प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १२/१ pp. ४-७
  • अहिले मरिसकेका लाखौं फेरि जीउनेछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अहिले मरिसकेका लाखौं फेरि जीउनेछन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “लाजरस, बाहिर निस्कि आऊ!”
  • के यो घटना वास्तवमा भएकै हो?
  • ‘परमेश्‍वरलाई उत्कण्ठ इच्छा हुनेछ’
  • मृतकहरूका लागि पक्का आशा
    तपाईंको प्रियजनको मृत्यु हुँदा
  • मरिसकेका प्रियजनहरूका लागि साँचो आशा
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • “तिम्रो भाइ ब्युँतनेछ”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १२/१ pp. ४-७

अहिले मरिसकेका लाखौं फेरि जीउनेछन्‌

अहिले मरिसकेका लाखौं फेरि जीउनेछन्‌—कस्तो हृदय-उत्तेजित गर्ने आशा! तर के यसमा वास्तविकता छ? तपाईंलाई विश्‍वास गराउनको लागि के लाग्ने होला? कुनै प्रतिज्ञामा विश्‍वास गर्नको लागि, तपाईंलाई निश्‍चिय गर्नु पऱ्‍यो कि प्रतिज्ञा गर्ने व्यक्‍ति इच्छुक छ अनि पुरोगर्न पनि सक्छ। त्यसो भए, त्यो को थियो, जस्ले प्रतिज्ञा गऱ्‍यो कि अहिले मरिसकेका लाखौं फेरि जीउनेछन्‌?

सा. यु. ३१ को वसन्तकालमा, येशू ख्रीष्टले निर्धक्कसाथ वयान दिनु भयो कि उहाँलाई मरेकाहरुको पुनरुत्थान गर्नको लागि शक्‍ति यहोवाले दिनुभएको छ। येशूले प्रतिज्ञा गर्नुभयो: “जसरी पिताले मरेकाहरुलाई उठाउनु र जीवित पार्नुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्छ, त्यसलाई जीवित पार्छ। यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरु सबैले उसको [येशूको] सोर सुन्‍नेछन्‌ र निस्कि आउनेछन्‌।” (यूहन्‍ना ५:२१, २८, २९) हो, येशू ख्रीष्टले वचन दिनुभयो कि मरिसकेका लाखौं फेरि जीवित भएर यसै पृथ्वीमा बाँच्न पाउनेछन्‌ अनि यसैमा सधैं रहने अपेक्षागर्न सक्छन्‌। (यूहन्‍ना ३:१६; १७:३; तुलना गर्नुहोस्‌ भजन ३७:२९ र मत्ती ५:५)a किनकि येशूले यो वचन दिनुभयो, यो पूरो गर्न उहाँ इच्छुक हुनुहुन्छ भनी अनुमान लगाउन ठीक छ। तर यसो गर्न के उहाँ सक्नुहुन्छ होला?

बाइबलको लेखोट अनुसार, त्यो प्रतिज्ञा गरेको समयसम्म, येशूले कसैलाई पुनर्जीवित पार्नु भएको थिएन। तर दुई र्वषभन्दा कम समय पश्‍चात, एउटा प्रभावशाली तरिका द्वारा उहाँले प्रदर्शन गर्नुभयो कि उहाँ पुनर्जीवित पार्न ईच्छुक हुनुहुन्छ अनि सक्नु पनि हुन्छ।

“लाजरस, बाहिर निस्कि आऊ!”

त्यो हृदय-स्पर्शी दृश्‍य थियो। लाजरस सिकिस्त बिरामी थिए। उसको दुई दिदी, मेरी अनि मार्थाले, यर्दन नदीपारि हुनुभएको येशूलाई समाचार पठाए: “हे प्रभु, हेर्नुहोस्‌, जसलाई तपाईं माया गर्नुहुन्छ, तिनी बिरामी छन्‌।” (यूहन्‍ना ११:३) हो, येशूले यो परिवारलाई औधि प्रेम गर्नुहुन्थो। शायद उहाँ बेथानीमा प्रायः प्रायः तिनीहरुकहाँ पाहुना हुनुभएको थियो। (लूका १०:३८–४२; तुलना लूका ९:५८ सँग गर्नुहोस्‌) तर अब येशूको प्रिय मित्र सिकिस्त बिमारी थियो।

तर, अब, येशूले के गर्नुहुन्छ होला भनी मेरी अनि मार्थाले ठानेका थिए होलान्‌? तिनीहरुले उहाँलाई बेथानी आउनु भनेनन्‌। तर तिनीहरुलाई थाहा थियो कि येशूले लाजरसलाई प्रेम गर्नहुन्छ। के येशू आफ्नो प्रिय मित्रलाई हेर्न इच्छा गर्नु हुन्‍न होला? निःसन्देह येशूले उसलाई आश्‍चर्य रीतिमा निको पार्नु हुनेछ भनी तिनीहरुले आशा राखेका थिए। जे भएतापनि, उहाँको सेवकाईको यो समयसम्म, येशूले निको पार्ने धेरै आश्‍चर्यका कामहरु प्रदर्शन गरिसक्नु भएको थियो, साथै उहाँको निम्ति दूरीपन पनि कूनै बाधा थिएन। (तुलना गर्नुहोस्‌ मत्ती ८:५–१३) यति प्यारो मित्रको निम्ति त्यो भन्दा कम गर्नुहोला? तर अचम्मको कुरो, बेथानी तुरून्त नगएर, येशू त जुन ठाउँमा हुनुहुन्थयो त्यसै ठाउँमा अरु दुई दिन बस्नुभयो।—यूहन्‍ना ११:५, ६.

त्यो समाचार पठाएको केही समय पश्‍चात लाजरसको मृत्यु भयो, हुनसक्छ येशूले समाचार पाउँदा-पाउँदै। (तुलना गर्नु होस्‌ यूहन्‍ना ११:३, ६, १७) तर अरु समाचारको आवश्‍यकता थिएन। लाजरस कहिले मऱ्‍यो सो येशूलाई थाहा थियो, अनि यसबारे उहाँ केही गर्ने विचार राख्नु भएको थियो। लाजरसको मृत्युबारे बोल्दै, उहाँले आफ्नो चेलाहरुलाई भन्‍नुभयो: “हाम्रा मित्र लाजरस निद्रामा परेका छन, तर म तिनलाई निद्राबाट बिउँझाउनलाई जाँदैछु।” (यूहन्‍ना ११:११) केही समय अघि येशूले दुई मरेका व्यक्‍तिहरुलाई बिउताउनु भएको थियो, दुवै अवस्थामा तिनीहरु मरेको थोरै समय पश्‍चात।b तर, यस पाली चाहिं, फरक हुनेथ्यो। बेथानीमा येशू आइपुग्ने बेलासम्म त, उहाँको प्रिय मित्र मरेको चार दिन भइसकेको थियो। (यूहन्‍ना ११:१७, ३९) त्यत्ति लामो समयसम्म मरिसकेको र जसको देह कुहुनु थालिसकेको थियो यस्तो व्यक्‍तिलाई के येशूले पुनःर्जीवित पार्न सक्नु होला?

येशू आउँनु हुँदैंछ भनी सुनेर, मार्था, जो फुर्तिलो थिईन्‌, उहाँलाई भेट्‌न दगुरेर गईन्‌। (तुलना गर्नुहोस्‌ लूका १०:३८–४२) येशूलाई भेट्‌ना साथ, उनको हृदयले उनलाई यो भन्‍न तत्पर गरायो: “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो ता मेरो भाई मर्ने थिएन।” तरैपनि, उनले आफ्नो विश्‍वास प्रकट गरिन्‌: “म जान्दछु तपाईंले परमेश्‍वरसित जे माग्नुहुन्छ उहाँले तपाईंलाई दिनुहुन्छ।” उनको दुःखले येशूको हृदय छोयो, र उनलाई आश्‍वाशन दिनुभयो: “तिम्रो भाइ बिउँतनेछ।” जब उनले भविष्यमा हुने पुनःरुत्थानमा विश्‍वास भएको प्रकट गरिन, येशूले स्पष्ट भन्‍नुभयो: “पुनरुत्थान र जीवन मै हुँ। मलाई विश्‍वास गर्ने मऱ्‍यो भने पनि बाँच्नेछ।”—यूहन्‍ना ११:२०–२५.

चिहानमा पुगेपछि, त्यसको प्रवेशद्वार रोक्ने ढुङ्‌गालाई सार्नु भनी येशूले निर्देशन दिनुभयो। पहिले त मार्थाले विरोध गरिन्‌: “हे प्रभु, यस बेलासम्म ता त्यो गह्नाउन लागिसक्यो होला, किनकि चार दिन भइसक्यो।” तर येशूले आश्‍वासन दिनुभयो: “के मैले तिमीलाई भनिनँ, विश्‍वास गऱ्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछौ?” त्यसपछि, ठूलो सोरले प्रार्थना गरेपछि, उहाँले आज्ञा दिनुभयो: “लाजरस, बाहिर निस्कि आऊ!” येशूको आज्ञामा लाजरस बाहिर आयो, मरिसकेको चार दिन भएतापनि!—यूहन्‍ना ११:३८–४४.

के यो घटना वास्तवमा भएकै हो?

लाजरसको पुनरुत्थानको विवरण यूहन्‍नाको सुसमाचारमा एउटा ऐतिहासिक घटना भनी प्रस्तुत गरिएको छ। यसको सजिव विवरणले गर्दा यसलाई एउटा नीतिकथा मात्र भन्‍नु सकिंदैन। यसको ऐतिहासिकतालाई प्रश्‍न गर्नु बाइबलको अन्य आश्‍चर्यकामको, साथै येशू ख्रीष्ट आफैको पुनरुत्थानमाथि सन्देह गर्नु हो।c अनि येशूको पुनरुत्थानलाई अस्वीकार गर्नुको अर्थ सर्म्पूण मसीही विश्‍वासलाई अस्वीकार गर्नु हो।—१ कोरिन्थी १५:१३–१५.

वास्तवमा, यदि तपाईं परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्नु हुन्छ भने, पुनरुत्थानमा विश्‍वास राख्न तपाईंलाई केही समस्या हुनु नपर्ने। व्याख्या गरौं: कुनै व्यक्‍तिले आफ्नो अन्तिम इच्छा र मृत्युपत्र भिडियोमा भर्न सक्छ, अनि वास्तवमा उसको मृत्यु पश्‍चात उसका नातेदार अनि मित्रहरुले त्यो देख्न र सुन्‍न सक्छन्‌ जसै तिनको जायजातको हेरविचार कसरी गर्नुपर्ने सो व्याख्या तिनले गर्दै लैजान्छन्‌। सय वर्ष अघि, यस्ता कुरा अविचारणीय थियो। अनि संसारका दुर्गम क्षेत्रहरुमा अहिले बसेका केही मानिसहरुका लागि, भिडियो रेकर्डिङ्‌गको “चमत्कार” त समझ बाहिरको कुरो हो। यदि सृष्टिकर्ताले स्थापना गर्नुभएको वैज्ञानिक सिद्धान्तलाई प्रयोग गरेर मानिसले यस्ता देखिने र सुनिने दृश्‍य पुनर्निर्माण गर्न सक्छन्‌ भने, के सृष्टिकर्ताले अझ बढी गर्नसक्नु हुँदैन होला? त्यसोभए, के यो जायज होइन होला, कि जसले जीवन सृष्टि गर्नुभयो उहाँसँग मानिसलाई पुनर्जीवित गरेर उसको व्यक्‍तित्वको प्रतिलिपि नयाँ रचना गरेको शरीरमा हाल्ने योग्यता छ?

लाजरसको जीवनको पुनर्निमाण भएको आश्‍वर्यकामले येशू अनि पुनरुत्थानमाथि विश्‍वास बढाउने काम गऱ्‍यो। (यूहन्‍ना ११:४१, ४२; १२:९–११, १७–१९) एउटा घतपर्दो तरिकामा, यसले पुनरुत्थान गर्न यहोवा अनि उहाँका पुत्रको पनि चाहना देखाउँछ।

‘परमेश्‍वरलाई उत्कण्ठ इच्छा हुनेछ’

लाजरसको मृत्युप्रति येशूको प्रतिक्रियाले परमेश्‍वरको पुत्रको कोमल पक्ष प्रकट हुन्छ। यस अवसरमा उहाँका गहिरा भावनाहरुले यो दर्शाउँछ कि मरेकाहरुलाई पुनर्जीवित पार्ने उहाँको तीव्र अभिलाषा छ। हामी पढ्‌छौं: “जब मरियम येशू हुनुभएको ठाउँमा आइन्‌, तब उहाँलाई देखेर तिनी यसो भन्दै उहाँको पाउमा परिन्‌: ‘हे प्रभु, तपाई यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्ने थिएन।’ जब येशूले त्यसलाई रोइरहेकी र तिनीसित आउने यहुदीहरुलाई पनि रोइरहेका देख्नुभयो, तब उहाँ आत्मामा सुस्केरो लिनुभयो र विचलित हुनुभयो। अनि भन्‍नुभयो, “तिमीहरुले तिनलाई कहाँ राखेका छौ?” तिनीहरुले उहाँलाई भने, ‘प्रभु, आएर हेर्नुहोस।’ येशूले आँसु खसाल्नु भयो। यसकारण यहूदीहरुले भने, ‘हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थयो।’”—यूहन्‍ना ११:३२–३६, न्यु वर्ल्ड।

येशूको हृदयबाट आएको अनुकम्पालाई यहाँ तीन वाक्यांशले देखाउँछ: “सुस्केरा लिनुभयो,” “विचलित हुनुभयो,” अनि “आँसु खसाल्नु भयो।” चेला यूहन्‍नाले यो करुण दृश्‍यलाई दर्ता गर्न प्रयोग गरेको मूल-भाषिय शब्दहरुले येशू कुन मात्रामा भावुक हुनुभयो सो परिमाण दर्शाउँछ।

“सुस्केरा” तुल्याउने युनानी शब्द, एउटा क्रिया (एम.ब्रि.मा’ओ.माए) बाट हो जसले कष्टदायक, अर्थात गहिरो गरि हृदयमा लाग्नु भनि जनाउँछ। बाइबल टीकाकार विलीयम बार्कलेले टिप्पणी गर्नहुन्छ: “सामान्य साहित्यिक ग्रीकमा यसको (एम.ब्रि.मा’ओ.माए) सामान्य प्रयोग एउटा घोडाको फुत्कार लाई जनाउँछ। यहाँ यसले यो मात्र अर्थ राख्नुसक्छ कि येशूलाई यस्तो गहिरो मनोवेगले समात्यो कि अनिच्छापूर्वक एउटा सुस्केरो उहाँको हृदयबाट निचोरिएर निस्क्यो।”

“विचलित” अनुवाद गरिएको वाक्यांश, ग्रीक शब्द (टा.रास’सो)बाट आउँछ, जसले क्षोभ जनाउँछ। द न्यु थेयर्स्‌ ग्रीक्‌-इङ्‌गलीश्‌ लेक्‌सिकन्‌ अफ्‌ द न्यु टेस्‌’टमेन्ट्‌ अनुसार, यसको अर्थ “कसैलाई भित्री उथलपुथल पार्नु हो, . . . वृहत पीडा अथवा शोकद्वारा प्रभाववित हुनु हो।” “आँसु खसाल्नु” ग्रीक क्रिया (डा.क्राय’ओ) बाट आएको हो, जस्को अर्थ हो “आँसु बगाउनु, धुरुधुरु रुनु”। यूहन्‍ना ११:३३ मा उल्लेख गरिएको मेरी अनि उनीसँग भएको यहूदीहरुका “रुआई” भन्दा यो भिन्दै हो। त्यह प्रयोग गरिएको ग्रीक शब्द (क्लाई’ओ) को अर्थ सुन्‍ने गरी अथवा साह्रो रुनु हो।d

तसर्थ, आफ्नो प्रिय मित्र लाजरसको मृत्यु अनि लाजरसको दिदी रोएको दृश्‍यले येशूको हृदय आकुल भयो। येशूको हृदय यति व्याकुल भएको थियो कि उहाँको आँखा आँसुले डम्म भरियो। यहाँ के हेर्नलायक छ भने केही समय पूर्व येशूले अरु दुई जनालाई पुनर्जीवित पार्नु भएको थियो। अनि यस अवसरमा पनि लाजरसलाई यसैगर्ने भनि विचार गरिसक्नु भएको थियो। (यूहन्‍ना ११:११, २३, २५) तरैपनि, उहाँले “आँसु खसाल्नुभयो”। मानवलाई पुनर्जीवित पार्न, त्यसोभए, येशूको निम्ति एउटा कार्यविधि मात्र होईन। यस अवसरमा उहाँले प्रकटगर्नु भएको कोमल अनि गहिरो भावनाले मृत्युको हानिलाई सपार्ने उहाँको तीव्र अभिलाषा स्पष्ट देखाउँछ।

किनकि येशू “परमेश्‍वरकै अस्तिवको प्रतिबिम्ब” हुनुहुन्छ, हाम्रो स्वर्गीय पिताबाट हामीले यो भन्दा बढी आशा राख्नु उचित छ। (हिब्रू १:३) पुनरुत्थान गर्ने सम्बन्धमा यहोवाको आफ्नो स्वेच्छाबारे, विश्‍वासी जन अय्यूब भन्दछ: “एउटा बलियो मान्छे मऱ्‍यो भने के त्यो फेरि उठ्‌नसक्छ होला? . . . तपाईंले मलाई बोलाउनेहुनेछ, र म जवाफ दिनेछु। आफूले सृजनुभएको प्राणीको तपाईंलाई उत्कण्ठ इच्छा हुनेछ (न्यु वर्ल्ड)।” (अय्यूब १४:१४, १५) “तपाईंलाई उत्कण्ठ इच्छा हुनेछ” जनाउने मौलिक-भाषिय शब्दले उत्साहपूर्ण रहर अनि अभिलाषा देखाउँछ। (उत्पत्ति ३१:३०; भजन ८४:२) स्पष्ट छ, यहोवाले पुनरुत्थानलाई उत्साह साथ प्रतिक्षा गरिरहनु भईरहेको छ।

पुनरुत्थानको प्रतिज्ञालाई के हामी साँचै विश्‍वास गर्न सक्छौं? यसमा कुनै शकां छैन कि यहोवा अनि उहाँका पुत्र दुवै इच्छुक पनि छन्‌ अनि गर्न पनि सक्छन्‌। यसले तपाईंको निम्ति के अर्थ राख्छ? शान्तिमय अवस्था भएको यसै पृथ्वीमा नै आफ्ना प्रिय जनहरुसँग पुनर्मिलन हुने आशा तपाईंले पाउनुहुनेछ!

यहि नै रोबर्टाको आशा भएको छ (अघिल्लो लेखमा दिए अनुसार)। उनको आमाको मृत्युभएको केही वर्ष पश्‍चात, यहोवाका साक्षीहरुले उनलाई बाइबलको विचारपूर्वक अध्ययनगर्न सगाए। उनी पुनःस्मृतिमा ल्याउँछिन्‌: “पुन:रुत्थानको आशाबारे पढे पछि, म त रोए। मेरो आमालाई फेरि देख्न पाउँछु भनी थाहा पाउनु अदभुत कुरो थियो।” यसै अनुरुप यदि तपाईंको हृदय कुनै प्रिय जनलाई हेर्न उत्कट चाहनागर्छ भने, निःसन्देह तपाईं यो अदभुत भविष्यबारे सिक्न अझ इच्छागर्नु हुनेछ। (w90 5/1)

[फुटनोटहरू]

a द: वॅचटावर, मई १, १९९० को लेख “एक्स्‌रसाईज्‌ फेथ्‌ फॅर्‌ एभर्‌लास्‌टिङ्‌ लाईफ्‌,” पृष्ट २३–८ हेर्नुहोस्‌।

b यूहन्‍ना ५:२८, २९ मा दर्ता गरिएको येशूले गरेको प्रतिज्ञा अनि लाजरसको मृत्युको अन्तरालमा, येशूले नाइनको विधवाको छोरो अनि याइरसको छोरीलाई पुनर्जीवित पारिसक्नु भएको थियो।—लूका ७:११–१७; ८:४०–५६.

c न्यू योर्क, इन्क., को द वॅच टावर बाइबल एण्ड ट्रेक्ट सोसाइटी द्वारा प्रकाशित पुस्तक द बाइबल—गॅडस्‌ वर्ड्‌ ॲर म्यान्स्‌? को अध्याय ६, “मिरेक्‌ल्ज्‌—डिड्‌ दे रिह्‍यली ह्‍यापन्‌?” हेर्नुहोस्‌।

d चासोको कुरो छ, अरुले सुन्‍नेगरि रुनु को ग्रीक शब्द (क्लाई’ओ) लाई येशूको निम्ति त्यो अवसरमा प्रयोग गरिएको छ जब येशूले यरुशलेमको विनाशबारे भविष्यवाणी गर्नुभयो। लूकाको वर्णनले भन्छ: “औ जब उहाँ नजीकै आइपुग्नुभयो तब शहरलाई (यरुशलेम) देखेर यसो भन्दै त्यसको निम्ति उहाँले विलाप गर्नुभयो।”—लूका १९:४१.

[पृष्ठ ५-मा भएको चित्र]

याइरसको छोरीलाई येशूले पुनर्जीवित गरेको कुरोले भविष्यमा मरेकाहरूको पुनरुत्थान हुनेछ भनी विश्‍वासको निम्ति आधार दिंन्छ।

[पृष्ठ ६-मा भएको चित्र]

लाजरसको मृत्यु हुँदा येशु आकुल हुनुभएको थियो।

[पृष्ठ ७-मा भएको चित्र]

पुनरुत्थानलाई देख्नेहरुको हर्ष नाइनको विधुवाको हर्ष जस्तै हुनेछ जब उसको छोरोलाई येशूले पुनर्जीवित गर्नुभयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने