प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ७७ p. १८२-p. १८३ par. २
  • इनारको छेउमा एउटी स्त्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इनारको छेउमा एउटी स्त्री
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • सामरियाली स्त्रीलाई सिकाउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • एउटी सामरी स्त्रीलाई शिक्षा दिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • येशू इनारमा आइमाईसित कुरा गर्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • परमेश्‍वरले कसको उपासना स्वीकार्नुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ७७ p. १८२-p. १८३ par. २
याकुबको इनारमा येसु सामरियाली स्त्रीसित कुरा गर्नुहुन्छ

पाठ ७७

इनारको छेउमा एउटी स्त्री

निस्तार चाड सकिएपछि येसु र चेलाहरू गालिल फर्कनुहुँदा सामरियाको बाटो भएर जानुभयो। उहाँ सुखार सहरनजिकै याकुबको इनार भनिने ठाउँमा रोकिनुभयो। उहाँ त्यहाँ आराम गर्न बस्नुभयो र चेलाहरू खानेकुरा किन्‍न सहर गए।

त्यहाँ इनारमा एउटी स्त्री पानी भर्न आईन्‌। येसुले तिनलाई भन्‍नुभयो: “मलाई पानी पिउन देऊ।” तिनले भनिन्‌: ‘तपाईँ किन मसँग कुरा गर्दै हुनुहुन्छ? म सामरियाली हुँ। यहुदीहरू सामरियालीहरूसित कुरा गर्दैनन्‌।’ येसुले तिनलाई भन्‍नुभयो: ‘तिमीले मलाई चिनेकी भए मसित पानी माग्ने थियौ र मैले तिमीलाई जीवन दिने पानी दिने थिएँ।’ तिनले सोधिन्‌: ‘तपाईँ कसरी मलाई पानी दिन सक्नुहुन्छ? तपाईँसित बाल्टीसमेत छैन।’ येसुले भन्‍नुभयो: “जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन।” तिनले भनिन्‌: “हजुर, मलाई त्यो पानी दिनुहोस्‌।”

येसुले तिनलाई भन्‍नुभयो: ‘तिम्रो पतिलाई बोलाएर ल्याऊ।’ तिनले भनिन्‌: “मेरो पति छैन।” उहाँले भन्‍नुभयो: ‘तिमीले ठीक भन्यौ। तिम्रो पाँच चोटि बिहे भइसकेको छ र अहिले तिमी जोसित बसिरहेकी छ्यौ, ऊसित तिम्रो बिहे भएको छैन।’ तिनले भनिन्‌: ‘तपाईँ पक्कै भविष्यवक्‍ता हुनुहुन्छ। मेरा मानिसहरू यस डाँडामा परमेश्‍वरको उपासना गर्न सकिन्छ भन्छन्‌ तर यहुदीहरू यरुसलेममा मात्र उपासना गर्नुपर्छ भन्छन्‌। मसीह आउनुभएपछि उहाँले हामीलाई उपासना गर्ने तरिका सिकाउनुहुनेछ भनेर म पक्का छु।’ त्यसपछि येसुले ‘म नै मसीह हुँ’ भन्‍नुभयो। यो कुरा उहाँले पहिला कसैलाई भन्‍नुभएको थिएन।

येसु सामरियालीहरूसँग कुरा गर्नुहुन्छ

ती स्त्री हतारिँदै आफ्नो सहर गइन्‌ र सामरियालीहरूलाई भनिन्‌: ‘मैले मसीहलाई भेट्टाएँ जस्तो छ। उहाँलाई मबारे सबै कुरा थाह छ। आएर हेर्नुहोस्‌!’ मानिसहरू तिनीसँगै इनारमा आए र येसुको कुरा सुने।

सामरियालीहरूले येसुलाई तिनीहरूको सहरमा बस्न निम्तो दिए। दुई दिन उहाँले त्यहाँ सिकाउनुभयो र धेरै मानिसले उहाँमाथि विश्‍वास गरे। तिनीहरूले ती सामरियाली स्त्रीलाई भने: ‘उहाँको कुरा सुनेपछि उहाँ साँच्चै संसारको उद्धारक हुनुहुन्छ भनेर हामीलाई थाह भयो।’

“‘आऊ!’ जो तिर्खाउँछ, ऊ आओस्‌ अनि जसले चाहन्छ, उसले जीवन दिने पानी सित्तैँमा लेओस्‌।”—प्रकाश २२:१७

प्रश्‍नहरू: सामरियाली स्त्री येसुले तिनीसित कुरा गर्नुभएकोमा किन छक्क परिन्‌? उहाँले तिनलाई के भन्‍नुभयो?

युहन्‍ना ४:१-४२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने