प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson १० p. ३०
  • लुतकी पत्नीलाई सम्झ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लुतकी पत्नीलाई सम्झ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • लूतकी पत्नीले पछाडि फर्केर हेरी
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • नयाँ संसारमा प्रवेश पाउने छुटकाराको निम्ति तयारी गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • परमेश्‍वर अब्राहामसित करार बाँध्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
  • तनावपूर्ण अवस्थाको सामना गर्न अरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson १० p. ३०
लुत र तिनका छोरीहरू सदोमबाट भाग्दै छन्‌ तर लुतकी पत्नी भने नुनको खम्बा बन्छिन्‌

पाठ १०

लुतकी पत्नीलाई सम्झ

लुत आफ्नो काका अब्राहामसँगै कनानमा बस्थे। अब्राहाम र लुत दुवैको गाईवस्तु बढ्‌दै गएपछि तिनीहरूलाई सँगै बस्न ठाउँ पुगेन। त्यसैले अब्राहामले लुतलाई यसो भने: ‘हेर बाबु, अब हामीलाई एकै ठाउँमा बस्न गाह्रो भयो। तिमी कतातिर बस्न चाहन्छौँ, छान र म तिमीले छानेको ठाउँको अर्कोतिर जानेछु।’ अब्राहामले आफ्नो मात्र फाइदा नखोजेको के तिमीले याद गऱ्‍यौ?

लुतले सदोम भनिने ठाउँनजिकै एउटा राम्रो इलाका देखे। त्यहाँ प्रशस्त पानी र हरियो घाँस थियो। त्यसैले तिनले त्यो ठाउँ छाने र आफ्नो परिवारसँगै त्यहाँ बस्न थाले।

सदोम र त्यसनजिकैको सहर गमोराका मानिसहरू असाध्यै खराब थिए। त्यहाँका मानिसहरू यत्ति खराब थिए कि यहोवाले ती सहरहरू नाश गर्ने निर्णय गर्नुभयो। तर परमेश्‍वर लुत र तिनको परिवारलाई बचाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँले दुई जना स्वर्गदूत पठाउनुभएर तिनीहरूलाई यस्तो चेतावनी दिनुभयो: ‘उठ! यस सहरबाट झट्टै निस्किहाल! यहोवा परमेश्‍वरले यो सहर नाश गर्नुहुनेछ!’

लुत तुरुन्तै निस्केनन्‌। तिनले आलेटाले गरिरहे। त्यसैले ती स्वर्गदूतहरूले लुत, तिनकी पत्नी र तिनका दुई छोरीको हातै समातेर सहरबाहिर पुऱ्‍याए र यसो भने: ‘ल, आफ्नो ज्यान जोगाउन यहाँबाट तुरुन्तै भागिहाल! तिमीहरूले पछाडि फर्केर नहेर्नू, नत्र तिमीहरू मर्नेछौ!’

सदोम र गमोरामाथि आगो र गन्धक बर्सिरहेको छ

तिनीहरू जोअर भन्‍ने सहरमा पुगेपछि यहोवा परमेश्‍वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। ती दुई सहरलाई परमेश्‍वरले पूरै नाश गर्नुभयो। अटेरी हुँदै जब लुतकी पत्नीले पछाडि फर्केर हेरिन्‌ तब तिनी नुनको खम्बा भइन्‌! तर लुत र तिनका छोरीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरे र तिनीहरू बचे। लुतकी पत्नी अटेरी भएकोमा तिनीहरू असाध्यै दुःखी भएको हुनुपर्छ। तर तिनीहरू यहोवा परमेश्‍वरको आज्ञा पालन गरेकोमा चाहिँ खुसी भए।

“लुतकी पत्नीलाई सम्झ!”—लुका १७:३२

प्रश्‍नहरू: यहोवा परमेश्‍वरले किन सदोम र गमोरालाई नाश गर्नुभयो? लुतकी पत्नी किन नुनको खम्बा भइन्‌?

उत्पत्ति १३:१-१३; १९:१-२६; लुका १७:२८, २९, ३२; २ पत्रुस २:६-९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने