प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ३८ p. ९६-p. ९७ par. ७
  • युहन्‍ना येसुबाटै सुन्‍न चाहन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युहन्‍ना येसुबाटै सुन्‍न चाहन्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • के यूहन्‍नामा विश्‍वासको कमी थियो?
    सबैभन्दा महान्‌ पुरुष
  • युहन्‍ना घट्‌छन्‌, येसु बढ्‌नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • बप्तिस्मा गराउने युहन्‍ना—आनन्द कायम गर्ने सन्दर्भमा राम्रो उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • येसु ख्रिष्ट को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ३८ p. ९६-p. ९७ par. ७
बप्तिस्मा गराउने युहन्‍ना झ्यालखानामा एक्लै बस्दै

अध्याय ३८

युहन्‍ना येसुबाटै सुन्‍न चाहन्छन्‌

मत्ति ११:२-१५ लुका ७:१८-३०

  • बप्तिस्मा गराउने युहन्‍ना येसुको भूमिकाबारे सोध्छन्‌

  • येसु युहन्‍नाको प्रशंसा गर्नुहुन्छ

बप्तिस्मा गराउने युहन्‍ना झ्यालखानामा परेको झन्डै एक वर्ष भइसकेको छ। तैपनि तिनले येसुले गर्नुभएका अचम्मका कामहरूबारे सुनिरहेका छन्‌। येसुले नाइनकी विधवाको छोरालाई जीवित पार्नुभएको कुरा युहन्‍नाका चेलाहरूले तिनलाई बताउँछन्‌। यो सुनेर तिनलाई पक्कै पनि खुसी लागेको हुनुपर्छ। तैपनि युहन्‍ना येसुकै मुखबाट उहाँ मसीह हुनुहुन्छ भनेर सुन्‍न चाहन्छन्‌। त्यसैले तिनी आफ्ना दुई जना चेलालाई बोलाउँछन्‌ र तिनीहरूलाई यो प्रश्‍न सोध्न येसुकहाँ पठाउँछन्‌: “आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौँ?”—लुका ७:१९.

युहन्‍नाले यस्तो प्रश्‍न सोध्नु उचित हो र? किनभने युहन्‍ना परमेश्‍वरप्रति वफादार व्यक्‍ति हुन्‌ र झन्डै दुई वर्षअघि येसुलाई बप्तिस्मा गराउँदा तिनले येसुमाथि परमेश्‍वरको पवित्र शक्‍ति आएको र परमेश्‍वरले आफ्नो अनुमोदन व्यक्‍त गर्नुभएको सुनेका थिए। अहिले युहन्‍नाको विश्‍वास कमजोर भएको छ भनेर सोच्ने कुनै आधार छैन। युहन्‍नाको विश्‍वास कमजोर भएको भए येसुले तिनको विषयमा राम्रो कुरा गर्नुहुने थिएन, जुन उहाँ यस अवसरमा गर्नुहुन्छ। युहन्‍नाले शङ्‌का गरेका होइनन्‌ भने तिनी येसुबारे किन यस्तो प्रश्‍न गर्छन्‌?

युहन्‍ना सायद येसुकै मुखबाट उहाँ नै मसीह हुनुहुन्छ भनेर सुन्‍न चाहन्छन्‌। झ्यालखानामा उराठलाग्दो जीवन बिताइरहेका युहन्‍नाले यो कुरा थाह पाउँदा बल पाउनेछन्‌। तर युहन्‍नाले यस्तो प्रश्‍न गर्नुपछाडि अर्को कारण पनि छ जस्तो देखिन्छ। परमेश्‍वरको अभिषिक्‍त जन राजा र उद्धारक हुनुहुनेछ भन्‍ने बाइबल भविष्यवाणीहरू पनि तिनलाई राम्ररी थाह छ। तर येसुले बप्तिस्मा गर्नुभएको धेरै महिना बितिसक्दा पनि तिनी झ्यालखानामै छन्‌। त्यसैले मसीहबारे गरिएका भविष्यवाणीहरू पूरा गर्न येसुपछि अरू कोही आउँदै हुनुहुन्छ कि भनेर युहन्‍ना जान्‍न चाहन्छन्‌।

लङ्‌गडा पुरुष र अन्धो स्त्रीलाई येसुले निको पार्नुभएपछि तिनीहरू हर्षित हुँदै

येसुले युहन्‍नाका चेलाहरूलाई ‘हो, आउनेवाला म नै हुँ’ मात्र भन्‍नुको सट्टा विभिन्‍न प्रकारका बिरामीहरूलाई निको पारेर आफूसँग परमेश्‍वरको साथ भएको कुराको प्रमाण दिनुहुन्छ। त्यसपछि उहाँ ती चेलाहरूलाई यसो भन्‍नुहुन्छ: “जाओ र तिमीहरूले जे सुनिरहेका छौ अनि देखिरहेका छौ, युहन्‍नालाई त्यो बताइदेओ: अन्धाहरूले देख्न थालेका छन्‌, लङ्‌गडाहरू हिँड्‌न थालेका छन्‌, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्‌, बहिराहरूले सुन्‍न थालेका छन्‌, मरेकाहरू जीवित भएका छन्‌ अनि गरिबहरूलाई सुसमाचार सुनाइँदै छ।”—मत्ति ११:४, ५.

येसुले अहिले गरिरहनुभएको भन्दा धेरै काम गर्नुहुनेछ र सायद तिनलाई झ्यालखानाबाट छुटाउनुहुनेछ भन्‍ने आस गरेर युहन्‍नाले यस्तो प्रश्‍न गरेका पनि हुन सक्छन्‌। तर येसु युहन्‍नालाई उहाँले अहिले गरिरहनुभएको चमत्कारहरूभन्दा धेरै आस नगर्न भन्‍नुहुन्छ।

युहन्‍नाका चेलाहरू आफ्नो बाटो लागेपछि येसुले युहन्‍ना भविष्यवक्‍ता मात्र होइनन्‌ भनेर भीडलाई आश्‍वासन दिनुहुन्छ। तिनी मलाकि ३:१ मा भविष्यवाणी गरिएको यहोवाको “दूत” हुन्‌। साथै मलाकि ४:५, ६ मा भविष्यवाणी गरिएको भविष्यवक्‍ता एलिया पनि तिनी नै हुन्‌। येसु यसो भन्‍नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, बप्तिस्मा गराउने युहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन तैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो।”—मत्ति ११:११.

स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो युहन्‍नाभन्दा ठूलो हो भन्‍नुभएर येसुले युहन्‍ना स्वर्गको राज्यको भाग हुने छैनन्‌ भनेर बताउँदै हुनुहुन्छ। युहन्‍नाले येसुको लागि बाटो तयार पारे तर ख्रिष्टले स्वर्गको बाटो खोल्नुअघि नै तिनको मृत्यु भयो। (हिब्रू १०:१९, २०) तर युहन्‍ना परमेश्‍वरको वफादार भविष्यवक्‍ता हुन्‌ र परमेश्‍वरको राज्यमा तिनले यसै पृथ्वीमा जीवन पाउनेछन्‌।

  • आउनेवाला येसु नै हुनुहुन्छ कि अरू कसैको बाटो हेरौँ भनी युहन्‍नाले सोध्नुको कारण के हो?

  • बप्तिस्मा गराउने युहन्‍नाले कुन भविष्यवाणीहरू पूरा गरे भनी येसु भन्‍नुहुन्छ?

  • बप्तिस्मा गराउने युहन्‍ना किन येसुसँगै स्वर्गमा हुनेछैनन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने