प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ८८ p. २०६
  • येसु पक्राउ पर्नुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु पक्राउ पर्नुभयो
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • ख्रिष्टलाई धोका दिइन्छ र पक्राउ गरिन्छ
    येसु—बाटो, सत्य र जीवन
  • धोका र गिरफ्तारी
    सबैभन्दा महान्‌ पुरुष
  • येशू बगैंचामा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येशूको मानव जीवनको आखिरी दिन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ८८ p. २०६
यहुदा गेत्समनीको बगैँचामा येसुलाई धोका दिन्छन्‌

पाठ ८८

येसु पक्राउ पर्नुभयो

येसु र उहाँका प्रेषितहरू किद्रोन बेँसी हुँदै जैतुन डाँडा जानुभयो। मध्यरात भइसकेको थियो र त्यो पूर्णिमाको रात थियो। उहाँहरू गेत्समनीको बगैँचामा पुग्नुभएपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू यहीँ बस र जागा रहो।” त्यसपछि येसुले बगैँचामा अलि पर गएर घुँडा टेक्नुभयो र असाध्यै दुःखित हुँदै यहोवा परमेश्‍वरलाई यस्तो प्रार्थना गर्नुभयो: “तपाईँको इच्छाबमोजिम होस्‌।” त्यसपछि यहोवा परमेश्‍वरले येसुलाई हौसला दिन एक जना स्वर्गदूत पठाउनुभयो। येसु फर्कनुहुँदा आफ्ना तीन जना प्रेषित निदाइरहेको भेट्टाउनुभयो। उहाँले भन्‍नुभयो: ‘उठ! अहिले निदाउने समय होइन। मलाई शत्रुहरूको हातमा सुम्पिने समय भइसकेको छ।’

यहुदालाई पैसाको थैली दिइन्छ

केही बेरमै तरबार र लाठाहरू लिएर एउटा भीड त्यहाँ आइपुग्यो र त्यस भीडको अघिअघि यहुदा थिए। येसुलाई कहाँ भेट्टाउन सकिन्छ भनेर तिनलाई थाह थियो किनकि तिनीहरू अक्सर उहाँसित यहाँ आउने गर्थे। यहुदाले येसुलाई चिनाउन एउटा सङ्‌केत दिने कुरा सिपाहीहरूलाई बताएका थिए। सोझै येसुकहाँ गएर तिनले भने: ‘प्रणाम, गुरु।’ अनि उहाँलाई चुम्बन गरे। येसुले भन्‍नुभयो: ‘यहुदा, के तिमी मलाई चुम्बन गरेर धोका दिँदै छौ?’

येसुले अघि बढेर भीडलाई सोध्नुभयो: “तिमीहरू कसलाई खोज्दै छौ?” तिनीहरूले जवाफ दिए: “नासरी येसुलाई।” उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यो मै हुँ।” उहाँले त्यसो भन्‍नेबित्तिकै तिनीहरू पछि हटे अनि भुईँमा लडे। त्यसैले उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो: “तिमीहरू कसलाई खोज्दै छौ?” तिनीहरूले जवाफ दिए: “नासरी येसुलाई।” येसुले भन्‍नुभयो: ‘त्यो मै हुँ भनेर मैले भनिहालेँ नि। यिनीहरूलाई जान देओ।’

पत्रुसले के हुँदै छ भनेर चाल पाए अनि तरबार थुतेर प्रधानपुजारीको दास माल्कसको कान च्वाट्टै काटिदिए। तर येसुले उसको कान छोएर निको पारिदिनुभयो। त्यसपछि उहाँले पत्रुसलाई भन्‍नुभयो: ‘तिम्रो तरबार म्यानमै राख। तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।’ त्यसपछि सिपाहीहरूले उहाँलाई पक्रेर बाँधे अनि प्रेषितहरूचाहिँ भागे। भीडले उहाँलाई मुख्य पुजारी हन्‍नासकहाँ लगे। हन्‍नासले येसुलाई केरकार गरे र उहाँलाई प्रधानपुजारी कैयाफाकहाँ पठाइदिए। तर प्रेषितहरूलाई चाहिँ के भयो?

“संसारमा तिमीहरूले सङ्‌कष्ट झेल्नेछौ तर साहसी होओ! मैले यस संसारलाई जितेको छु।”—युहन्‍ना १६:३३

प्रश्‍नहरू: गेत्समनीको बगैँचामा के भयो? त्यस रात येसुले गर्नुभएको कामबाट हामी के सिक्न सक्छौँ?

मत्ति २६:३६-५७; मर्कुस १४:३२-५०; लुका २२:३९-५४; युहन्‍ना १८:१-१४, १९-२४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने