प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ypq प्रश्‍न ७ पृ. २१-२३
  • यौनसम्बन्ध राख्ने दबाब आयो भने के गरूँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यौनसम्बन्ध राख्ने दबाब आयो भने के गरूँ?
  • युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • मिल्दोजुल्दो सामग्री
  • के विवाहपूर्व यौनसम्बन्ध राख्नु गलत हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?
    युवाहरू सोध्छन्‌
  • आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
युवाहरूको १० प्रश्‍नका जवाफहरू
ypq प्रश्‍न ७ पृ. २१-२३
एक युवतीले केटाको प्रस्ताव सीधै अस्वीकार गर्छिन्‌

प्रश्‍न ७

यौनसम्बन्ध राख्ने दबाब आयो भने के गरूँ?

यसबारे किन चासो राख्नुपर्छ?

विवाहअघि यौनसम्बन्ध राख्नुभयो भने यसले तपाईंको भविष्यलाई असर गर्छ।

तपाईं के गर्नुहुन्छ?

कल्पना गर्नुहोस्‌: आस्मा र प्रभातले एकअर्कालाई मन पराउन थालेको दुई महिना मात्रै भयो। तर आस्मालाई भने प्रभातलाई चिनेको वर्षौं भइसक्यो जस्तो लाग्छ। उनीहरू एकअर्कालाई छिन-छिनमा मेसेज गर्छन्‌, फोनमा घण्टौं कुरा गर्छन्‌, यहाँसम्म कि एकअर्काले भन्‍न लागेको कुरासमेत पहिल्यै थाह पाउँछन्‌। तर प्रभातलाई भने यत्तिले मात्र चित्त बुझेको छैन।

प्रभात र आस्माले यी दुई महिनामा हात समाउने अनि हल्का चुम्बन गर्न थालेका छन्‌। आस्मा त्यो भन्दा बढी केही गर्न चाहँदिनन्‌। तर प्रभातलाई पनि गुमाउन चाहँदिनन्‌। प्रभातसँग हुँदा आफूलाई विशेष र सुन्दर महसुस गर्छिन्‌। आस्मा आफैलाई भन्छिन्‌: ‘हामी एकअर्कालाई असाध्यै माया गर्छौं।’

तपाईं विवाहपूर्व भेटघाट गर्न सक्ने उमेरको भइसक्नुभयो? तपाईं आस्माको जस्तै परिस्थितिमा हुनुहुन्छ कि? तपाईं के गर्न सक्नुहुन्छ?

एकछिन सोच्नुहोस्‌!

लुगालाई सफा गर्ने कपडाको रूपमा चलाउनु

यौनसम्बन्ध ईश्‍वरले विवाहित व्यक्‍तिलाई मात्र दिनुभएको उपहार हो। विवाहपूर्व यौनसम्बन्ध राख्दा त्यो उपहारको दुरुपयोग हुन्छ। तपाईंलाई कसैले उपहारस्वरुप दिएको राम्रो लुगा सफा गर्ने कपडाको रूपमा प्रयोग गरेसरह हुन्छ

तपाईं रूखबाट हामफालेर चराझैं उड्‌न खोज्नुभयो भने के हुन्छ? नतिजा अवश्‍य राम्रो हुँदैन। त्यसैगरि “अवैध यौनसम्बन्धबाट अलग रहो” भन्‍ने आज्ञाको बेवास्ता गर्नुभयो भने त्यसको नतिजा नराम्रो हुन्छ।—१ थिस्सलोनिकी ४:३.

बाइबलको यो आज्ञा उल्लङ्‌घन गर्दा नतिजा कस्तो हुन्छ? बाइबल यसो भन्छ: “जसले अवैध यौनसम्बन्ध राख्नेगर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।” (१ कोरिन्थी ६:१८) यो कुरा कसरी साँचो साबित भएको छ?

अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार अवैध यौनसम्बन्ध राखेका थुप्रै युवाले तल दिइएका कुनै एक वा दुई वटा समस्या भोगेका छन्‌:

  • पछुताउँछन्‌। विवाहपूर्व यौनसम्बन्ध राखेका थुप्रै युवाले पछि गएर पछुतो लागेको कुरा बताएका छन्‌।

  • भरोसा गुमाउँछन्‌। यौनसम्बन्ध राखेपछि उनीहरू सोच्ने गर्छन्‌, ‘उसले मबाहेक अरू कोसँग यौनसम्बन्ध राख्यो होला?’

  • भ्रममा पर्छन्‌। वास्तवमा केटीहरू उनीहरूको फाइदा उठाउने नभई उनीहरूलाई सुरक्षा दिने केटा चाहन्छन्‌। अनि केटाहरू भने आफ्नो फाइदा उठाउन दिने केटीप्रति आकर्षित हुँदैनन्‌।

  • निष्कर्ष: विवाहपूर्व यौनसम्बन्ध राख्नुभयो भने आफूसित भएको अमूल्य कुराको मोल नगरेर आफ्नै अनादर गरिरहनुभएको हुनेछ। (रोमी १:२४) तपाईंको शरीर बहुमूल्य छ, यसको मोल गर्नुहोस्‌!

‘अवैध यौनसम्बन्धबाट अलग रहन’ सक्नुहुन्छ भनेर देखाउनुहोस्‌। (१ थिस्सलोनिकी ४:३) अनि पछि तपाईंले विवाह गरिसकेपछि यौनसम्बन्ध राख्नुहुनेछ। त्यतिबेला तपाईंले त्यसको पूरा आनन्द उठाउन सक्नुहुनेछ। तपाईंले चिन्ता, पछुतो र असुरक्षित महसुस गर्नुहुनेछैन।—हितोपदेश ७:२२, २३; १ कोरिन्थी ७:३.

तपाईंलाई कस्तो लाग्छ?

  • के तपाईंलाई साँच्चै माया गर्ने व्यक्‍तिले तपाईंको शारीरिक र भावनात्मक हितलाई खतरामा पार्न खोज्छ?

  • के तपाईंको साँच्चै ख्याल राख्ने व्यक्‍तिले ईश्‍वरसितको तपाईंको सम्बन्धलाई खतरामा पर्न दिन्छ होला?—हिब्रू १३:४.

केटीहरूको लागि मात्र

एक किशोरी बसेर सोच्दै छिन्‌

धेरैजसो केटाहरू आफूले यौनसम्बन्ध राखिसकेको केटीसँग कहिल्यै विवाह नगर्ने कुरा बताउँछन्‌। किन? किनभने उनीहरू नैतिकरूपमा चोखो केटी चाहन्छन्‌।

यो कुरा सुन्दा तपाईंलाई अचम्म लाग्यो वा रिस पो उठ्यो कि? त्यसोभए यो कुरा नबिर्सनुहोस्‌, टिभी र चलचित्रहरूमा किशोरकिशोरीहरूले यौनसम्बन्ध राखेको कुरालाई आकर्षक र रमाइलो भनेर देखाइन्छ। साथै यसलाई साँचो प्रेम भनेर पनि देखाइन्छ।

ज्यादै सोझो नहुनुहोस्‌! किनभने तपाईंलाई विवाहपूर्व यौनसम्बन्ध राख्न फुस्ल्याउन खोज्नेहरूले आफ्नै फाइदाबारे मात्र सोचिरहेका हुन्छन्‌।—१ कोरिन्थी १३:४, ५.

केटाहरूको लागि मात्र

एक किशोर बसेर सोच्दै छिन्‌

तपाईं विवाहपूर्व भेटघाट गर्दै हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌, ‘के म आफ्नी प्रेमीकाको साँच्चै ख्याल राख्छु?’ यदि ‘राख्छु’ भन्‍नुहुन्छ भने त्यो कसरी देखाउन सक्नुहुन्छ? ईश्‍वरको स्तरअनुसार चल्ने शक्‍ति विकास गरेर, प्रलोभनमा पर्ने परिस्थितिबाट अलग रहेर अर्थात्‌ बुद्धि देखाएर, अनि आफ्नी प्रेमीकाको भलाइ चाहेर अर्थात्‌ प्रेम देखाएर।

तपाईंमा यस्ता गुणहरू छन्‌ भने तपाईंकी प्रेमीकाले पनि नैतिकवान शुलम्मेनीले जस्तै महसुस गर्नेछिन्‌ जसले यसो भनिन्‌: “मेरा प्रिय मेरै हुनुहुन्छ, र मचाहिं उहाँकी हुँ।” (श्रेष्ठगीत २:१६) मतलब, उनले तपाईंलाई अझ धेरै माया गर्नेछिन्‌।

सुझाव

तपाईंलाई यौनसम्बन्ध राख्न कसैले “तिमी मलाई माया गर्छौ भने ‘नाइँ’ भन्दैनौ” भनेर दबाब दिन खोज्छ भने दृढतासाथ यसरी जवाफ दिनुहोस्‌, “तिमी मलाई माया गर्छौ भने यस्तो भन्‍ने नै थिएनौ!”

विपरीत लिङ्‌गको व्यक्‍तिसित सङ्‌गत गर्दा यो कुरा याद राख्नुहोस्‌: आमाबाबुबाट लुकाएर गर्नुपर्ने त्यस्तो कुनै पनि काम नगर्नुहोस्‌।

योजना बनाऔं!

  • कसैले तपाईंलाई यौनसम्बन्ध राख्न दबाब दिन्छ भने तपाईं के गर्नुहुन्छ?

  • कस्तो अवस्थामा तपाईंलाई ‘नाइँ’ भन्‍न गाह्रो हुन्छ?

  • त्यस्ता अवस्थाहरू आउन नदिन तपाईं के गर्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने