प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १/१ pp. १८-१९
  • ऋतुहरूबाट के तपाईं सिक्नु हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ऋतुहरूबाट के तपाईं सिक्नु हुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • ख१५ हिब्रू क्यालेन्डर
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १/१ pp. १८-१९

प्रतिज्ञाको देशका केही दृश्‍यहरू

ऋतुहरूबाट के तपाईं सिक्नु हुनेछ?

यहोवाले एक पटक एसो भन्‍नु भयो: “पृथ्वी रहुञ्जेल बिउ छर्ने र फसल काटने समय, ग्रीष्म र शिशिरको . . . अन्त हुनेछैन।” (उत्पत्ति ८:२२) उहाँले यसप्रकार खेतीपाती सँग सम्बन्धित ऋतुहरूलाई महत्व दिनु भयो।

ऋतुहरू र खेतीपाती सँग तिनीहरूको सम्बन्धबारे तपाईंलाई के कति ज्ञान छ? तपाईं शहरमा बस्नु भएता पनि अथवा कुनै प्रकारको खेतीपाती नगर्नु भएतापनि, इस्राएलका ऋतुहरू र कृषि सम्बन्धि कार्यहरूबारे थाह गर्नु आवश्‍यक छ। किन? किनभने, यी कुराहरू बुझ्नाले, परमेश्‍वरको वचन अझ राम्रो सँग बुझ्न सक्नु हुनेछ।

किसानहरूले जमीन जोत्छन्‌, बिउ छर्छन्‌ र उब्जेका बालीलाई भित्र्याउँछन्‌ र दाइँगर्छन्‌। तर बाइबलमा भनिएका कुराहरू अझ स्पष्ट सँग बुझ्नका लागि, ती कार्यहरू सालमा कहिले हुन्‌ थिए भनेर बुझ्न आवश्‍यक छ। उदाहरणका लागि, प्राचीन यहूदिया भएको ठाउँको पाखा पखेरा जग्गामा हलो जोतेको नक्सा यस पानाको माथि दिइएको छ। यो नक्सा कुन महिनामा लिइएको थियो होला? तपाईंको देशमा हलो जोत्ने समय अनुसार विचार गर्नु भयो भने, तपाईंलाई भ्रम हुनेछ। किनभने उत्तरी गोलार्ध र दक्षिणी गोलार्धमा जमीन जोत्ने समय बेग्ला बेग्लै हुन्छ; यति मात्र होइन, विभिन्‍न उँचाईमा, वर्षा ऋतुको समय अनुसार, जमीन जोत्ने समय पनि फेरिन्छ।

यो ज्ञानले बाइबलका विभिन्‍न घटनाहरू प्रति तपाईंको दृष्टिकोणमा असर पार्न सक्छ। शायद एलियाले उनको उत्तराधिकारी नियुक्‍त गरेको कुरा तपाईंले पढ़नु भएको होला: “तब उनले [एलियाले] शापातको छोरा एलीशालाई खेत जोतिरहेको भेट्टाए। तिनको सामने बाह्र हल गोरू थिए।” (१ राजा १९:१९) यो घटना कुन महिनामा घटेको हुनु पर्छ र खेत कस्तो देखिन्थ्यो होला? साथै, यूहन्‍ना ४:३५ मा येशूले एसो भन्‍नु भयो: “के तिमीहरू भन्दैनौ, अब चार महिना छ र बाली काटने बेला आउँछ? . . . आफ्ना आँखा गाड़ेर खेतबारीहरू हेर, किनभने ती अहिले देखिनै कटनीको लागि पहेंला भएका छन्‌।” येशूले यहाँ समय किटेर कुरा गर्नु भए तापनि, त्यो समय कहिले थियो, के तपाईं बुझ्नु हुन्छ?

दिएको विवरणपटमा, प्रतिज्ञाको देशका ऋतुहरू र कृषि सम्बन्धी अन्य कार्यहरू सारांशमा राम्रो सँग उल्लेखित गरिएको छ। बाहिरी घेरा भित्र यहूदीहरूका धार्मिक कार्यहरू सम्बन्धित्‌ एउटा उत्तम तिथि-पत्र छ। यी महिनाहरूलाई हाम्रा महिनाहरू सँग तुलना गर्दै जाँदा, निसान (अबिब) जस्तो यहूदी महिना, मार्चको अन्तिम भाग र अप्रिलको प्रथम भाग सँग खप्टिएको पाउँनुहुनेछ। बीच तिरको भागमा चाहिं विभिन्‍न अन्‍न पाकने समय दिएको छ जसबाट तपाईंले कटनी र दाइँ गर्ने समय थाह लाउन सक्नु हुनेछ। विवरणपटको ठीक बीचमा साल भरिमा हुने ऋतुहरूको हेरफेरको तुलना गर्न सक्नु हुनेछ।

अघि उल्लेखित्‌ गरिएको बाइबलका घटनाहरूलाई अझ राम्रो सँग बुझ्नको निम्ति यो विवरणपटको प्रयोग गर्नु होस्‌।

एलिशाले अगमवक्‍ता हुने निम्तो, तिनी एउटा मुख्य हलो जोत्ने काममा लागेको बेलामा पाए। यस अनुसार, यो घटना घटेको समय तिश्री (सितम्बर-अक्‍तुबर) तिर हुनु पर्छ, जब ग्रीष्मको अत्यन्त ताप बिति सकेको हुन्छ। शुरू शुरूका पानीका झरीले गर्दा माटो पनि कमलो भएको हुन्छ, जसले गर्दा जोत्न र बिउ छर्न सम्भव हुन जान्छ।

र येशूले यूहन्‍ना ४:३५ मा उल्लेखित्‌ शब्दहरू कहिले भन्‍नु भएको थियो? कटनीको लागि अझ चार महिना बाँकी थियो। जौको कटनी निसान महिनामा (मार्च-अप्रिल), निस्तार चाड़ तिर, शुरू हुन्थ्यो। यहाँबाट चार महिना पछाड़ी गणना गर्नु भयो भने, चिस्लेव महिना (नवम्बर-दिसम्बर) आउँछ। यस बेला पानी जोड़ सित पर्न थाल- थियो र अझ जाड़ो हुने महिनाहरू आउन बाँकी नै हुन थियो। यसकारण, येशूले, “आफ्ना आँखा गाड़ेर खेतबारीहरू हेर, किनभने ती अहिलेनै कटनीको लागि पहेंला भएका छन्‌,” भन्‍नु हुँदा, उहाँ एउटा लाक्षणिक कटनीको विषयमा कुरा गर्नु हुँदै थियो।

यी निम्नलिखित्‌ अरू प्रश्‍नहरू, तपाईंको व्यक्‍तिगत अध्ययन अथवा आफ्नो परिवार सँग बसेर रमाइलो वातावरणमा पढ़नका लागि हुन्‌:

▪ यरीहोका वरिपरिको इलाकामा, सनको कटनी एडार महिनामा हुन्‌ थियो; यसकारण, यहोशू २:६ र ३:१५ मा पाइने विवरणले बाइबलको सत्यतालाई कसरी पुष्टि दिन्छ?—यहोशू ४:१९; ५:११.

▪ धानको कटनी पछि, दाइँ गरिन्‌थियो; यसकारण, लेवी २६:५ को प्रतिज्ञाको अर्थ प्रशस्त समृद्धि हो भनेर कसरी भन्‍न सकिन्छ?

▪ २ शमुएल २१:१० अनुसार, परमेश्‍वरका मानिसहरूबाट रगतको दोष हटाउन मारिएका आफ्ना दुई छोराहरूका लागि रिजपाह रात भरि जागा बस्यो भनेर, २ शमुएल २१:१० ले कसरी सङ्‌केत गर्दछ?

▪ १ शमुएल १२:१७ मा चर्चित्‌, पानीको झरी र बादलको गर्जनलाई ईश्‍वरीय प्रतिकृया किन ठाने?—हितोपदेश २६:१.

▪ रूथ प्रति बोआजले गरेको व्यवहार कुनै क्षणिक प्रतिकृया थिएन भन्‍ने निष्कर्षमा रूथ किन आउन सकी?—रूथ १:२२; २:२३.

बाइबल अध्ययन गर्नु हुँदा, यो विवरणपट आफूसँग राख्नु भए कसो होला? (w90 9/1)

चिस्लेव निसान

२५, समर्पणाको चाड़ १४ निस्तार चाड़

१५-२१, अखमिरी रोटीको उत्सव

१६ पहिलो फल चढ़ाउने चाड़

ईयार एडार

१४ विलम्बित निस्तार चाड़ १४, १५ पुरिम

(गन्ती ९:१०-१३)

सिवान टिशरी

६ सप्ताहहरूको चाड़ १ तुरही फुक्ने

(पेन्तीकोस) १० पाप कटनीको दिन

१५-२१ झुप्रोहरूको चाड़

२२ पवित्र भेला

[पृष्ठ १८-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

निसान (अबिब)

मार्च-अप्रिल

जौ

इयार (जिभ)

अप्रिल-मई

गहूँ

सिवान

मई-जुन

पहिला पाकेका नेभाराहरू

टाम्मुज

जुन-जुलाई

पहिला पाकेका अङ्‌गुर

आब

जुलाई-अगस्त

ग्रीष्म ऋतुका फलहरू

एलुल

अगस्त-सितम्बर

खजुर, अङ्‌गुर र नेभाराहरू

टिशरी (इथानिम)

सितम्बर-अक्‍तुबर

हलो जोत्ने

हेशवान (बुल)

अक्‍तुबर-नवम्बर

जैतुन

चिस्लेव

नवम्बर-दिसम्बर

भेड़ाहरूलाई शीतबाट बचाउन भित्र लैजाने

तेबेत

दिसम्बर-जनवरी

सागपातको खेती बढ़ाउने

शिबात

जनवरी-फरवरी

कागजी बदाम फुल्ने बेला

एडार

फरवरी-मार्च

ज्यामिर

भीडर

मार्च

[पृष्ठ १८-मा भएको चित्रको स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

[पृष्ठ १९-मा भएका चित्रका स्रोतहरू]

Garo Nalbandian

Pictorial Archive (Near Eastern History) Est.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने