भारतको फसलमा रमाहट
एफ. इ. स्किनरको वर्णन अनुसार
मलाई ता पत्याउनै गाह्रो भयो—दश बेग्ला बेग्लै भाषामा २१ सम्मेलनहरूमा ईश्वरीय न्यायको अर्थ सिक्न १५,००० भन्दा बढ़ी मानिसहरू भेला भएका र ५४५ जनाले न्यायको महान परमेश्वर, यहोवाका लागि प्रेम प्रकट गर्दै बप्तिस्मा लिएका! भारतका ९,००० यहोवाका साक्षीहरूका निम्ति यो घटना सन् १९८९ सालको विशेषता भयो। तर मेरो लागि यो एउटा खास रमाहटको कारण थियो। किन? किनभने, भारतमा मैले प्रथम चोटी, सन् १९२६ मा कदम टेक्दा, यस प्रकारको भव्य घटनाहरूको कल्पना गर्न गाह्रो थियो। त्यस बेला, देश भरि, राज्यको सुसमाचार सुनाउने, ७० भन्दा कम प्रचारकहरू थिये। मेरो साथी र मलाई त्यस बेला, प्राय ६४ वर्ष अघि, साँच्चै नै, कस्तो अनौठो काम सुम्पियेको थियो!
म भारतमा कसरी आँए
सन् १९२६ को मै महिनामा म लन्डन, विलायतमा एउटा विशाल सम्मेलनमा उपस्थित् हुन गएको थिएँ र त्यस पश्चात् सोझै आफ्नो घर, शेफील्डमा फर्के। यसको केहि दिन पछि, क्षेत्र सेवकाई बाट फर्कन्दा, मेरो निम्ति आएको एउटा तार देखें। त्यहाँ यो खबर लेखिएको थियो: “न्यायाधिश रदरफर्ड तपाईं सँग भेट गर्न चाहनु हुन्छ।”
भाइ रदरफर्ड, वाचटावर सोसाइटीको दोस्रो सभापति, न्यु-यर्क बाट हालै भएको सम्मेलनका लागि आउनु भएको थियो र अझ पनि उहाँ लन्डन मै हुनुहुन् थियो। भोली पल्ट बिहान, लन्डन जाने रेल भित्र बसेको बेलामा “यो बुलावाको अर्थ के होला?” भनेर सोची रहें। तर त्यहाँ शाखा कार्यलयमा पुगे पछि, मलाई भाइ रदरफर्ड कहाँ लगियो र उहाँले मलाई यो प्रश्न गर्नु भयो: “संसारको कुनै भागमा पनि काम गर्न जान, के तपाईं राजी हुनु हुन्छ?”
“राजी छु” भनेर मैल उत्तर दियें।
“के भारतमा जान तैयार हुनुहुन्छ?”
“कहिले पठाउन चाहनु हुन्छ?” भनेर मैले तुरन्तै उत्तर दिएँ। र तीन हप्ताह पश्चात्, जर्ज राइट र म भारत जाने पानि जहाज भित्र पस्यौं। म त्यति बेला ३१ वर्षको थिएं र आफ्नो जीवनमा के गर्न चाहन्छु भन्ने विषयमा मैले फैसला गरि सकेको थिएं। म निश्चिन्त थिएँ।
जीवनको पद्धति बारे फैसला गरेको
सन् १९१८ मा प्रथम विश्व-युद्ध शेष भयो र मैले भरखरै ब्रिटिश पल्टनमा पुरा चार वर्ष बिताइसकेको थिएँ। फोटो चित्रण र रेडियो प्रसारणमा मेरो विशेष चासो थियो। सामने, व्यापार सम्बन्धी राम्रो मौकाहरू खुल्न थाले। साथै, मेरो विवाहगर्ने विचार पनि थियो। तर अर्को तिर, ती कुराहरू पनि बुझ्न लागेको थिएँ जसले मेरो जीवनको सम्पूर्ण लक्ष्यलाई बदली रहेको थियो।
मेरो पिताले स्टडीज इन दी स्क्रीपचर्सको एउटा पूरा सेट लिनु भएको थियो र एक जना अग्रगामी हाम्रा परिवार सँग बाइबल अध्ययन गर्न घर आउनु हुन् थियो। यी अग्रगामी महिला, स्कूलको एक जना शिक्षिका रहेछीन्। समयमा, मेरो उमेरका जवान मानिसहरूका एक दल मिलेर उनको घरमा, प्रत्यक शनिवार एक कप चिया र बाइबल अध्ययनका लागि जान थाल्यौं। उनले हामीलाइ बारम्बार यहोवाको सेवाको निम्ति बढ़न भनथिन्। “सेवा गर्ने मौका कहिले पनि अस्वीकार नगर्नु” भन्थिन्। उनले मलाई विवाह नगरी, एकलो बस्ने प्रोत्साहन पनि दिइन्।
केहि समयका लागि मेरो मनमा सङ्घर्ष भइ रहयो। तर मत्ती १९:२१ मा उल्लेखित्, येशूले त्यो नौजवान शासकलाई भन्नु भएका यी शब्दहरूले मलाई मदद दियो: “तिमी सिद्ध हुने इच्छा गर्छौ भने गएर तिमीसित जो छ, सबै बेचेर दरिद्रहरूलाई देऊ, औ तिमीलाई स्वर्गमा धन मिल्नेछ र आएर मेरो पछि लाग।” मैले काम गर्ने ठाउँमा आफ्नो राजीनामा दिएँ र तीन महिना भित्र म पनि एक जना अग्रगामी भएँ। यो साथै विवाह न गर्ने मेरो फैसला, दुवैले गर्दा, प्राय चार वर्ष पछि, भारतमा गएर सेवा गर्ने त्यो बहुमूल्य अवसरका लागि म योग्य भएँ।
एउटा विशाल र नया क्षेत्र
जर्ज राइट र मलाई, भारतमा मात्र होइन, तर बर्मा (वर्तमान म्यानमार) र सीलोनमा (वर्तमान श्री लङ्का) पनि भइ रहेको राज्यको प्रचारको देखरेख गर्ने जिम्मेवारी सुम्पियो। केहि समय पछि, परसिया (वर्तमान इरान) र अफगानिस्तान पनि थपियो। भारतको इलाका अमेरिकाको भन्दा कमै भएतापनि, जन सङ्ख्या धेरै नै बढ़ी थियो। यो देश विभिन्न आहार, परम्परा, भाषा, मानिसहरू र धर्महरू भएको ठाउँ थियो। उदाहरणकालागि, हिन्दू, मुसलमान, पारसी, जैन, सिख, बुद्धिस्ट साथै क्याथोलिक र प्रोटेस्टेन्टहरू सबै थिये।
भारतमा प्रचारको काम १९०५ देखिन् शुरू भएको थियो र १९१२ मा वाचटावर सोसोइटीको प्रथम सभापति, चार्लस रसल आउनु हुँदा, काम गर्नेहरूले अझ प्रेरणा पाये। ए. जे. जोसेफ नामका एक जना जवान र जोशिला प्रचारक सँग रसलको अन्तरवार्ता द्वारा प्रचारको एउटा स्थायी प्रबन्ध भयो। जोसेफले बाइबल सम्बन्धी पुस्तकहरू आफ्नो मलायलम् भाषामा अनुवाद गरे र विशेष गरि दक्षिण भारत भरि विस्तृत रूपमा यात्रा गर्दै ठाउँ ठाउँमा भाषणहरू दिने गरे। आज, भारतको जन सङ्ख्याको ३ प्रतिसद् मात्र मलायलम् भाषा बोल्ने इलाकामा बसेतापनि, भारतको आधा जति प्रचारकहरू आज यही मलायलम भाषा बोल्ने इलाकामा छन्। यो इलाकालाई पहिला ट्रावानकोर र कोचिन भन्थे तर सन् १९५६ मा यो केराला प्रान्त भयो।
जर्ज राइट र मैले पालैपालो गर्दै, बम्बईको कार्यालय हेर्ने र लामो समय लाग्ने प्रचारको यात्राहरूमा जाने प्रबन्ध मिलायौं। हामीले भारतको रेलगाड़ीहरू, घोड़ाहरू र बैलगाड़ाहरूको पुरा प्रयोग गरयौं। त्यति बेला, मानिसहरू सँग पढ़ने केहि सामग्री छाड़ने र कुनै भेला हुने ठाउँ अथवा एउटा अध्ययन केन्द्रमा बोलाउने गर थियौं। हामीले अंग्रेजी बोल्ने इसाईजगतका मानिसहरूलाई विशेष ध्यान दियौं।
शुरूमा, मलाई प्रहरीदुर्गका सबै वार्षिक ग्राहकहरूको ठेगाना दिइयो। यिनीहरू मध्य धेरै जसो रेलगाड़ी अथवा तार-सेवा सँग सम्बन्धित मानिसहरू थिये। साँचो चासो हुनेहरूलाई खोज्न, म हरेक ठेगानामा गएँ। धेरै वर्ष सम्म, जनुवरीमा म उत्तरी भारतको पञ्जाब जान थिएँ र त्यहाँ बाट लाहोर र कराची आउँ थियें। धेरै जसो मानिसहरूले बाइबल रूचाउँदैन थिए र यसले गर्दा, इसाईजगतका व्यक्तिहरू बस्ने गाउँहरू पनि थोरै र एक अर्का देखिन् टाढ़ा हुन्थिये।
एक जना भाइ मेरो अनुवादक भएर म सँग आउनु हुन्थियो। हामी दुवै गाउँका मानिसहरू सँग खाने र बस्ने गर थियौं। गाउँलेहरू माटो र खरको छाना भएका साना साना घरहरू मा बस्दथिये। सुत्नका लागि तिनीहरूले चारपाई अर्थात् चार खुट्टे काठको खाट प्रयोग गर थिये जसको बीचमा डोरी बुनेको हुनू थियो। हामीहरूले परमेश्वरको वचनको सत्यकुराहरू सुनाउदा, अकसर किसानहरू तिनीहरूका चारपाईमा बसेर, दुइ अथवा तीन फुट लामो नली भएको हुक्का तान्दै, हातमा भएको बाइबलको पानाहरू पल्टाउने गरथिये। धेरै जसो महिना पानी नपरेको हुनाकारण, बाहिर खुल्ला मैदानमा सभाहरू गर्न सुविधाजनक हुन्थियो। यस प्रकारका सभाहरूमा आउन, धेरै जसो अंग्रेजहरू आफूलाई ठूलो ठान्दै आउन नचाहेता पनि, भारतका मानिसहरू जहाँ पनि भेला हुन तैयार हुन् थिये।
हामीले सके सम्म धेरै भाषाहरूमा किताबहरू छपाउने कोशिश गरयौं। कन्नड़ भाषामा प्रकाशित् वर्ल्ड डिस्ट्रस भन्ने पुस्तक धेरैले रूचाए। यसले गर्दा, एउटा कन्नड़ धार्मिक पत्रिकाका सम्पादकले उनको पत्रिकामा लेखहरू लेख्ने निम्तो हामीलाई दिनुभयो र केहि समयका लागि हामीले डेलिवरेन्स भन्ने पुस्तकको श्रृङ्खला प्रत्यक १५ दिनमा छपाउने गरयौं।
सन् १९२६ देखिन् १९३८ बीच जोशिला अग्रगामीहरूले विस्तृत रूपमा प्रचार गरे। हामीले हजारौं मील यात्रा गरयौं र अनगिन्ती पुस्तक, पुस्तिकाहरूको वितरण भयो। तापनि, वृद्धि चाँहि धेरै भएन। सन् १९३८ सम्म, भारत भरि, २४ मण्डलीहरूमा २७३ प्रकाशकहरू र १८ जना अग्रगामीहरू मात्र थिये।
दोस्रो विश्व युद्धमा
सन् १९३९ मा, दोस्रो विश्व युद्ध शुरू भयो। तर हामी आफ्नो प्रचारको काम गरी नै रहयौं। भनौं भने, १९४० मा सड़कहरूमा उभेर साक्षी दिने काम शुरू भयो। यहाँको स्थानीय चलनको विपरीत भएता पनि, भारतका हाम्रा बहिनीहरूले पनि यस प्रकार साक्षी दिने काममा भाग लिये। वषौं पश्चात्, एक जना साक्षीले बाइबल अध्ययन गर्ने एउटी विद्यार्थीलाई यस प्रकार, सड़कमा उभेर साक्षी दिने काममा भाग लिने निम्तो दिनुहुँदा, त्यो विद्यार्थीले एसो भनि: “म भारतकी स्त्री हुँ। मलाई सड़कमा उभेर अर्को लोग्ने मानिस सँग बोलेको कसैले देख्यो भने, सबै छिमेकीहरूमा मेरो बदनाम हुनेछ। त्यो लोग्ने मानिस मेरो आफ्नै नातेदार भएतापनि, म उ सँग सड़कमा उभेर कुरा गर्नु हुँदैन।” तर यस प्रकारको चलन हुँदाहुँदै पनि, भारतका हाम्रा बहिनीहरू जोसिला प्रचारकहरू भएकाछन्।
त्यति बेला, भारतमा हाम्रो काम भरखरै शुरू भएको भएता पनि, सम्मेलनहरू पनि आयोजित् गरियो। बिहान चाहिं पुरै क्षेत्र सेवकाईमा बिताउँ थियौं। धेरै मीलहरू हिड़दै, घर-घरमा र सड़कहरूमा भेटेका मानिसहरूलाई हाम्रा साझ भाषणहरू बारे जनाउ दिन् थियौं। एक चोटी ता यस प्रकारको सम्मेलनमा ३०० भन्दा बढ़ी उपस्थित् भए। सबै जना बाँस र खजुरको पातले बनाईएका छाना मनि भेला भएर बसे। त्यति बेला धेरै जसो मानिसहरू सँग घड़ी न भएको हुनाकारण, सभा शुरू गर्ने कुनै विशेष समय तोकिन्दैन् थियो। मानिसहरूलाई जब मन लाग थियो तब आउँ थिये र यथेष्ट स्रोता जम्मा भए पछि सभा शुरू हुन् थियो। सभा शुरू भए पछि पनि केहि मानिसहरू आइनै रहन् थिये।
कार्यक्रममा राती १० बजे सम्म चलीनै रहन् थियो र त्यस पछि धेरै जसो मानिसहरू अनेक मील हिड़ेर राती घर फर्कनु परथियो। जुनेली रात भए, शीतल हावामा हिड़न रमाइलो हुन् थियो। तर जुनेली रात न भए, मानिसहरूले खजुरको एउटा हाँगालाई बटारेर एउटा राँको बनाउ थिये। त्यसलाई बाले पछि, रातो बत्ती बल थियो। अझ उज्यालो ज्योति खाँचो भएमा, यो राँको हुर-हुरी नबलुञ्जेल माथि हावामा हल्लाउ थियो। अपठ्यारो बाटोमा हिड़न यसले यथेष्ट ज्योति दिने गर थियो।
प्राय यही बेलामा, भारत र सिलोनमा हाम्रा पुस्तकहरू प्रवेशमा निषेध गर्ने एउटा सरकारी प्रतिबन्ध लगाइयो। ट्रावानकोरको हाम्रो सानो छापा खानालाई पनि सरकरले जफत गर्यो र केन्द्रीय सरकारले निकालेको हुकूम बमोजिम, हाम्रा पुस्तकहरू छापन निषेध भयो। तर हाम्रा एक जना भाइ फिजियोथेरापिस्ट हुनुहुन् थियो। सन् १९४४ को अन्त तिर उहाँले वाइसरायको क्याबिनेटको, सर श्रीवास्तवा नाम भएका मन्त्रीको इलाज गर्नु भएको बेलामा यो सरकारी प्रतिबन्धको कुरा उठाउनु भयेछ।
मन्त्रीले हाम्रा भाइलाई “यस विषयमा धेरै चिन्ता गर्नु पर्दैन” भन्नु भयो। सर श्रीवास्तवाजी अनुसार, श्री जेनकीन्स नामका मन्त्री हाम्रो काम सँग अप्रसन्न हुनु हुँदोरहेछ। तर अब यो मन्त्री चाँड़ै रिटायर भएर सर श्रीवास्तवाको एउटा राम्रो मित्रले श्रीमान जेनकिन्सको ठाउँ लिनु हुने रहेछ। “श्रीमान स्किनरलाई मलाई आएर भेटन भन्नु होस् र म उहाँलाई सर फ्रानसिस मुडी सँग परिचय गराइ दिनेछु” भन्दै सर श्रीवास्तवाले हाम्रा भाइलाई प्रोत्साहन दिनु भएछ। सर फ्रानसिस मुडी श्रीमान जेनकिन्सको ठाउँमा आउनु हुने मन्त्री रहेछन्। मलाई बुलावा आयो र म गएर श्रीमान मुडी सँग कुरा गरें। दिसम्बर ९, १९४४ मा सरकारी प्रतिबन्ध हट्यो।
आनन्द गर्ने कारणहरू
सन् १९४७ मा, गिलियदमा प्रशिक्षण प्राप्त प्रचारकहरूका प्रथम समूह भारतमा प्रवेश गर्दा ठूलो आनन्दको कारण भयो। भारतमा यी प्रचारकहरूको आगमन भएको बेला, भारतको इतिहासले एउटा अर्को ठूलो मोड़ लियो, अर्थात् त्यही सालको अगस्त १५ मा, भारत ब्रिटिश शासन बाट स्वतन्त्र भयो। जब देश दुइ भागमा अथवा हिन्दू भारत र मुसलमान पाकिस्तानमा विभाजित् हुँदा, जता ततै रक्तपात भयो। तर यस्तो परिस्थितिमा पनि, गिलियद बाट आएका दुइ जना प्रचारकहरूलाई पाकिस्तान पठाइयो। पाकिस्तान चाँहि अगस्त १४ मै स्वतन्त्र भएको थियो। केहि समय पछि, अझ दश जना प्रचारकहरू भारतमा आएर काम गर्न थाले र आउँदो सालहरूमा थप प्रचारकहरू आइ रहे।
जब भारतमा पनि हाम्रो सङ्गठनको नियम अनुसार काम सङ्गठित् हुन थाल्यो, मेरो हृदय आनन्दले भरियो। सन् १९५५ मा परिभ्रमण अध्यक्षको काम शुरू भयो। गिलियद बाट प्रशिक्षण प्राप्त गरेर आउनु भएका, हाम्रा भाई डिक कटरिल प्रथम परिभ्रमण अध्यक्ष नियुक्त हुनु भयो। सन् १९८८ मा उहाँको मृत्यु सम्मै उहाँ विश्वासी भएर सेवा गर्नु भयो। सन् १९६० मा, प्रथम चोटि नियमित् रूपमा जिल्ला अध्यक्ष हुने प्रबन्ध गरियो। यो प्रबन्ध मण्डलीहरूका लागि धेरै लाभदायक भयो। सन् १९६६ पश्चात् देश भित्र विदेशी प्रचारकहरू आउन मनाही भयो। तर चाँड़ै नै विशेष अग्रगामीहरूको काम शुरू भयो र भारतका निपुण प्रचारकहरू देश भरि पठाइयो। आज पनि यो काम गर्ने प्राय ३०० जना छन्।
सन् १९५८ मा राज्य प्रचारकहरूको सङ्ख्या १००० भयो। र त्यस पछि वृद्धि हुँदै गयो र आज हामी सँग ९००० प्रचारकहरू छन्। साथै, १९८९ मा येशूको मृत्युको स्मरणार्थमा हामी सँग २४,१४४ भेला भएको देख्दा, यहाँ चासो भएका मदद चाहने व्यक्तिहरू अझै छन् भन्ने कुरा बोध हुन्छ। आज श्री लङ्का एउटा बेग्लै शाखा भएकोछ। तिनीहरू पनि, आफ्नो देशमा निरन्तर लड़ाई भइरहेतापनि, १९४४ मा २ जना प्रचारकहरू देखिन् आज १००० प्रचारकहरू भएको देख्न पाउनु ठूलो आनन्दको कारण हो।
प्रचारकहरूको सङ्ख्यामा वृद्धि हुनाकारण, हाम्रो शाखा कार्यालयमा पनि वृद्धि आवश्यक भयो। ५२ वर्ष बम्बई जस्तो व्यस्त शहरमा बिताए पछि, हाम्रो कार्यालय १९७८ मा नजीकको लोनावाला शहरमा सर्यो। हामी सँग पनि यहाँ मेप्स [MEPS] जस्ता आधुनिक कम्प्युटरहरू र भारतका धेरै भाषाहरूमा पुस्तक र पत्रिकाहरू दुइ रङ्गमा छापन सक्ने छापाखानाहरू हुनेछन् भनेर मैले कहिल्ये कल्पना गरेकै थिइन। आज हामी प्रहरीदुर्ग पत्रिका ९ भाषाहरूमा र अरू पुस्तकहरू २० भाषाहरूमा छपाउँछौं।
निस्सन्देह, दुइ जना मानिस मात्र भएको शाखा कार्यालयका दिनहरू गइ सके। त्यसको ठाउँमा, आज ६० भन्दा बढ़ी सदस्यहरू भएको हाम्रो बेथेल परिवार छ! मेरो उमेर आज ९५ वर्षको भएतापनि, म हाल यो शाखा कार्यालयको एक जना पूर्ण-समय सेवक र भारतको शाखा समितिको एउटा सदस्य हुन खुशी छु। तर विशेष गरि, म यो अन्तको बेलामा भइरहेको कटनीको काम देख्न पाउन अति नै आनन्दित् छु। साँच्चै नै, यो रमाहटको एउटा कारण हो। (w90 1/1)