प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc पाठ ३ पृ. ८-९
  • राहाब यहोवालाई विश्‍वास गर्छे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राहाब यहोवालाई विश्‍वास गर्छे
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • राहाबले जासुसहरूलाई लुकाइन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • राहाब जासुसहरूलाई लुकाउँछे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यरीहोको पर्खाल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • इस्राएलीहरू कनान प्रवेश गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc पाठ ३ पृ. ८-९
राहाब कौसीमा जासुसहरू लुकेको ठाउँमा आउँछिन्‌

पाठ ३

राहाब यहोवालाई विश्‍वास गर्छे

कनान भन्‍ने एउटा देश थियो। त्यहाँका मानिसहरू यहोवालाई विश्‍वास गर्दैनथे। कनान देशकै एउटा सहरको नामचाहिं यरीहो थियो। त्यो सहरमा राहाब नामकी एउटी केटीमान्छे बस्थी।

सानो छँदा राहाबले यहोवाबारे धेरै कुरा सुनेकी थिई। यहोवाको मदत पाएर मोशाले लाल समुद्रलाई दुई भाग पारेको कुरा उसलाई थाह थियो। अनि यहोवाले इस्राएलीहरूलाई मिश्र देशबाट छुटाएर ल्याएको कुरा पनि उसले सुनेकी थिई। त्यतिबेला इस्राएलीहरूका थुप्रै दुस्मन थिए। तिनीहरूसित लडाइँ गर्दा यहोवाले इस्राएलीहरूलाई नै जिताउनुभयो। यो कुरा पनि राहाबले सुनेकी थिई। लौ! अहिले त इस्राएलीहरू राहाब बसेको सहरनजिकै पो आइसकेछन्‌!

राहाब यहोवामा विश्‍वास गर्थी, त्यसैले उसले जासुसहरूलाई बचाई

साँझतिर दुई जना इस्राएलीहरू यरीहो सहर कस्तो रहेछ भनेर हेर्न सुटुक्क जान्छन्‌। अरूले थाह नपाउनेगरि यसरी सुटुक्क जाने मान्छेलाई जासुस भनिन्छ। ती जासुसहरू राहाबको घरमा पुग्छन्‌। राहाब तिनीहरूलाई भित्र बोलाउँछे। यरीहोका राजाले जासुसहरू आएका छन्‌ भनेर राती थाह पाउँछन्‌। राजाले ती जासुसहरूलाई समात्न मानिसहरू पठाउँछन्‌। राहाबले ती इस्राएली जासुसहरूलाई कौसीमा लगेर लुकाउँछे। राजाका सिपाहीहरू आएपछि राहाब यसो भन्छे: ‘हो, जासुसहरू यहाँ आएका थिए तर तिनीहरू गइसके। छिट्टै जानुस्‌, तिनीहरूलाई भेट्टाउनुहुन्छ होला!’ राहाबले ती जासुसहरूलाई किन बचाएकी, तिमीलाई थाह छ?— किनभने राहाब यहोवामा विश्‍वास गर्छे। अनि यहोवाले कनान देश इस्राएलीहरूलाई दिनुहुनेछ भनेर पनि उसलाई थाह थियो।

राहाबको घरबाट निस्कनुअघि ती जासुसहरूले उसलाई यसो भनेका थिए, ‘यरीहो सहर नाश हुँदा तिमी र तिम्रो परिवारलाई चाहिं केही हुनेछैन।’ तिनीहरूले त्यसपछि राहाबलाई के भनेका थिए, तिमीलाई थाह छ?— तिनीहरूले यसो भनेका थिए: ‘यो रातो डोरी लिऊ, यसलाई झ्यालबाहिर झुन्ड्याउनू। यसो गऱ्‍यौ भने तिम्रो घरभित्र बस्नेजति सबै जना बच्नेछन्‌।’ राहाबले तिनीहरूले भनेजस्तै गर्छे। त्यसपछि के हुन्छ, तिमीलाई थाह छ?—

यरिहोको पर्खालमा राहाबको झ्यालमा रातो डोरी झुण्डिरहेको छ

यहोवाले राहाब र उसको परिवारलाई बचाउनुभयो

केही दिनपछि इस्राएलीहरू यरीहो सहर आइपुग्छन्‌। तिनीहरू सहरको पर्खाल वरिपरि घुम्छन्‌। छ दिनसम्म तिनीहरू चुपचाप लागेर दिनको एकचोटि त्यसरी नै घुम्छन्‌। तर सातौं दिनमा चाहिं तिनीहरू सातपटक घुम्छन्‌। त्यसपछि ठूलो सोरले कराउँछन्‌। यहोवाको शक्‍तिले गर्दा सहरलाई घेर्ने ठूलो-ठूलो पर्खाल सबै ढल्छ। तर अचम्म! झ्यालमा रातो डोरी झुन्ड्याइएको घरलाई चाहिं केही हुँदैन! त्यो घर कहाँ छ, चित्रमा देखाऊ त?— राहाब र उसको परिवारलाई केही भएन!

राहाबबाट तिमीले के सिक्यौ?— राहाब यहोवामा विश्‍वास गर्थी। किनभने यहोवाले गरेका अचम्मका कामहरूबारे उसले थाह पाएकी थिई। तिमीले पनि यहोवाबारे धेरै कुरा सिक्दै छौ। तिमी पनि राहाबले जस्तै यहोवामा विश्‍वास गर्छौ?— गर्छौ नि, हैन र!

बाइबल खोलेर पढ

  • यहोशू २:१-२४; ६:१-५, १४, १५, २०-२५

  • हिब्रू ११:३१

प्रश्‍न:

  • सानो छँदा राहाबले के-के कुरा सुनेकी थिई?

  • जासुसहरूलाई राहाबले कसरी बचाई? राहाबले जासुसहरूलाई किन मदत गरेकी?

  • राहाबको घरबाट निस्कनुअघि जासुसहरूले के भनेका थिए?

  • राहाबले जस्तै तिमीले पनि के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने