प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc पाठ १४ पृ. ३०-३१
  • पृथ्वीभरि परमेश्‍वरको राज्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वीभरि परमेश्‍वरको राज्य
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरका मित्रहरू प्रमोदवनमा बस्ने छन्‌
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • कसलाई पुनर्जीवित पारिनेछ? तिनीहरू कहाँ बस्नेछन्‌?
    महान्‌ शिक्षकबाट सिकौं
  • पूरै पृथ्वीमा परिवर्तन ल्याउने एउटा राज्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc पाठ १४ पृ. ३०-३१
सुन्दर पृथ्वीमा येशू राजा बनेर शासन गर्दै हुनुहुन्छ

पाठ १४

पृथ्वीभरि परमेश्‍वरको राज्य

अब हामी कसको राज्यबारे पढ्‌छौं, तिमी भन्‍न सक्छौ?— परमेश्‍वरको राज्यबारे। परमेश्‍वरको राज्यले यो पूरै पृथ्वीलाई अदनको बगैंचाजस्तै राम्रो बनाउनेछ। तिमी परमेश्‍वरको राज्यबारे अझ धेरै कुरा सिक्न चाहन्छौ?—

हरेक देशमा राजा हुन्छ। राजाले आफ्नो देशका मान्छेहरूमाथि शासन गर्छ। परमेश्‍वरको राज्यको राजा को हो, तिमीलाई थाह छ?— येशू ख्रीष्ट। उहाँ स्वर्गमा बस्नुहुन्छ। अब छिट्टै उहाँले पृथ्वीको सबै ठाउँमा राज्य गर्नुहुनेछ। येशूले पृथ्वीभरि राज्य गर्दा रमाइलो हुन्छ कि हुँदैन?—

पृथ्वी सुन्दर बगैंचा भएपछि तिमी के गर्न चाहन्छौ?

ओहो! त्यतिबेला कत्ति रमाइलो हुनेछ! पृथ्वी अदनको बगैंचाजस्तै भएपछि मान्छेहरूले एक-अर्कासित झगडा गर्नेछैनन्‌। देश-देशबीच लडाइँ पनि हुनेछैन। कोही पनि बिरामी हुनेछैनन्‌। अनि कोही पनि मर्नेछैनन्‌। अन्धाहरूले देख्न थाल्नेछन्‌, बहिराहरूले सुन्‍न थाल्नेछन्‌। हिंड्‌न नसक्ने मान्छेहरू पनि दौडन र उफ्रन थाल्नेछन्‌। त्यहाँ धेरै खानेकुरा पाइनेछ। जनावरहरू एकअर्कासित अनि हामीसित पनि मिलेर बस्नेछन्‌। मरिसकेको मान्छे फेरि जिउँदो हुनेछ। रिबेका, राहाब, दाऊद र एलियाबारे हामीले थाह पायौं नि, हगि! हो, तिनीहरू पनि फेरि जिउँदो हुनेछन्‌! तिमी तिनीहरूलाई भेट्‌न चाहन्छौ?—

यहोवा तिमीलाई माया गर्नुहुन्छ। अनि तिमी खुसी भएको चाहनुहुन्छ। यहोवाको कुरा सिक्न र उहाँको कुरा मान्‍न छोडेनौ भने तिमी पनि सुन्दर बगैंचामा सधैंभरि बस्न पाउनेछौ। पृथ्वी सुन्दर बगैंचा भएपछि तिमी पनि त्यहाँ बस्न चाहन्छौ?—

बाइबल खोलेर पढ

  • यशैया २:४; ११:६-९; २५:८; ३३:२४; ३५:५, ६

  • यूहन्‍ना ५:२८, २९; १७:३

प्रश्‍न:

  • परमेश्‍वरको राज्यको राजा को हो?

  • येशूले कस्तो मान्छेमाथि राज्य गर्नुहुनेछ?

  • येशूले पृथ्वीमा राज्य गर्दा के-के हुनेछ?

  • सुन्दर बगैंचामा सधैंभरि बस्न तिमीले के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने