प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rr पृ. २-३
  • परिचालक निकायको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको पत्र
  • यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • २क इजकिएलका भविष्यवाणीहरू बुझ्नुहोस्‌
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • इजकिएलको पुस्तकका विशेषताहरू—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • इजकिएलको पुस्तकका विशेषताहरू—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
rr पृ. २-३

परिचालक निकायको पत्र

यहोवालाई प्रेम गर्ने प्रिय भाइबहिनीहरू:

कुरा इस्वी संवत्‌ १९७१ को हो। त्यो वर्ष आयोजना गरिएको “ईश्‍वरीय नाम” सम्मेलनमा उपस्थित सबै जना नयाँ प्रकाशनहरू पाएकोमा हर्षित थिए। कतिपयले यति धेरै प्रकाशन पाइएला भनेर “सोचेकै थिएनौँ” भने। त्यतिबेला विमोचन भएको एउटा प्रकाशनबारे एक जना भाइले यसो भने: “पछि हुने कुराहरूको पूर्वझलक यति राम्ररी पहिला कहिल्यै व्याख्या गरिएको थिएन।” तिनले कुन प्रकाशनबारे कुरा गर्दै थिए? “राष्ट्रहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌”—कसरी? भन्‍ने विषयको अङ्‌ग्रेजी किताबबारे। यो प्रकाशन पाएकोमा भाइबहिनीहरू किन त्यति धेरै खुसी भए? किनभने यसमा इजकिएलको किताबमा पाइने भविष्यवाणीहरूको बुझाइमा छाँटकाँट गरिएको थियो र ती भविष्यवाणीहरूले मानिसजातिको भविष्यलाई असर गर्थ्यो।

“यहोवा हुँ भनेर जान्‍नेछन्‌” किताब विमोचन भएदेखि यता परमेश्‍वरका सेवकहरूको सङ्‌ख्या १५ लाखबाट बढेर ८० लाखभन्दा धेरै पुगिसक्यो। (यसै. ६०:२२) परमेश्‍वरका यी लाखौँ सेवकले जम्माजम्मी ९०० भन्दा धेरै भाषा बोल्छन्‌। (जक. ८:२३) धेरैजसो भाइबहिनीले भविष्यवक्‍ता इजकिएलका भविष्यवाणीहरूबारे व्याख्या गरिएको प्रकाशन अध्ययन गर्ने मौका पाएका छैनन्‌।

यसबाहेक इस्वी संवत्‌ १९७१ पछिका दशकहरूमा ज्योति चहकिलो हुँदै जाँदा थुप्रै बाइबल सत्यबारे हाम्रो बुझाइमा छाँटकाँट भएको छ। (हितो. ४:१८) “अरू भेडा”-का मानिसहरू पनि परमेश्‍वरको मित्रको रूपमा कसरी धर्मी ठहरिएका छन्‌ भनेर इस्वी संवत्‌ १९८५ देखि प्रष्टसित बुझ्न थाल्यौँ। (युह. १०:१६; रोमी ५:१८; याकु. २:२३) अनि “भेडा” र “बाख्रा”-को रूपमा मानिसहरूको अन्तिम न्याय आउनै लागेको “महासङ्‌कष्ट”-को दौडान गरिनेछ भनेर हामीले १९९५ मा पहिलो चोटि बुझ्यौँ। (मत्ति २४:२१; २५:३१, ३२) यस्ता छाँटकाँटहरूले इजकिएलको किताबको हाम्रो बुझाइमा असर गर्छ।

“हे मानिसको छोरा, म तिमीलाई जे देखाउँछु, त्यो नियालेर हेर, कान थापेर सुन र त्यसमा ध्यान देऊ किनकि यसैको लागि तिमीलाई यहाँ ल्याइएको हो।”—इजकिएल ४०:४

हालैका वर्षहरूमा ज्योति अझै चहकिलो हुँदै गएको छ। येसुले बताउनुभएका उदाहरणहरूबाट हामीले सिकेका पाठहरूलाई विचार गर्नुहोस्‌। तीमध्ये थुप्रै उदाहरण अहिले हामीले एकदमै स्पष्टसित बुझेका छौँ। कतिपय उदाहरणहरू चाँडै आउन लागेको महासङ्‌कष्टको दौडान हुने घटनाहरूसित सम्बन्धित छ। त्यसैगरि इजकिएलको किताबमा पाइने कतिपय भविष्यवाणीबारे हाम्रो बुझाइमा छाँटकाँट गरिएको छ। त्यसमध्ये केही भविष्यवाणी यसप्रकार छन्‌: मागोगको गोगसम्बन्धी भविष्यवाणी (अध्याय ३८ र ३९), लेखनदासको मसीदानी भिरेको पुरुषको काम (अध्याय ९) अनि सुकेका हाडहरूले भरिएको बेँसी र प्रतीकात्मक अर्थमा दुइटा लौरोलाई सँगै जोड्‌ने (अध्याय ३७)। यी सबै कुरालाई विचार गर्दा “यहोवा हुँ भनेर जान्‍नेछन्‌” किताबमा वर्षौँअघि लेखिएका कुराहरू पनि छाँटकाँट गर्नुपर्ने देखिन्छ।

त्यसैले यहोवाका थुप्रै सेवकले यस्तो प्रश्‍न सोध्नु जायजै हो, “इजकिएलका भविष्यवाणीहरूको बुझाइमा भएका छाँटकाँटहरूबारे बताउने नयाँ प्रकाशन हामीले कहिले पाउँछौँ?” यस प्रश्‍नको जवाफस्वरूप यहोवाको शुद्ध उपासना आखिरमा पुनर्स्थापित हुन्छ! विषयको यो प्रकाशन तयार पारिएको छ। बाइस वटा अध्याय भएको यो प्रकाशन पढ्‌नुहुँदा र यसमा भएका आकर्षक चित्रहरूलाई नियालेर हेर्नुहुँदा यो प्रकाशन तयारी गर्न कत्ति विस्तृत अनुसन्धान गरिएको रहेछ भनेर बुझ्नुहुनेछ। रोचक कुराहरूले भरिएको इजकिएलको किताब यहोवा परमेश्‍वरले बाइबलमा समावेश गर्नुको कारण बुझ्न हामीले प्रार्थनापूर्वक धेरै विचार गऱ्‍यौँ। यस्ता प्रश्‍नहरूबारे गहिरिएर सोच्यौँ: इजकिएलले लेखेको किताबबाट तिनको समयका मानिसहरूले कस्तो पाठ सिके र आज हामी कस्तो पाठ सिक्न सक्छौँ? कुन-कुन भविष्यवाणी अझै पूरा हुन बाँकी छ? इजकिएलको भविष्यवाणीका विवरण, पात्र र वस्तुले कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर सोच्नु सही हो? यी प्रश्‍नहरूको जवाफले सबैले पढ्‌न रुचाउने इजकिएलको किताबलाई एकदमै राम्ररी बुझ्न मदत गर्नेछ।

इजकिएल

यो प्रकाशन पढिसकेपछि तपाईँको हृदयमा पक्कै पनि यहोवा परमेश्‍वरको सङ्‌गठनको स्वर्गीय भागप्रति श्रद्धा जाग्नेछ। साथै उहाँलाई स्वीकार्य तरिकामा उपासना चढाउन चाहनेहरू, चाहे उनीहरू स्वर्गमा होऊन्‌ वा पृथ्वीमा, उनीहरूको लागि उहाँले तोक्नुभएका उच्च स्तरहरूबारे थाह पाउँदा तपाईँ छक्क पर्नुहुनेछ। शुद्ध उपासना किताबले तपाईँलाई यहोवा परमेश्‍वरले आफ्ना सेवकहरूका लागि गरिसक्नुभएका र भविष्यमा गर्नुहुने कुराहरूको लागि अझ कृतज्ञ हुन मदत गर्नेछ। यस प्रकाशनमा दुइटा विषयलाई बारम्बार जोड दिइएको तपाईँले याद गर्नुहुनेछ। पहिलो, यहोवा परमेश्‍वरलाई खुसी पार्न चाहन्छौँ भने हामीले उहाँलाई ब्रह्‍माण्डको सर्वोच्च परमेश्‍वरको रूपमा चिन्‍नुपर्छ र स्विकार्नुपर्छ। दोस्रो, यहोवा परमेश्‍वरका उच्च स्तरहरूअनुरूप चल्दै उहाँलाई स्वीकार्य तरिकामा उपासना चढाउनुपर्छ।

यस प्रकाशनले यहोवा परमेश्‍वरको महान्‌ र पवित्र नामको आदर हुनेगरि उपासना चढाउने तपाईँको अठोटलाई अझ सुदृढ पारोस्‌ भन्‍ने हामी चाहन्छौँ। साथै राष्ट्रहरूले यहोवा नै सर्वोच्च परमेश्‍वर हुनुहुन्छ भनेर जान्‍ने समयको प्रतीक्षा गरेर बस्न पनि तपाईँलाई प्रोत्साहन देओस्‌।—इज. ३६:२३; ३८:२३.

यहोवा परमेश्‍वरको प्रेरणा पाएर भविष्यवक्‍ता इजकिएलले लेखेको किताब बुझ्न तपाईँले गर्ने प्रयासमा हाम्रा मायालु बुबा यहोवाले तपाईँलाई प्रशस्त आशिष्‌ देऊन्‌।

तपाईँका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने