प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm17 पृ. ७-८
  • जानकारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जानकारी
  • २०१७ यहोवाको साक्षीहरूको अधिवेशन
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विशेष सभाहरू
  • जानकारी
  • जानकारी
    २०१८ अधिवेशन कार्यक्रम
  • जानकारी
    २०१९ अधिवेशन कार्यक्रम
  • जानकारी
    २०२० अधिवेशन कार्यक्रम
  • जानकारी
    २०२४ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०१७ यहोवाको साक्षीहरूको अधिवेशन
CO-pgm17 पृ. ७-८

जानकारी

विशेष सभाहरू

बेथेल सेवा बेथेलमा सेवा गर्न इच्छुक भएका ३५ वर्ष वा सोभन्दा कम उमेरका बप्तिस्मा गरेका दाजुभाइ दिदीबहिनी बेथेल सभामा उपस्थित हुन सक्छन्‌। यो सभा अधिवेशनको पहिलो दिन दिउँसो हुन्छ। यो सभा हुने स्थान र समयबारे घोषणा गरिनेछ।

राज्य प्रचारकहरूका लागि स्कुल आफ्नो सेवा विस्तार गर्न चाहेका २३ देखि ६५ वर्षबीचका अग्रगामी सेवकहरू तेस्रो दिनको दिउँसो हुने यस सभामा उपस्थित हुन सक्छन्‌। यो सभा हुने स्थान र समयबारे घोषणा गरिनेछ। हार नमान्‍नुहोस्‌! यहोवाका साक्षीहरूको अधिवेशन २०१७ यहोवाका साक्षीहरूको परिचालक निकायद्वारा आयोजित

जानकारी

परिचारकहरू तपाईंकै मदतका लागि परिचारकहरू खटाइएका हुन्‌। तिनीहरूले गाडी पार्क गर्ने, भीडभाड नगर्ने, सिट रोक्ने अनि अन्य विषयमा निर्देशन दिन्छन्‌। कृपया ती निर्देशनहरू पालन गर्नुहोस्‌।

बप्तिस्मा बप्तिस्मा गर्न तयार भएकाहरूको लागि प्रायजसो मञ्चअगाडिका सिटहरू छुट्ट्याइन्छ। तिनीहरू दोस्रो दिन बिहान बप्तिस्मा भाषण सुरु हुनुअघि नै ती सिटहरूमा बसिसकेको हुनुपर्छ। हरेकले तौलिया र बप्तिस्मा गर्दा लगाउन मिल्ने भद्र पोसाक ल्याउनुपर्छ।

अनुदान अधिवेशनमा उपस्थित हुनेहरूले कार्यक्रमबाट आनन्द उठाउन सकून्‌ र यहोवासित अझ नजिक हुन मदत पाऊन्‌ भन्‍ने उद्देश्‍य राखेर प्रशस्त सिट, साउन्ड सिस्टम र अन्य थुप्रै सेवाको प्रबन्ध मिलाउन निकै रकम खर्च भएको छ। तपाईंको स्वेच्छिक अनुदानले यी खर्चहरू बेहोर्न मदत दिन्छ। यसले विश्‍वव्यापी काममा पनि मदत पुऱ्‍याउँछ। अनुदान बाकस भनी स्पष्टसित लेखिएका बाकसहरू तपाईंको सुविधाको लागि यस भवनको ठाउँ-ठाउँमा राखिएका छन्‌। राज्य गतिविधि अघि बढाउन तपाईंले उदारचित्तले दिने अनुदानको लागि परिचालक निकायको तर्फबाट धन्यवाद दिन चाहन्छौं।

प्राथमिक उपचार कृपया याद गर्नुहोस्‌, यो सेवा आकस्मिक उपचारका लागि मात्र हो।

हरायो/पायो बेवारिसे सामानहरू हरायो/पायो विभागमा बुझाउनुपर्छ। तपाईंको केही सामान हराएको छ भने यस विभागमा सम्पर्क राख्नुहोस्‌। यदि हराएको कुनै बच्चा भेट्टाउनुभयो भने यस विभागमा लग्नुहोस्‌। तर यसलाई शिशु स्याहार कक्षको रूपमा नलिनुहोस्‌। कृपया आफ्ना छोराछोरीको रेखदेख आफै गर्नुहोस्‌ र तिनीहरूलाई सँगै राख्नुहोस्‌।

सिटको व्यवस्था कृपया अरूको आवश्‍यकतामा पनि ध्यान दिनुहोस्‌। नबिर्सनुहोस्‌, आफ्नै परिवारका सदस्यहरू र एउटै सवारी साधनमा यात्रा गर्नेहरू, एउटै घरमा बस्नेहरू र हाल तपाईंसित बाइबल अध्ययन गरिरहेकाहरूको लागि मात्र सिट रोक्न सकिन्छ। कृपया आफूलाई चाहिएको भन्दा धेरै सिट नरोक्नुहोस्‌।

स्वयंसेवा अधिवेशनमा तपाईं स्वयंसेवकको रूपमा काम गर्न चाहनुहुन्छ भने कृपया स्वयंसेवा विभागमा सम्पर्क राख्नुहोस्‌।

यहोवाका साक्षीहरूको परिचालक निकायद्वारा आयोजित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने