प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lvs pp. ३-४
  • परिचालक निकायको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको पत्र
  • परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • “परमेश्‍वरको प्रेम”-मा पढ्नुहोस्
  • मिल्दोजुल्दो सामग्री
  • १. परमेश्‍वरको प्रेम सधैँ रहिरहन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • परमेश्‍वरको प्रेम पाउन लायक बन्‍नुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • आफ्नो प्रेम सेलाउन नदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • ‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
lvs pp. ३-४

परिचालक निकायको पत्र

यहोवा परमेश्‍वर र उहाँको वचन बाइबललाई प्रेम गर्नेहरूको लागि:

येसुले भन्‍नुभयो: “तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (युहन्‍ना ८:३२) पहिलो पटक बाइबलबाट सत्य कुरा थाह पाउँदा तपाईँले कस्तो महसुस गर्नुभएको थियो, याद गर्नुहोस्‌। झूटले भरिएको संसारमा सत्य कुरा सिक्न पाउनु कति खुसीको कुरा!—२ तिमोथी ३:१.

हामीले सत्य सिकेको यहोवा परमेश्‍वर चाहनुहुन्छ। हामी छिमेकीहरूलाई माया गर्छौँ, त्यसैले तिनीहरूलाई सत्यबारे बताउँछौँ। तर हामीले गर्न सक्ने कुरा अरू पनि छन्‌। यहोवाका सिद्धान्तहरूलाई मनैदेखि प्रेम गर्ने भएकोले हामी ख्रिष्टियनको रूपमा जीवन बिताउन सक्दो गर्छौँ। परमेश्‍वरलाई प्रेम गर्छौँ भनेर देखाउन सक्ने एउटा महत्त्वपूर्ण तरिका येसुले बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गऱ्‍यौ भने तिमीहरू सधैँ मेरो प्रेम पाउन लायकका भइरहनेछौ, जसरी मैले पनि बुबाका आज्ञाहरू पालन गरेर सधैँ उहाँको प्रेम पाउन लायकको भइरहेको छु।”—युहन्‍ना १५:१०.

येसु आफ्नो बुबालाई धेरै माया गर्नुहुन्छ। त्यसैले बुबाले अह्राउनुभएको जुनसुकै काम पनि उहाँ खुसीसाथ पूरा गर्नुहुन्छ। हामीले येसुको अनुकरण गऱ्‍यौँ भने यहोवाले हामीलाई पनि प्रेम गर्नुहुनेछ र हामीदेखि खुसी हुनुहुनेछ। येसुले यसो भन्‍नुभयो: “तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ।”—युहन्‍ना १३:१७.

यस किताबले तपाईँलाई बाइबलमा बताइएको सत्यअनुसार जीवन बिताउन र परमेश्‍वरको मित्र हुन मदत गर्नेछ भनेर हामीले आशा गरेका छौँ। परमेश्‍वरप्रतिको तपाईँको प्रेम बढ्‌दै जाओस्‌ र तपाईँले “अनन्त जीवन पाउने समयलाई पर्खुन्जेल . . . आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक” बनाइराख्न सकोस्‌ भनेर हामी प्रार्थना गर्छौँ।—यहुदा २१.

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने