गीत १५३
भन कस्तो लाग्छ?
१. भन कस्तो लाग्छ:
जोसका साथ प्रचार गर्दा,
आफ्नो काम पूरा गर्दा,
नम्रको मन छुँदा?
सकेजति गर्छौं;
बाँकी याहलाई छोड्छौं।
चिन्छन् उनी असल मन
भएकाहरूलाई।
(कोरस)
हे यहोवा, खुसी छौं है
तनमन लगाई सेवा गर्दा।
तिम्रो नै प्रशंसा गर्छौं,
यो जिन्दगी भरि।
२. भन कस्तो लाग्छ:
कसैले चासो दिंदा,
जीवनको सन्देश सुन्ने
कुनै मानिस भेट्दा?
सबैले सुन्दैनन्
तर निराश हुँदैनौं।
याह नाउँ वहन गर्छौं,
राज्य प्रचार गर्छौं।
(कोरस)
हे यहोवा, खुसी छौं है
तनमन लगाई सेवा गर्दा।
तिम्रो नै प्रशंसा गर्छौं,
यो जिन्दगी भरि।
३. भन कस्तो लाग्छ:
याहको मदत पाउँदा,
तिमीले पाएको काम
पूरा गर्न पाउँदा?
गर्वले सुनाउँछौं,
दयालु भै सिकाउँछौं।
खोज्छौं योग्यहरूलाई
समय बाँकी छँदै।
(कोरस)
हे यहोवा, खुसी छौं है
तनमन लगाई सेवा गर्दा।
तिम्रो नै प्रशंसा गर्छौं,
यो जिन्दगी भरि।
(प्रेषि. १३:४८; १ थिस्स. २:४; १ तिमो. १:११ पनि हेर्नुहोस्।)