प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ९/१ pp. २७-३०
  • यहोवाका सेवामा आनन्दित जवान व्यक्‍तिहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका सेवामा आनन्दित जवान व्यक्‍तिहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको आफ्नो विश्‍वास
  • ज्ञान लिनुहोस्‌
  • मूल्याङ्‌कन बढाउनुहोस्‌
  • परमेश्‍वरको सेवामा अघि बढ्‌नुहोस्‌
  • सधैं परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्नुहोस्‌
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • जवान हो—यहोवाको सेवा गर्ने तपाईंको इच्छालाई बलियो पार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • जवानहरू हो, यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • के केटाकेटीहरूले बप्तिस्मा गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ९/१ pp. २७-३०

यहोवाका सेवामा आनन्दित जवान व्यक्‍तिहरू

“एउटा सानो बालक पनि उसको कामबाट थाहा गर्न सकिन्छ, उसको चालचलन पवित्र र ठिक छ या छैन।”—हितोपदेश २०:११, न्यू इन्टरनेशनल भर्सन्‌

१. बाइबलमा शमूएल बारे भनिएका केही उल्लेखनीय कुराहरू के हुन्‌?

शिलोहमा यहोवाको पवित्र स्थानमा “सेवा” गर्न थाल्दा, बालक शमूएल केवल तीन देखि पाँच वर्षको थियो होला। उसले त्यहाँ गर्नु पर्ने कामहरू मध्ये एउटा काम “यहोवाको भवनको ढोका खोल्नु थियो।” बाइबल भन्दछ, “बालक शमूएल बढ्‌दै जाँदा यहोवा र मानिसहरूका प्रशंसाका पात्र भए।” तिनी ठूलो भए पछि, तिनले इस्राएललाई साँचो उपासनातिर फर्काए। तिनले आफ्नो “जीवनभरि नै” परमेश्‍वरको सेवा गरे। “वृद्ध र कपाल फुलेको” अवस्थामा पनि तिनले मानिसहरूलाई “यहोवासँग डराउन, र . . . सत्यतामा उहाँको सेवा गर्न” प्रोत्साहित गरी नै रहे। बाइबलमा शमूएल बारे भनिएका असल कुराहरू, मानिसहरूले तपाईंबारे पनि भन्‍न सकेमा के यो राम्रो हुने थिएन र?—१ शमूएल १:२४; २:१८, २६; ३:१५; ७:२-४, १५; १२:२, २४.

२. आज सानाहरूले यहोवाका जनहरूका सभाहरूमा के सिक्दछन्‌?

२ तपाईं यहोवाका एक जना साक्षी हुनुहुन्छ, अथवा तिनीहरूका मसीही सभाहरूमा उपस्थित हुनुहुन्छ भने, यो पाठ अध्ययन हुने राज्य भवनमा वरिपरि आँखा घुमाएर हेर्नुहोस्‌। त्यहाँ तपाईं हर उमेरका मानिसहरू देख्नु हुनेछ। शायद त्यहाँ “वृद्ध र कपाल फुलेका” मानिसहरू पनि होलान्‌। त्यहाँ आमाबाबुहरू, जवान मानिसहरू, साना बच्चाहरू, र काखे नानीहरू पनि छन्‌। के त्यहाँ उपस्थित सबैभन्दा सानाले पनि सिक्न थालिसकेको छ र? छ। सानै छँदा यस्ता सभाहरूमा ल्याइएकाहरूलाई सोधी हेर्नुहोस्‌। तिनीहरूले इमान्दारीपूर्वक भन्‍नेछन्‌ कि सानैदेखि परमेश्‍वरलाई आदर गर्न, उहाँका जनहरूलाई प्रेम गर्न र उहाँको उपासना गरिने ठाउँको मूल्याङ्‌कन गर्न तिनीहरूले सिकी रहेका थिए। जसै समय बित्दछ, सानाहरूले स्मरणीय सत्यहरू सिक्दछन्‌। धेरै जवानहरू, ज्ञानमा र मूल्याङ्‌कनमा बढ़े पछि, ती ‘जवान ठिटाहरू र कुमारीहरू, वृद्ध मानिसहरू र केटा-केटीहरूसँग” सम्मिलित हुन्छन्‌ जसलाई सम्बोधन गर्दै, भजनसंग्रहको लेखकले यो प्रोत्साहन दिए: “यहोवाको नाउँको प्रशंसा गर, किनकि उहाँको नाउँ मात्रै उच्च मानिएको छ।”—भजन १४८:१२, १३.

३. बाइबलका ज्ञान हुने जवान व्यक्‍तिहरूको जीवन प्रतिको दृष्टिकोण, यो ज्ञान न भएका व्यक्‍तिहरूको दृष्टिकोण भन्दा कसरी बेग्लै हुन्छ?

३ तपाईं एक जना जवान व्यक्‍ति हुनु हुन्छ र यस्ता सभाहरूमा तपाईंलाई आफ्ना आमाबाबुले लिएर आउँछन्‌ भने, तपाईं विशेष रूपमा आशिषित हुनु हुन्छ। अरू धेरै जवान मानिसहरू संसारका समस्याहरू देखेर चिन्तित छन्‌। केही त मानिसजातिले पृथ्वीलाई नाश गर्ला भनेर भयभीत होलान्‌। तर परमेश्‍वरले त्यस्तो हुन दिनु हुने छैन र मानिसहरूलाई उहाँले यो सुन्दर ग्रह नष्ट गर्न दिनु हुने छैन भनी तपाईंलाई थाह छ। यसको सट्टा, बाइबल अनुसार, परमेश्‍वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नुहुन्छ।” साथै, परमेश्‍वरको धार्मिक नया संसारमा एउटा उज्ज्वल भविष्य नजिकै छ भनी बाइबलले प्रतिज्ञा गर्दछ भन्‍ने कुरा तपाईंलाई थाहै छ।—प्रकाश ११:१८; भजन ३७:२९; २ पत्रुस ३:१३.

तपाईंको आफ्नो विश्‍वास

४. परमेश्‍वरका मार्गहरू थाहा पाए पछि, युवाहरूमाथि के जिम्मेवारी आउँदछ र शमूएल यसको एउटा असल उदाहरण कसरी थिए?

४ शुरू शुरूमा, मसीही सत्यको मार्ग तपाईंको आमाबाबुको चासोको विषय थियो होला। शायद, मसीही सभाहरूमा उहाँहरूले तपाईंलाई ल्याएको हुनाकारण तपाईं आउनु हुन्‌थ्यो होला र ईश्‍वरीय सेवामा पनि उहाँहरूले भाग लिएको हुनाकारण तपाईंले भाग लिएको हुन सक्छ। तरै पनि, समय बित्दै जाँदा, यहोवाको सेवा गर्न र आज्ञा पालन गर्नमा तपाईं आफै पनि आनन्द लिन सक्नु हुन्छ। बालक शमूएलकी आमाले तिनलाई ठीक बाटोमा लगाइदिनु भयो तर शमूएल आफैलाई व्यक्‍तिगत रूपमा त्यस बाटोमा हिंड़न पऱ्‍यो। हामी पढ्‌दछौं: “एउटा सानो बालक पनि उसको कामबाट थाह गर्न सकिन्छ, उसको चालचलन पवित्र र ठिक छ या छैन थाह गर्न सकिन्छ।”—हितोपदेश २०:११, NIV.

५. (क) बाइबल किन धेरै नै मूल्यवान छ? (ख) पावलले तिमोथीलाई परमेश्‍वरका वचनको महत्वबारे के भने?

५ परमेश्‍वरले हामीबाट के चाहनु हुन्छ सो शास्त्रले बताउँछ। त्यसमा, परमेश्‍वरलाई हामी कसरी खुशी तुल्याउन सक्छौं र हाम्रा हितकालागि अन्य कुराहरू पनि दिइएको छ। प्रेरित पावलले आफ्ना जवान सहायक तिमोथीलाई एसो भने: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।”—२ तिमोथी ३:१६, १७.

६. हितोपदेशको पुस्तकले ज्ञान र ईश्‍वरीय बुद्धिको महत्त्वबारे के भन्दछ?

६ बाइबलले हामीलाई “अर्ती सुन र बुद्धिमान हुंदै जाउ” भन्दछ। यसले हामीलाई परमेश्‍वरका आज्ञाहरूलाई “साँचेर राख्न” (न्यु. व.) र समझलाई “निरन्तर खोज्न” र समझ शक्‍तिलाई गाढ-धन खोजे झैं “खोजी रहन” भन्दछ। यो सल्लाह पालन गर्नुभयो भने, “तपाईंले यहोवाको भय बुझ्नुहुनेछ, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नुहुनेछ।” हामी बाइबलमा यो सल्लाह पनि पाउँदछौं: “औ अब हे मेरो छोरा हो, मेरो कुरा सुन, अर्ती सुन र बुद्धिमान हुँदै जाउ, र त्यसको इन्कार नगर। त्यो मानिस सुखी हो जो मेरो चालमा हिंड्‌छ। जो मेरो कुरामा कान थाप्छ, त्यही मानिस सुखी हो . . . किनभने जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ र यहोवाको निगाह प्राप्त गर्छ।” के तपाईंले बाइबललाई त्यतिको मूल्यवान ठान्‍नुहुन्छ र त्यसमा भनिएका कुराहरू सिक्न जोड़सित प्रयास गर्नुहुन्छ?—हितोपदेश २:१-५; ८:३२-३५.

ज्ञान लिनुहोस्‌

७. हामीले सिक्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुराहरू के हुन्‌?

७ केही जवान मानिसहरूलाई खेलकूदका सबै तथ्याङ्‌कहरू थाहा हुन्छ, अथवा आफूलाई खास मनपर्ने सङ्‌गीत समूहबारे सबै कुराहरू भन्‍न सक्छन्‌। तिनीहरूलाई यी कुराहरू सिक्न र सम्झन सजिलो लाग्छ किनकि ती कुराहरूमा तिनीहरूको चासो हुन्छ। तर सबैभन्दा महत्वपूर्ण प्रश्‍न यो हो, परमेश्‍वर बारे तिनीहरूलाई के थाहा छ? उहाँले गर्नु भएका कामहरू बारे यसो विचार गर्नुहोस्‌। परमेश्‍वरले ब्रह्‍माण्ड सृजनु भयो। मानिसहरूले कसो कसो गर्नेछन्‌ र के के हुनेछन्‌, ती जम्मै कुराहरू हुनु भन्दा धेरै नै अघि उहाँले भनिदिनु भएको थियो। बाइबलले हामीलाई परमेश्‍वरको विषयमा मात्र होइन तर उहाँलाई हामीले कसरी खुशी तुल्याउन सक्छौं, त्यस विषयमा पनि सिकाउँदछ। यस बाहेक, हामी अहिले कसरी आनन्दित जीवन बिताउन सक्छौं र उहाँका धार्मिक नया संसारमा कसरी अनन्त जीवन पाउन सक्छौं भन्‍ने कुरा पनि दर्शाउँदछ। के यी कुराहरूको ज्ञान हुनु, खेल-कूदमा जीत कसको भयो अथवा मानिसहरूले चाँड़ै नै बिर्सेर जाने सङ्‌गीतकारहरूको नाउँ सिक्नु भन्दा धेरै नै महत्त्वपूर्ण होइन र?—यशैया ४२:५, ९; ४६:९, १०; आमोस ३:७.

८. योशियाह र येशू दुवैले कुन राम्रो उदाहरण छाड़े?

८ जवान राजा योशियाह १५ वर्षका छँदा नै तिनले “आफ्ना पुर्खा दाऊदका परमेश्‍वरको अगुवाई खोज्न शुरू गरे।” १२ वर्षको उमेर मै येशूलाई यहोवाको मन्दिरमा “शिक्षकहरूका माझमा बस्दै,” “सुन्दै र सोद्धै गरेको” भेट्टाए।a तपाईं जुनसुकै उमेरको भएतापनि, योशियाह र येशूले जस्तै परमेश्‍वरले गर्नुभएका र अझै गर्नुहुने कुराहरू बारे सिक्ने गहिरो चासो के तपाईंले आफूमा जगाउनु भएको छ?—२ इतिहास ३४:३; लूका २:४६.

९. (क) धेरै जवान व्यक्‍तिहरूको समस्या के हो? (ख) कुन कुराले पढ्‌न र अध्ययन गर्न सजिलो पार्न सक्छ, र के तपाईंले व्यक्‍तिगत रूपमा यो अनुभव गर्नु भएको छ?

९ तपाईं भन्‍नुहोला, ‘अध्ययन गर्न गाह्रो लाग्छ।’ धेरै जवान र वृद्धलाई पढ़न सजिलो लाग्दैन, किनभने तिनीहरूले पढ़ने अभ्यास पुग्दो मात्रामा गरेका छैनन्‌। तपाईं जति बढ़ी पढ्‌ने गर्नुहुन्छ, पढ्‌न उति नै सजिलो भएर आउँछ। तपाईं जति बढ़ी अध्ययन गर्नुहुन्छ, सिक्न उतिनै सजिलो भएर आउँछ। थाहा भइ सकेका कुराहरूमा तपाईं नयाँ विचारहरू थप्दै जानुहुन्छ, र यसलेगर्दा ती कुराहरू बुझ्न र याद राख्न सजिलो हुनेछ।

१०. (क) मसीही सभाहरूबाट तपाईंले अझ बढ़ी कसरी लाभ उठाउन सक्नु हुन्छ? (ख) यस सम्बन्धमा तपाईंको आफ्नो अनुभव के हो?

१० परमेश्‍वर बारे अझ बढ़ी शिक्षा लिन तपाईंलाई कुन कुराले मदद दिन सक्नेछ? एउटा ता, तपाईं मसीही सभाहरूमा अझ नियमित रूपमा उपस्थित हुनसक्नु हुन्छ। के तपाईं अग्रिम तैयारीसाथ आउनु भएर, अर्थपूर्ण ढँङ्‌गमा भाग लिन सक्नु हुन्छ? उदाहरणका लागि, के तपाईंले यस अध्ययनबाट अझ गहिरो ज्ञान प्राप्त गर्नका लागि, यहाँ उल्लेखित तर उद्धरित्‌ न गरिएका पदहरू बाइबलबाट हेर्नु भएको छ कि? यी पदहरूबाट यस पैराग्राफ अथवा पाठ सम्बन्धी बुझ्न सकिने अझ थप कुराको तपाईंलाई याद दिलाउनाका निम्ति, के तपाईंले पानाको एक छेउमा एक दुई शब्द लेख्नु भएको छ कि? र सभाहरूमा टिप्पणी दिनु हुँदा, शास्त्रीय छलफलका लागि आफ्नो मूल्याङ्‌कन व्यक्‍त गर्दै, के तपाईंले यी पदहरूबाट कमसे कम एउटा पदको प्रयोग गर्ने बानी बसाल्नु भएको छ? धेरै वर्ष देखिन्‌ नियमित रूपमा सभाहरू धाउँदै आएका मण्डलीका एक जना प्राचीनले एसो भने: “आफूले तयार नगरी आउँदा पाठमा ध्यान केन्द्रित गर्न मलाई धेरै नै गाह्रो लाग्छ, तर राम्रोसँग अध्ययन गरेर आएको पाठ सबैसँग मिलेर पढ़दै लैजानु एउटा अति नै आनन्ददायक अनुभव हो।”

११. बाइबलमाथि आधारित भाषणहरूबाट तपाईंले अझ बढ़ी फायदा कसरी उठाउन सक्नु हुन्छ, र यो यत्तिको महत्त्वपूर्ण किन हो?

११ बाइबलमा आधारित भाषणहरू सुन्‍नु हुँदा, भाषणलाई कसरी अघि बढ़ाइन्दैछ भन्‍ने कुराको विश्‍लेषण गर्न र त्यहाँ भनिएका कुराहरूमा ध्यान केन्द्रित्‌ राख्न, के तपाईं संक्षिप्तमा टिप्पणीहरू लेख्ने गर्नु हुन्छ? त्यहाँ सुन्‍नु भएका कुराहरूलाई अझ सजिलोसँग बुझ्न र राम्रोसँग याद राख्नका लागि, के तपाईंले ती कुराहरूलाई थाह भइ सकेका पुराना कुराहरूसँग तुलना गरेर हेर्नु हुन्छ? येशूले प्रार्थना गर्नुभयो: “औ अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) के अनन्त जीवनतिर लैजाने ज्ञान नै प्राप्त गर्न सकिने ज्ञानहरू मध्य सर्वोत्तम ज्ञान होइन र? विचार गर्नु होस्‌, यस विषयमा बाइबलले के भन्द छ: “बुद्धि दिने यहोवा नै हुनुहुन्छ, र ज्ञान र समझ-शक्‍ति उहाँबाटै आउँछन्‌। किनभने बुद्धि तेरो मनभित्र गाड़िनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ शक्‍तिले तेरो रक्षा गर्नेछ।”—हितोपदेश २:६, १०, ११.

मूल्याङ्‌कन बढाउनुहोस्‌

१२. परमेश्‍वरले हाम्रा लागि गरिदिनु भएका केही उल्लेखनीय कुराहरू के हुन्‌?

१२ परमेश्‍वरले हाम्रालागि गरिदिनु भएका कुराहरूको के हामी वास्तवमा मूल्याङ्‌कन गर्दछौं? उहाँले एउटा सुन्दर पृथ्वी सृजनुभयो र यसलाई जीवनको लागि तयार पारिदिनु भयो। उहाँले हाम्रा प्रथम आमाबाबु सृष्टि गर्नुभएको हुनाले, हामी जन्मनु सम्भव भयो। हामीले परिवारहरूको र एउटा मायालु मण्डलीको समर्थन पाउने प्रबन्ध उहाँले मिलाइ दिनु भयो। (उत्पत्ति १:२७, २८; यूहन्‍ना १३:३५; हिब्रू १०:२५) हामीलाई उहाँ बारे अझ जानकारी दिन र अनन्त जीवन सम्भव पार्ने छुटकाराको बलिदान प्रस्तुत गर्नका लागि उहाँले आफ्ना पहिलो पुत्रलाई पृथ्वीमा पठाउनुभयो। के तपाईं यस प्रकारका महान वरदानहरूको साँच्चैनै मूल्याङ्‌कन गर्नुहुन्छ? यी कुराहरूले, के तपाईंलाई उहाँ बारे सिक्न र उहाँको सेवा गर्ने निमन्त्रणा स्वीकार गर्न प्रेरित गराउँदैन र?—मत्ती २०:२८; यूहन्‍ना १:१८; रोमी ५:२१.

१३. परमेश्‍वरले व्यक्‍ति व्यक्‍तिमा चासो लिनुहुन्छ भनी तपाईं किन भन्‍न सक्नु हुन्छ?

१३ ब्रह्‍माण्डका श्रृष्टिकर्ताले मानवजातिमा चासो लिनुहुन्छ। उहाँले अब्राहामलाई “मेरो मित्र” भनेर बोलाउनुभयो र मोशालाई “म तँलाई तेरो नाउँले चिन्छु” भन्‍नुभयो। (यशैया ४१:८; प्रस्थान ३३:१२) “संसारको उत्पत्ति” देखिन्‌, परमेश्‍वरका विश्‍वासी सेवकहरूको नाउँ दर्ता भएको एउटा लाक्षणिक “जीवनको पुस्तक” परमेश्‍वरसित छ भनेर प्रकाशको पुस्तकमा उल्लेख गरिएको छ। के त्यहाँ तपाईंको नाउँ पनि हुनेछ?—प्रकाश ३:५; १७:८; २ तिमोथी २:१९.

१४. परमेश्‍वरका सिद्धान्तहरू पालन गर्नाले तपाईंको जीवनमा कसरी उन्‍नति हुन सक्छ?

१४ परमेश्‍वरका सिद्धान्तहरू व्यवहारिक छन्‌। उहाँका सिद्धान्तहरू अनुसार काम गर्दा, अनैतिकता, लागू पदार्थको लत, मतवालापन, इच्छा नगरेका गर्भधारणहरू, लैंगिक रोग, हिंसा, हत्या, र यस्ता अन्य विपत्तिहरूको समाधान गर्न सकिन्छ। उहाँका मार्गहरूमा हिंड़दा, तपाईंले एउटा अझ सुखी जीवन बिताउन सक्नु हुनेछ र साँचो मित्रहरू पनि पाउन सम्भव हुनेछ। यसकारण, उहाँका मार्गहरू अपनाउन वास्तवमा फायदाजनक हुनेछ, होइन र? (१ कोरिन्थी ६:९-११) परमेश्‍वरका मार्गहरू अनुसार हिंड़ने फैसला गरी सकेका जवान व्यक्‍तिले पनि सही कुरा गर्न अझ बढ़ी बल पाउन सक्नेछ। बाइबल भन्दछ: “भक्‍तसँग परमेश्‍वरले भक्‍तिपूर्वक नै न्याय गर्नुहुन्छ।” यसले अझ आश्‍वासन दिंदछ कि नता उहाँले “आफ्नो भक्‍त जनहरूलाई त्याग्नुहुन्छ” नता “आफ्नो जनलाई छोड्‌नुहुन्छ।”—भजन १८:२५; ३७:२८; ९४:१४; यशैया ४०:२९-३१.

परमेश्‍वरको सेवामा अघि बढ्‌नुहोस्‌

१५. सुलेमानले जवानहरूलाई के ईश्‍वरीय सल्लाह दिए?

१५ तपाईंका लक्ष्यहरू एउटा मर्न लागेको संसारमा केन्द्रित छ अथवा एउटा धार्मिक नया रीतिरिवाजमा? के तपाईं परमेश्‍वरका कुरा सुन्‍नुहुन्छ, अथवा परमेश्‍वरको विरोध गर्ने सांसारिक बुद्धिजीवीहरूलाई सुन्‍नु हुन्छ? तपाईंको जीवनमा परमेश्‍वर र उहाँका सेवाले भन्दा, के मनोरञ्जन, उच्च शिक्षा वा धेरै समय लिने सांसारिक पेशाले प्राथमिकता पाएका छन्‌? हाम्रो जीवनमा के ले प्राथमिकता पाउनु पर्छ भनी प्रदर्शित गर्न, बुद्धिमान राजा सुलेमानले बाइबलमा पाइने उपदेशकको सम्पूर्ण किताब लेखे। तिनले कुरा यस प्रकार टुङ्‌ग्‌याए: “दुःखको समय र वृद्धावस्था आउन अघिनै जब तैंले भन्‍नेछस्‌, ‘यिनमा मेरो मन लाग्दैन।’ आफ्नो युवावस्थामा आफ्नो श्रृष्टिकर्ताको सम्झना गर्‌। कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌ र उहाँको आज्ञा पालन गर्‌। यो बाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१, १३.

१६. जवान व्यक्‍तिहरू थप विशेषाधिकारहरू पाउनाका लागि कसरी अघि बढ्‌न सक्छन्‌?

१६ तपाईंले चिनेका सबै भाइहरू—प्राचीनहरू, अग्रगामीहरू, तपाईंका परिभ्रमण र जिल्ला अध्यक्षहरू, एकताका केटा-केटी थिए। आज आनन्दसाथ अनुभव गरिरहेका आशिषहरू तिनीहरूले कसरी पाए? तिनीहरूले परमेश्‍वरलाई प्रेम गरे र उहाँको सेवा गर्न चाहे। आफ्नो युवावस्थामा धेरैजनाले ज्ञान र अनुभव प्राप्त गर्न, आफ्नो भएको फुर्सतको प्रयोग गरे। तिनीहरूले अध्ययन गरे र सभाहरूमा भाग लिए। तिनीहरूले शिक्षा दिने काममा भाग लिए, र तिनीहरू अग्रगामी सेवकाई, बेथेल सेवा अथवा अन्य लाभदायक विशेषाधिकारहरू प्राप्त गर्न अघि सरे। ती युवा-युवतीहरूमा कुनै ‘विशेष गुणहरू’ थिएनन्‌; तपाईं जस्तै तिनीहरूको पनि सामान्य चासोहरू र चिन्ताहरू थिए। तापनि, तिनीहरूले आफ्नो जीवनमा यस सल्लाहलाई प्रयोगमा ल्याए: “जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको [यहोवाको न्यु. व.] निम्ति जस्तैगरि मनतनले गर।”—कलस्सी ३:२३; तुलना गर्नुहोस्‌ लूका १०:२७; २ तिमोथी २:१५

१७. जवान व्यक्‍तिहरूलाई परमेश्‍वरको सेवामा अग्रसर हुन कुन कुराले मद्दत दिन सक्छ?

१७ तपाईंको विषयमा के भन्‍न सकिन्छ? के तपाईं ईश्‍वर सम्बन्धी कुराहरूको साँच्चैनै मूल्याङ्‌कन गर्नुहुन्छ? के तपाईं आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिने व्यक्‍तिहरूमध्यबाट आफ्ना लागि मित्र छान्‍नुहुन्छ? के तपाईं अरूहरूलाई आफूसँग मसीही कार्यहरूमा भाग लिन प्रोत्साहन दिनुहुन्छ? आफू भन्दा पाका र अनुभवी जनहरूबाट सिक्न, तिनीहरूको आनन्दमा सहभागी हुन र तिनीहरूका असल कार्यहरूबाट प्रोत्साहित हुन के तपाईं तिनीहरूसँग मसीही सेवकाईमा जानु हुन्छ? एकजना साक्षीले, २० वर्ष अघिको त्यो दिन याद गर्दछिन्‌, जब एकजना पाको व्यक्‍तिले आत्मीयतासाथ तिनलाई क्षेत्र सेवकाईमा जान निम्ताएका थिए। यो घटना तिनको जीवनमा एउटा मोड़ थियो भन्दै तिनी एसो भन्छिन्‌: “त्यस दिन क्षेत्र सेवकाईमा म प्रथम पटक आफ्नो इच्छाले गएँ किनकी मलाई जाने इच्छा भयो। यो भन्दा अघि, जहिले पनि, आमाबाबुले लगेका हुनाकारण मात्र मैले जाने गरेकी थिएँ।”

१८. बप्तिस्माका लागि आफूलाई प्रस्तुत गर्नु भन्दा अघि, कुन कुन कुराहरू विचार गर्नुपर्छ?

१८ परमेश्‍वरका मार्ग अनुसार हिंड़नमा तपाईंले प्रगति गर्नु हुँदैछ भने, अब चाँडै नै बप्तिस्मा बारे तपाईं सोंच्न शुरू गर्नु हुनेछ होला। तर बप्तिस्मा वयस्क अवस्थामा प्रवेश गर्दा तपाईंले पूरा गर्नु पर्ने कुनै रीति होइन भनी याद राख्नु महत्त्वपूर्ण हो। बप्तिस्मा लिनु भयो भन्दैमा तपाईं अब हुर्किनु भयो भन्‍ने कुरा साबित हुँदैन र यो कदम तपाईंका साथीहरूले उठायो भन्दैमा उठाउने कदम पनि होइन। बप्तिस्मा लिने अनुरोध गर्नु भन्दा अघि, तपाईंलाई सत्यको आधारभूत ज्ञान हुनु पर्छ र परमेश्‍वरका वचन अनुसार तपाईंले आफ्नो जीवन बिताएको हुनु पर्दछ। तपाईंले यो ज्ञान अरूहरूसँग बाँड़ने केही मात्रामा अनुभव प्राप्त गरी सकेको हुनु पर्छ र यो काम साँचो उपासनाको एउटा प्रमुख भाग हो भनी तपाईंले स्वीकार्नु आवश्‍यक छ। (मत्ती २४:१४; २८:१९, २०) साथै, यो महत्त्वपूर्ण कदम उठाउनु भए पछि, बाइबलका धार्मिक मसीही नैतिक सिद्धान्तहरू अनुसार तपाईंले जीवन बिताउनु हुनेछ भनी आशा गरिनेछ।b हृदय भित्र, तपाईंले आफ्नो जीवन तपाईंका मायालु स्वर्गीय पितालाई समर्पण गरी सकेको हुनु पर्दछ।—भजन ४०:८, ९. सँग तुलना गर्नुहोस्‌

१९. कुनै व्यक्‍तिले बप्तिस्मा कति बेला लिनु उचित हुनेछ?

१९ बाँकि जीवनमा जे भएतापनि, तपाईं परमेश्‍वरकै सेवा गर्नुहुनेछ भनी फैसला गरी सक्नु भए पछि मात्र बप्तिस्मा लिने कदम उठाउनु उचित हुनेछ। तपाईंले परमेश्‍वरको इच्छा गर्न, येशू ख्रीष्ट द्वारा यहोवालाई एउटा सम्पूर्ण, कुनै शर्त नभएको र केही संकोच बिनाको समर्पणा गर्नु भएको छ भन्‍ने कुरा सबैलाई जाहेर गराउन, बप्तिस्मा एउटा आम चिन्ह हो। एकजना मसीही प्राचीनले, लगभग आधा शताब्दी अघिको त्यो दिन सम्झन्छन्‌, जब तिनले मनैमन यो अठोट गरे: “यस विषयमा मैले केही गर्नैपर्छ।” केही वर्ष अघि मात्र, इङ्‌गलैण्डको न्यु कासलमा बप्तिस्मा लिएकी मिशेल भन्छे: “मैले आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिनै पर्छ भन्‍ने कुरा १३ वर्षको उमेरमा महसुस गरें; कि परमेश्‍वरको सेवा गर्नु भन्दा बढ़ी मलाई अरू कुनै कुराको चासो छैन।”

२०. दशौं हजार जवान युवक-युवतीहरूले कुन राम्रो उदाहरण छाड़ि सकेका छन्‌? (ख) यो कदमलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?

२० हाल सालै, दशौं हजार जवान मानिसहरूले बप्तिस्मा लिएका छन्‌। तिनीहरूले परमेश्‍वरका वचन अध्ययन गरेका थिए, उहाँका मार्गहरू सिकेका थिए र यस पछि, खुशीका साथ, आफू भन्दा अरू पाकाहरू सित, पानीमा बप्तिस्मा लिएर, तिनीहरूले परमेश्‍वरलाई गरेको आफ्नो समर्पणा जनसाधारणको सामुन्‍ने जाहेर गरे। बप्तिस्मा एउटा अन्त होइन तर एउटा साँच्चैकै समर्पित जीवनको शुरूआत मात्र हो भनी तिनीहरूलाई थाह छ र यस प्रकारको समर्पित जीवन शैली यहोवाका सेवामा सदाका लागि अपनाउने दृढ़ फैसला तिनीहरूले गरेका छन्‌। (w90 8/1)

[फुटनोटहरू]

a पृष्ठ ४ मा, “बाइबलको युगका जवान सेवकहरू” भन्‍ने लेख हेर्नुहोस्‌।

b “मैले अहिले बप्तिस्मा लिएको छैन” भन्दैमा आफूले गरेको खराब कामबाट छुट पाइन्दैन। परमेश्‍वरले चाहनु भएको कुरा थाहा पाउना साथै, उहाँको आज्ञा पालन गर्न हाम्रो जिम्मेवारी हो।—याकूब ४:१७.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

◻ परमेश्‍वरका वचनको ज्ञान किन यत्ति महत्त्वपूर्ण छ?

◻ तपाईंले मसीही सभाहरूबाट अझ बढ़ी लाभ कसरी पाउन सक्नुहुन्छ?

◻ परमेश्‍वरले दिनु हुने कस्ता आशिषहरूको कारण, हामी उहाँका आज्ञा मान्‍न प्रेरित हुन सक्छौं?

◻ तपाईं परमेश्‍वरको सेवामा कसरी अघि बढ्‌न सक्नुहुन्छ?

◻ बप्तिस्मा कति बेला लिनु उचित हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने