प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ११४ p. २६४-p. २६५ par. ३
  • राज्यशक्‍तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्यशक्‍तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ख्रीष्टका भाइहरूलाई वफादार भई समर्थन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • साँचो उपासकहरूको ठूलो भीड—तिनीहरू कहाँबाट आएका छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • अन्तको दिनका चिन्ह
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ११४ p. २६४-p. २६५ par. ३
सबै जातिका मानिसहरू स्वर्गतिर हेर्दै येसुले गर्नुहुने न्यायलाई पर्खिरहेका छन्‌

अध्याय ११४

राज्यशक्‍तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछ

मत्ति २५:३१-४६

  • येसु भेडा र बाख्राको उदाहरण बताउनुहुन्छ

जैतुन डाँडामा येसुले भर्खरै मात्र दस कन्या र टालेन्टको उदाहरण बताउनुभएको छ। उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे प्रेषितहरूले सोधेको प्रश्‍नको जवाफ येसु कसरी टुङ्‌ग्याउनुहुन्छ? उहाँ अन्तमा अर्को एउटा उदाहरण बताउनुहुन्छ: भेडा र बाख्राको उदाहरण।

येसु यो उदाहरण बताउनुअघि यसो भन्‍नुहुन्छ: “जब मानिसको छोरा आफ्नो गौरवसहित सबै स्वर्गदूत लिएर आउँछ, तब ऊ आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ।” (मत्ति २५:३१) यसरी येसु यस उदाहरणको मुख्य पात्र आफू भएको कुरा प्रस्ट पार्नुहुन्छ। उहाँ अक्सर आफूलाई “मानिसको छोरा” भन्‍ने गर्नुहुन्थ्यो।—मत्ति ८:२०; ९:६; २०:१८, २८.

येसु आफ्नो गौरवशाली सिंहासनमा बस्नुहुन्छ र वफादार मानिसहरूलाई भेडाको रूपमा न्याय गर्नुहुन्छ

येसुले यस उदाहरणमा बताउनुभएको कुरा कहिले पूरा हुनेछ? उहाँ ‘गौरवसहित सबै स्वर्गदूत लिएर आउनुहुँदा’ र ‘आफ्नो गौरवशाली सिंहासनमा बस्नुहुँदा’ पूरा हुनेछ। स्वर्गदूतहरूसँगै ‘मानिसको छोरा ठूलो शक्‍ति र महिमासहित बादलहरूमा आउनेबारे’ उहाँले यसअघि नै बताइसक्नुभएको छ। त्यो कहिले हुनेछ? “सङ्‌कष्टको तुरुन्तैपछि।” (मत्ति २४:२९-३१; मर्कुस १३:२६, २७; लुका २१:२७) त्यसैले यस उदाहरणमा बताइएको कुरा येसु भविष्यमा गौरवसहित आउनुहुँदा पूरा हुनेछ। त्यतिबेला उहाँले के गर्नुहुनेछ?

येसु अझै यसो भन्‍नुहुन्छ: “जब मानिसको छोरा . . . आउँछ, तब . . . उसको अगाडि सबै जाति भेला गराइनेछन्‌ र गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्ट्याएजस्तै उसले मानिसहरूलाई छुट्ट्याउनेछ। अनि उसले भेडाहरूलाई आफ्नो दाहिने हाततिर र बाख्राहरूलाई देब्रे हाततिर राख्नेछ।”—मत्ति २५:३१-३३.

भेडाहरूलाई के हुनेछ? येसु भन्‍नुहुन्छ: “त्यसपछि राजाले आफ्नो दाहिने हाततिर हुनेहरूलाई भन्‍नेछ: ‘आओ, मेरो बुबाको आशिष्‌ पाएकाहरू हो, संसारको प्रारम्भदेखि तिमीहरूका लागि तयार पारिएको राज्य अधिकार गर।’” (मत्ति २५:३४) भेडाहरूले किन राजाको अनुमोदन पाउँछन्‌?

राजा यसो भन्छ: “म भोकाएको थिएँ, तिमीहरूले मलाई केही खान दियौ; म तिर्खाएको थिएँ, तिमीहरूले मलाई केही पिउन दियौ। म पराई थिएँ, तिमीहरूले मेरो सत्कार गऱ्‍यौ; म नाङ्‌गो थिएँ, तिमीहरूले मलाई लुगा लगाइदियौ। म बिरामी थिएँ, तिमीहरूले मेरो स्याहार गऱ्‍यौ। म झ्यालखानामा थिएँ, तिमीहरू मलाई भेट्‌न आयौ।” यी भेडाहरू अर्थात्‌ “धर्मीहरू”-ले हामीले यस्ता असल कामहरू कहिले गऱ्‍यौँ भनेर सोध्दा उसले यसो भन्छ: “तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्‍यौ, त्यो तिमीहरूले मलाई नै गऱ्‍यौ।” (मत्ति २५:३५, ३६, ४०, ४६) तिनीहरूले यस्ता असल कामहरू स्वर्गमा गरेनन्‌ किनकि स्वर्गमा रोगी वा भोका मानिसहरू छैनन्‌। बरु यी कामहरू पृथ्वीमा ख्रिष्टका भाइहरूको लागि गरिएको हुनुपर्छ।

अवफादार मानिसहरूको समूहलाई बाख्राको रूपमा न्याय गरिन्छ

राजाको देब्रे हाततिर राखिएका बाख्राहरूलाई चाहिँ के हुनेछ? येसु भन्‍नुहुन्छ: “त्यसपछि [राजाले] आफ्नो देब्रे हाततिर हुनेहरूलाई भन्‍नेछ: ‘हे श्रापितहरू हो! मबाट पर हटिहाल र सधैँ बलिरहने आगोमा जाओ, जुन दियाबल र त्यसका दूतहरूका लागि तयार पारिएको छ। किनकि म भोकाएको थिएँ तर तिमीहरूले मलाई केही खान दिएनौ; म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई केही पिउन दिएनौ। म पराई थिएँ तर तिमीहरूले मेरो सत्कार गरेनौ; नाङ्‌गो थिएँ तर तिमीहरूले मलाई लुगा लगाइदिएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो स्याहार गरेनौ।’” (मत्ति २५:४१-४३) यो न्यायदण्ड उचित छ किनकि बाख्राको रूपमा छुट्ट्याइएकाहरू पृथ्वीमा ख्रिष्टका भाइहरूलाई दयालु व्यवहार गर्नदेखि चुके।

भविष्यमा गरिने यो न्याय स्थायी हुनेछ भनेर प्रेषितहरू बुझ्छन्‌। येसु उनीहरूलाई भन्‍नुहुन्छ: “[राजाले] तिनीहरूलाई [भन्‍नेछ]: ‘म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’ अनि यिनीहरू सधैँका लागि नाश हुनेछन्‌ तर धर्मीहरूले भने अनन्त जीवन पाउनेछन्‌।”—मत्ति २५:४५, ४६.

प्रेषितहरूले सोधेको प्रश्‍नको जवाफमा येसुले जे-जति भन्‍नुभयो, त्यसमा उहाँका अनुयायीहरूले विचार गर्नुपर्ने कुरा धेरै छन्‌। यसो गर्दा उनीहरूले आफ्नो मनोवृत्ति र काम केलाउने मदत पाउँछन्‌।

  • येसुले बताउनुभएको भेडा र बाख्राको उदाहरणको “राजा” को हुन्‌ र यस उदाहरणमा बताइएको कुरा कहिले पूरा हुनेछ?

  • भेडाहरूलाई येसुको अनुमोदन पाएका मानिसहरूको रूपमा न्याय गरिनु किन उचित छ?

  • केही मानिसहरूलाई केको आधारमा बाख्राको रूपमा न्याय गरिनेछ? भेडा र बाख्रालाई भविष्यमा के हुनेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने