प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ७९ p. १८६-p. १८७ par. २
  • येसु चमत्कारहरू गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु चमत्कारहरू गर्नुहुन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • हामी मृत्युबाट ब्यूँतन सक्छौं!
    महान्‌ शिक्षकबाट सिकौं
  • आँसुहरू ठूलो हर्षमा परिणत्‌ भए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • सानी केटी फेरि जीवित हुन्छे!
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ७९ p. १८६-p. १८७ par. २
बिरामीहरू निको हुन येसुकहाँ आउँदै छन्‌

पाठ ७९

येसु चमत्कारहरू गर्नुहुन्छ

येसु परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न पृथ्वीमा आउनुभएको थियो। येसु राजा हुनुभएपछि उहाँले के-के गर्नुहुनेछ भनेर देखाउन यहोवा परमेश्‍वरले उहाँलाई चमत्कारहरू गर्न पवित्र शक्‍ति दिनुभयो। उहाँ जस्तोसुकै रोग पनि निको पार्न सक्नुहुन्थ्यो। उहाँ जहाँ-जहाँ जानुभयो, बिरामीहरू निको हुन उहाँकहाँ आए र उहाँले तिनीहरूलाई निको पारिदिनुभयो। अन्धाहरूले देख्न, बहिराहरूले सुन्‍न र पक्षाघात भएकाहरू हिँड्‌न सके। प्रेतहरूको वशमा परेकाहरू पनि तिनीहरूबाट मुक्‍त भए। उहाँको लुगाको किनारा छुनेहरू पनि निको भए। येसु जहाँ-जहाँ जानुभयो, त्यहाँ-त्यहाँ मानिसहरूले उहाँलाई पछ्याए। एक्लै बस्न मन लागेको बेला पनि मानिसहरू उहाँकहाँ आउँदा उहाँले तिनीहरूलाई फर्काउनुभएन।

एकचोटि येसु बसिरहनुभएको घरमा मानिसहरूले पक्षाघात भएको एक जना मानिसलाई ल्याए। तर घरभरि मानिसहरू भएकोले तिनीहरू भित्र छिर्न सकेनन्‌। त्यसैले तिनीहरूले छाना उघारेर त्यस मानिसलाई येसु हुनुभएको ठाउँमा ओराले। त्यसपछि येसुले त्यस मानिसलाई भन्‍नुभयो: ‘उठ र हिँड।’ ऊ हिँडेको देखेर मानिसहरू चकित भए।

अर्को एकचोटि येसु एउटा गाउँभित्र पस्नुहुँदा १० जना कुष्ठरोगीले टाढैबाट ठूलो स्वरमा भने: ‘हे येसु, हामीलाई मदत गर्नुहोस्‌!’ त्यतिबेला कुष्ठरोगीहरू अरू मानिसको नजिक आउन पाउँदैनथे। येसुले तिनीहरूलाई मन्दिर जान भन्‍नुभयो। परमेश्‍वरको व्यवस्थाअनुसार कुष्ठरोगीहरू निको भएपछि मन्दिर जानुपर्थ्यो। तिनीहरू बाटोमा जाँदाजाँदै निको भए। तिनीहरूमध्ये एक जनाले आफू निको भएको चाल पाएपछि ऊ येसुलाई धन्यवाद दिन उहाँकहाँ फर्क्यो र परमेश्‍वरको प्रशंसा गऱ्‍यो। दस जनामध्ये एक जनाले मात्र येसुलाई धन्यवाद दियो।

बाह्र वर्षदेखि रगत बग्ने रोगले सताइएकी एउटी स्त्री जसरी भए पनि निको हुन चाहन्थी। भीडमा येसुको पछिल्तिर गएर उसले उहाँको लुगाको किनारा छोई। तुरुन्तै ऊ निको भई। त्यसपछि येसुले भन्‍नुभयो: “मलाई छुने को हो?” त्यो स्त्री डराई तर उसले अगाडि आएर सत्य कुरा बताई। येसुले उसलाई सान्त्वना दिँदै भन्‍नुभयो: ‘नानी, ढुक्क भएर जाऊ।’

याइरस नाम गरेका एक अफिसरले येसुलाई यस्तो बिन्ती गरे: ‘मेरो घरमा आइदिनुहोस्‌! मेरी सानी छोरी धेरै बिरामी छे।’ तर येसु याइरसको घरमा पुग्नुअघि नै ती सानी केटीको मृत्यु भइसकेको थियो। त्यहाँ पुग्नुहुँदा येसुले त्यस परिवारसँगै धेरै मानिसले शोक गरिरहेको देख्नुभयो। येसुले तिनीहरूलाई भन्‍नुभयो: ‘नरोऊ किनकि ऊ निदाइरहेकी छे।’ त्यसपछि उहाँले उसको हात समातेर भन्‍नुभयो: “नानु, उठ!” ऊ जुरुक्कै उठेर बसी। येसुले उसका आमाबुबालाई उसलाई केही खानेकुरा दिन भन्‍नुभयो। उसका आमाबुबा कत्ति खुसी भए होलान्‌, सोच त!

येसु याइरसकी छोरीलाई जीवित पार्नुहुन्छ

“परमेश्‍वरले उहाँलाई पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई निको पार्दै हिँड्‌नुभयो। परमेश्‍वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।”—प्रेषित १०:३८

प्रश्‍नहरू: येसुले किन सबै किसिमको रोग निको पार्न सक्नुभयो? याइरसकी छोरीलाई के भयो?

मत्ति ९:१८-२६; १४:३६; मर्कुस २:१-१२; ५:२१-४३; ६:५५, ५६; लुका ६:१९; ८:४१-५६; १७:११-१९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने