दा झन्डै ७०० वर्षअघि उहाँ यहुदाको सानो सहर बेतलेहेममा जन्मनुहुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (मिका ५:२) येसुको जन्म कहाँ भयो? त्यही सहरमा।—मत्ति २:१, ३-९.

    बाइबलमा अन्य थुप्रै भविष्यवाणी छन्‌। ती भविष्यवाणीहरूमा बताइएको सानोभन्दा सानो कुरा पनि पूरा भए। परमेश्‍वरको वचनबाट हामी यही आशा गर्छौँ नि, होइन र?—२ पत्रुस १:२१.

यसबारे सोच्नुहोस्‌

बुबा, आमा, छोरा र छोरी

परमेश्‍वरको वचनले कसरी तपाईँको जीवनलाई सुधार्न सक्छ?

यसैया ४८:१७, १८ र २ तिमोथि ३:१६, १७ मा बाइबलले यस प्रश्‍नको जवाफ दिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने