प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ३९ p. ९६
  • इस्राएलको पहिलो राजा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इस्राएलको पहिलो राजा
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • इस्राएलको पहिलो राजा शाऊल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “आज्ञापालन बलिदानभन्दा उत्तम हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • तिनले निराशाको बाबजुद धैर्य गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • तिनले निराशाको बाबजुद धैर्य गरे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ३९ p. ९६
साउल समुएलको अलखाको छेउ च्याप्प समात्छन्‌ र त्यो च्यातिन्छ

पाठ ३९

इस्राएलको पहिलो राजा

यहोवा परमेश्‍वरले इस्राएलीहरूको अगुवाइ गर्न न्यायकर्ताहरू दिनुभएको थियो। तर इस्राएलीहरूले राजाको माग गरे। तिनीहरूले समुएललाई भने: ‘हाम्रो वरपर भएका अरू सबै जातिको राजा छ। हामीलाई पनि राजा चाहिन्छ।’ समुएललाई तिनीहरूको यस्तो माग सही होइन जस्तो लाग्यो, त्यसैले तिनले यसबारे प्रार्थना गरे। परमेश्‍वरले तिनलाई भन्‍नुभयो: ‘तिनीहरूले तिमीलाई इन्कार गरेका होइनन्‌ बरु मलाई इन्कार गरेका हुन्‌। म राजा दिन्छु तर तिनीहरूमाथि शासन गर्ने राजाले तिनीहरूबाट धेरै कुरा माग गर्नेछन्‌ भनेर बताउनू।’ तैपनि मानिसहरूले भने: “हामीलाई जसरी भए पनि राजा चाहिन्छ।”

यहोवा परमेश्‍वरले समुएललाई साउल नाम गरेको मानिस पहिलो राजा हुनेछन्‌ भन्‍नुभयो। साउल समुएललाई रामामा भेट्‌न जाँदा समुएलले तिनको शिरमा तेल खन्याएर राजा अभिषेक गरे।

पछि समुएलले इस्राएलीहरूलाई भेला हुन भने। तिनी तिनीहरूको नयाँ राजा चिनाउन चाहन्थे। तर साउल कतै भेटिएनन्‌। किन, तिमीलाई थाह छ? किनभने तिनी सामानहरूको बीचमा लुकिरहेका थिए। साउललाई भेटेपछि तिनीहरूले तिनलाई ल्याए र तिनी मानिसहरूको बीचमा उभिए। साउल सबैभन्दा अग्लो र सुन्दर थिए। समुएलले भने: ‘यहोवा परमेश्‍वरले छान्‍नुभएको मानिसलाई हेर!’ तब मानिसहरू यसो भन्दै कराउन थाले: “राजाको जय होस्‌!”

सुरुमा राजा साउलले समुएलको कुरा सुने र यहोवा परमेश्‍वरको आज्ञा पालन गरे। तर तिनी परिवर्तन भए। उदाहरणको लागि, राजाले बलि चढाउनु हुँदैनथ्यो। एकचोटि समुएलले साउललाई तिनको लागि पर्खन भनेका थिए तर समुएल चाँडै आइपुगेनन्‌। त्यसैले साउल आफैले बलि चढाए। समुएलले के गरे? समुएलले तिनलाई भने: ‘तपाईँले यहोवा परमेश्‍वरको आज्ञा पालन गर्नुपर्ने थियो।’ के साउलले आफ्नो गल्तीबाट पाठ सिक्ने थिए?

पछि साउल अमालेकीहरूलाई आक्रमण गर्न जाँदा समुएलले तिनलाई कसैलाई पनि जिउँदै नछोड्‌नू भनेका थिए। तर साउलले राजा अगागलाई मारेनन्‌। यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: ‘साउल मदेखि तर्केका छन्‌ र मेरो कुरा सुन्दैनन्‌।’ समुएल धेरै दुःखी भए र साउललाई भने: ‘तपाईँले यहोवा परमेश्‍वरको आज्ञा पालन गर्न छोड्‌नुभएको छ। त्यसैले उहाँले अर्को राजा छान्‍नुहुनेछ।’ समुएल त्यहाँबाट जान फनक्क फर्किँदा साउलले उनको बाहुला नभएको अलखाको छेउ च्याप्प समाते र त्यो च्यातियो। तब समुएलले साउललाई भने: ‘यहोवा परमेश्‍वरले तपाईँको राज्य पनि यसरी नै खोस्नुभएको छ।’ यहोवा परमेश्‍वरले उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्ने व्यक्‍तिलाई इस्राएलको राजा बनाउनुहुने थियो।

“बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु . . . उत्तम हो।”—१ समुएल १५:२२

प्रश्‍नहरू: इस्राएलीहरूले के माग गरे? यहोवा परमेश्‍वरले किन राजा साउललाई त्याग्नुभयो?

१ समुएल ८:१-२२; ९:१, २, १५-१७; १०:८, २०-२४; १३:१-१४; १५:१-३५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने