प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ५० p. १२०-p. १२१ par. ५
  • यहोवा परमेश्‍वर यहोसापातलाई बचाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा परमेश्‍वर यहोसापातलाई बचाउनुहुन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोशापात यहोवामाथि भरोसा गर्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवाको घरको निम्ति जोस देखाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • फैसला गरिने बेंसीमा न्याय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • २ इतिहास विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ५० p. १२०-p. १२१ par. ५
यरुसलेमबाट निस्केका सैनिकहरूको अघिअघि राजा यहोसापात र लेवी गायकहरू

पाठ ५०

यहोवा परमेश्‍वर यहोसापातलाई बचाउनुहुन्छ

यहुदाका राजा यहोसापातले बाआलका वेदीहरू र मूर्तिहरू सबै नाश गरे। तिनी मानिसहरूले परमेश्‍वरको व्यवस्था थाह पाऊन्‌ भन्‍ने चाहन्थे। त्यसैले तिनले उनीहरूलाई परमेश्‍वरको व्यवस्था सिकाउन भारदारहरू र लेवीहरूलाई पठाए।

यहुदावरपरका राज्यहरू यहुदामाथि आक्रमण गर्न डराउँथे किनकि तिनीहरूलाई यहोवा परमेश्‍वर आफ्ना मानिसहरूको साथमा हुनुहुन्छ भनेर थाह थियो। तिनीहरूले यहोसापातलाई थुप्रै उपहार दिए। तर मोआबीहरू, अम्मोनीहरू र सेइरको इलाकाबाट मानिसहरू यहुदासित लडाइँ गर्न आए। यहोसापातलाई यहोवाको मदत चाहिन्छ भनेर थाह थियो। त्यसैले तिनले सबै पुरुष, स्त्री र केटाकेटीलाई यरुसलेममा बोलाए। तिनले उनीहरूसामु यसरी प्रार्थना गरे: ‘हे यहोवा, हामी तपाईँको मदतविना विजयी हुन सक्दैनौँ। कृपया अब के गर्नुपर्ने हो, हामीलाई भन्‍नुहोस्‌।’

यहोवाले तिनको प्रार्थनाको जवाफ दिनुभयो। उहाँले भन्‍नुभयो: ‘नडराओ। म तिमीहरूलाई मदत गर्नेछु। तिमीहरू आ-आफ्नो स्थानमा खडा रहो र म कसरी तिमीहरूको उद्धार गर्नेछु, सो हेर।’ उहाँले तिनीहरूलाई कसरी बचाउनुभयो?

भोलिपल्ट बिहान यहोसापातले गायकहरू रोजे र तिनीहरूलाई सैनिकहरूको अघिअघि हिँड्‌न भने। तिनीहरू यरुसलेमबाट हिँडेर तेको भन्‍ने ठाउँमा भएको युद्धभूमिमा पुगे।

गायकहरूले ठूलो स्वरले यहोवा परमेश्‍वरको स्तुतिगान गाउँदै गर्दा उहाँले आफ्ना मानिसहरूको लागि युद्ध लड्‌नुभयो। उहाँले मोआबीहरू र अम्मोनीहरूलाई गोलमालमा पारिदिनुभयो र तिनीहरूले एकअर्कालाई मार्न थाले। तिनीहरू एक जना पनि बचेनन्‌। तर उहाँले यहुदाका मानिसहरू, सिपाहीहरू र पुजारीहरूलाई बचाउनुभयो। वरपरका सबै मानिसले उहाँले के गर्नुभयो भनेर सुने। यसबाट तिनीहरूले परमेश्‍वर अझै आफ्ना मानिसहरूको पक्षमा हुनुहुन्छ भनेर बुझे। उहाँ आफ्ना मानिसहरूलाई कसरी बचाउनुहुन्छ? थुप्रै तरिकामा बचाउनुहुन्छ। उहाँलाई मानिसहरूको मदत चाहिँदैन।

“यो लडाइँ तिमीहरूले लड्‌नुपर्नेछैन। आ-आफ्नो स्थानमा खडा रहो र यहोवा परमेश्‍वरले कसरी तिमीहरूको उद्धार गर्नुहुँदो रहेछ, सो हेर।”—२ इतिहास २०:१७

प्रश्‍नहरू: यहोसापात कस्तो राजा थिए? यहोवा परमेश्‍वरले यहुदालाई कसरी बचाउनुभयो?

२ इतिहास १७:१-१९; २०:१-३०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने