“तिमीहरू विश्वासमा छौ कि छैनौं भनी आफैले आफैलाई जाँच”
दोस्रो कोरिन्थीको विवरणिका
प्रेरित् पावल, कोरिन्थका मसीहीहरू बारे चिन्तित् थिए। तिनीहरूले उनको प्रथम पत्रको सल्लाहलाई के कस्तो दृष्टिकोणले हेरे होलान्? उनी मेसिडोनियामा छँदा, तितस आएर उनलाई यो खुशीको खबर दिए कि त्यो पत्र पढ़ेर कोरिन्थीहरू दुखित् भएछन् र पश्चाताप गरेछन्। यो समाचारले पावललाई कस्तो आनन्दित् पारि दियो!—२ कोरिन्थी ७:८-१३.
पावलले दोस्रो कोरिन्थी मेसिडोनियाबाट, ई. स. ५५ को माझमा, लेखेको हुनु पर्छ। यो पत्रमा, मण्डलीलाई सफा राख्न उठाइएका कदमहरू बारे छलफल गर्नु बाहेक, यहूदियाका गरीब भाइहरूलाई मदद दिने इच्छा जगाए र आफ्नो प्रेरित् अधिकारको पक्षमा बोले। पावलले भनेका धेरै जसो कुराबाट, “विश्वासमा छौं कि छैनौं भनेर आफैले आफैलाई” जाँच गर्ने मदद पाउन सक्नेछौं। (१३:५) यसकारण, यो पत्रबाट हामी के लाभ उठाउन सक्नेछौं?
सान्त्वना दिनुहुने परमेश्वरको सेवक
हाम्रा सबै कष्टहरूमा परमेश्वरले हामीलाई सान्त्वना दिनु भएझैं, हामीले पनि अरूहरूलाई सान्त्वना दिनु पर्छ र तिनीहरूको निम्ति प्रार्थना गर्नु पर्छ भनेर प्रेरित्ले देखाएको छ। (१:१–२:११) पावल र उनका साथीहरूमाथि अतिशय वा कठोर दबाव आइ परेता पनि, परमेश्वरले तिनीहरूलाई बचाउनु भयो। तिनीहरूकालागि कोरिन्थीहरूले पनि प्रार्थना गर्न सकथिए, त्यस्तै आज हामीले पनि साँचो विश्वास अपनाउनेहरूका लागि प्रार्थना गर्नु उचित् छ। तर ५ वाँ अध्यायमा चर्चित् अनैतिक मानिसको विषयमा चाहिं के गर्ने? उसलाई बहिष्कार गरिएको बुझिन्छ तर पछि गएर, उसले पश्चाताप गरेछ। कोरिन्थीहरूले उसलाई क्षमा गरेर, प्रेमपूर्वक आफ्नो माझमा पुन:स्थापित् गर्दा उसले कति ठूलो सान्त्वना महसूस गर्यो होला।
पावलका शब्दहरू द्वारा, मसीही सेवकाईको निम्ति हाम्रो मुल्याङ्कन बढ़न सक्छ र विश्वासमा हामी अझ दृढ़ हुन सक्छौं। (२:१२–६:१०) किनभने, नया वाचाका सेवकहरूले, एउटा “विजय” यात्रामा हिड़ने मौका पाएका छन्, जुन् यात्राको अघि अघि स्वयं परमेश्वर हुनु हुन्छ! पावल र उनका मित्रहरूले परमेश्वरको अनुग्रह द्वारा यो बहुमूल्य सेवकाईमा भाग लिने अवसर पाएका थिए। तिनीहरू जस्तै, वर्तमान अभिषिक्त जनहरूले पनि मेल गराउने सेवकाई पाएका छन्। तापनि यहोवाका सबै नै साक्षीहरूले आफ्नो सेवकाई द्वारा अरूहरूलाई धनवान बनाउछन्।
पवित्रता सिद्ध गराउनु होस् र दानी हुनु होस्
मसीही सेवकहरूले यहोवाको डर मान्दै, पवित्रतामा सिद्ध हुनु पर्छ भनेर पावलले हामीलाई देखाएको छ। (६:११–७:१६) विश्वासमा दृढ़ भएर बस्नका निम्ति, हामी विश्वास नगर्नेहरू सँग एउटै जुवामा जोतिनु भएन र हर प्रकारको शारीरिक र आत्मिक अशुद्धपनाबाट आफूलाई अगल राख्नु पर्छ। त्यो अनैतिक कुकर्म गर्ने मानिसलाई बहिष्कार गर्दै, कोरिन्थीहरूले सफा हुने कदम उठाए। पावल अति नै खुशी भए किनभने उनको प्रथम पत्रले तिनीहरूमा मुक्ति तर्फ लैजाने शोक उत्पन्न गराएछ।
साथै, परमेश्वरको डर राख्ने सेवकहरूले आफ्नो उदारताको निम्ति इनाम पाउँछन्। (८:१–९:१५) गरीब “पवित्र जनहरूका” निम्ति दिने चन्दा सम्बन्धमा, पावलले मेसिडोनियाका निवासीहरूको असल उदाहरणको चर्चा गरे। यिनीहरूले आफ्नो ल्याकत भन्दा बढ़ी उदारता देखाएछन् र पावलले यस्तै उदारता कोरिन्थीहरूमा पनि देख्न चाहे। तिनीहरूको र हाम्रो—दुवैको देन हृदयबाट हुनु पर्छ किनभने, “खुशीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ” र हर प्रकारको उदार कामको निम्ति आफ्नो मानिसहरूलाई भरपूर पार्नुहुन्छ।
पावल—अरूहरूको चिन्ता गर्नुहुने प्रेरित्
यहोवाको सेवामा हामीले कुनै काम सम्पन्न गर्न सक्यौं भने, आफूमा होइन, उहाँमा घमण्ड गरौं। (१०:१–१२:१३) आखिर, “परमेश्वरका शक्तिशाली” हात-हतियार द्वारा मात्र हामीले झूटा शिक्षाहरूलाई उल्टाउन सक्छौं। कोरिन्थीहरूको माझमा भएका घमण्डी “मुख्य प्रेरित्हरूले” ख्रीष्टको सेवक भएर पावलले जति धीरज देखाएका थिएनन्। तापनि, पावलले आफूलाई धेरै नै महान नठानोस् भनेर, परमेश्वरले उनको “शरीरको काँड़ा” निकालिदिनु भएन। शायद, यो काँड़ा उनको आँखाको कमजोरी थियो होला, अथवा यो काँड़ा ती झूटा प्रेरित्हरू नै थिए होलान्। तर “ख्रीष्टको शक्ति” ती माथि एउटा पाल जस्तो रहोस्, भनेर पावलले आफ्नो कमजोरी मै घमण्ड गरे। विश्वासमा दृढ़ भएर बसेको मानिस हुनाकारण, पावल ती मुख्य प्रेरित्हरू भन्दा कुनै कुरामा पनि कम थिएनन्। पावलका “सारा धैर्य, चिन्हहरू, आश्चर्यकर्महरू र शक्तिका कामहरू” द्वारा, कोरिन्थीहरूको सामने, पावल एउटा साँचो प्रेरित् हुन् भन्ने कुरा प्रमाणित् भइसकेको थिए।
एक जना सेवक र प्रेरित् हुनाकारण, पावल सधैं विश्वासका अरू भाइ-बहिनीहरूको अध्यात्मिकता बारे चिन्तित् रहन्थे। र यसरी नै हामी पनि आज चिन्तित् हुनु पर्छ। (१२:१४–१३:१४) तिनीहरूका ‘प्राणको निम्ति ज्यादै खुशीसाथ खर्च’ हुने इच्छा पावलले व्यक्त गरे। तर, उनी कोरिन्थमा आइ पुगुञ्जेल पनि, शरीरको कामबाट कसै कसैले पश्चाताप गरि सकेका हुँदैनन् होला भन्ने कुराको डर पावलले व्यक्त गरे। यसकारण, उनले सबैलाई आफू विश्वासमा छ कि छैन भेनर जाँच गर्ने प्रोत्साहन दिए र “कुनै गलत काम” तिनीहरूबाट न होस् भनेर प्रार्थना गरे। अन्तमा, उनले ती कोरिन्थीहरूलाई आनन्दित् हुन, जीवनमा आवश्यक परिवर्त्तन ल्याउन, सान्त्वना प्राप्त गर्न, सोच-विचारमा सबै सँग मिलनसार हुन र शान्ति साथ जीवन बिताउन भनेर उपदेश दिए। यी कुराहरू आज हाम्रा लागि पनि अति नै उपयोगी छन्!
जाँच गरि नै रहनुहोस्!
कोरिन्थीहरूलाई पावलले पठाएको दोस्रो पत्रमा, आफू विश्वासमा छौं कि छैनौं भनेर जाँच गर्ने धेरै उपायहरू दिएको पाउँछौं। जसरी परमेश्वरले हामीलाई हाम्रा सबै क्लेशमा सान्त्वना दिनु हुन्छ, त्यसरी नै हामी पनि अरूहरूलाई सान्त्वना दिन, पावलका शब्दहरूबाट उत्साहित् हुनु पर्छ। पावलले मसीही सेवकाई बारे भनेका कुराहरूबाट, हामी यहोवाको डरमा पवित्रतालाई सिद्ध पार्दै, आफ्नो सेवकाईलाई अन्त सम्म विश्वासी भएर पुरा गर्न इच्छुक हुनुपर्छ।
पावलको सल्लाह प्रयोगमा ल्यायौं भने, हामी अझ दानी र मददकारी हुन सक्छौं। तर उनका शब्दहरूले हामीलाई, आफूमा होइन, यहोवामा घमण्ड गर्न प्रोत्साहित् गर्नु पर्छ। र निश्चय नै, यी र दोस्रो कोरिन्थीमा लेखिएका अरू कुराहरूले पनि हामीलाई, “विश्वासमा छौं कि छैनौं भनेर आफैले आफूलाई जाँच” गर्ने सहायता दिनेछ। (w90 9/15)
[पृष्ठमा भएको चित्र]
यहोवाको महिमा प्रतिबिम्बित गर्नु होस्: सिनै पर्वतबाट मोशा, हातमा साक्षीका ती दुई पाटी लिएर तल आउँदा, उनको अनुहारबाट ज्योति चम्की रहेको थियो किनभने उनी सँग परमेश्वरले कुरा गर्नु भएको थियो। (प्रस्थान ३४:२९, ३०) पावलले यही कुरालाई सङ्केत् गर्दै, एसो भने: “तर हामी सबै जना नढाकेको मोहड़ाले मुख हेर्ने ऐनामा जस्तै प्रभुको तेजलाई देखाएर, प्रभु जो आत्मा हुनुहुन्छ, त्यही रूपमा एक तेज बाट अर्को तेजतिर बदलेर जान्छौं।” (२ कोरिन्थी ३:७-१८) हातमा राखेर हेर्ने ऐनाहरू, प्राचीन समयमा काँसा अथवा तामाका बनाएका हुन्थिए र राम्रो सँग प्रतिबिम्ब गर्न सकोस् भनेर, त्यसलाई खूब टल्काएको हुन्थियो। ऐनाहरूले जस्तै, अभिषिक्त जनहरूले पनि, येशू द्वारा चम्कने परमेश्वरको महिमाको प्रतिबिम्ब गर्छन् र यहोवाको महिमा प्रतिबिम्ब गर्ने पुत्रको “स्वरूपमा” आफू पनि प्रगतिशीलता सहित् परिणत् हुन्छन्। (२ कोरिन्थी ४:६; एफिसी ५:१) पवित्र आत्मा र शास्त्र द्वारा, परमेश्वरले तिनीहरूमा एउटा “नया व्यक्तित्व” सृजनु हुन्छ, र यो व्यक्तित्वले उहाँका आफ्नै गुणहरू प्रतिबिम्बित गर्दछ। (एफिसी ४:२४; कलस्सी ३:१०) हाम्रो आशा स्वर्गीय होस् वा पार्थिव, हामी सबै मिलेर त्यो व्यक्तित्व प्रकट गरौं र हाम्रो सेवकाईमा परमेश्वरको महिमा प्रतिबिम्बित गर्ने सौभाग्यको सधैं मोल गरौं।
[पृष्ठमा भएको चित्र]
“धार्मिकताका हतियारहरू”: “दाहिने र देब्रे दुवैपट्टि, धार्मिकताको कवच” द्वारा, पावल र उनका सङ्गीहरूले आफू परमेश्वरका सेवक हुन् भन्ने कुराको प्रमाण दिने एउटा तरिका थियो। (२ कोरिन्थी ६:३-७) दाहिने हात तरवार चलाउनमा प्रयोग हुन् थियो र देब्रे हातले ढाल समात्ने गरथिए। चारैतिरबाट आक्रमण आउँदा पनि, पावल र उनका सहकर्मीहरू आत्मिक युद्ध लड्न सशस्त्र थिए। कोरिन्थीहरूका मण्डली ख्रीष्टको भक्तिबाट बहकिएर जान नपाओस् भनेर, तिनीहरूले यो आत्मिक युद्ध झूटा शिक्षकहरू र “मुख्य प्रेरित्हरूको” विरूद्धमा लड़े। तर छल, धूर्त र कपट—अर्थात पापी शरीरको हतियारहरूको पावलले प्रयोग गरेनन्। (२ कोरिन्थी १०:८-१०; ११:३, १२-१४; १२:११, १६) यसको सट्टामा, पावलले, हर वाधा-बिघ्नको सामने साँचो उपासनालाई अघि सार्न उपयोगी हुने, धर्मी र न्याय सँगत् “हतियारहरू” प्रयोग गरे। आज यहोवाका साक्षीहरूले यस प्रकारका “धार्मिकताका हतियारहरू” त्यही उद्देश्य पूरा गर्नका निम्ति प्रयोग गर्छन्।