प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson २२ p. ५६-p. ५७ par. ३
  • लाल समुद्रमा चमत्कार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लाल समुद्रमा चमत्कार
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • इस्राएलीहरू लाल समुद्र पार गर्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • ‘स्थिर होओ र परमप्रभुले दिनुहुने छुटकारा हेर’
    सन्‌ २००७ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • परमेश्‍वर इस्राएलीहरूलाई छुटकारा दिनुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
  • यहोवा को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson २२ p. ५६-p. ५७ par. ३
फारो र उनको सेना

पाठ २२

लाल समुद्रमा चमत्कार

इस्राएलीहरूले मिश्र छोडिसके भन्‍ने खबर पाउनेबित्तिकै फारोले तिनीहरूलाई बेकार जान दिएछु भन्ठाने। त्यसैले उनले आफ्ना सिपाहीहरूलाई यस्तो आदेश दिए: ‘रथहरू तयार पार अनि हामी इस्राएलीहरूलाई लखेटौँ। हामीले तिनीहरूलाई जान दिनु हुँदैनथ्यो।’ त्यसपछि फारो र उनको फौजले इस्राएलीहरूलाई खेद्‌न थाले।

यहोवा परमेश्‍वरले दिउँसो बादलको खामो अनि राती आगोको खामो चलाएर आफ्ना मानिसहरूलाई डोऱ्‍याइरहनुभएको थियो। उहाँले तिनीहरूलाई लाल समुद्रसम्म डोऱ्‍याउनुभयो अनि त्यहीँ पाल टाँगेर बस्न भन्‍नुभयो।

त्यसपछि इस्राएलीहरूले फारो र उनको फौज तिनीहरूतिरै आइरहेको देखे। तिनीहरू लाल समुद्र र मिश्री सेनाबीच फसेका थिए। तिनीहरूले मोसालाई यसरी गुहार्न थाले: ‘अब हामी मर्ने भयौँ। हामीलाई मिश्रमै छोडिदिनुभएको भए बेस हुन्थ्यो।’ तर मोसाले भने: ‘नडराओ! यहोवा परमेश्‍वरले कसरी तिमीहरूको उद्धार गर्नुहुन्छ, हेर!’ मोसाले साँच्चै यहोवा परमेश्‍वरमाथि भरोसा राखेका थिए नि, होइन र?

यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई त्यहाँबाट अघि बढ्‌न भन्‍नुभयो। त्यो रात उहाँले बादलको खामोलाई सारेर मिश्री र इस्राएलीहरूको बीचमा राखिदिनुभयो। मिश्रीहरू भएपट्टि अँध्यारो थियो। तर इस्राएलीहरू भएपट्टि चाहिँ उज्यालो थियो।

त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई आफ्नो हात समुद्रमाथि पसार्न भन्‍नुभयो। उहाँले रातभरि जोडसँग बतास चलाउनुभयो। तब समुद्र दुई भागमा छुट्टियो र बीचमा सुक्खा जमिन देखा पऱ्‍यो। लाखौँ इस्राएली पानीको विशाल पर्खालको बीचमा भएको सुक्खा जमिनमा हिँडेर पारिपट्टि गए।

इस्राएलीहरू पानीको विशाल पर्खालको बीचमा भएको सुक्खा जमिनमा हिँड्‌दै छन्‌

फारोको सेना इस्राएलीहरूलाई लखेट्‌दै समुद्रको बीचसम्मै पुगे। यहोवा परमेश्‍वरले उनीहरूमाझ गोलमाल मच्चाइदिनुभयो। उनीहरूको रथका पाङ्‌ग्राहरू फुस्किन थाले। उनीहरू यसो भनेर कराउन थाले: ‘यहाँबाट भागौँ! तिनीहरूको लागि यहोवा हामीसित लडिरहनुभएको छ।’

यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “समुद्रमाथि आफ्नो हात पसार।” नभन्दै पानीको विशाल पर्खाल मिश्री सेनामाथि उर्लेर आयो। फारो र उनका सबै मानिस मरे, एक जना पनि बचेन।

समुद्रको पारिपट्टि मानिसहरूको ठूलो भीडले गीत गाउँदै यहोवा परमेश्‍वरको यसरी प्रशंसा गरे: “यहोवाको स्तुतिगान गाऔँ किनभने उहाँ विजयी हुनुभएको छ। घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।” पुरुषहरूले गाउँदै गर्दा स्त्रीहरू भने खैँजडी बजाउँदै नाचे। छुटकारा पाएकोमा सबै जना धेरै खुसी थिए।

“त्यसैले हामी असाध्यै साहसी भएर यसो भन्‍न सकौँ: ‘यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?’”—हिब्रू १३:६

प्रश्‍नहरू: लाल समुद्रमा के भयो? यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई कसरी बचाउनुभयो?

प्रस्थान १३:२१–१५:२१; नहेम्याह ९:९-११; भजन १०६:९-१२; १३६:११-१५; हिब्रू ११:२९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने