सञ्चालक-समिति सँग आज सहयोग गर्न
“म तिमीहरूलाई साँच्चै भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अख्तियार दिनेछन्।”—लूका १२:४४
१. ई. स. ३३ सालमा ख्रीष्टले कुन राज्यमा राज्य गर्न शुरू गर्नु भयो र के माध्यम द्वारा?
पेन्तीकोस ई. स. ३३ सालमा, मण्डलीको शिर, येशू ख्रीष्टले पवित्र आत्माले अभिषिक्त भएका आफ्ना दासहरूमाथि सकृयता साथ राज्य गर्न थाल्नु भयो। कसरी? पवित्र आत्मा, स्वर्गदूतहरू र एउटा दृश्य सञ्चालक-समिति द्वारा। प्रेरित् पावलले भने झैं, परमेश्वरले अभिषिक्त जनहरूलाई, “अन्धकारको शक्तिदेखि छुटाउनु र आफ्नो प्रेमी पुत्रको राज्यभित्र परिवर्त्तन गराउनुभयो।”—कलस्सी १:१३-१८; प्रेरित् २:३३, ४२; १५:२; गलाती २:१, २; प्रकाश २२:१६.
२. १९१४ देखिन् ख्रीष्टले अझ कुन विशाल राज्यमा शासन गर्न शुरू गर्नु भयो?
२ “अन्य जातिहरूको समय” समाप्त भए पछि, यहोवाले ख्रीष्टको राज्याधिकार बढ़ाउनु भएर त्यसलाई मसीही मण्डली सम्म सिमित पार्नुभएन। (लूका २१:२४) हो, १९१४ मा, परमेश्वरले आफ्नो पुत्रलाई जाति-जातिहरूमाथि अर्थात्, “पृथ्वीको राज्यमाथि” राज्याधिकार दिनु भयो।—भजन २:६-८; प्रकाश ११:१५.
उहाँका “सारा सम्पत्तिमाथि” नियुक्त
३, ४. (क) येशूले भन्नुभएको तोड़ाहरूको उखानमा, धन सम्पन्न मानिस को हो? (ख) १९१८ र १९१९ मा राज्य सँग सम्बन्धित् के के घटनाहरू घटे?
३ येशूले यहाँ एउटा सम्पन्न मानिसको विषयमा दिनु भएको भविष्यद्वाणी स्मरणीय छ। (लूका १९:११-२७) राज्याधिकार प्राप्त गर्न विदेश जानु अधि, त्यो मानिसले आफ्ना दासहरूलाई व्यापार गर्ने पैसा (तोड़ा) दियो। फर्केर आउँदा, उखानमा येशूको प्रतिनिधित्व गर्ने त्यो मानिसले आफ्नो सामने, “तिनीहरूले (दासहरूले) व्यापारमा कत्ति लाभ गरे भनी बुझ्नलाई दाम पाउने ती दासहरूलाई बोलाउन आज्ञा गऱ्यो।” (लूका १९:१५) येशूले राज्याधिकार प्राप्त गरि सक्नु भए पछि यो काम कसरी गर्नु भयो?
४ मसीही जगत्लाई त्यागेर आएका मसीहीहरूको सानो समूह, आफ्नो मालिकको पार्थिव धनसम्पत्तिको हेर विचार गर्ने काममा व्यस्त भएको, राज्याभिषेक भएका येशूले १९१८ मा भेट्टाउनु भयो। तिनीहरूलाई आगोले झैं शुद्ध पार्नु भए पछि, येशूले आफ्ना दासहरूलाई १९१९ मा थप अख्तियार दिनु भयो। (मलाकी ३:१-४; लूका १९:१६-१९) उहाँले तिनीहरूलाई “आफ्ना सारा सम्पत्तिमाथि अख्तियार” दिनु भयो।—लूका १२:४२-४४.
“ठीक ठीक समयमा भोजन”
५, ६. (क) ख्रीष्टको भण्डारीले के थप जिम्मेवारीहरू पाए? (ख) १९१४ पश्चात् के भविष्यद्वाणीहरू पुरा हुनु परेको थियो र तिनीहरूको पूर्तिमा भण्डारी श्रेणीले एउटा सक्रय भूमिका कसरी निभाउने थिये?
५ राज्याधिकार प्राप्त गरिसक्नु भए पछि, राजा येशू ख्रीष्टले आफ्नो गृह प्रबन्धक अथवा भण्डारीलाई, यस पृथ्वीमा अझ विशाल कामको निम्ति नियुक्त गर्नु भयो। सबै जातिहरूमाथि राज्यगर्ने शक्तिले सम्पन्न हुनुभएको राजा येशू ख्रीष्ट र परमेश्वरका “राजदूत” हुने मौका अभिषिक्त मसीहीहरूले पाए। (२ कोरिन्थी ५:२०; दानियल ७:१४) तिनीहरूको सामूहिक जिम्मेवारी, ख्रीष्टका अभिषिक्त सेवकहरूलाई “ठीक, ठीक समयमा भोजन” दिने मात्र हुने भएन। (लूका १२:४२) तिनीहरूले अब उप्रान्त, १९१४ मा राज्यको स्थापना पश्चात् पुरा भएर आउने भविष्यद्वाणीहरूको पूर्तिमा एउटा सकृय भूमिका निभाउनु परेको थियो।
६ वास्तविक व्यवहारमा एसको के अर्थ हो? ‘राज्यको सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार’ गर्ने काममा बृद्धि ल्याउनु हो। (मत्ती २४:१४) यस बाहेक, शैतानको दुष्ट रीतिरिवाज र त्यसका समर्थकहरूको विरूद्धमा अझ जोड़दार दण्डाज्ञाहरूको घोषणा गर्नु हो। यसबाट ‘जाति जातिहरूलाई हल्लाउने’ अगमवाणी पुरा भयो। फलस्वरूप, “सबै जातिहरूका धन-सम्पत्तिहरू” अथवा ख्रीष्टका “अरू भेड़ाहरू” भित्र प्रवेश गर्न जम्मा हुन थाले। (हाग्गै २:७; यूहन्ना १०:१६) सन् १९३५ पश्चात्, यहोवाको विश्व-व्यापी सङ्गठनमा, “ठूलो भीड़का” मानिसहरू जम्मा हुन थाले। (प्रकाश ७:९, १०) यसले गर्दा, सङ्गठनमा प्रगतिशील सुधारहरूको आवश्यकता भयो। लाक्षणिक भाषाको प्रयोग गर्ने हो भने, ढुङ्गाहरूको सट्टा फलाम, काठको सट्टा पीतल, फलामको सट्टा चाँदी र काँसाको सट्टा सुन् आउने भयो। (यशैया ६०:१७) यी सबै कुरा १९१९ देखिन्, येशू ख्रीष्टको सकृय निरिक्षण अन्तरगत् भइ रहेका छन् जसले आफ्ना सारा पार्थिव धन-सम्पत्ति अथवा राजकीय मामलाहरू उहाँका विश्वासी दास र त्यसको सञ्चालक-समितिलाई जिम्मा दिनु भएको छ।
७. भण्डारीले पाएका थप जिम्मेवारीहरूमा के के सम्मिलित् थियो?
७ मालिकको यो दास, भण्डारी, अथवा गृह-प्रबन्धकमाथि लेखने र सम्पादकीयकामको अझ थप जिम्मेवारी पनि सम्मिलित हुने भयो भनेर हामी सजिलै सँग बुझ्न सक्दछौं। किनभने आत्मिक भोजन नियमित् रूपमा र ठीक-ठीक समयमा, प्रहरीधरहरामा प्रकाशित् हुनु पऱ्यो। १९१९ मा, गोल्डेन एज (जसलाई पछि गएर कनसोलेशन र फेरि अक! भन्ने गरियो) जन-साधारणको चासो बढ़ाउन र “घरबारलाई” पनि बलियो पार्न प्रकाशित् हुन थाल्यो। (मत्ती २४:४५) त्यस पछि, आउँदो सालहरूमा, अनगिनती पुस्तक, पुस्तिका र पर्चाहरू प्रकाशित् गरिए।
सिलसिलाबद्ध शोधनहरू
८. शुरूमा कसलाई सञ्चालक-समितिका सदस्यहरू मान्द थिए र वाचटावरले १९१४ मा के वक्तव्य प्रकाशित गऱ्यो?
८ यो “अन्तको समयमा” पछि फर्केर हेर्दा, सञ्चालक-समिति र वाचटावर सोसाइटीको सम्पादकीय विभाग शुरूमा एउटै जस्तो थियो। (दानियल १२:४) नवम्बर १, १९४४ को वाचटावरमा, प्रकाशित् “ईश्वरीय शासनको समरेखिकरण” भन्ने लेखमा एसो भनिएको थियो: “ज्योतिमा आएका बाइबल सम्बन्धी सत्यहरू प्रकाशित् गर्ने जिम्मेवारी सुम्पेका व्यक्तिहरू नै, परमेश्वरलाई आत्मा र सत्यतामा उपासना गर्न इच्छुक हुने र ज्योतिमा आएका सच्चाईहरू अरू भोकाएका र तिर्खाएकाहरू सम्म पुऱ्याउने काम एकता साथ गर्न चाहनेहरूलाई डोर्याउनेहरू नै, प्रभुले छान्नु भएको सञ्चालक-समिति हुन् भनी ठान्न स्वभाविक थियो।”
९. पछि गएर सञ्चालक-समिति र कुन समिति प्राय एउटै जस्तो देखियो र किन?
९ पत्रिकाहरू र बाइबल बुझ्ने मदद दिने अन्य पुस्तकहरू छापन अनेक कानूनी आवश्यकताहरू पुरा गर्नु परेको थियो। जसले गर्दा, संयुक्त राष्ट्र अमेरिकाको पेनिसिलवेनिया प्रान्तमा दर्ता गरिएको, वाचटावर बाइबल एन्ड ट्रेक्ट सोसाइटीको स्थापना भयो। पृथ्वी भरि प्रभुका मानिसहरूले प्रयोग गर्ने बाइबल अध्ययन सामग्रीहरू प्रकाशित गर्न स्थापित् गरिएको यो निगमका सात निर्देशकहरूको समितिलाई नै वषौं सम्म दृश्य सञ्चालक-समिति मान्दै आइयो।
१०, ११. १९४४ मा के संशोधनहरू आए र वाचटावरले यस विषयमा के टिप्पणी गऱ्यो?
१० विश्वासी मसीहीहरू, सोसाइटीका ती सात निर्देशकहरू हुन्थिए। तर तिनीहरूलाई वाचटावर सोसाईटीका कानूनी सदस्यहरूले, कानूनन् स्थापित् निगममा निर्वाचित् गरेको हुनाले नै तिनीहरू सञ्चालक-समितिमा पनि सम्मिलित् भएको जस्तो देखिने भयो। साथै, सोसाइटीलाई आर्थिक चन्दा दिने कुनै कुनै मात्र, कानूनन् यस प्रकारका मत-अधिकार भएका सदस्यहरू हुन्थिए। यो प्रबन्धमा परिर्वतन ल्याउन आवश्यक भयो। अक्तुबर २, १९४४ मा, वाचटावर सोसाइटीको पेनिसिलवेनिया निगमको वार्षिक बैठकमा, यो आवश्यक परिवर्तन गरियो। सोसाइटीका नियमहरूमा संशोधन भयो र त्यस उप्रान्त सोसाइटीको सदस्यता आर्थिक कुराहरूमा आधारित् हुने भएन। यहोवाका विश्वासी सेवकहरूबाट सदस्यहरू छानिने भयो र आज तिनीहरू मध्य सोसाइटीको न्यु योर्क, ब्रुकलिन स्थित् प्रमुख कार्यालय र त्यसका संसार भरिका शाखाकार्यालयहरूमा पूर्ण-समय काम गर्ने सेवकहरू पनि सम्मिलित् हुनगएका छन्।
११ यो प्रगतिबारे टिप्पणी दिंदै, नवम्बर १, १९४४ को दी वाचटावर पत्रिकाले एसो भनेको छ: “पृथ्वीमा भएका यहोवाका साक्षीहरूको सञ्चालक-समितिको सदस्यतामा पैसाले कुनै प्रकारको ठाउँ पाउँनु भएन। . . . यहोवा परमेश्वरबाट, येशू ख्रीष्ट द्वारा आउने पवित्र आत्मा अथवा सकृय शक्तिले यस मामलामा फैसला गर्न निर्देशन दिनु पर्छ।
निर्देशक-मण्डल भन्दा बेग्लै
१२. सञ्चालक-समितिको निर्देशन अन्तर्गत भएका यी संशोधनहरूमा यहोवाको आशिष छ भन्ने कुरा कसरी प्रमाणित् भयकोछ?
१२ सञ्चालक-समितिको सदस्यता बारे गरिएका यी संशोधनहरूलाई यहोवाले आशिष दिनु भएको कुरा, आउँदा दशकहरूमा प्रचारको काममा भएको प्रगति द्वारा प्रमाणित् भयो। (हितोपदेश १०:२२) संसार भरि, राज्यका प्रचारकहरूको संख्या, १९४४ मा १३०,००० देखिन् १९७० मा १,४८३,४३० सम्म वृद्धि भयो! तर अझ सुधारहरू आउन बाँकी नै थियो।
१३. (क) १९७१ सम्म, सञ्चालक-समितिलाई कुन समिति सँग जोड़िएको थियो? (ख) १९७१ मा, सोसाइटीको वार्षिक बैठकमा के घटना घट्यो?
१३ १९७१ सम्म, वचटावर बाइबल एन्ड ट्रेक्ट सोसाइटी अफ पेनिसिलवेनियाको निर्देशक-मण्डलको सात जना निर्देशकहरू, सञ्चालक-समितिका सदस्यहरू पनि हुन् थिए। संसार भरिका शाखाहरूको सञ्चालनबारे विशेष फैसलाहरूको जिम्मेवारी सोसाइटीको अध्यक्षले उठाउने गरथिए। तर इतिहासमा नया मोड़ स्थापित् गर्ने भाषणहरू, अक्तुबर १, १९७१ को वार्षिक बैठकमा सुन्न पाइयो। सोसाइटीको अध्यक्षले “पवित्र स्थानको अवस्थालाई ठीक पार्ने” विषयमा भाषण दिए र उपाध्यक्षले “कानूनी निगम भन्दा बेग्लै सञ्चालक-समिति” बारे भाषण गरे। सञ्चालक-समिति र कानून बमोजिम स्थापित् निगममा के विभिन्नता छ?
१४. सञ्चालक-समिति र कानून् स्थापित् भएको निगममा, के भिन्नता छ?
१४ अघि नै भने झैं, वाचटावर बाइबल एण्ड ट्रेक्ट सोसाइटी अफ पेनिसिलवेनियाको निर्देशकहरूको मण्डल छ जसमा सात जना सदस्यहरू मात्र हुन्छन्। यी समर्पित् मसीहीहरूलाई, तीन-तीन वर्षका लागि निगमका प्राय ५०० सदस्यहरूले छानेका हुन्छन्। यी ५०० सदस्यहरूका धेरै जसो व्यक्तिहरू अभिषिक्त मसीहीहरू होइनन्। साथै, यो निगम, कानूनको आवश्यकतालाई पूरा गर्न स्थापित् भएको हुनाकारण र यसको मुख्य कार्यालय एउटा विशेष भौगोलिक क्षेत्रमा सीमित् भएको हुनाले, यसलाई सीजर अथवा राष्ट्रले खारेज गरिदिनु सक्दछ। (मर्कूस १२:१७) तर सञ्चालक-समिति चाहिं कानून् स्थापित् भएको समिति होइन। यसका सदस्यहरूलाई कसैले निर्वाचन गरेको हुँदैन। यहोवा परमेश्वर र येशू ख्रीष्टको निर्देशनमा पवित्र आत्मा द्वारा तिनीहरू नियुक्त भएका हुन्छन्। (प्रेरित् २०:२८ सँग तुलना गर्नुहोस्) साथै, सञ्चालक-समितिमा हुने मानिसहरू आत्माले अभिषिक्त व्यक्तिहरू हुन् र यिनीहरू कुनै विशेष भौगोलिक स्थल अथवा कार्यालयमा सिमित् हुँदैनन्।
१५. दिसम्बर १५, १९७१ को वाचटावरमा सङ्गठन बारे के वक्तव्य प्रस्तुत् गरियो र वर्तमान सञ्चालक-समितिको विषयमा के भन्न सकिन्छ?
१५ यस प्रकारका संशोधनहरू बारे, दिसम्बर १५, १९७१ को वाचटावरले एसो भनेकोछ: “यहोवाका मसीही साक्षीहरूले कृतज्ञतापूर्वक बुझ्दछन् र स्वीकारदछन् कि यो कुनै एक जना मानिसमा आधारित् धार्मिक सङ्गठन होइन। यहाँ, पवित्र आत्माले अभिषिक्त मसीहीहरूको एउटा सञ्चालक-समिति छ।” अभिषिक्त दास वर्गको सञ्चालक-समिति र अरू भेड़ाहरू मध्यका तिनीहरूका लाखौं साथीहरूले यो देख-रेख गर्ने जिम्मेवारी उठाउन, प्रगतिशील प्रशिक्षण पाउँदै आएकाछन्।
१६. १९७१ देखिन् ख्रीष्टका पार्थिव धन-सम्पत्तिहरू कसरी बढ़ेका छन् र सञ्चालक-समितिले प्रतिनिधित्व गरेको विश्वासी र बुद्धिमान दासलाई उहाँले सुम्पनु भएको केही सम्पत्तिहरू के हुन्?
१६ राजा येशू ख्रीष्टका पार्थिव सम्पत्तिहरू निरन्तर बढ़दै गएकाछन्। १९७१ देखिन्, साक्षीहरूको संख्या १,६००,००० बाट १९८९ मा ३,७००,००० भन्दा बढ़ी भएको छ। परमेश्वरको आशिषको वास्तवमा महान प्रमाण! (यशैया ६०:२२) यो वृद्धिले गर्दा सोसाइटीको प्रमुख कार्यालय र त्यसका शाखा कार्यालयहरूमा पनि विस्तार गर्न र उत्पादन र वितरणगर्ने ढङ्गहरूलाई पनि आधुनिक पार्न आवश्यक पऱ्यो। फलस्वरूप, पृथ्वी भरि धेरै राज्य-गृहहरू र सम्मेलनका बैठकहरूको निर्माण भएका छन्। साथ साथै, सञ्चालक-समितिले चाहिं प्रचार र बाइबल अध्ययनमा सहायता दिने साहित्यको उत्पादनको निरिक्षण गर्ने र विभिन्न शाखाहरू, जिल्लाहरू, सर्कटहरू र मण्डलीहरूमा प्राचीनहरू नियुक्त गर्ने जिम्मेवारी उठाउन छाड़ेको छैन। यी सबै राजकीय हितका कुराहरू हुन् जसलाई ख्रीष्टले विश्वासी र बुद्धिमान दासको जिम्मामा सुम्पनु भएकोछ र यसको प्रतिनिधित्व सञ्चालक समितिले गर्दछ।
१७. १९७१, १९७४ र १९७६ मा, देखरेख गर्ने प्रबन्धमा के के प्रगति ल्याइयो?
१७ प्रथम शताब्दिको सञ्चालक-समितिलाई बढ़ाए पछि त्यसका सदस्यहरू येशूका १२ जना प्रेरित्हरू बाहेक अरूहरू पनि हुने भए। खतनाको विवादको फैसला हुँदा, त्यस बेलाको सञ्चालक-समितिमा “यरूशलेमका प्रेरित्हरू र प्राचीनहरू” पनि सम्मिलित् थिए। (प्रेरित् १५:१, २) आज पनि, सञ्चालक- समितिको सदस्यतालाई, एक पटक १९७१ मा र अर्को चोटी १९७४ मा बढ़ाइएको पाउँदछौं। आफ्नो देख रेख गर्ने काम अझ सुविधाजनक पार्नका लागि, सञ्चालक-समितिले, जनवरी १, १९७६ देखिन् पाँच वटा समितिहरूको स्थापना गरे। प्रत्यक समितिमा तीन जना देखिन् ६ जना सदस्यहरू हुन्छन् र कुनै पनि कुराको फैसला गर्दा, प्रत्यक सदस्यको विचारले बराबर मान्यता पाउँछ। प्रत्यक समितिको अध्यक्ष एक-एक वर्षमा फेरिन्छ। र सञ्चालक-समितिका सदस्यहरू व्यक्तिगत् रूपमा एउटा अथवा दुइटा समितिहरूमा काम गर्छन्। प्रत्यक समितिले, ख्रीष्टको पार्थीव धन-सम्पत्तिको एउटा विशेष क्षेत्रलाई ध्यान दिने गर्छ। छैठौं समिति—अथवा, अध्यक्षको समितिले चाहिं जरूरी समस्याहरूको हेर विचार गर्ने गर्छ। अध्यक्षको यो समितिका सदस्यहरू प्रत्यक वर्ष बदलिन्छन्।
सञ्चालक-समिति सँग सकृय सहोयग
१८. सञ्चालक-समितिले कसरी काम गर्दछ र त्यस सँगको हाम्रो सहयोग हामीले कसरी प्रकट गर्न सक्छौं?
१८ सञ्चालक-समिति सदस्यहरूको साप्ताहिक सभाहरू हुन्छन् जहाँ महत्वपूर्ण विषयहरूको समालोचना गरिन्छ, प्रार्थना पूर्वक सोच विचार गरे पछि फैसलाहरू गरिन्छ र भविष्यका लागि ईश्वरीय काम-कुराको आयोजनाहरू मिलाइन्छ। प्रेरित् १५ को उल्लेख अनुसार, प्रथम शताब्दिका सञ्चालक-समितिको सामने एउटा गम्भीर समस्या, समाधानका लागि राखियो। त्यस्तै गरि, आज पनि महत्वपूर्ण प्रश्नहरू सम्पूर्ण सञ्चालक-समितिको सामने राखिन्छ। यो समितिका सदस्यहरू प्रत्यक हप्ताह अथवा आवश्यकता अनुसार भेला हुने गर्छन्। सञ्चालक-समितिमा हाल १२ जना सदस्यहरू छन् र तिनीहरूले यहोवाको निर्देशनको खोजी, प्रार्थना र शास्त्र द्वारा गर्छन्। यी विशेष नियुक्ति पाएकाहरूलाई हामीले आफ्ना दैनिक प्रार्थनाहरूमा सम्झना गरेर पनि, यो सञ्चालक-समिति सँगको हाम्रो सहयोग प्रकट गर्न सक्छौं।—रोमी १२:१२.
१९. सञ्चालक-समितिबाट सर-सल्लाह मण्डलीहरू सम्म कसरी पुऱ्याइन्छ?
१९ सञ्चालक-समितिका उपदेशहरू र तिनीहरूले गरेका फैसलाहरू मण्डली सम्म कसरी आइ पुग्छन्? प्रथम शताब्दिका सञ्चालक-समितिले पवित्र आत्मा द्वारा गरेको आफ्नो फैसला बारे मण्डलीहरूलाई पत्र लेखि पठाइन्थियो। (प्रेरित् १५:२२-२९) तर वर्तमान समयमा, यो काम विशेष गरि, मसीही प्रकाशनहरू द्वारा गरिन्छ।
२०. (क) १९७६ मा, के थप सङ्गठनात्मक संशोधनहरू गरियो? (ख) शाखा-समितिहरूले सञ्चालक-समिति सँग कसरी सहयोग गर्छन्?
२० फरवरी १, १९७६ देखिन्, वाचटावर सोसाइटीको प्रत्यक शाखा कार्यलयमा, सञ्चालक-समितिले नियुक्त गरेका योग्य मानिसहरूको एउटा शाखा समिति स्थापित भएको छ। यो शाखाले देखरेख गर्नु पर्ने देश अथवा देशहरूका निम्ति यी मानिसहरू सञ्चालक-समितिका प्रतिनिधिहरू भएका हुनाले, तिनीहरू विश्वासी र वफादार मानिसहरू हुनुपर्छ। यसले हामीलाई, प्राचीन इस्राएलमा मोशालाई न्याय गर्न मदद दिने योग्य, ईश्वरको डर मान्ने र विश्वासी मानिसहरूको समझना गराउँछ। (प्रस्थान १८:१७-२६) शाखा कार्यालयले सोसाइटीका पुस्तकहरू, पत्रिकाहरू, हाम्रा राज्य सेवकाई, साथै दुवै साधारण र स्थानीय समस्याहरू बारे आएका विशेष पत्रहरूमा पठाइएका सर-सल्लाह प्रयोगमा ल्याउने गर्छन्। शाखा समितिले सञ्चालक-समितिलाई प्रत्यक ठाउँमा भइरहेको कामको प्रगति र उठेका समस्याहरू बारे जानकारी दिन्छ। संसार भरिबाट यस प्रकार आउने रिर्पोटबाट, सङ्गठनका प्रकाशनहरूमा कुन-कुन विषयहरूको छलफल गर्न आवश्यक छ भन्ने कुराको निर्णय गर्न सञ्चालक-समितिलाई सहायता हुन्छ।
२१. परिभ्रमण अध्यक्षहरू कसरी नियुक्त गरिन्छन् र तिनीहरूका कर्तव्यहरू के हुन्?
२१ पवित्र आत्माको निर्देशन अर्न्तगत, शाखा कार्यालयहरूले परिपक्व र अध्यात्मिक मानिसहरूको नाउँ, परिभ्रमण र जिल्ला अध्यक्ष नियुक्त हुनका लागि सिफारिस गर्छन्। सञ्चालक-समितिले तिनीहरूलाई नियुक्त गरे पछि, तिनीहरू ठाउँ-ठाउँमा यात्रा गर्दै जाने, परिभ्रमण अध्यक्षको काम गर्छन्। यी भाइहरू विभिन्न इलाकामा भएका मण्डलीहरूमा त्यहाँका भाइहरूलाई अध्यात्मिक बल र सञ्चालक-समितिबाट आएका सर-सल्लाह प्रयोगमा ल्याउने मदद दिन जान्छन्। (प्रेरित् १६:४; रोमी १:११, १२ सँग तुलना गर्नुहोस्) यी परिभ्रमण अध्यक्षहरूले शाखा कार्यालयलाई रिपोर्ट बुझाउँछन्। पवित्र आत्मा र प्रेरित् शास्त्रको मदद द्वारा, तिनीहरू स्थानीय प्राचीनहरू सँग मिलेर मण्डलीमा मिनिसटेरियल सर्वेन्ट्स र प्राचनीहरू, सञ्चालक समिति अथवा तिनीहरूका प्रतिनिधिहरूबाट नियुक्त गरिनका लागि योग्य भाइहरूको सिफारिस गर्छन्।—फिलिप्पी १:१; तितस १:५; १ तिमोथी ३:१-१३; ४:१४ सँग तुलना गर्नुहोस्.
२२. (क) मण्डलीका प्राचीनहरूले सञ्चालक-समिति सँग सहयोग कसरी गर्छन्? (ख) यो ईश्वरीय प्रबन्धलाई यहोवाले आशिष दिनु भएको छ भनेर कसरी प्रमाणित् भएको छ?
२२ प्राचीनहरूको समुदायका सदस्यहरूले चाहिं, “पवित्र आत्माले परमेश्वरका मण्डली चराउनलाई” तिनीहरूलाई धर्माधिकारी नियुक्त गरेको हुनाकारण, आफ्नो चाल-चलन बारे “होशियार” हुन्छन्। (प्रेरित् २०:२८) यी प्राचीनहरूले यहोवा र येशू ख्रीष्टबाट, विश्वासी र बुद्धिमान दास र सञ्चालक-समिति द्वारा पाएका उपदेशहरू, विश्वासी भएर प्रयोगमा ल्याउन खोज्छन्। यो ईश्वरीय प्रबन्धलाई यहोवाले आशिष दिनु भएको छ, किनभने आज पनि, “मण्डलीहरू विश्वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढ़दै” गएकोछ।—प्रेरित् १६:५.
२३. सञ्चालक-समिति बारे हाम्रो फैसला के हुनु पर्छ?
२३ यहोवा परमेश्वर र मालिक येशू ख्रीष्टले, सञ्चालक समिति द्वारा, परमेश्वरका मानिसहरूका लागि समर्थन प्रकट गरिरहनु भएकोछ! (भजन संग्रह ९४:१४) यस प्रकारको ईश्वरीय समर्थनबाट हामी व्यक्तिगत् रूपमा लाभ उठाउन सक्छौं किनभने हामी उहाँको सङ्गठनको सहभागी हौं। (भजन संग्रह १४५:१४) यसले, परमेश्वरका प्रबन्धहरूलाई सहयोग दिने हाम्रो फैसला अझ बलियो पार्नु पर्ने हो। “समुद्र पानीले भरिए झैं, पृथ्वी यहोवाको ज्ञानले भरिपूर्ण” हुने समय तर्फ जसै हामी बढ़दै जान्छौं, सँधै नै यहोवाका साक्षीहरूको सञ्चालक-समितिलाई सहयोग दिंदै हिड़ौं।—यशैया ११:९. (w90 3/15)
याद राख्नु पर्ने मुख्य बुँदाहरू
◻ १९१९ मा भण्डारी श्रेणीले के थप जिम्मेवारी पायो?
◻ धेरै वर्षका लागि, दृश्य सञ्चालक-समितिलाई कुन समिति सँग जोड़ेको थियो?
◻ सञ्चालक-समितिका सदस्यहरूको नियुक्तिमा के प्रगतिशील शोधनहरू गरियो?
◻ दास वर्ग र त्यसको सञ्चालक-समितिलाई ख्रीष्टले सुम्पनु भएका, उहाँका केही पार्थिव धनसम्पत्तिहरू के के हुन्?
◻ सञ्चालक-समितिलाई हामी सहयोग कसरी दिन सक्छौं?
[पृष्ठमा भएको चित्र]
ब्रुकलिन, न्यु योर्कमा स्थित्, आफ्नो प्रमुख कार्यलयबाट, सञ्चालक-समितिले वाचटावर सोसाइटीका ९३ शाखा कार्यालयहरूमा यहोवाका साक्षीहरूको छापने, प्रकाश गर्ने र प्रचारको कामको निरिक्षण गर्छ
जर्मनी
जापान
दक्षिण अफ्रिका
ब्राजिल