प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc lesson ७ pp. १६-१७
  • बिचरा एलिया!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बिचरा एलिया!
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के तपाईं एलियाजस्तै वफादार हुनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवा परमेश्‍वर एलियालाई बलियो पार्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc lesson ७ pp. १६-१७
सानो केटो डराएर एक्लै बसिरहेको छ

पाठ ७

बिचरा एलिया!

चित्रमा यो सानो बाबुलाई हेर त! ऊ एक्लो छ। अनि डराएको जस्तो पनि देखिन्छ। तिमीलाई पनि कहिलेकाहीं त्यस्तै भएको थियो कि?— सबै जनालाई कहिलेकाहीं डर लाग्छ। अनि एक्लै छु जस्तो पनि लाग्छ। यहोवाको मिल्ने साथीहरूले पनि एक्लो महसुस गरेका थिए र तिनीहरू पनि डराएका थिए। बाइबलमा त्यस्ता थुप्रै मान्छेहरूको कथा छ। अब हामी एक जनाको कथा पढौं है। त्यो मान्छेको नाम एलिया हो।

रानी ईजेबेल रिसले चिच्याउँदै छिन्‌

ईजेबेल एलियालाई मार्न चाहन्थी

एलिया येशू जन्मनुभन्दा धेरै वर्ष पहिलाको मान्छे हो। ऊ इस्राएल भन्‍ने ठाउँमा बस्थ्यो। इस्राएलको राजाको नामचाहिं आहाब थियो। आहाब सत्य परमेश्‍वर यहोवालाई मान्दैनथ्यो। आहाब अनि उसकी श्रीमती ईजेबेल झूटो देवता बाललाई पूजा गर्थे। त्यसैले तिनीहरूको सिको गर्दै इस्राएलमा बस्ने थुप्रै मान्छेहरूले पनि बाल देवताको पूजा गर्न थाले। रानी ईजेबेल दुष्ट थिई। यहोवालाई मान्‍ने जति सबैलाई ऊ मार्न चाहन्थी। ऊ एलियालाई पनि मार्न चाहन्थी। एलियाले के गऱ्‍यो, तिमीलाई थाह छ?—

एलिया त्यो ठाउँ छोडेर भाग्छ! भाग्दा-भाग्दा ऊ धेरै टाढा पानी नभएको सुख्खा ठाउँमा पुग्छ। ऊ त्यहाँ गुफामा लुक्छ। किन होला?— हो, ऊ डराएको थियो। तर एलिया डराउनु पर्दैन थियो। किन? किनभने यहोवा परमेश्‍वरले मदत गर्नुहुन्छ भनेर उसलाई थाह थियो। योभन्दा अघि पनि यहोवाले आफू कत्ति बलियो छु भनेर एलियालाई देखाइसक्नुभएको थियो। उहाँले आकाशबाट आगो झारेर एलियाको प्रार्थनाको जवाफ दिनुभएको थियो। त्यसैले यहोवाले अहिले पनि एलियालाई मदत गर्न सक्नुहुन्थ्यो।

यहोवाले स्वर्गबाट आगो बर्साएर यलियाको प्राथनाको जवाफ दिनुभयो; यलिया गुफामा छन्‌; यहोवाले हौसला दिनुभएपछि यल्या खुसी हुन्छन्‌

यहोवाले एलियालाई कसरी मदत गर्नुभयो?

एलिया गुफामा लुकिरहेको बेला यहोवा ऊसित कुरा गर्नुहुन्छ। उहाँ एलियालाई सोध्नुहुन्छ: ‘तिमी यहाँ के गरिराखेको?’ एलियाले भन्छ: ‘यहोवा! तपाईंलाई मान्‍ने मै मात्र बाँकी छु। म एक्लै भएँ। मलाई अब मार्छन्‌ होला! मलाई असाध्यै डर लागिरहेको छ।’ यहोवालाई मान्‍ने जति सबैलाई ईजेबेलले मारिसकी होली भनेर एलियाले सोच्छ। तर यहोवा यसो भन्‍नुहुन्छ; ‘तिमी एक्लो छैनौ। मलाई मान्‍ने ७,००० मान्छे अझै जिउँदै छन्‌। नडराऊ! तिमीले अझ धेरै काम गर्न बाँकी छ!’ यो सुनेर एलिया खुसी भयो कि भएन, तिमीलाई कस्तो लाग्छ?—

एलियाको कथा पढेर तिमीले के सिक्यौ?— तिमीले कहिल्यै पनि एक्लो महसुस गर्नु पर्दैन अनि डराउनु पनि पर्दैन। यहोवालाई माया गर्ने अनि तिमीलाई माया गर्ने थुप्रै साथीहरू तिमीसितै छन्‌। अनि यहोवा धेरै बलियो हुनुहुन्छ। उहाँ तिमीलाई सधैं मदत गर्नुहुन्छ। तिमी कहिल्यै एक्लो हुँदैनौ! यो सुनेर तिमीलाई कस्तो लाग्यो?—

बाइबल खोलेर पढ

  • १ राजा १९:३-१८

  • भजन १४५:१८

  • १ पत्रुस ५:९

प्रश्‍न:

  • एलियाको पालामा धेरै मान्छेहरू कसको पूजा गर्थे? यहोवालाई मान्‍ने मान्छेहरूचाहिं कति थिए?

  • एलियालाई किन डर लागेको थियो?

  • यहोवाले एलियालाई के भन्‍नुभयो?

  • एलियाको कथा पढेर तिमीले के सिक्यौ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने