प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th अध्या. १० पृ. १३
  • स्वर परिवर्तन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर परिवर्तन
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • स्वर परिवर्तन
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • सुहाउँदो आवाज
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उत्साह
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • विश्‍वस्त भएर बोल्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th अध्या. १० पृ. १३

बुँदा १०

स्वर परिवर्तन

उल्लिखित शास्त्रपद

हितोपदेश ८:४, ७

सारांश: स्वर, स्वरको तीखोपना र स्वरको गतिमा विविधता ल्याएर जानकारीलाई स्पष्ट र मन छुने तरिकामा प्रस्तुत गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • स्वर सानो-ठूलो बनाउनुहोस्‌। मुख्य बुँदालाई जोड दिन र श्रोतालाई जुर्मुऱ्‍याउन स्वर ठूलो बनाउनुहोस्‌। कसैलाई न्यायदण्ड सुनाइएको भाग धर्मशास्त्रबाट पढ्‌दा पनि त्यसै गर्नुहोस्‌। श्रोतालाई उत्सुक बनाउन अथवा चिन्ता वा डर व्यक्‍त गर्न स्वर सानो बनाउनुहोस्‌।

    व्यावहारिक सुझाव

    घरिघरि स्वर ठूलो नबनाउनुहोस्‌ अन्यथा श्रोताले हप्कीदप्की लगाएको महसुस गर्नेछन्‌। आफूतर्फ ध्यान खिच्नेगरि बढ्‌तै नाटकीय तरिकामा प्रस्तुत नगर्नुहोस्‌।

  • स्वरको तीखोपनामा विविधता ल्याउनुहोस्‌। तपाईँको भाषामा सुहाउँछ भने उत्साह देखाउन स्वरको तीखोपना बढाउनुहोस्‌। साथै सानो-ठूलो आकार वा दूरीलाई सङ्‌केत गर्न कुनै अक्षरको लामो उच्चारण गर्न सक्नुहुन्छ। जस्तै: “ठूलो”-मा “ऊ”-को लामो उच्चारण गर्न सक्नुहुन्छ। दुःख वा चिन्ता व्यक्‍त गर्न स्वरको तीखोपना घटाउनुहोस्‌।

  • स्वरको गतिमा उतारचढाव ल्याउनुहोस्‌। उत्साह देखाउन छिटो बोल्नुहोस्‌। महत्त्वपूर्ण बुँदा बताउँदा बिस्तारै बोल्नुहोस्‌।

    व्यावहारिक सुझाव

    श्रोता नै छक्क पर्नेगरि एक्कासि स्वरको गति परिवर्तन नगर्नुहोस्‌। साथै उच्चारण नै अस्पष्ट हुनेगरि एकदमै छिटो-छिटो नबोल्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने