प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • hf भाग १ पृ. ३-५
  • परिवार सुखी बनाउन मदत खोज्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवार सुखी बनाउन मदत खोज्नुहोस्‌
  • सुखी परिवार तर कसरी?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ आफ्नो भूमिका पूरा गर्नुहोस्‌
  • २ जीवनसाथीको भावना बुझ्नुहोस्‌
  • ३ मिलेर काम गर्नुहोस्‌
  • आफ्नो जोडीसित आदरपूर्वक व्यवहार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • वफादार हुनुहोस्‌
    सुखी परिवार तर कसरी?
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
सुखी परिवार तर कसरी?
hf भाग १ पृ. ३-५
विवाहको दिनमा श्रीमान्‌ र श्रीमती

अध्याय १

परिवार सुखी बनाउन मदत खोज्नुहोस्‌

“जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै नर र नारी बनाउनुभयो।”—मत्ती १९:४

यहोवाa परमेश्‍वरले पहिलो पुरुष र स्त्रीको विवाह गराइदिनुभयो। यसबारे बाइबल यसो भन्छ, उहाँले स्त्रीलाई “मानिसकहाँ ल्याउनुभयो।” ती स्त्रीलाई देखेर पहिलो मानिस आदम असाध्यै खुसी भए। तिनले आफ्नो खुसी यसरी व्यक्‍त गरे, “यो त मेरै हाडको हाड र मासुको मासु हो।” (उत्पत्ति २:२२, २३) हो, यहोवा परमेश्‍वर विवाहित दम्पतीहरू यसरी नै सुखी भएको चाहनुहुन्छ।

तपाईंलाई लाग्ला, विवाह गरेपछि जीवन सुखैसुखमा बित्नेछ। तर वास्तविकता के हो भने श्रीमान्‌-श्रीमतीबीच जति नै माया भए तापनि समस्या त आउँछ नै। (१ कोरिन्थी ७:२८) तपाईंले यस पुस्तिकामा बाइबलका थुप्रै व्यावहारिक सल्लाह पाउनुहुनेछ। ती सल्लाह पालन गर्नुभयो भने तपाईंको पारिवारिक जीवन सुखी हुनेछ।—भजन १९:८-११.

१ आफ्नो भूमिका पूरा गर्नुहोस्‌

बाइबल के भन्छ? परिवारको शिर पति हो।—एफिसी ५:२३.

तपाईं श्रीमान्‌ हुनुहुन्छ भने तपाईंले श्रीमतीको ख्याल राखेको यहोवा परमेश्‍वर चाहनुहुन्छ। (१ पत्रुस ३:७) उहाँले स्त्रीलाई पुरुषको सहयोगीको रूपमा बनाउनुभयो। (उत्पत्ति २:१८) त्यसैले तपाईंले श्रीमतीलाई माया अनि आदर गरेको उहाँ चाहनुहुन्छ। तपाईं कसरी यसो गर्न सक्नुहुन्छ? आफ्नो भन्दा उनको इच्छालाई प्राथमिकता दिएर।—एफिसी ५:२५-२९.

तपाईं श्रीमती हुनुहुन्छ भने तपाईंले श्रीमान्‌को आदर गरेको यहोवा चाहनुहुन्छ। अनि तपाईंले श्रीमान्‌लाई तिनको भूमिका पूरा गर्न पनि मदत गर्नुपर्छ। (१ कोरिन्थी ११:३; एफिसी ५:३३) तिनले गरेको निर्णयमा सहमत हुनुहोस्‌ अनि तिनको हरेक काममा साथ दिनुहोस्‌। (कलस्सी ३:१८) यसो गर्नुभयो भने तपाईं श्रीमान्‌ र यहोवाको नजरमा बहुमूल्य हुनुहुनेछ।—१ पत्रुस ३:१-६.

यसो गरेर हेर्नुहोस्‌:

  • आफूमा सुधार्नुपर्ने केही कुरा छ कि भनेर जीवनसाथीलाई सोध्नुहोस्‌। तिनको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌ अनि त्यसैअनुसार गर्नुहोस्‌।

  • धैर्य गर्नुहोस्‌ किनभने एकअर्कालाई कसरी खुसी बनाउने भनेर सिक्न समय लाग्छ।

२ जीवनसाथीको भावना बुझ्नुहोस्‌

बाइबल के भन्छ? जीवनसाथीलाई मन पर्ने कुराहरूमा ध्यान दिनुहोस्‌। (फिलिप्पी २:३, ४) तिनीसित कोमल व्यवहार गर्नुहोस्‌। किनभने यहोवा आफ्ना सेवकहरूले “सबैसित कोमल व्यवहार” गरेको चाहनुहुन्छ। (२ तिमोथी २:२४) “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमान्‌को बोलीले मानिसलाई निको पार्छ।” त्यसैले सोचविचार गरेर मात्र बोल्नुहोस्‌। (हितोपदेश १२:१८) मायालु भई बोल्न तपाईंलाई यहोवाले मदत गर्नुहुनेछ।—गलाती ५:२२, २३; कलस्सी ४:६.

यसो गरेर हेर्नुहोस्‌:

  • जीवनसाथीसित गम्भीर विषयमा कुरा गर्न लाग्नुभएको छ भने पहिले यहोवासित प्रार्थना गर्नुहोस्‌। शान्त भएर कुरा गर्न र आफ्नो कुरामा जिद्दी नगर्न मदत माग्नुहोस्‌।

  • के भन्‍ने अनि कसरी भन्‍ने, पहिल्यै विचार गर्नुहोस्‌।

३ मिलेर काम गर्नुहोस्‌

बाइबल के भन्छ? विवाह गरेपछि तपाईंहरू दुवै “एउटै शरीर” हुनुभयो। (मत्ती १९:५) तैपनि तपाईंहरूको व्यक्‍तित्व अनि सोच्ने तरिका फरक-फरक छ। त्यसैले सहमतिमा पुग्न र एकअर्काको भावना बुझ्न दुवैले सिक्नुपर्छ। (फिलिप्पी २:२) निर्णय गर्दा दुवै जना एकअर्काको कुरामा सहमत हुनु आवश्‍यक छ। बाइबल यसो भन्छ, ‘सल्लाह लिएर योजनाहरू बनाऊ।’ (हितोपदेश २०:१८, NRV) त्यसैले महत्त्वपूर्ण निर्णय गर्नुअघि बाइबलमा कस्तो सल्लाह दिइएको छ, खोज्नुहोस्‌।—हितोपदेश ८:३२, ३३.

श्रीमान्‌ र श्रीमती मिलेर लुगा सुकाउँदै अनि भाँडा माझ्दै

यसो गरेर हेर्नुहोस्‌:

  • रिपोर्ट दिएजस्तो गरी कुरा नगर्नुहोस्‌; मनमा लागेको कुरा खुलेर बताउनुहोस्‌।

  • कसैलाई वचन दिनुअघि जीवनसाथीसित सरसल्लाह गर्नुहोस्‌।

a बाइबलअनुसार परमेश्‍वरको नाम यहोवा हो।

व्यावहारिक र सकारात्मक हुनुहोस्‌

आफू र आफ्नो जीवनसाथीबाट गल्ती हुन्छ भनेर मानिलिनुहोस्‌। (भजन १०३:१४; याकूब ३:२) जीवनसाथीको राम्रा गुणहरूमा ध्यान दिने कोसिस गर्नुहोस्‌। बाइबलका सल्लाहहरूले अवश्‍य काम गर्छ भनेर ढुक्क हुनुहोस्‌ र धैर्य गर्नुहोस्‌। (२ तिमोथी ३:१६) यहोवाको सल्लाह व्यवहारमा उतार्ने प्रयास गर्नुभयो भने उहाँले इनाम दिनुहुनेछ र तपाईंको वैवाहिक सम्बन्ध दिन प्रतिदिन बलियो हुँदै जानेछ।—गलाती ६:९.

आफैलाई सोध्नुहोस्‌ . . .

  • म आफ्नो भन्दा श्रीमान्‌/श्रीमतीको धेरै ख्याल राख्छु भनेर के तिनले महसुस गर्न सकेका छन्‌?

  • मैले आज आफ्नो श्रीमान्‌/श्रीमतीलाई कसरी माया अनि आदर गरें?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने