प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc lesson ९ pp. २०-२१
  • बोल्न नडराउने मान्छे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बोल्न नडराउने मान्छे
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यर्मियाजस्तै साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • निडर मान्छे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यर्मियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc lesson ९ pp. २०-२१

पाठ ९

बोल्न नडराउने मान्छे

आक्रोशित भीडले यर्मियालाई घेर्छ

मान्छेहरू यर्मियासित किन रिसाए?

यर्मियालाई हिलै-हिलो भएको इनारबाट निकालिन्छ

यहोवाले यर्मियालाई बचाउनुभयो

अरूलाई यहोवाको कुरा सुनाउँदा कसै-कसैले हामीलाई कस्तो जिस्काउँछन्‌ नि, हगि! अनि कोही-कोही त असाध्यै रिसाउँछन्‌ पनि। त्यस्तो बेला ‘अबदेखि म यहोवाको कुरै गर्दिनँ’ जस्तो लाग्न सक्छ। तिमीलाई पनि त्यस्तै लागेको थियो कि?— बाइबलमा त्यस्तै एक जना केटाको बारेमा लेखिएको छ। उसको नाम यर्मिया हो। ऊ यहोवालाई धेरै माया गर्थ्यो। तर पछि उसले यहोवाको कुरा अरूलाई बताउन छोड्‌नै लागेको थियो। अब हामी उसको बारेमा अझै पढौं है त!

एकदिन यहोवाले यर्मियालाई एउटा काम अह्राउनुहुन्छ। यर्मियाले मान्छेहरूलाई यसो भन्‍नुपर्थ्यो: ‘यहोवा भन्‍नुहुन्छ, अबदेखि खराब काम नगर!’ मान्छेहरूलाई यसो भन्‍न यर्मियालाई धेरै गाह्रो लाग्छ। ऊ डराउँछ। उसले यहोवालाई यसो भन्छ: ‘मलाई त बोल्नै आउँदैन। म त सानै छु।’ यहोवाले उसलाई भन्‍नुहुन्छ: ‘नडरा! म तँलाई मदत गर्छु।’

त्यसैले यर्मियाले मान्छेहरूलाई यसो भन्‍न थाल्छ: ‘तिमीहरूले खराब काम गर्न छोडेनौ भने यहोवाले तिमीहरूलाई सजाय दिनुहुन्छ।’ त्यो सुनेर मान्छेहरूले यर्मियाको कुरा माने होलान्‌ त?— अहँ, मानेनन्‌। बरु उल्टै, ती मान्छेहरू यर्मियालाई गिज्याउन थाल्छन्‌ अनि ऊ देखेर असाध्यै रिसाउँछन्‌। कोही-कोहीले त यर्मियालाई मार्न समेत खोज्छन्‌। यो देखेर यर्मियालाई कस्तो लाग्छ?— ऊ डराउँछ अनि यसो भन्छ: ‘अबदेखि म यहोवाको कुरा गर्दै गर्दिनँ।’ त्यसोभए के यर्मियाले यहोवाको कुरा गर्नै छोड्यो त?— अहँ, छोडेन। यर्मिया यहोवालाई धेरै माया गर्थ्यो। त्यसैले यहोवाको कुरा नगरी ऊ बस्नै सकेन। अनि यर्मियाले यहोवाको कुरा गर्न नछोडेकोले यहोवाले पनि उसलाई बचाउनुभयो।

एक चोटिको कुरा हो, केही खराब मान्छेहरूले यर्मियालाई हिलै-हिलो भएको इनारमा फालिदिन्छन्‌। यर्मियाले खाना, पानी केही पनि पाउँदैन। यर्मिया त्यही इनारमा मरोस्‌ भन्‍ने ती खराब मान्छेहरू चाहन्थे। तर यहोवाले यर्मियालाई बचाउनुहुन्छ।

यर्मियाको कथा पढेर तिमीले के सिक्यौ?— यर्मियालाई कहिलेकाहीं असाध्यै डर लाग्थ्यो। तैपनि उसले यहोवाको कुरा गर्न छोडेन। अरूलाई यहोवाको कुरा सुनाउँदा तिमीलाई पनि जिस्काउन सक्छन्‌; तिमीदेखि रिसाउन सक्छन्‌। त्यतिबेला तिमीलाई दुःख लाग्छ होला अथवा डर लाग्छ होला। तैपनि यहोवाको कुरा अरूलाई भन्‍न नछोड है! उहाँले तिमीलाई सधैं मदत गर्नुहुन्छ, यर्मियालाई जस्तै।

बाइबल खोलेर पढ

  • यर्मिया १:४-८; २०:७-९; २६:८-१९, २४; ३८:६-१३.

प्रश्‍न:

  • यहोवाले यर्मियालाई के भन्‍न लगाउनुभयो?

  • यर्मियाले किन यहोवाको कुरा भन्‍न छोड्‌नै लागेको थियो?

  • यहोवाले यर्मियालाई कसरी बचाउनुभयो?

  • यर्मियाको कथा पढेर तिमीले के सिक्यौ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने