प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. ४९ पृ. १२२-पृ. १२३ अनु. ३
  • गालिलमा प्रचार गर्नुहुन्छ र प्रेषितहरूलाई तालिम दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गालिलमा प्रचार गर्नुहुन्छ र प्रेषितहरूलाई तालिम दिनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • गालीलमा अर्को प्रचार भ्रमण
    सबैभन्दा महान्‌ पुरुष
  • गालीलको अझ एउटा प्रचार भ्रमण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • आनन्दित खेताला हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • खेदोको बाबजुद प्रचार गर्न तयार
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. ४९ पृ. १२२-पृ. १२३ अनु. ३
येसु प्रेषितहरूलाई दुई-दुई जना गरी प्रचार गर्न पठाउनुहुन्छ

अध्याय ४९

गालिलमा प्रचार गर्नुहुन्छ र प्रेषितहरूलाई तालिम दिनुहुन्छ

मत्ति ९:३५–१०:१५ मर्कुस ६:६-११ लुका ९:१-५

  • येसु फेरि गालिलको यात्रा गर्नुहुन्छ

  • उहाँ प्रेषितहरूलाई प्रचार गर्न पठाउनुहुन्छ

येसुले जोडतोडले प्रचार गर्नुभएको झन्डै दुई वर्ष भइसकेको छ। के अब उहाँ आराम गरेर बस्नुहुन्छ? बस्नुहुन्‍न, बरु उहाँ आफ्नो प्रचारकार्य अझै विस्तार गर्नुहुन्छ। उहाँ गालिलको ‘सारा सहर र गाउँहरू घुम्दै तिनीहरूको सभाघरमा सिकाउनुहुन्छ र राज्यको सुसमाचार प्रचार गर्नुहुन्छ। उहाँ हरप्रकारका रोगबिमार पनि निको पार्नुहुन्छ।’ (मत्ति ९:३५) आफूले देखेका कुराहरूले गर्दा उहाँ आफ्नो प्रचारकार्य अझै विस्तार गर्नुपर्ने आवश्‍यकता महसुस गर्नुहुन्छ। उहाँले यो कसरी गर्नुहुनेछ?

आफ्नो यात्राको दौडान येसु आध्यात्मिक रूपमा बिरामी र सान्त्वनाको खाँचो परेका मानिसहरूलाई देख्नुहुन्छ। तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्तै छन्‌। तिनीहरूलाई देखेर उहाँ टिठाउनुहुन्छ र चेलाहरूलाई यसो भन्‍नुहुन्छ: “साँच्चै, फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्‌। त्यसकारण फसलका मालिकलाई उहाँको बाली काट्‌न खेतालाहरू पठाइदिनुहोस्‌ भनेर बिन्ती गर।”—मत्ति ९:३७, ३८.

येसुका चेलाहरू घर-घर गएर राज्य सन्देशबारे प्रचार गर्छन्‌

त्यस्ता मानिसहरूलाई कसरी मदत गर्न सकिन्छ भनेर येसुलाई थाह छ। उहाँ आफ्ना १२ प्रेषितलाई बोलाउनुहुन्छ र तिनीहरूलाई दुई-दुई जना गरी मिलाएर प्रचारकहरूको छ वटा समूह बनाउनुहुन्छ। त्यसपछि उहाँ यस्तो स्पष्ट निर्देशन दिनुहुन्छ: “अन्यजातिहरूको इलाकामा नजाओ र सामरियालीहरूको कुनै पनि सहरमा नपस; बरु इस्राएलका ती मानिसहरूकहाँ मात्र जाओ, जो हराएका भेडाहरूजस्ता छन्‌। जाओ र यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’”—मत्ति १०:५-७.

तिनीहरूले प्रचार गर्नुपर्ने राज्य येसुले नमुना प्रार्थनामा बताउनुभएको राज्य हो। “स्वर्गको राज्य नजिकै आएको छ” भन्‍नुको मतलब चाहिँ परमेश्‍वरले नियुक्‍त गर्नुभएको राजा येसु ख्रिष्ट त्यहीँ उपस्थित हुनुहुन्छ। तर चेलाहरूले वास्तवमै स्वर्गको राज्यको प्रतिनिधित्व गरेको कुरा केले प्रमाणित गर्नेछ? येसुले तिनीहरूलाई बिरामीहरूलाई निको पार्ने र मरेकाहरूलाई जीवित पार्ने शक्‍तिसमेत दिनुहुन्छ। अनि तिनीहरूले यी सबै सित्तैंमा गर्नेछन्‌। त्यसोभए प्रेषितहरूले खानेकुरालगायतका आफ्ना दैनिक आवश्‍यकताचाहिँ कसरी पूरा गर्नेछन्‌?

यस प्रचार-यात्रामा जाँदा खाने-बस्नेजस्ता कुराहरूको लागि केही तयारी नगर्न येसु चेलाहरूलाई निर्देशन दिनुहुन्छ। तिनीहरूले थैलीमा सुन, चाँदी वा तामा बोक्नु पर्दैन। तिनीहरूले खाजाको पोको अनि फेर्नको लागि लुगा वा जुत्ता पनि लैजानु पर्दैन। किन? येसु तिनीहरूलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “किनकि कामदार भोजनको योग्य हुन्छ।” (मत्ति १०:१०) तिनीहरूको सन्देश स्विकार्ने मानिसहरूले नै तिनीहरूको आधारभूत आवश्‍यकता पूरा गर्न मदत गर्नेछन्‌। येसु भन्‍नुहुन्छ: “जुन घरमा तिमीहरू पसौला, त्यो ठाउँ नछोडुन्जेल त्यसै घरमा बस।”—मर्कुस ६:१०.

घरधनीहरूलाई कसरी राज्य सन्देश सुनाउने भन्‍नेबारे पनि येसु निर्देशन दिनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब त्यस घरमा भएकाहरूलाई अभिवादन गर्नुका साथै शान्तिको कामना गर। त्यस घरमा भएकाहरू योग्य रहेछन्‌ भने तिमीहरूले कामना गरेको शान्ति तिनीहरूमाथि रहोस्‌ तर यदि योग्य रहेनछन्‌ भने तिमीहरूको शान्ति तिमीहरूकहाँ नै फर्किआओस्‌। यदि कसैले तिमीहरूलाई स्वागत गर्दैन वा तिमीहरूको कुरा सुन्दैन भने त्यस घर वा सहरबाट निस्कँदा तिमीहरूले आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।”—मत्ति १०:१२-१४.

पूरै गाउँ वा सहरले तिनीहरूको सन्देशलाई तिरस्कार गर्न पनि सक्छ। त्यहाँका मानिसहरूले कस्तो नतिजा भोग्नेछन्‌? उनीहरूले कठोर न्याय भोग्नेछन्‌ भनी येसु बताउनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, न्यायको दिनमा त्यस सहरले सदोम र गमोराले भन्दा चर्को दण्ड पाउनेछ।”—मत्ति १०:१५.

  • येसु गालिलको अर्को प्रचार-यात्रा कहिले सुरु गर्नुहुन्छ र उहाँ मानिसहरूबारे के कुरा याद गर्नुहुन्छ?

  • येसु १२ प्रेषितलाई प्रचार गर्न कसरी पठाउनुहुन्छ र कस्तो निर्देशन दिनुहुन्छ?

  • “स्वर्गको राज्य नजिकै आएको छ” भन्‍नुको मतलब के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने