प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ९४ p. २२०-p. २२१ par. १
  • चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • यरूशलेममा पर्खेर बसिरहेका चेलाहरू
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवा हाम्रो शासक हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • पेन्तिकोसअघि उहाँलाई सयौँले देख्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • कसको अनि केको नाउँमा बप्तिस्मा लिनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ९४ p. २२०-p. २२१ par. १
यरुसलेममा मानिसहरू येसुका चेलाहरूले तिनीहरूकै भाषामा बोलेको सुन्दा छक्क पर्छन्‌

पाठ ९४

चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइन्छ

येसु स्वर्ग फर्कनुभएको १० दिनपछि उहाँका चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइयो। यो कुरा इस्वी संवत्‌ ३३ पेन्तिकोसको हो। यरुसलेममा पेन्तिकोसको चाड मनाउन थुप्रै ठाउँका मानिसहरू आएका थिए। एउटा घरको माथिल्लो तलाको कोठामा येसुका लगभग १२० जना चेला भेला भएका थिए। अचानक एउटा अचम्मको घटना घट्यो। आगोको ज्वालाजस्तो देखिने केही कुरा हरेक चेलाको टाउकोमाथि बस्यो र तिनीहरूले फरक-फरक भाषा बोल्न थाले। त्यस घरमा ठूलो बतास चलेको जस्तो आवाज आयो।

अरू ठाउँबाट यरुसलेम आएका मानिसहरूले जब त्यो आवाज सुने, तिनीहरू के भयो भनेर हेर्न त्यस घरतिर दौडे। चेलाहरूले तिनीहरूकै भाषामा बोलिरहेको सुनेर तिनीहरू चकित भए। तिनीहरूले भने: ‘यिनीहरू सबै गालिलका होइनन्‌ र? यिनीहरूले कसरी हाम्रा भाषाहरू बोल्न सकेका?’

त्यसपछि पत्रुस र अन्य प्रेषितहरू भीडको अगाडि उभिए। पत्रुसले येसु कसरी मारिनुभयो र परमेश्‍वरले कसरी उहाँलाई फेरि जीवित पार्नुभयो भनेर बताए। तिनले भने: ‘अहिले उहाँ स्वर्गमा यहोवा परमेश्‍वरको दाहिने हाततर्फ हुनुहुन्छ र प्रतिज्ञा गरिएको पवित्र शक्‍ति उहाँले हामीमाथि खन्याउनुभएको छ। त्यसैले गर्दा तपाईँहरू यी चमत्कारहरू देख्दै र सुन्दै हुनुहुन्छ।’

मानिसहरू पत्रुसको कुरा सुनेर एकदमै प्रभावित भए र तिनीहरूले सोधे: “हामी के गरौँ?” तिनले भने: ‘आ-आफ्नो पापको पश्‍चात्ताप गर्नुहोस्‌ र येसुको नाममा बप्तिस्मा गर्नुहोस्‌। अनि तपाईँहरूले पवित्र शक्‍तिको वरदान पाउनुहुनेछ।’ त्यस दिन लगभग ३ हजारले बप्तिस्मा गरे। त्यतिबेलादेखि यरुसलेममा चेलाहरूको सङ्‌ख्यामा धेरै वृद्धि भयो। प्रेषितहरूले पवित्र शक्‍तिको मदत पाएर अझ धेरै मण्डली स्थापना गरे र तिनीहरूले चेलाहरूलाई येसुले आज्ञा गर्नुभएको सबै कुरा सिकाउन सके।

“यदि तिमी येसु नै प्रभु हुनुहुन्छ भनेर मुखले जनसमक्ष घोषणा गर्छौ अनि परमेश्‍वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो भनेर आफ्नो मनमा विश्‍वास गर्छौ भने तिमीले उद्धार पाउनेछौ।”—रोमी १०:९

प्रश्‍नहरू: इस्वी संवत्‌ ३३ पेन्तिकोसमा के भयो? त्यति धेरै मानिसले किन बप्तिस्मा गरे?

प्रेषित १:१५; २:१-४२; ४:४; युहन्‍ना १५:२६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने