प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १०/१ पृ. २८-३२
  • यहोवाले आफ्नो कामको उन्‍नति कसरी गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले आफ्नो कामको उन्‍नति कसरी गर्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • “यति धेरै पैसा कहाँबाट आउँछ?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • “हरेक असल वरदान”-का दाता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • साँचो उपासनालाई टेवा पुऱ्‍याउन आर्थिक सहयोग
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • ‘आफ्नो धन-सम्पत्तिले यहोवाको आदर गर्नुहोस्‌’—तर कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १०/१ पृ. २८-३२

यहोवाले आफ्नो कामको उन्‍नति कसरी गर्नुहुन्छ

बितेका केही दशकहरूमा यहोवाका साक्षीहरूले अद्‌भुत वृद्धि अनुभव गरेका छन। गतः दश वर्षको अवधिमा मात्रै, २१२ देशहरूमा मण्डलीहरूको संख्या ४२,६०० देखि बढेर ६०,१९२ पुगेको छ। यस कुरोलाई दृष्टिगत गर्दै, कसै कसैले सोधेका छन्‌: साक्षीहरूको कामको लागि पूँजी कसरी जुटाइन्छ? यसको र सम्बन्धित प्रश्‍नहरूको उत्तर यस लेखमा दिनु पाउँदा, वाच टावर सोसाईटीले आफ्नो प्रसन्‍नता जाहेर गर्दछ।

के यहोवाका साक्षीहरूले दशांश दिन्छन?

दिंदैनन्‌। प्राचीन इस्राएलमा, मोसाको व्यवस्था अन्तर्गत परमेश्‍वरको मन्दिरका कारिन्दाहरू, लेवी र पुजाहारीहरूको पालन पोषणको निम्ति दशांश दिने आदेश दिनु भएको थियो। (गन्ती १८:२१, २४-२९) तिनीहरूकोमा केही खास शहर बाहेक अरू कुनै जातिय जमीन थिएन, यसैकारण तिनीहरूलाई यो विशेष सहायताको आवश्‍यकता पर्थ्यो। साथै, पवित्र-स्थान र पछिबाट, मन्दिरको निमार्णको लागि, विश्‍वासी इस्राएलीहरू स्वेच्छाले सहयोग दिनु स्वतन्त्र थिए।—प्रस्थान २५:१-८; १ इतिहास २९:३-७.

तर, जब येशू मर्नुभयो, बाइबलले भन्छ कि उहाँले “धार्मिक विधानहरूमा भएका आज्ञाहरूको व्यवस्था . . . खारेज” गर्नुभयो।” (एफिसी २:१५; कलस्सी २:१३, १४) अर्को शब्दमा, परमेश्‍वरको दृष्टिमा अब उप्रान्त न ता यहूदी न मसीहीहरू नै व्यवस्थाको अधिनमा थिए। तसर्थ, मन्दिरमा नियमित बली चडाउने र दशांश दिने जस्ता व्यवस्थाका अरू भागहरूलाई विश्‍वासीहरूले मान्‍नु आवश्‍यक थिएन।

मसीहीहरूमा, दिने काम प्रेम द्वारा हुँदछ नियम-व्यवस्था द्वारा होइन। प्रेरित पावलले यहूदीयाको खाँचोमा परेका मसीहीहरूका लागि अनुदानको प्रबन्ध गर्दा, यही सिद्धान्तको स्पष्टीकरण गरे: “हरेक मानिसले आफ्नो मनमा अडकले बमोजिम गरोस्‌, नता चित्त दुखाएर, न जरूरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) स्वेच्छाले दिने यही शास्त्रीय तरिका यहोवाका साक्षीहरू व्यवहारमा ल्याउँछन्‌।

पैसा बटुल्नको लागि भोजहरूको आयोजना, चन्दा खामहरू, चन्दाको निम्ति एताउता जाने, यस्तै तरीकाहरू के तपाईंहरू अपनाउनु हुन्छ?

अहँ, साँचो मसीहीहरूलाई अनुदान दिन लगाउनुको लागि, तिनीहरूको अगाडी पुरस्कार झुन्डाएर करमा पार्नु वा घुस दिनु पर्दैन। बिङ्‌गो, बजारहरू, राफल चिठ्ठा, रमाईलो मेला, र्गिजाको मेजलाई बहालमा दिने, अथवा थाल घुमाउदा यो प्रकट हुन्छ की तिनीहरूले आफ्नो जनलाई अध्यात्मिक आहार दिएका छैनन्‌, यसकारण परमेश्‍वरको पवित्र आत्माले तिनीहरूको गिर्जाका सदस्यहरूलाई स्वतन्त्र रूपले चन्दा दिन डोऱ्‍याएको छैन। दशांश जस्तो पुरानो रीतिमा चलि रहनेहरू को विषय मा पनि यही भन्‍न सकिन्छ।—मत्ती १०:८.

नयाँ राज्य भवन र शाखा कार्यलयहरू को निर्माण, साथै न्यू र्योकको ब्रूकलिन महाशाखा र पाटरसनमा गरिएको विस्तार योजनामा तपाईंहरूले मुलधन कसरी जुटाउनु हुन्छ?

यहोवाले आफ्नो साक्षीहरूमाथि पवित्र आत्मा खन्याउनु हुन्छ, जसबाट तिनीहरूले “असल गरून, तिनीहरू असल काममा उदारचित्त भएर धनवान होऊन, बाँडचुड गर्नामा तत्पर होऊन, पछि आउने समयको ख्याल गरेर तिनीहरू आफ्नै निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राखून।” (१ तिमोथी ६:१८, १९) यही आत्माले यहोवाका साक्षीहरूलाई राज्यको काममा हर प्रकारले मद्‌त पुऱ्‍याउन उत्प्रेरित गर्दछ।

उदाहरणको लागि, १९८९ मा, २१२ देशहरूमा ३,७८७,१८८ साक्षीहरूले परमेश्‍वरको वचन अरूहरूलाई सिकाउनु ८३५,४२६,५३८ घण्टा बिताए। र तिनीहरूले चासो देखाउने मानिसहरूसंग ३,४१९,७४५ नियमित गृह बाइबल अध्ययन सञ्चालन गरे। यो गर्दा आइपर्ने कुनै पनि खर्च उक्‍त व्यक्‍तिहरूले ब्यहोरे। २६३,८५५ नयाँ बप्तिस्माप्राप्त व्यक्‍तिहरूको वृद्धि गराईदिनु भएर, यहोवाले यो प्रेम को मिहेनतलाई पुरस्कृत गर्नुभयो।

यो कामको लागि आर्थिक रूपमा सहायता पुऱ्‍याउन, यसै प्रकारको दिने आत्माले साक्षीहरू र चासो देखाउने व्यक्‍तिहरूलाई अग्रसर गराउँछ। स्थानीय मण्डलीको दैनिक खर्च अदायगर्न बाहेक, जीर्णोद्धार गर्ने र राज्यभवन वा सम्मेलन भवनको विस्तार या नयाँ बनाउने, कुनै पनि निमार्ण कार्यमा तिनीहरू सहयोग पुऱ्‍याउँछन। प्रत्येक वर्ष, वेगसाथ वृद्धि भएकोले, ठूलो संख्यामा राज्य भवनको निमार्ण गर्नु पर्छ, जसमा कुनै कुनैको खर्च केही लाख डॅलर पुग्छ। आफ्नो आर्थिक सहयोग र श्रमदानबाट स्थानीय साक्षीहरूले स्वेच्छापूर्वक यस्ता खर्च ब्यर्होछन।

अझ, धेरै देशहरूमा शाखा-छापाखाना र कार्यलय सुविधा साथै, बस्ने घरहरूको पनि विस्तृत—अथवा नयाँको निमार्णगर्नु परेको थियो—बढ्‌दै गरेको संस्थाको मांग अनुसार, कर्मचारीहरूको बढ्‌दो संख्या र सुविधा थाम्नको लागि। यो पनि, न्यू योर्कको ब्रूकलिन र पाटरसनमा भएको निमार्ण र जीर्णोद्धार कार्यहरू जस्तै, साक्षीहरूले स्वेच्छापूर्वक दिएको अनुदान र श्रमदानद्वारा सहयोग गरिएको हो। यथासंभव, निमार्णको लागि आर्थिक सहयोग पुऱ्‍याउँन, स्थानीय साक्षीहरूले सहयोग दिन्छन। केही अवसरहरूमा, अरू देशहरूबाट—जनशक्‍ति र आर्थिक, दुवै प्रकारको—सहायता प्राप्त गर्नको निम्ति, वाच टावर सोसाइटीले शाखा कार्यलयहरूसंग प्रबन्ध मिलाउँछ। यस प्रकार, संगठनको निर्देशनमा “समानताको विचार” रहन्छ।—२ कोरिन्थी ८:१४.

धेरै धार्मिक समुदायहरूले गरे जस्तै, अस्पताल र स्वास्थ्य केन्द्रहरू, र उद्धार कार्यहरू र अन्य सामाजिक सेवा किन तपाईंहरू सञ्चालन गर्नुहुन्‍न?

लडाईं वा प्राकृतिक प्रकोपको पश्‍चात, यहोवाका साक्षीहरू, यथा संभव सीघ्र सचेतन हुन्छन। वास्तवमा, यस्तो परिस्थिति हुँदा, भोजन, लुगा फाटा, र पुनःनिर्माण कार्यको निम्ति स्वयम सेवक लगायत, तिनीहरू नै अघि पुग्छन। तरैपनि, जीवन बचाउनको लागि नै निर्मित बारूणयन्त्र र प्रहरी शक्‍तिको सञ्चालन यहोवाको साक्षीहरूले न गरे जस्तै, तिनीहरू स्वास्थ्य चौकी र अस्पतालहरू चलाउँदैनन।

तिनीहरू सुसमाचारको समर्पित सेवकहरू हुन, र अन्त आउन अघिनै सारा संसारमा सब जातिहरूलाई परमेश्‍वरको राज्यको सुसमाचारको प्रचार गर्नुको निम्ति तिनीहरू खटाइएका हुन्‌। (मत्ती २४:१४) जस्तो येशूले भन्‍नु भयो, फसल ता प्रशस्त छ तर खेतालाहरू थोरै छन्‌। यस्तो महत्वपूर्ण कामको वेवास्ता गरेर, जत्तिनै प्रशंसनीय अरू क्रियाकलापमा व्यस्त रहनु, माफ गर्न नसकिने कुरो हुनेछ।—मत्ती ९:३७, ३८

जस्तो भईरहेको छ, धेरै यहोवाका साक्षीहरू चिकित्सक, परिचारिका र अस्पतालका सहयोगी छन। तर अरू कामलाई, आफ्नो मुख्य व्यवसाय जुन मसीही सेवकाइ हो, यस बाहेक थप काम ठान्छन।

के वॅच टावर सोसाईटी को कुनै अधिकृत अथवा सदस्यले तपाईंहरूको विस्तृत छापा खानाको क्रियाकलापबाट पैसा कमाउँछन?

पटक्कै कमाउँदैनन्‌! कानून अनुसार, यो संगठन लाभ रहित संस्थान हो। न ता त्याहाँ कुनै ऋणपत्रधनी, न ता अंशियार, न ता तलब नै हुन्छ। प्रधान कार्यलयको प्रत्येक सेवकहरू, जसमा अध्यक्ष र सञ्चालकहरू पनि समावेश छन, सबैले निर्धनताको प्रतिज्ञा गरेका हुन्छन्‌। उनीहरूले भोजन, बास र आवश्‍यक औषधी उपचारको सुविघा पाएको हुन्छन, साथै खनखाँचोको लागि थोरै मात्रामा पैसाको सानो मात्रा पाउँछन्‌। यदि कुनै साक्षी संगठनको काममा यात्रा गर्छ भने उनको यात्रार्खच संगठनले ब्यर्होछ।

यस बाहेक संसारमा कुनै पनि सेवकहरूले विवाह संपन्‍न गर्दा, बप्तिस्मा दिंदा वा दाह संस्कारको निम्ति रकम लिंदैनन्‌। र जन भाषण र सम्मेलनहरूमा कुनै प्रकारको प्रवेश शुल्क वा दान लिंइदैन।

चन्दा थाल कहिले न प्रयोग गरेको हुनाले स्थानीय मण्डलीहरूले खर्चको निम्ति अनुदान कसरी प्राप्त गर्छन?

राज्य भवनमा चन्दा बाकस राखीएको हुन्छ। जसमा प्रत्येक इच्छुक व्यक्‍तिले स्वेच्छापूर्वक दिन सक्छन्‌। (२ राजा १२:९) सबै चन्दा, थोरै वा धेरै, मूल्याङ्‌कन गरिन्छ। (मर्कुस १२:४२-४४) महिनामा एक पटक, मण्डलीको लेखा राख्ने सेवकले मण्डलीलाई छोटो विवरण पढेर सुनाउँछ जस्मा सम्पूर्ण प्राप्त रकम, व्यय, र मण्डलीले वँच टावर सोसाइटीलाई र विश्‍वव्यापी प्रचारको काम र अरू योजनाको लागि दिएको उपदानपनि समावेश गरिएको हुन्छ।

जब व्यक्‍तिहरू यो प्रबन्धलाई बुझ्दछन, तब इच्छा गर्ने प्रत्येक यसमा भाग लिन स्वतंत्र हुन्छन, प्रत्येक आफ्नो उन्‍नति अनुसार “दिन स्वतन्त्र छन।” (१ कोरिन्थी १६:२) संसार भरिको ६३,००० भन्दा बढी मण्डलीहरूको यही नै तरिका हो।

पहिलो शताब्दिका मसीहीहरूले पेन्तीकोस्तमा सबै चीज साझा राख्थे। के यहोवाका साक्षीहरूले यसै गर्छन?

३३ सी. इ.मा पेन्तीकोस्त पछि एउटा आपतकालिन स्थिति उत्पन्‍न भयो, जब भरखरै मसीही भएका टाढाका यहूदीहरू, अझ बढी अध्यात्मिक प्रकाश प्राप्तगर्न को निम्ति यरूशलेममै बसे। तिनीहरूलाई अस्थाई बास र गाँसको आवश्‍यकता पऱ्‍यो; यसैले, संगतिगर्ने अवधि बढाउनुको निम्ति स्थानीय मसीहीहरूले आफ्नो सम्पत्ति स्वेच्छापूर्वक बेच्ने काम सञ्चालन गरेर, पाएको राशिलाई साझा राखे। (प्रेरित २:१, ३८-४७; ४:३२-३७) कसैलाई बेच्न अथवा दान दिन बाध्य गराईएको थिएन। (प्रेरित ५:१-४) कसै कसैले अनुमान गरेझैं, साझा राख्नुको अर्थ साम्यवाद थिएन। यो ता एउटा अस्थाई प्रबन्ध मात्र थियो। जब मसीहीहरू आफ्नो घर फिर्ता भए, यो बन्द भयो।

भौतिक अनुदान दिनु पापबाट प्रायश्‍चितगर्ने तरिका हो भनी के तपाईंहरू शिक्षा दिनु हुन्छ?

यो ता परै जाओस! बरू, बाइबल भन्दछ:“यो जानेर, कि नाश हुने पदार्थहरू, अर्थात्‌ चाँदी अथवा सुनले तिमीहरूका पिता-पुर्खादेखि चलिआएको व्यर्थको रीतिबाट तिमीहरूले छुटकारा पाई किनिएको होइनौ, तर थुमाको जस्तो निष्कलङ्‌क, निर्दोष र अनमोल रगतले, अर्थात्‌ ख्रीष्टको रगतले किनिएका हौ।”—१ पत्रुस १:१८, १९.

मुक्‍तिको लागि, यहोवाको साक्षीहरू येशूको बलिदानमा विश्‍वास राख्छन्‌। मुक्‍ति पाउँनेछन भन्‍ने आशाले तिनीहरू स्वेच्छापूर्वक अनुदान दिंदैनन्‌। वस्तुतः, परमेश्‍वरको धार्मिक राज्यको सुसमाचार प्रचार फैलाउन अत्याधिक धनको आवश्‍यकता पर्छ भन्‍ने तिनीहरूलाई थाहा छ। (२ पत्रुस ३:१३) तिनीहरू विश्‍वास गर्छन कि यस्तो घोषणाको निम्ति योगदान पुऱ्‍याउनु यहोवाबाट पाएको एउटा विशेषाधिकार हो।

छोरो सुलेमानले बनाउनुपर्ने यहोवाको भवनको लागि, जब राजा दाऊदले ठूलो रकमको अनुदान दिए, उनले यसरी प्रार्थना गरे: “हे यहोवा, महानता, शक्‍ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्‌। किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्‌. . .तर म को हुँ, औ मेरो प्रजा को हो र? कि हामी राजी-खुशीसित यसरी दिनसक्‍तछौं? किनभने, सबै कुरा तपाईंबाटै आउँछन, औ तपाईंकै दानबाट हामी तपाईंलाई दिंदैछौं।”—१ इतिहास २९:११, १४.

आज यहोवाका साक्षीहरू र अरू साँचै धार्मिक मनोवृति भएका व्यक्‍तिहरूले पनि दाऊदलेझैं अनुभव गर्छन। यहोवाको कामको निम्ति दिएको सबैनै उहाँबाटनै आउँछ मानिलिएर, उहाँलाई प्रशंसा दिने कामलाई समर्थन गर्नको लागि यो अनुदान दिनुपाउने विशेषाधिकार पाएकोमा तिनीहरू खुशी छन। यहोवाले यो आत्मालाई आशिष्‌ दिनुहुन्छ, र यसरी उहाँले आफ्नो कामको उन्‍नति गराउनुहुन्छ। (w90 12/1)

[पृष्ठ ३०-मा भएको पेटी]

कसै कसैले राज्यको काममा योगदान कसरी पुऱ्‍याउँछन्‌

◻ उपहार: स्वेच्छाले दिएको अनुदान, प्रत्यक्ष रूपमा भारतको वाच टावर सोसाईटी, एच-५८ ओल्ड खण्डाला रोड, लोनाभ्ला, ४१० ४०१, महाराष्ट्र, अन्यथा यस प्रत्रिकाको प्रकाशक कहाँ पठाउन सकिन्छ। अचल सम्पत्ति, साथै गहना-पात र अरू बहुमूल्य वस्तु जस्ता सम्पत्ति उपहार स्वरूप प्रदान गर्न सकिन्छ। उक्‍त उपहारको साथमा, उपहार स्पष्टसंग उल्लेख गरिएको एउटा छोटो पत्र हुन आवश्‍यक पर्छ।

◻ सर्तसहित अनुदानको व्यवस्था: रकमलाई वॅच टावर संगठनको जिम्मामा राख्न सकिन्छ, व्यक्‍तिगत खाँचोको वखतमा दातालाई फिर्ता दिईने प्रबन्ध साथ।

◻ विमा: वॅच टावर सोसाइटीको नाममा जीवन विमालेख अथवा अवकाश/निवृत्ति वेतन योजना आदि., को हकदार बनाउन सकिन्छ। यस्तो कुनै व्यवस्था गरिएको भए, संस्थालाई जनाउ दिनुपर्छ।

◻ ट्रस्टहरू: संस्थाको निम्ति बैंक बचत पनि ट्रस्टमा राख्न सकिन्छ। यदि यसो गरिएको छ भने, कृपया संस्थालाई खबर गर्नुहोस। सट्टापत्र, तमसुक, र सम्पत्तिको लाभ, दाताले आफ्नो जीवन कालमा पाउन सक्ने गरी, उक्‍त अनुदानको व्यवस्था मिलाउन सकिन्छ। मृत्यु भएको खण्डमा, यस तरिकाले वसीयतनामाको अदालती कारवाईको खर्च र अनिश्‍चितता हटाउँछ, साथै सोसाईटीले सम्पत्ति अवश्‍यनै पाउनेछ भन्‍ने सुनिश्‍चितता पनि प्रदान गर्दछ।

◻ वसियतनामा: ऐन बमोजिम संपादन गरिएको वसियतनामा द्वारा सम्पत्ति वा पैसालाई इच्छापत्र मार्फत वॅच टावर सोसाइटीलाई दिन सकिन्छ। एक प्रति संस्थालाई पठाउनु पर्छ।

यी कुरा बारे अरू जानकारी वा सल्लाहको निमित्त, वाच टावर बाइबल एण्ड ट्रेक्ट सोसाईटी ॲफ इन्डीया, एच-५८ ओल्ड खण्डाला रोड., लोनाभ्ला ४१० ४०१, महाराष्ट्र. लाई, अन्यथा यस पत्रिकाको प्रकाशकलाई लेख्नुहोस्‌।

[पृष्ठ ३१-मा भएको चित्र]

यहोवाको साक्षीहरूका बाइबल शैक्षिक केन्द्रको एउटा अंश जुन न्यू र्योकको पाटरसनमा निर्माण भईरहेको छ

[पृष्ठ ३२-मा भएको चित्र]

स्वेच्छासाथ अनुदान दिने आफ्नो जनद्वारा, यहोवाले आफ्नो निर्माण कार्यमा उन्‍नति गराउनु हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने