प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc पाठ ११ पृ. २४-२५
  • येशूको कुरा लेख्ने मान्छेहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको कुरा लेख्ने मान्छेहरू
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • विश्‍वास, आचरण र प्रेमसम्बन्धी सल्लाह
    बाइबल—यसले दिने सन्देश के हो?
  • “अशिक्षित अनि साधारण मानिस”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc पाठ ११ पृ. २४-२५
येशूबारे लेख्ने व्यक्‍तिहरू--मत्ती, मर्कूश, लुका, यूहन्‍ना, पत्रुस, याकूब, यहूदा अनि पावल

पाठ ११

येशूको कुरा लेख्ने मान्छेहरू

चित्रमा हेर त! यी मान्छेहरू को हुन्‌?— मत्ती, मर्कूस, लूका, यूहन्‍ना, पत्रुस, याकूब, यहूदा र पावल। यिनीहरू येशू ख्रीष्टको समयका मान्छे हुन्‌। यिनीहरूले येशूको कुरा लेखे। आऊ, हामी यिनीहरूबारे अझ धेरै सिकौं।

यिनीहरू को हुन्‌?

येशूको कुरा लेख्ने तीन जना मान्छे त उहाँसँगै प्रचारमा जाने प्रेषितहरू थिए। तिनीहरूको नाम के हो तिमीलाई थाह छ?— तिनीहरू मत्ती, यूहन्‍ना र पत्रुस हुन्‌। प्रेषित मत्ती र प्रेषित यूहन्‍ना येशूलाई राम्ररी चिन्थे। यी दुवै जनाले येशूको बारेमा एउटा-एउटा किताब लेखेका छन्‌। प्रेषित यूहन्‍नाले प्रकाश नाम गरेको किताब अनि पहिलो यूहन्‍ना, दोस्रो यूहन्‍ना र तेस्रो यूहन्‍ना नामको किताब लेखेको थियो। प्रेषित पत्रुसले लेखेको दुइटा चिठ्ठीहरू पनि बाइबलमा छ। यी चिठ्ठीहरूलाई पहिलो पत्रुस अनि दोस्रो पत्रुस भनिन्छ। आफूले लेखेको दोस्रो चिठ्ठीमा प्रेषित पत्रुसले एउटा अचम्मको कुरा पनि लेखेको छ। एकदिन पत्रुस येशूसँगै हुँदा स्वर्गबाट यहोवा परमेश्‍वर बोल्नुभएको आवाज आएको थियो। यहोवाले तिनीहरूलाई येशू “मेरो प्यारो छोरा हो, म उसलाई माया गर्छु र म ऊदेखि खुसी छु” भन्‍नुभयो।

चित्रमा तिमीले देखेको अरू मान्छेले पनि येशूको कुरा लेखेका छन्‌। तिनीहरूमध्ये एक जना मर्कूस हो। सिपाहीहरूले येशूलाई समात्दा येशूसँगै भएको मान्छे मर्कूस हुनुपर्छ। त्यतिबेला के-के भयो, उसले सबै लेख्यो। येशूको कुरा लेख्ने अर्को मान्छे लूका हो। ऊ डाक्टर थियो। येशू मरेपछि मात्र लूका उहाँको चेला बनेको हुनुपर्छ।

चित्रमा तिमीले देखेका अरू दुई जना येशूका भाइहरू हुन्‌। तिमीलाई उनीहरूको नाम थाह छ?— उनीहरूको नाम याकूब र यहूदा हो। उनीहरूले सुरुमा त येशूको कुरा पत्याएनन्‌। ‘येशू त बौलायो’ पनि भने। तर पछि उनीहरूले येशूको कुरा पत्याए र उहाँको चेला बने।

तिमीले चित्रमा देखेको मध्ये बाँकी एक जनाचाहिं प्रेषित पावल हो। ख्रीष्टियन बन्‍नुअघि उसको नाम शावल थियो। ऊ ख्रीष्टियनहरूलाई घृणा गर्थ्यो। पावलले उनीहरूलाई धेरै दुःख दियो। त्यस्तो मान्छे कसरी ख्रीष्टियन बन्यो त?— एकदिन पावल बाटोमा हिंड्‌दै थियो। आकाशबाट कसैले बोलाएको आवाज उसले सुन्यो। त्यो येशूको आवाज थियो! ‘मेरो चेलाहरूलाई तिमीले किन दुःख दिएको?’ भनेर येशूले उसलाई सोध्नुभयो। त्यसपछि पावल राम्रो मान्छे बन्यो र उसले येशूको कुरा मान्‍न थाल्यो। ऊ येशूको चेला बन्यो। पावलले रोमीको किताबदेखि हिब्रूको किताबसम्म जम्मा १४ वटा किताब लेख्यो।

हामी दिनदिनै बाइबल पढ्‌छौं नि, हैन र?— बाइबल पढ्यौं भने हामीले येशूबारे धेरै कुरा सिक्न सक्छौं। के तिमी येशूबारे अझ धेरै कुरा सिक्न चाहन्छौ?—

बाइबल खोलेर पढ

  • २ पत्रुस १:१६-१८

  • मर्कूस ३:२१; १४:५१

  • यहूदा १

  • प्रेषित ९:१-१८

प्रश्‍न:

  • क-कसले येशूको कुरा लेखे?

  • येशूका दुई जना भाइले पनि बाइबलका किताब लेखेका थिए, तिनीहरूको नाम के-के हो?

  • कुन घटना भएपछि पावल येशूको चेला बन्यो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने