प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ८२ p. १९२-p. १९३ par. २
  • येसु आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • के हामीले येशूलाई प्रार्थना गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ८२ p. १९२-p. १९३ par. २
एक जना फरिसी सबैले देख्ने ठाउँमा प्रार्थना गर्छन्‌ अनि मानिसहरू रोकिएर तिनलाई हेर्दै छन्‌

पाठ ८२

येसु आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ

फरिसीहरू जे गर्थे, त्यो अरूलाई देखाउन मात्र गर्थे। अरूले याद गरोस्‌ भनेर तिनीहरू दया देखाउने गर्थे अनि सबैले देख्ने ठाउँमा उभिएर प्रार्थना गर्थे। तिनीहरू लामो प्रार्थना कण्ठ गर्थे अनि सभाघर र गल्लीहरूमा गएर सबैले सुन्‍नेगरि दोहोऱ्‍याउँथे। त्यसैले येसुले यसो भन्‍नुहुँदा मानिसहरू छक्क परे: ‘फरिसीहरूले जस्तो प्रार्थना नगर। धेरै बोल्यो भने परमेश्‍वर खुसी हुनुहुनेछ भनेर तिनीहरू सोच्छन्‌ तर त्यसो गर्दा उहाँ खुसी हुनुहुन्‍न। प्रार्थना भनेको तिमी र यहोवाबीच हुनुपर्छ। एउटै कुरा दोहोऱ्‍याई नराख। यहोवा तिमीले मनको सबै कुरा बताएको चाहनुहुन्छ।

एक ठिटो घुँडा टेकेर प्रार्थना गर्दै छ

‘तिमीले यसरी प्रार्थना गर्नुपर्छ: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌। तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।”’ येसुले तिनीहरूलाई दिनभरिको खानाको लागि, पापको क्षमाको लागि र व्यक्‍तिगत कुराहरूको लागि पनि प्रार्थना गर्न सिकाउनुभयो।

येसुले भन्‍नुभयो: ‘प्रार्थना गर्न कहिल्यै नछोड। स्वर्गमा बस्नुहुने बुबा यहोवा परमेश्‍वरसँग असल कुराहरू मागिरह। हरेक आमाबुबाले छोराछोरीलाई राम्रा कुराहरू दिन चाहन्छन्‌। यदि तिमीहरूको छोराले रोटी माग्यो भने के तिमीहरू उसलाई ढुङ्‌गा दिन्छौ र? यदि उसले माछा माग्यो भने के तिमीहरू उसलाई सर्प दिन्छौ र?’

त्यसपछि येसुले यस्तो पाठ सिकाउनुभयो: ‘यदि तिमीहरू आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबा यहोवाले उहाँसित माग्नेहरूलाई झन्‌ कत्ति धेरै पवित्र शक्‍ति दिनुहुनेछ। त्यसैले तिमीहरूले मागे मात्र पुग्छ।’ के तिमी येसुको यो सल्लाह मान्छौ? तिमी कस्ता कुराहरूको लागि प्रार्थना गर्छौ?

“मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।”—मत्ति ७:७

प्रश्‍नहरू: येसुले चेलाहरूलाई कस्ता कुराहरूको लागि प्रार्थना गर्न सिकाउनुभयो? के तिमी महत्त्वपूर्ण कुराहरूको लागि प्रार्थना गर्ने गर्छौ?

मत्ति ६:२-१८; ७:७-११; लुका ११:१३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने