प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc पाठ २ पृ. ६-७
  • यहोवालाई माया गर्ने केटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई माया गर्ने केटी
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • इसहाकको लागि पत्नी खोज्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • रिबेका परमेश्‍वरको भय मान्‍ने उद्यमी स्त्री
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • इसहाकले असल पत्नी पाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • प्रार्थनाको शक्‍ति
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc पाठ २ पृ. ६-७
एलिएजर, रिबेका, नोकरहरू, १० वटा उँट, कनानतर्फ लामो यात्रा

पाठ २

यहोवालाई माया गर्ने केटी

धेरै वर्षअघिको कुरा हो। यहोवालाई माया गर्ने एउटी केटी थिई। उसको नाम रिबेका थियो। उसले पछि इसहाकसँग बिहे गरी। इसहाक पनि यहोवालाई माया गर्थ्यो। रिबेका र इसहाकको भेट कसरी भयो? रिबेकाले कसरी यहोवालाई माया गरी? अब उसको कथा सुन है!

इसहाकको बुबाको नाम अब्राहाम र आमाको नाम सारा थियो। तिनीहरू कनान भन्‍ने ठाउँमा बस्थे। त्यहाँका मान्छेहरू यहोवालाई माया गर्दैनथे। तर आफ्नो छोरा इसहाकले यहोवालाई माया गर्ने केटीसँग विवाह गरोस्‌ भन्‍ने अब्राहाम चाहन्थ्यो। त्यसैले उसले आफ्नो एउटा नोकरलाई हारान भन्‍ने ठाउँमा पठाउने विचार गऱ्‍यो। उसले एलिएजर नाम गरेको नोकरलाई हारान पठाएको हुनुपर्छ। हारानमा अब्राहामका नातेदारहरू बस्थे। अनि अब्राहामको नोकर एलिएजरले त्यहींबाट इसहाकको लागि दुलही खोज्नुपर्थ्यो।

रिबेका एलिएजरको उँटलाई पानी खुवाउँदै छिन्‌।

सबै उँटलाई पानी खुवाउनु गाह्रो थियो तैपनि रिबेकाले सबैलाई पानी खुवाई

अब्राहामका अरू नोकरहरू लिएर एलिएजर हारान भन्‍ने ठाउँमा जान्छ। हारान निकै टाढा थियो। त्यसैले तिनीहरूले दसवटा उँटमा खानेकुरा र उपहार बोक्छन्‌। हारान पुगेपछि तिनीहरू एउटा इनारनजिकै थकाइ मार्न बस्छन्‌। अब एलिएजरले इसहाकलाई सुहाउने दुलही कसरी भेट्टाउँछ? त्यस इनारमा केटीहरू पानी लिन आउँछन्‌ भनेर एलिएजरलाई थाह थियो। त्यसैले उसले यहोवालाई यसरी प्रार्थना गऱ्‍यो: ‘यहोवा, यहाँ पानी लिन आउने केटीलाई म पानी देऊ भन्छु, अनि जुन केटीले मलाई र मेरा उँटहरूलाई पानी दिन्छे, ऊ नै इसहाकको लागि तपाईंले छान्‍नुभएको दुलही हो भनेर मैले थाह पाउनेछु।’

नभन्दै रिबेका नाम गरेकी एउटी केटी इनारमा पानी लिन आउँछे। ऊ असाध्यै राम्री थिई। एलिएजरले उसलाई भन्छ, ‘ए नानी, मलाई पानी देऊ न!’ रिबेका भन्छे, ‘हुन्छ नि, म तपाईंलाई र तपाईंका उँटहरूलाई पनि पानी दिन्छु।’ तिमीलाई थाह छ, तिर्खाएको उँटले धेरै पानी खान्छ। त्यसैले ती उँटहरूले पनि टन्‍नै पानी खान्छन्‌! चित्रमा हेर त, रिबेका के गर्दै छे?— त्यति धेरै उँटहरूलाई पानी खुवाउन रिबेकाले कति पटक ओहोरदोहोर गरिहोली! एलिएजरचाहिं यहोवाले प्रार्थनाको जवाफ दिनुभएकोले दङ्‌ग पर्छ।

एलिएजरले रिबेकालाई थुप्रै उपहार दिन्छ। रिबेकाले एलिएजर र अरू नोकरहरूलाई घरमा बोलाउँछे। घर पुगेपछि एलिएजरले रिबेकाको बुबा, आमा, दाइ सबैलाई भेट्‌छ। त्यसपछि आफू किन हारान आएको र यहोवाले कसरी प्रार्थनाको जवाफ दिनुभयो भनेर बताउन थाल्छ। एलिएजरको कुरा सुनेपछि रिबेका र इसहाकको बिहे गरिदिन रिबेकाको बुबा, आमा, दाइ तयार हुन्छन्‌।

रिबेका एलिएजरसँगै कनान गई र इसहाकसँग बिहे गरी

तर रिबेका नि? इसहाकसँग बिहे गर्न उसले मानी कि मानिन?— एलिएजरलाई यहोवाले नै त्यहाँ पठाउनुभएको हो भनेर रिबेकाले बुझेकी थिई। त्यसैले बुबाआमा अनि दाइले ‘तिमी कनानमा गएर इसहाकसँग बिहे गर्छ्यौ त’ भनेर सोध्दा रिबेकाले ‘हुन्छ, म जान्छु’ भनी। रिबेका तुरुन्तै कनान जान्छे। कनान पुगेपछि उसले इसहाकलाई भेट्‌छे। त्यसपछि तिनीहरूको बिहे हुन्छ।

यहोवालाई जे मनपर्छ, रिबेकाले त्यही गरी। त्यसैले यहोवाले पनि उसलाई आशिष्‌ दिनुभयो। धेरै वर्षपछि रिबेकाकै परिवारबाट येशूको जन्म भयो। यहोवालाई मनपर्ने काम गऱ्‍यौ भने उहाँले तिमीलाई पनि आशिष्‌ दिनुहुनेछ।

बाइबल खोलेर पढ

  • उत्पत्ति १२:४, ५; २४:१-५८, ६७

प्रश्‍न:

  • रिबेका को थिई?

  • इसहाकले कनानको केटीसित बिहे गरेको अब्राहामलाई मन पर्दैनथ्यो, किन?

  • एलिएजरले इसहाकको लागि दुलही छान्‍नुअघि के गऱ्‍यो? उसले के भनेर प्रार्थना गऱ्‍यो?

  • रिबेकाले जस्तै तिमीले पनि के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने