प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. ३९ पृ. ९८-पृ. ९९ अनु. ७
  • अपश्‍चात्तापी पुस्तालाई धिक्कार छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अपश्‍चात्तापी पुस्तालाई धिक्कार छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • घमन्डी र नम्रहरू
    सबैभन्दा महान्‌ पुरुष
  • तनाउबाट छुटकारा—एउटा व्यावहारिक समाधान
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “मेरो जुवा सजिलो र मेरो भारी हलका छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • थकितहरूलाई मायालु निमन्त्रणा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. ३९ पृ. ९८-पृ. ९९ अनु. ७
एक जना केटो बजारमा बाँसुरी बजाउँछ तर अरू केटाकेटी नाच्न मान्दैनन्‌

अध्याय ३९

अपश्‍चात्तापी पुस्तालाई धिक्कार छ

मत्ति ११:१६-३० लुका ७:३१-३५

  • येसु कुनै-कुनै सहरको निन्दा गर्नुहुन्छ

  • उहाँ स्फूर्ति दिनुहुन्छ

येसु बप्तिस्मा गराउने युहन्‍नाको आदर गर्नुहुन्छ तर धेरैजसो मानिस तिनीबारे कस्तो सोच्छन्‌? येसु भन्‍नुहुन्छ: “यस पुस्तालाई म कोसित तुलना गरूँ? यो त बजारमा बस्ने ती साना केटाकेटीजस्तै छ, जसले आफ्ना साथीहरूलाई कराउँदै यसो भन्छन्‌: ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौँ तर तिमीहरू नाचेनौ; हामीले शोकगीत गायौँ तर तिमीहरूले छाती पिटेर बिलौना गरेनौ।’”—मत्ति ११:१६, १७.

येसु के भन्‍न खोज्दै हुनुहुन्छ? उहाँ यसो भन्‍नुहुन्छ: “युहन्‍नाले अरूले जस्तो न खाए न पिए तैपनि मानिसहरू यसो भन्छन्‌: ‘उसमा प्रेत बास गरेको छ।’ मानिसको छोराचाहिँ अरूले जस्तै खान्छ र पिउँछ तैपनि मानिसहरू यसो भन्छन्‌: ‘हेर, घिचुवा र पियक्कड मानिस! कर उठाउने र पापीहरूको साथी।’” (मत्ति ११:१८, १९) युहन्‍नाले एक नासरीको रूपमा सरल जीवन बिताएका छन्‌, तिनी दाखमद्य समेत पिउँदैनन्‌; तैपनि यस पुस्ताले तिनमा प्रेत बास गरेको छ भन्छ। (गन्ती ६:२, ३; लुका १:१५) अर्कोतर्फ येसु अरू मानिसले जस्तै जीवन बिताउँदै हुनुहुन्छ। उहाँ सन्तुलित रूपमा खाने र पिउने गर्नुहुन्छ तर मानिसहरू उहाँलाई अचाक्ली गरेको दोष लगाउँछन्‌। मानिसहरूलाई चित्त बुझाउन असम्भव छ जस्तो देखिन्छ।

येसु यस पुस्तालाई अरू केटाकेटीले बाँसुरी बजाउँदा नाच्न नमान्‍ने वा अरूले शोक गीत गाउँदा बिलौना गर्न नमान्‍ने बजारका केटाकेटीसित तुलना गर्नुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “मानिसले गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।” (मत्ति ११:१६, १९) हो, युहन्‍ना र येसुको “कामैले” उहाँहरूविरुद्ध लगाइएको आरोप झूटो हो भनेर प्रमाणित गर्छ।

यस पुस्तालाई अपश्‍चात्तापी भन्‍नुभएपछि येसु आफूले शक्‍तिशाली कामहरू गरेका सहरहरू कोराजिन, बेथसेदा र कफर्नहुमलाई धिक्कार भन्‍नुहुन्छ। उहाँले ती शक्‍तिशाली कामहरू फोनिसियाली सहरहरू टायर र सिदोनमा गर्नुभएको भए ती सहरहरूले पश्‍चात्ताप गर्ने थिए भनेर बताउनुहुन्छ। उहाँ कफर्नहुम सहर पनि उल्लेख गर्नुहुन्छ, जुन ठाउँ केही समयको लागि उहाँको गतिविधिको मुख्य केन्द्र थियो। त्यहाँ पनि धेरै मानिसले उहाँको कुरा सुनेनन्‌। त्यस सहरबारे येसु यसो भन्‍नुहुन्छ: “न्यायको दिनमा सदोमले भन्दा तैँले चर्को दण्ड पाउनेछस्‌।”—मत्ति ११:२४.

त्यसपछि येसु आफ्नो बुबाको प्रशंसा गर्नुहुन्छ किनकि उहाँ “बुद्धिमान्‌ र बुद्धिजीवीहरूबाट” अनमोल आध्यात्मिक सत्य लुकाउनुहुन्छ तर साना केटाकेटीजस्तै नम्र मानिसहरूलाई ती प्रकट गर्नुहुन्छ। (मत्ति ११:२५) त्यस्ता नम्र मानिसहरूलाई उहाँ यस्तो मन छुने निम्तो दिनुहुन्छ: “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”—मत्ति ११:२८-३०.

येसु कसरी स्फूर्ति दिनुहुन्छ? धर्मगुरुहरूले मानिसहरूलाई विश्रामदिनसम्बन्धी कडा नियमलगायत नानाथरीका परम्पराको बोझ बोकाएका छन्‌। तर येसु तिनीहरूलाई परमेश्‍वरको सत्य कुरा सिकाएर स्फूर्ति दिनुहुन्छ, जसलाई त्यस्ता परम्पराहरूले असर गरेको छैन। राजनैतिक शक्‍तिको थिचोमिचोको कारण र आफ्नो पापको कारण दबिएको महसुस गर्नेहरूलाई पनि उहाँ स्फूर्ति प्रदान गर्नुहुन्छ। हो, येसु तिनीहरूलाई कसरी पापको क्षमा पाउन सकिन्छ र परमेश्‍वरसित शान्तिमा रहन सकिन्छ भनेर सिकाउनुहुन्छ।

येसुको सजिलो जुवा बोक्न राजी हुने सबैले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्न अनि स्वर्गमा बस्नुहुने दया र करुणाले भरिपूर्ण बुबाको सेवा गर्न सक्छन्‌। यसो गर्न गह्रौँ भारी बोक्नु पर्दैन किनभने परमेश्‍वरले हामीबाट चाहनुहुने कुराहरू बोझिला छैनन्‌।—१ युहन्‍ना ५:३.

  • येसुको पुस्ताका मानिसहरू कुन अर्थमा केटाकेटीजस्तै छन्‌?

  • कुन कारणले गर्दा येसु स्वर्गमा बस्नुहुने आफ्नो बुबाको प्रशंसा गर्न उत्प्रेरित हुनुहुन्छ?

  • धेरै मानिस कुन-कुन तरिकामा बोझले दबिएका छन्‌ र येसु कस्तो स्फूर्ति दिनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने