विश्वासलाई बलियो पार्ने रोमाञ्चकारी दर्शनहरू
प्रकाशितवाक्यका विवरणिकाहरू
यहोवाका सेवक यूहन्ना, एशिया माइनरको पश्चिमि तटमा स्थित, पत्मोसको टापूमा छन्। त्यहाँ यी पाको प्रेरितले अद्भुत कुराहरूको दर्शन पाउँछन्—कुनै कुराहरू लाक्षणिक छन्, कुनै आश्चर्यपूर्ण र कुनै अति नै महत्वपूर्ण छन्! १९१४ मा येशूको राज्याभिषेकको समय देखिन् उहाँका सहस्र वर्षे राज्यको अन्तसम्म रहने, प्रभुको दिनमा तिनी प्रवेश गर्छन्। मानवजातिको सबै भन्दा अन्धकारमय घड़ीमा घटने घटनाहरू यूहन्नाले देखेता पनि, तिनले ख्रीष्टका सहस्र वर्षे राज्यको एउटा अति नै महिमायुक्त अग्रिम-झल्को पाउँछन्! त्यस बेला मानिसहरूले कति महान आशिषहरूको आनन्द उठाउन पाउनेछन्!
यूहन्नाले यी दर्शनहरू बाइबलका प्रकाशितवाक्य नाउँ भएको पुस्तकमा लेखेर राखे। यो करिब सा. यु. ९६ मा लेखिएको पुस्तकले अगमवाणीको परमेश्वर, यहोवा र उहाँका पुत्र, येशू ख्रीष्टमा हाम्रो विश्वासलाई दह्रो पार्न सक्तछ।—पूर्ण विवरणकालागि, वाचटावर बाइबल एन्ड ट्रेक्ट सोसाइटी अफ न्यु योर्क द्वारा प्रकाशित्, रेवेलेशन—इट्स ग्रेन्ड क्लाइमेक्स एट हैन्ड! शीर्षक भएको पुस्तक हेर्नुहोस्।
ख्रीष्टले प्रेमपूर्ण सल्लाह दिनु हुन्छ
परमेश्वरले ख्रीष्ट द्वारा दिनु हुने प्रकाशको शुरू मै, येशूको राज्यका सह-शासकहरूका सातवटा मण्डलीहरूका लागि पत्रहरू देखा पर्छन्। (१:१–३:२२) यी पत्रहरूमा धेरै जसो स्याबासी दिइएको, समस्याहरूलाई औंलाइएको, सुधार अथवा प्रोत्साहन प्रस्तुत गरिएको र आज्ञाकारी र विश्वासी भएमा पाउने आशिषहरूको पनि उल्लेख गरेको पाउँदछौं। एफिसीहरूले धीरज धारण गरेको भएता पनि, तिनीहरूले पहिले जस्तो प्रेम प्रकट गर्न छाड़ेका थिए। आध्यात्मिक रूपमा सु-सम्पन्न स्मर्नाको मण्डलीलाई सङ्कष्टको माझमा विश्वासी रहने प्रोत्साहन दिइयो। पर्गाममको मण्डली सतावटको सामुन्ने पनि दृढ़ भएर बसेका थिए। तापनि, तिनीहरूले पाखण्डीहरूलाई भित्र बस्न दिएका थिए। थिआटायराको मसीहीहरूको काममा वृद्धि भएता पनि, त्यहाँ ईजेबेलको जस्तै प्रभाव धेरैमाथि परिरहेको थियो। सार्डिसको मण्डली आध्यात्मिक रूपमा जागो हुनु परेको थियो। फिलाडेल्फियाको मण्डलीले चाहिं आफूसँग भएका कुराहरूलाई पक्रीराख्नु परेको थियो। मनतातो लाओडिसियाकाहरूलाई आध्यात्मिक रूपमा स्वस्थकर हुनु आवश्यक थियो।
भविष्यमा स्वर्गीय राजाहुनेहरू कालागि यी सबै कुरा अति नै उत्तम श्रेणीको प्रशिक्षण थियो। तर तिनीहरूका लागि मात्र न भएर, यो प्रशिक्षण हाम्रालागि पनि अति नै लाभदायी छ। उदाहरणका लागि, के हामी मध्य केही मनतातो भएका छौं? छौं भने, कमर कस्नु होस्! एउटा गरम दिनमा एक कटोरा चिसो पानी झैं आनन्दायी हुनुहोस् र अर्को तिर यहोवा र उहाँका सेवाका लागि तातो जोशको पनि प्रदर्शन गर्नु होस्।—मत्ती ११:२८, २९; यूहन्ना २:१७.
थुमाले एउटा पुस्तक खोल्नुहुन्छ
यस पछि, यहोवा उहाँको भव्य सिंहासनमा देखा पर्नु हुन्छ। (४:१–५:१४) उहाँका वरिपरि २४ प्राचीनहरू छन् र चार जीवित-जीवातहरू छन्। हातमा सात वटा छापले छाप लाएको एउटा पुस्तक उहाँको हातमा छ। यो पुस्तक कसले खोल्न सक्नेछ? थुमा, येशू ख्रीष्टले मात्र खोल्न सक्नु हुन्छ!
थुमाले जसै छ वटा छापहरू खोल्नु हुन्छ, नाटकीय घटनाहरू खुल्दछन्। (६:१–७:१७) प्रथम छाप खोलिना साथै, ख्रीष्ट एउटा सेतो घोड़ामा देखापर्नुहुन्छ र उहाँलाई एउटा मुकुट दिइन्छ (१९१४ मा) र विजयी हुँदै उहाँ अघि बढ़नु हुन्छ। अझ तीन वटा छाप खोलिन्दा, अरू घोडसवारहरूले मानवजातिमाथि युद्ध, अनिकाल र मृत्यु ल्याउँछन्। पाँचवाँ छाप खुलिना साथै, ख्रीष्टका निम्ति शहीद भएकाहरू तिनीहरूका रगतको बदला लिओस् भनेर कराउँछन् र प्रत्यकलाई एउटा “सेतो वस्त्र” दिइन्छ। यो सेतो वस्त्रले अमरत्व पाएका आत्मिक व्यक्तिहरूको रूपमा पुनरुत्थान भएर तिनीहरूले पाउने शाही विशेषाधिकारसँग सम्बन्धित् तिनीहरूको धार्मिकतालाई बोध गराउँदछ। (प्रकाश ३:५; ४:४ सँग तुलना गर्नु होस्) छैठौं छाप खोलिन्दा, एउटा भैंचालो द्वारा परमेश्वर र थुमाको क्रोधको दिनको घोषणा हुन्छ। तर परमेश्वरका १४४,००० दासहरूमाथि छाप नलगाइञ्जेलसम्म, ध्वंसात्मक न्यायका फैसलाहरूका प्रतीक, “पृथ्वीका चारै बतासहरूलाई” रोकेर राखिन्छ। यी दासहरू परमेश्वरका आत्मा द्वारा अभिषेक भएर परमेश्वरका आत्मिक धर्म-पुत्रहरू बनिन्दा, तिनीहरूका स्वर्गीय हकसँग सम्बन्धित् तिनीहरूले एउटा बैना पाउँछन्। जाँचमा सफल भए पछि, मात्र यो छाप अथवा बैना स्थायी हुनेछ। (रोमी ८:१५-१७; २ कोरिन्थी १:२१, २२) साथै, यूहन्ना पनि कति चकित भए होलान् जब तिनले सबै जातिहरूबाट लिइएको एउटा “ठूलो भीड़” देखे—एउटा यस्तो भीड़ जसले पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशा गर्दछन्! तिनीहरू त्यो “महा सङ्कष्ट” अर्थात् मानिसहरूले पहिला कहिले पनि अनुभव नगरेको विपत्तिबाट बाँचेर आउँदछन्।
सातौं छाप खोल्नासाथै अचम्म लाग्ने घटनाहरू घटदछन्! (८:१–११:१४) पवित्र जनहरूका प्रार्थनाहरू स्वर्गमा सुनियोस् भनेर, आधा घण्टासम्म सन्नाटा हुन्छ र यस पछि, वेदीबाट तल पृथ्वीमा आगो फालिन्छ। सात वटा स्वर्गदूतहरू आ-आफ्ना तुरही फुक्न तयार हुन्छन् जसद्वारा मसीही जगतमाथि परमेश्वरबाट आउने विपत्तिहरू घोषित हुन्छ। अन्तको समयभरि, महा-सङ्कष्ट नआउञ्जेलसम्म, यी तुरही फुक्ने काम जारी नै रहन्छ। चार वटा तुरही द्वारा पृथ्वी, समुद्र, ताजा पानिका फुहाराहरू, सूर्य, चन्द्रमा र ताराहरूमाथि आउने विपत्तिको घोषणा हुन्छ। पाँचवा तुरहीको आवाज द्वारा सलहहरू बोलाइन्छ र यी सलहहरू ती अभिषिक्त मसीहीहरूका प्रतीक हुन् जो १९१९ देखिन् युद्ध गर्न अघि बढ़ी रहेकाछन्। छैठौं तुरहीको आवाज पछि घोड़सवारहरूबाट आक्रमण शुरू हुन्छ। यसको पूर्तिमा, १९३५ देखिन् “ठूलो भीड़ले” साथ दिएका अभिषिक्त जनहरूले मसीही-जगतका धर्मगुरुहरूका विरुद्धमा सन्तापपूर्ण न्यायको सन्देशको घोषणा गरिरहेकाछन्।
यस पछि, यूहन्नाले एउटा सानो पुस्तक खान्छन्। यसको अर्थ, अभिषिक्त जनहरूले आफूलाई खटाइएको काम स्वीकार गर्दछन् र परमेश्वरको वचनका ती भागहरूबाट पोषण लिने गर्दछन् जहाँ मसीही जगतका विरुद्धमा तिनीहरूले घोषणा गर्नु पर्ने ईश्वरीय न्यायका फैसलाहरू छन्। यूहन्ना प्रेरितले मन्दिरको नाप लिने आदेश पाउँछन् र यसको अर्थ यहोवाले मन्दिरसँग सम्बन्धित् उहाँका उद्देश्यहरू निश्चयनै पूरा गर्नु हुनेछ र सम्बन्धित सबै मानिसले ईश्वरीय सिद्धान्तहरूको पालना गर्नु पर्नेछ। यस पश्चात, परमेश्वरका अभिषिक्त “दुई साक्षीहरूले” भाङ्गरा लाएर भविष्यवाणी गर्छन्, तिनीहरू मारिन्छन् तर फेरि बिउँताइन्छन्। यो घटनाले १९१८ देखिन् १९१९ लाई सङ्केत गर्दछ, जब तिनीहरूको प्रचारको काम, शत्रुहरूको कारण, मरेको जस्तै भयो। तर यहोवाका सेवकहरू, तिनीहरूका सेवकाईका लागि चमत्कारपूर्ण ढङ्गमा पुनःजागृत गराइए।
राज्यले जन्म लिन्छ
सातवाँ तुरहीले राज्यको जन्मको घोषणा गर्दछ। (११:१५–१२:१७) स्वर्गमा एउटा लाक्षणिक स्त्रीले (यहोवाको स्वर्गीय सङ्गठन्) एउटा बालकलाई (परमेश्वरको राज्य जसमा ख्रीष्ट राजा हुनु हुन्छ) जन्म दिन्छे र अजीङ्गरले (शैतान) त्यसलाई निल्न खोजेता पनि, सक्तैन। १९१४ मा राज्यको जन्म भए पछि स्वर्गमा युद्ध हुन्छ। परिणाम स्वरूप, माइकलले (येशू ख्रीष्ट) अजीङ्गर र त्यसका स्वर्गदूतहरूलाई तल पृथ्वीमा फालि दिनु हुन्छ। तल आएर पनि, अजीङ्गरले स्वर्गीय स्त्रीका सन्तान अथवा अभिषिक्त जनहरूको विरुद्धमा युद्ध गरी नै रहन्छ।
यी सबै कुरा पछि, यूहन्नाले एउटा जङ्गली जनावर देख्छन् जसका लागि एउटा घिनलाग्दा मूर्ति बनाइन्छ। (१३:१-१८) यो सात वटा शिर र दस सिंग भएको राजनैतिक जनावर, “समुद्र” अथवा मानवजातिका अशान्त भीड़हरूबाट निस्केर आउँदछ, जुन भीड़हरूबाट नै मानव सरकारहरू पनि उत्पन्न हुन्छन्। (दानियल ७:२-८; ८:३-८, २०-२५ सँग तुलना गर्नुहोस्) यो लाक्षणिक जन्तुको अख्तियारको स्रोत के हो? अजीङ्गर अर्थात् स्वयं शैतान! र एसो कल्पना गर्नुहोस्! यो राजनैतिक राक्षसका लागि, एउटा दुई सिंग भएको जनावरले (एंगलो अमेरिकन विश्व शक्ति) एउटा “मूर्ति” बनाइ दिन्छ र यस मूर्तिलाई आज संयुक्त राष्ट्र सङ्घ भन्छन्। यो जङ्गली जनावरको उपासना गर्न धेरै जना करमा पारिन्छन् र त्यस जनावरले भने बमोजिम गर्दै र त्यसलाई तिनीहरूमाथि शासन गर्न दिंदै, ती मानिसहरूले त्यसको “छाप” स्वीकार गर्दछन्। तर यहोवाका साक्षीहरूले दृढ़ता साथ त्यो जनावरको शैतानी छाप स्वीकार गर्न इन्कार गर्छन्!
यहोवाका सेवकहरू सक्रियता साथ काम गर्छन्
जसै परमेश्वरको क्रोधका सात कचौराहरू खनाइन्छन्, परमेश्वरका विभिन्न सेवकहरू सक्रिय भएका देखिन्छन्। (१४:१–१६:२१) सुन्नुहोस्! स्वर्गीय सियोनको पर्वतमा, १४४,००० ले एउटा नया गीत गाइ रहेका यूहन्नाले सुन्न सक्छन्। बीच आकाशमा उड़दै गरेका स्वर्गदूतले पृथ्वीका बासिन्दाहरूलाई अनन्तको सुसमाचार घोषणा गर्दैछन्। यसबाट के बोध हुन्छ? राज्यको समाचार घोषणा गर्ने काममा यहोवाका साक्षीहरूलाई स्वर्गदूतहरूले मद्दत दिन्छन्।
पृथ्वीको दाखको फसल जम्मा गरेर, परमेश्वरको क्रोधको ठूलो कोलमा सम्पूर्ण राष्ट्रहरू कुल्चिएको देखेर यूहन्ना निश्चय नै चकित भए होलान्। (यशैया ६३:३-६; योएल ३:१२-१४) यहोवाको आदेश पाउना साथै, सातवटा दूतहरूले ईश्वरीय क्रोधका सात वटा कचौराहरू रित्ताइ दिन्छन्। प्रथम छ वटा कचौराहरू रित्ताइन्दा, पृथ्वी, समुद्र, ताजा पानिका फुहाराहरू, साथै सूर्य, जङ्गली जनावरको सिंहासन र यूफ्रेटिस नदीमाथि असर पर्छ। जसै प्रेतहरूका प्रचार द्वारा मानव राजाहरू परमेश्वरको हारमागेडोनको युद्धमा भेला भइरहेको देख्दा, यूहन्नाले कति ठूलो चासो व्यक्त गरे होलान्। र सातौं कचौरा हावामा रित्ताइन्दा, परिणाम विपत्तिजनक हुन्छ!
दुई जना लाक्षणिक स्त्रीहरू
महान बेबिलोन, झूटो धर्मको विश्व-साम्राज्यको सर्वनाश र त्यस पछि हुने आनन्दमय घटनाहरू देखेर निश्चय यूहन्ना हर्षित् हुन्छन्। (१७:१–१९:१०) पवित्र जनहरूको रगतले मात्तिएकी यो स्त्री, सात शिर र दश सिंग भएको एउटा रातो रङ्गको जनावरमाथि (लिग अफ नेशन्स र त्यस पछि आएको संयुक्त राष्ट्र सङ्घ) चढेकी देखिन्छे। तर, हाय, ती सिंगहरू त्यो स्त्रीको विरुद्धमा उठेर त्यसको कस्तो सर्वनाश गर्दछन्!
महान बेबिलनको सर्वनाशका लागि यहोवाको प्रशंसा गर्ने स्वर्गीय आवाजहरू सुनिन्छ। र थुमा र तिनकी दुलही अर्थात् पुनरुत्थान भएका अभिषिक्त जनहरूको विवाहको घोषणा सनसनीपूर्ण प्रशंसाका साथ गरिन्छ!
ख्रीष्ट विजयी हुनुभएर शासन गर्नुहुन्छ
यस पछि, राजाहरूका राजा स्वर्गीय सेनाहरूको अघि, अघि, शैतानको दुष्ट रीतिरिवाज नष्ट गर्न जानु भएको यूहन्नाले देख्छन्। (१९:११-२१) हो, “परमेश्वरको वचन” येशूले जातिहरूको विरुद्धमा युद्ध गर्नु हुन्छ। प्रेरित यूहन्नाले जङ्गली जनावर (शैतानको राजनैतिक सङ्गठन) र झूटो अगमवक्ता (एंगलो अमेरिकन विश्व शक्ति) दुवै “अग्नि कुण्डमा” फालिएको देख्छन्। यो अग्नि कुण्ड सम्पूर्ण र अनन्तकालीन सर्वनाशको प्रतीक हो।
यस पछि के? यूहन्नाले शैतानलाई अगाध खाँदमा फालिएको देख्छन्। तब ख्रीष्टका सहस्र वर्षे राज्यको एउटा अग्रिम झल्को देखिन्छ, जब येशू र पुनरुत्थान पाएका उहाँका सह-शासकहरूले मानिस जातिको न्याय गर्छन् र आज्ञाकारी व्यक्तिहरूलाई मानव सिद्धतामा ल्याउँछन्। (२०:१-१०) अब एउटा साँच्चैनै ठूलो जाँचको समय आउँदछ। अगाध खाँदबाट छुटकारा पाए पछि, शैतानले सिद्ध पारिएका मानवजातिलाई भ्रममा पार्ने कोशिश गर्नेछ तर परमेश्वरको विद्रोह गर्ने प्रेत र मानिसहरूको प्रयास विनाशमा टुङ्गिनेछ।
तर यस घटनाभन्दा अघि हुने कुराहरू देख्न पाएर यूहन्ना कति मुग्ध भए होलान्! जस्तो कि, हेडिसबाट (मानिसजातिको चिहान) र समुद्रबाट सबै मरेकाहरू बिउँतेर आउँछन् र एउटा ठूलो सेतो सिंहासनमा विराजमान हुनुहुने परमेश्वरको सामुन्ने तिनीहरूको न्याय गरिन्छ। (२०:११-१५) र धर्मीहरूले कति महान आराम महसुस गर्नेछन् जब मृत्यु र हेडिस दुवै, फेरि कसैलाई पनि शिकार बनाउन नसक्ने गरी, आगोको कुण्डमा फालिनेछन्!
यूहन्नाका दर्शनहरू समाप्त हुने बेलामा, तिनले नया यरूशलेम देख्छन्। (प्रकाश २१:१–२२:२१) त्यो शासनकारी शहर, जाति-जातिका लागि ज्योति ल्याउँदै, स्वर्गबाट तल झरिरहेको हुन्छ। नया यरूशलेमबाट एउटा “जीवनको नदी” बगेर आउँछ। यो “जीवनको नदीको” अर्थ आज्ञाकारी मानिसहरूलाई पाप र मृत्युबाट पुनःउठाएर, अनन्त जीवन दिने, येशूको बलिदानमा आधारित सम्पूर्ण ईश्वरीय प्रबन्ध र शास्त्रमा आधारित सच्चाइ हो। (यूहन्ना १:२९; १७:३; १ यूहन्ना २:१, २) यस नदीको दुवै तिरको किनारामा, यूहन्नाले रूखहरू देख्छन् जसका पातहरूमा निको पार्ने शक्ति छ। यसले पनि आज्ञाकारी मानिसहरूलाई अनन्त जीवन दिने यहोवाले गर्नु भएको प्रबन्धलाई बोध गराउँदछ। परमेश्वर र ख्रीष्टका अन्तिम सन्देश पछि एउटा निमन्त्रणा छ। आत्मा र दुलहीले तिर्खाएका सबैलाई ‘आउनुहोस्, र जीवनको पानी सित्तैमा” लिनुहोस् भन्दै सबैलाई निम्ताएको सुन्दा कति आराम लागेर आउँछ! र प्रकाशका अन्तिम शब्दहरू पढ्दा, वास्तवमा हामी पनि यूहन्नाले व्यक्त गरेकै साँचो भावनासाथ भन्न सक्छौं: “आमिन, आउनुहोस् हे प्रभु येशू।” (w91 5/1)
[पृष्ठ २८-मा भएको चित्र]
जागा रह: परमेश्वरको हारमागेडोनको युद्धका विषयमा गरिएका भविष्यवाणीहरूको माझमा, यी शब्दहरू पाउँदछौं: “हेर, म चोर जस्तै आउनेछु। त्यो धन्यको हो, जो सतर्क रहन्छ, र आफ्ना लुगाको रखवाली गर्छ। नत्रता नाङ्गै हिडँनेछन् र तिनीहरूले त्यसको लाज देख्नेछन्।” (प्रकाश १६:१५) यहाँ येशूले यरूशलेमको मन्दिरको डाँड़ामा काम गर्ने अध्यक्षको कर्तव्यलाई ध्यानमा राखेर कुरा गर्नु भएको जस्तो छ। प्रत्यक प्रहर तिनी मन्दिरमा जाने गर्द थिए र लेवी गारतहरू आफ्ना आफ्ना ठाउँमा, जागा छन् वा निदाएका छन् भनी हेर्ने गर्दथिए। कुनै गारत निधाएको अवस्थामा फेला परेको खण्डमा, तिनलाई लौरोले हिर्काइन्थ्यो र एउटा लाजमर्दो सजाय बोध हुने गरी, तिनको बाहिरी वस्त्र आगोमा जलाइदिइन्थ्यो। हारमागेडोन यति नजिक आइ पुगेको हुनाकारण, “राजकीय पुजाहारीहरू” अथवा “आत्मिक घरका” शेष अभिषिक्त जनहरूले आध्यात्मिक तौरमा जागा बस्ने अठोट गरेका छन्। तर तिनीहरूका सङ्गीहरू अर्थात् पार्थिव आशा भएका “ठूलो भीड़” पनि यसै प्रकार जागा बस्न पर्छ किनभने तिनीहरूले पनि परमेश्वरको मन्दिरमा पवित्र सेवा चढ़ाइ रहेकाछन्। (१ पत्रुस २:५, ९; प्रकाश ७:९-१७) मण्डलीमा खराब कुराहरू हुन नपाओस् भनेर मसीही प्राचीनहरू विशेष गरी सतर्क हुनु पर्दछ। तिनीहरू जागा भएर बसेका हुनाकारण, यहोवाका मन्दिरका सबै वफादार उपासकहरूले आफ्नो “लुगा” लगाएर बसेकाछन्। “लुगा लगाएर” बस्नुको अर्थ यहोवाका साक्षी भएर उहाँको सेवा गर्न पाउने विशेषाधिकार हो।