शिक्षण पेटी २ख
इजकिएल तिनको जीवन र तिनी बाँचेको समय
इजकिएलको अर्थ हो, “परमेश्वरले बलियो पार्नुहुन्छ।” हुनत तिनले गरेका भविष्यवाणीहरूमा थुप्रै चेतावनी पाइन्छ तर तिनका भविष्यवाणीहरूमा पाइने मुख्य सन्देश तिनको नामको अर्थसित मेल खान्छ र ती भविष्यवाणीहरूले परमेश्वरलाई शुद्ध उपासना चढाउन चाहनेहरूको विश्वासलाई बलियो पार्छ।
तिनको समयका भविष्यवक्ताहरू
यर्मिया
उनी पुजारी परिवारका थिए र उनले धेरैजसो समय यरुसलेममा सेवा गरे (ईसापूर्व ६४७-५८०)
हुल्दाह
उनले ईसापूर्व ६४२ तिर मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाइएको समयमा सेवा गरिरहेकी थिइन्
दानिएल
उनी यहुदाको शाही कुलका सदस्य थिए र उनलाई ईसापूर्व ६१७ मा बेबिलोन लगिएको थियो
हबकुक
उनले यहोयाकिमको शासनकालको सुरुतिर यहुदामा सेवा गरेको हुनुपर्छ
ओबदियाह
उनले सायद यरुसलेमको विनाशको बेला एदोमविरुद्ध भविष्यवाणी गरे
उनीहरूले कहिले भविष्यवाणी गरे? (सबै मिति ईसापूर्व)
इजकिएलको जीवनकालमा घटेका मुख्य घटनाहरू (सबै मिति ईसापूर्व)
क. ६४३: जन्म
६१७: बेबिलोनको निर्वासनमा लगिन्छन्
६१३: भविष्यवाणी गर्न सुरु गर्छन्; यहोवाबाट दर्शन पाउँछन्
६१२: मन्दिरमा भइरहेको धर्मत्यागसम्बन्धी दर्शन देख्छन्
६११: यरुसलेमविरुद्ध भविष्यवाणी गर्न थाल्छन्
६०९: पत्नीको मृत्यु हुन्छ र यरुसलेमलाई अन्तिम पटक घेरा हालिन्छ
६०७: यरुसलेम विनाश भएको पक्का खबर पाउँछन्
५९३: मन्दिरको दर्शन देख्छन्
५९१: मिश्रलाई नबुकद्नेजरले कब्जा गर्नेबारे भविष्यवाणी गर्छन्; किताब लेखेर सिध्याउँछन्
यहुदा र बेबिलोनका राजाहरू
६५९-६२९: योसियाह शुद्ध उपासनालाई विस्तार गर्छन् तर फारो नेकोसितको युद्धमा तिनको मृत्यु हुन्छ
६२८: यहोअहाजले तीन महिना खराब शासन गर्छन् र फारो नेकोले तिनलाई बन्दी बनाएर लैजान्छन्
६२८-६१८: यहोयाकिम खराब राजा थिए र फारो नेकोले तिनलाई आफ्नो अधीनमा रहेर शासन गर्न लगाउँछन्
६२५: नबुकद्नेजरले मिश्री सेनालाई हराउँछन्
६२०: नबुकद्नेजरले पहिलो पटक यहुदालाई आक्रमण गर्छन् र यहोयाकिमलाई आफ्नो अधीनमा रहेर यरुसलेममा शासन गर्न लगाउँछन्
६१८: यहोयाकिम नबुकद्नेजरको विद्रोह गर्छन् तर बेबिलोनीहरूले प्रतिज्ञा गरिएको देशलाई दोस्रो पटक आक्रमण गर्दा सायद तिनको मृत्यु हुन्छ
६१७: येकोनिया पनि भनिने यहोयाकिन खराब राजा थिए, जसले तीन महिना शासन गर्छन् र अन्तमा नबुकद्नेजरसामु आत्मसमर्पण गर्छन्
६१७-६०७: दुष्ट र डरपोक राजा सिदकियाहलाई नबुकद्नेजरले आफ्नो अधीनमा रहेर शासन गर्न लगाउँछन्
६०९: सिदकियाह नबुकद्नेजरको विद्रोह गर्छन् र त्यसपछि नबुकद्नेजरले यहुदालाई तेस्रो पटक आक्रमण गर्छन्
६०७: नबुकद्नेजर यरुसलेमलाई विनाश गर्छन् र सिदकियाहको आँखा फुटाएर तिनलाई बेबिलोन लैजान्छन्