प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • T-33 pp. १-२
  • संसार कसको हातमा छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसार कसको हातमा छ?
  • संसार कसको हातमा छ?
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो भविष्य कस्तो होला?
    हाम्रो भविष्य कस्तो होला?
  • परमेश्‍वरको राज्य के हो?
    परमेश्‍वरको राज्य के हो?
  • के मरिसकेका मानिसहरू फेरि बाँच्नेछन्‌?
    के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?
  • कहिल्यै दुःखकष्टको अन्त होला?
    कहिल्यै दुःखकष्टको अन्त होला?
थप हेर्नुहोस्
संसार कसको हातमा छ?
T-33 pp. १-२

संसार कसको हातमा छ?

तपाईँ के भन्‍नुहुन्छ?

  • परमेश्‍वरको।

  • मानिसको।

  • वा अरू कसैको।

पवित्र शास्त्र के भन्छ?

“सारा संसार त्यस दुष्टको हातमा परेको छ।”—१ युहन्‍ना ५:१९.

“दियाबलका कामहरू नष्ट गर्ने उद्देश्‍यले नै परमेश्‍वरको छोरा प्रकट हुनुभएको थियो।”—१ युहन्‍ना ३:८, नयाँ संसार अनुवाद।

तपाईँले यो कुरा किन थाह पाउनुपर्छ?

संसारको अवस्था यतिबिघ्न खराब हुनुको कारण बुझ्नुहुनेछ।—प्रकाश १२:१२.

संसारको अवस्था सुध्रनेछ भनेर विश्‍वास गर्न सकिने आधार पाउनुहुनेछ।—१ युहन्‍ना २:१७.

संसारको राजनीति, सैन्य-शक्‍ति, धर्म र मानिसजाति सैतानको नियन्त्रणमा

के यस कुरामा विश्‍वास गर्न सकिन्छ?

अवश्‍य। कम्तीमा तीन वटा कारण विचार गर्नुहोस्‌:

  • सैतानको शासनको विनाश पक्का छ। यहोवा परमेश्‍वरले मानिसजातिलाई सैतानको हातबाट मुक्‍त गर्ने निश्‍चय गर्नुभएको छ। उहाँले ‘दियाबललाई नामेट पार्ने’ प्रतिज्ञा गर्नुभएको छ। सैतानले पुऱ्‍याएको सबै क्षतिलाई उहाँले सच्याउनुहुनेछ।—हिब्रू २:१४.

  • परमेश्‍वरले येसु ख्रिष्टलाई संसारको शासक हुन छान्‍नुभएको छ। अहिलेको संसारको कठोर तथा स्वार्थी शासक र येसुबीच आकाश जमिनको भिन्‍नता छ। येसुको शासनबारे परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्‌ . . . तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌।”—भजन ७२:१३, १४.

  • परमेश्‍वर झूट बोल्नुहुन्‍न। पवित्र शास्त्र स्पष्टै यसो भन्छ, “परमेश्‍वरले झूट बोल्न असम्भव” छ। (हिब्रू ६:१८) यहोवा परमेश्‍वरले कुनै कुरा गर्ने वचन दिनु भनेको त्यो पूरा गर्नुसरह हो। (यसैया ५५:१०, ११) “यस संसारको शासक बाहिर फ्याँकिनेछ।”—युहन्‍ना १२:३१.

यसबारे सोच्नुहोस्‌

एउटा परिवार सँगै घुमघाम गरेर रमाइलो गर्दै

यस संसारको शासकलाई हटाइएपछि संसारको अवस्था कस्तो हुनेछ?

भजन ३७:१०, ११ र प्रकाश २१:३, ४ मा पवित्र शास्त्रले यस प्रश्‍नको जवाफ दिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने