प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 १०/१ पृ. ४-७
  • आशाले निराशालाई जित्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आशाले निराशालाई जित्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आशाको आधार
  • आशा—“स्थिर र दृढ, दुवै छ”
  • आशा—“प्राणको लङ्‌गर”
  • “लागिरहो!”
  • आफ्नो आशालाई बलियो बनाइराख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • भविष्यको आशा साकार हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • साँचो आशा तपाईं कहाँ पाउन सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • यहोवामा आशा राख्नुहोस्‌ र साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 १०/१ पृ. ४-७

आशाले निराशालाई जित्छ

निराशाको परिभाषा, वेब्स्टर्स नाइन्थ कलेज्येट डिक्शनेरी अनुसार, “सम्पूर्ण रूपमा आशा गुमाउनु” हो। यसैकारण त, निराशालाई जित्न हामीलाई आशाको खाँचो छ!

संयोगवश सडकको पेटीमा जीवन बिताउन बाध्य भएको व्यक्‍तिसित पनि आशा छ भने ऊ पूरै निराश हुने छैन। मानसिक खिन्‍नताले पीडित व्यक्‍तिहरूलाई पनि आशाले धैर्य धारण गर्ने साहस र बल दिन सक्छ। तर त्यो आशा भर पर्दो हुनुपर्छ! यसको अर्थ के हो?

आशाको आधार

कुलपिता अब्राहामकी पत्नी सारासित घटेको घटनालाई विचार गर्नुहोस्‌। ९० वर्ष पुग्न लागेकी बेलासम्म पनि तिनी बाँझी थिइन्‌। बच्चा पाउने आशा त तिनले कहिलेदेखि नै मारी सकेकी थिइन्‌। तापनि, तिनका पति ९९ वर्षका हुँदा, यहोवाले धेरै वर्षअघि गर्नु भएको प्रतिज्ञा दोहोर्‌याउनु भयो—अब्राहामले वास्तवमा एउटा “सन्तान” अथवा उत्तराधिकारी पाउने थिए। यो एउटा भरपर्दो प्रतिज्ञा हो भनेर अब्राहामलाई थाह थियो। सारा कति खुसी भइ होलिन्‌ जब चमत्कारपूर्वक यो आनन्ददायी घटना घट्यो र तिनले इसहाकलाई जन्म दिइन्‌। (उत्पत्ति १२:२, ३; १७:१-४, १९; २१:२) अब्राहामले परमेश्‍वरमाथि राखेको भरोसा व्यर्थ गएन। यसबारे प्रेरित पावलले यसरी व्याख्या गरे: “परमेश्‍वरको प्रतिज्ञाको बारेमा [अब्राहाम] अविश्‍वासले डग्मगाएन, तर परमेश्‍वरलाई महिमा दिएर विश्‍वासमा स्थिर भइरहे।”—रोमी ४:२०.

पावलले तिनको समयमा मसीही-धर्म अपनाउने यहूदीहरूलाई लेख्दा येशूद्वारा परमेश्‍वरले गर्नु भएका प्रतिज्ञाहरू माथि भरोसा गर्ने दुई ठोस कारणहरूको चर्चा गरे। अब्राहामसित परमेश्‍वरले गर्नु भएको प्रतिज्ञा र साथै उहाँको शपथको उल्लेख गर्दै पावलले यस प्रकार तर्क गरे: “किनकि मानिसहरू ता आफूहरूभन्दा ठूलाको शपथ हाल्दछन्‌, र तिनीहरूको हरेक विवाद शपथबाटै टुङ्‌गो लाग्छ। जब परमेश्‍वरले आफ्नो कहिल्यै बदलिन नसक्ने उद्देश्‍य प्रतिज्ञाका हकदारहरूलाई झन छर्लङ्‌गसँग देखाइदिने इच्छा गर्नुभएथ्यो, तब उहाँले शपथबाटनै पुष्टि गर्नुभयो। यसरी यी दुई कहिल्यै बदलिन नसक्ने कुराबाट, जसमा परमेश्‍वरलाई झूट बोल्न असम्भव छ, हामी शरणार्थीहरूलाई हाम्रो सामनेमा राखिदिएको आशा ग्रहण गर्नालाई उत्कट उत्साह होस्‌।” (हिब्रू ६:१६-१८) हो, परमेश्‍वरले गर्नु भएका प्रतिज्ञाहरू सत्य र विश्‍वासयोग्य छन्‌। यहोवा सर्वशक्‍तिमान हुनुहुन्छ। आफ्नो वचनको पूर्तिबारे उहाँ निश्‍चित्‌ हुन सक्नु हुन्छ।

आशा—“स्थिर र दृढ, दुवै छ”

अतः पावलले लेखे कि मसीही आशा “स्थिर र दृढ, दुवै छ।” (हिब्रू ६:१९) पावललाई तिनको आशाको आधार थाह थियो। तिनको व्याख्याअनुसार: “[आशा नै] पर्दादेखि भित्रको स्थानसम्मै पुग्छ।” तिनको यो भनाइको अर्थ के थियो? पावलले यहाँ प्राचीन यरूशलेमको मन्दिरलाई ध्यानमा राखेर कुरा गर्दै थिए। यस मन्दिरभित्र एउटा अति पवित्र कोठा थियो। यो कोठालाई मन्दिरको बाँकी भागदेखि अलग्याउने एउटा पर्दा थियो। (प्रस्थान्‌ २६:३१, ३३; मत्ती २७:५१) अब यरूशलेममा भएको साँच्चैको मन्दिर ता उहिले नै नष्ट भइसक्यो। यसकारण, त्यो अति पवित्र स्थान वा कोठाले आज कुन कुरालाई संकेत गर्दछ?

स्वर्गलाई नै जहाँ स्वयं परमेश्‍वर विराजमान हुनुहुन्छ! येशू उहाँको स्वर्गारोहणपछि “हातले बनाएको पवित्रस्थानभित्र होइन, तर अब हाम्रा निम्ति परमेश्‍वरको सामने प्रकट हुनालाई स्वयं स्वर्गमै प्रवेश हुनुभएको छ” भन्दै पावलले यस कुराको व्याख्या गरे। (हिब्रू ९:२४) अतः निराशासित सङ्‌घर्ष गर्ने हाम्रो मसीही आशा मानवीय राजनीतिज्ञहरूमा भर पर्नुको सट्टा एउटा स्वर्गीय प्रबन्धमा आधारित छ। यो आशा परमेश्‍वरले नियुक्‍त गर्नु भएका येशू ख्रीष्टमाथि आधारित छ। उहाँले हाम्रा पापहरूका लागि आफ्नो जीवन बलिदान दिनुभयो र हाम्रो निम्ति परमेश्‍वरका सामुन्‍ने अहिले उपस्थित हुनुहुन्छ। (१ यूहन्‍ना २:१, २) साथै, यस पत्रिकाका लेखहरूमा बारम्बार प्रकाशित भए झैं, परमेश्‍वरको स्वर्गीय राज्यमा राजा हुनका लागि ईश्‍वरले नियुक्‍त गर्नु भएको व्यक्‍ति पनि येशू नै हुनुहुन्छ। उहाँले १९१४ देखिन्‌ शासन गर्न थाली सक्नु भएको छ। यही स्वर्गीय राज्यले धेरै मानिसहरूलाई निराश हुन बाध्य पार्ने कारणहरू चाँडै नै हटाइ दिनेछ।

आशा—“प्राणको लङ्‌गर”

येशूद्वारा मुक्‍ति पाउने आशा एउटा दृढ आशा हो भनेर आफ्ना पाठकहरूलाई विश्‍वास दिलाउन, पावलले एउटा समानान्तर प्रयोग गरे। तिनले भने कि यो आशा “हाम्रो प्राणको लङ्‌गर जस्तो छ।”—हिब्रू ६:१९.

पावलजस्ता नामी यात्रीहरूलाई लङ्‌गरहरूबारे राम्रो ज्ञान थियो। प्राचीन समयका लङ्‌गरहरू आधुनिक लङ्‌गरहरूजस्तै थिए। तिनीहरू अक्सर फलामले बनेका हुन्थे र समुद्रको पींधमा अडकनका लागि तिनका तलपट्टि दुइटा दाँतजस्तै उपकरणहरू हुन्थे। लगभग सा०यु० ५८ तिर, रोमतर्फ गइरहेको बेलामा पावलको जहाज डुब्नै लागेको थियो। तर जसै डुङ्‌गा छिपछिपे पानी भएको ठाउँतिर बढन लाग्यो मल्लाहहरूले “पछाड़ितिरबाट चारवटा लङ्‌गर खसाले।” धन्य, ती लङ्‌गरहरूले गर्दा जहाज आँधीमा सुरक्षित रह्‌यो।—प्रेरित २७:२९, ३९, ४०, ४४.

आर्थिक कठिनाइ, शारीरिक अथवा मानसिक व्यथा वा तपाईंको बाटोमा आइ पर्ने अरू जस्तो सुकै “आँधीबेहरीको” सामना गर्न सक्नका लागि, तपाईंले पनि आफ्नो आशालाई एउटा लङ्‌गर झैं अटल कसरी बनाउन सक्नुहुन्छ? सर्वप्रथम, बाइबलमा उल्लेखित प्रतिज्ञाहरू विश्‍वासयोग्य छन्‌ भनी स्वयं निश्‍चित हुनुहोस्‌। “सबै कुराको जाँच” गर्नुहोस्‌। (१ थिस्सलोनिकी ५:२१) उदाहरणका लागि, अर्को पटक यहोवाका साक्षीहरू तपाईंसित कुरा गर्दा, तिनीहरूले भनेका कुराहरू सुन्‍नु होस्‌। तपाईं बस्नु भएको ठाउँमा तिनीहरू कहिलेकाहीं मात्र आउँछन्‌ भने, सबैभन्दा नजिकको राज्य सभागृहमा गएर तिनीहरूको खोजी गर्नुहोस्‌। तिनीहरूसित लाग्न तपाईंलाई तिनीहरूले कर गर्ने छैनन्‌। तर एउटा निःशुल्क बाइबल अध्ययन कार्यक्रम स्वीकार गर्न तपाईंलाई तिनीहरूले निम्त्याउने छन्‌। यो अध्ययन सञ्चालन गर्ने ठाउँ र समयको प्रबन्ध तपाईंको सुविधानुसार मिलाइनेछ।

यस प्रकारको अध्ययनद्वारा तपाईं विश्‍वस्त हुनु हुनेछ कि परमेश्‍वरले वास्तवमा “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ।” (हिब्रू ११:६) राजा येशू ख्रीष्टको मातहतमा परमेश्‍वरको राज्यले चाँडै नै यतिका धेरै मानिसहरूलाई आज निराशित पार्ने भ्रष्टाचार र सामाजिक असमानताहरू हटाइ दिनेछ भनेर तपाईंले बुझ्नु हुनेछ। त्यो राज्य अन्तर्गत, यो पृथ्वी एउटा प्रमोदवनमा परिणत हुनेछ र परमेश्‍वरले उहाँसित प्रेम गर्नेहरूलाई अनन्त जीवन दिनु हुनेछ। (भजनसंग्रह ३७:२९; प्रकाश २१:४) कस्तो उज्जवल आशा!

यो आशा सत्य हो भनेर बुझ्नका लागि बाइबललाई ध्यानपूर्वक पढ्‌नुहोस्‌। त्यसपछि परमेश्‍वरसित एउटा घनिष्ठ व्यक्‍तिगत सम्बन्ध कायम राख्ने प्रयास गर्दै अब्राहामजस्तै परमेश्‍वरको मित्र बन्‍नुहोस्‌। (याकूब २:२३) यहोवा “प्रार्थना सुन्‍नु हुने” हुनुहुन्छ। यसकारण, तपाईंका सारा चिन्ताहरू उहाँलाई भन्‍नु होस्‌। तपाईंले साँचो हृदयका साथ उहाँसित सम्पर्क राख्नु भयो भने तपाईंले आफ्नो प्रार्थनाद्वारा मनको भारी बिसाउने मद्दत पाउन सक्नुहुन्छ र निराशालाई जित्न पनि सक्नु होला। तपाईंलाई पीडित पार्ने परिस्थितिमा परिवर्तन ल्याउने एउटा बाटो समेत परमेश्‍वरको आत्माले खोलिदिन सक्छ।—भजनसंग्रह ५५:२२; ६५:२; १ यूहन्‍ना ५:१४, १५.

“लागिरहो!”

आफ्ना सङ्‌गी चेलाहरूलाई “सबै कुराको जाँच गर” भन्‍ने प्रोत्साहन दिएपछि पावलले अझ यसो भन्दछन्‌: “जुन असल छ, त्यसैमा लागिरहो।” (१ थिस्सलोनिकी ५:२१) यसो गर्ने एउटा उपाय, मसीही आशामा लागेका मानिसहरूसित सङ्‌गत गर्नु हो। बुद्धिमान राजा सुलेमानले यो चेताउनी दिए: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) पूर्वाग्रह वा कुनै मानसिक अप्ठ्यारोपनाले गर्दा, असल सङ्‌गतको खोजीगर्न देखिन्‌ तपाईं पछि नसर्नु होस्‌। उदाहरणका लागि, यहोवाका साक्षीहरूका माझमा धेरै यस्ता मानिसहरू छन्‌ जो कुनै समयमा आशाविहीन थिए। तर तिनीहरूले बाइबल अध्ययन गर्नुका साथसाथै सङ्‌गी विश्‍वासीहरूसित आनन्दमय सङ्‌गत गरे। यसबाट तिनीहरूले यहोवासितको आफ्नो सम्बन्धलाई बलियो पार्न सकेका छन्‌ र एउटा भरपर्दो लङ्‌गरजस्तै आशा प्राप्त गरेका छन्‌। के यसले निराशालाई साँच्चै नै जित्छ र? निश्‍चय जित्दछ।

अनमारीको उदाहरण विचार गर्नुहोस्‌। आफ्नो पतिको हातबाट अचाक्ली दुर्व्यवहार भोग्दा-भोग्दा, निराशाबाहेक तिनको सामुन्‍ने अरू केही थिएन। तिनी भन्छिन्‌: “मैले आत्महत्या गर्ने फैसला गरें। तर यसो गर्नुभन्दा पहिले, कुन्‍नि किन, परमेश्‍वरसित प्रार्थना गर्ने विचार गरें। मलाई अहिलेसम्म याद छ, मैले यसो भन्दै प्रार्थना गरें: ‘तपाईं मलाई किन मद्दत गर्नुहुन्‍न? मैले तपाईंमाथि आशा राखेको कति भइ सक्यो, तर सबै बेकार।’ जीवनको कुनै उद्देश्‍य थिएन, त्यसकारण मर्नु नै बेस हो भन्दै मैले आफ्नो प्रार्थना टुङ्‌ग्‌यायें। ठीक त्यसै घडी ढोकामा कसैले खटखटायो। मैले नसुनेको जस्तो गरेर बस्ने विचार गरें। आखिर त्यो जो भए पनि, एकछिन्‌मा आफै गइ हाल्नेछ भनी सोचें।”

“तर ढोकामा खटखट गर्न बन्द भएन। मलाई दिक्क लागेर आयो। मैले हतार-हतार आँसु पुछें र ढोकामा को रहेछ, हेर्न गयें। जो भए तापनि, चाँड-चाँडो कुरा सिद्धयाएर आफूले जे गर्ने अठोट गरेकी छु, सो गर्ने विचार गरें। तर यस्तो हुन सकेन। र यसका लागि म यहोवालाई धन्यवाद दिन्छु। किनभने जब मैले ढोका उघारेर हेरें, त्यहाँ दुई जना स्वास्नी मानिसहरू उभिरहेका थिए। हुनः त त्यति खेर मेरो मनस्थिति अति नै अशान्त थियो। तिनीहरूले के भनिरहेका थिए, त्यो पनि मैले राम्रोसँग बुझ्न सकिन। तर जीवनको उद्देश्‍य छ भनेर बताउने एउटा पुस्तक तिनीहरूले मलाई देखाए। जीवनमा मेरो चासो पुनः जागृत गराउन मलाई चाहिएको चीज नै यही थियो।” ती दुई जना स्वास्नी मानिसहरूले अनमारीसित नियमित रूपमा बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाए। अनमारी परमेश्‍वरको एक जना मित्र हुन सकिन्‌। यसबाट तिनले जीवनमा एउटा उद्देश्‍य पाइन्‌। अब चाहिं तिनले अरूहरूलाई परमेश्‍वरमाथि भरोसा गर्न सिकाउँछिन्‌।

निराशाको अन्त देख्न शायद तपाईंले पनि धेरै समयदेखिन्‌ आशा गर्नु भएको होला। तर यस्तो हुनका लागि कुन कुन कुराको खाँचो छ, शायद तपाईंलाई थाह नभएको हुन सक्छ। “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्‌” भनेर तपाईंले कुनै समयमा प्रार्थना गर्नु भएको छ भने चाहिं, तपाईंले येशू ख्रीष्टको मातहतमा परमेश्‍वरको राज्यको आगमनका लागि प्रार्थना गर्नु भएको हो। यही राज्यद्वारा असल हृदय भएका मानिसहरूलाई निराश पार्ने कुराहरूको अन्त हुनेछ। (मत्ती ६:१०) तपाईंले व्यक्‍तिगत रूपमा बाइबल अध्ययन गर्नु हुँदै यसै प्रकारको विश्‍वास राख्ने जनहरूसित नियमित तवरमा सङ्‌गत गर्नुहोस्‌। यसो गर्नाले यहोवाको राज्यद्वारा हाम्रो पृथ्वीमा प्रमोदवन स्थापित हुने आशालाई तपाईंले बलियो गरी समातेर राख्न सक्नुहुनेछ। (१ तिमोथी ६:१२, १९) यसै सानदार आशाको घोषणा यो पत्रिकाको प्रत्येक अङ्‌कमा गरिन्छ। यसै आशालाई आफ्नो हृदयबाटै अङ्‌गालेर निराशासित सङ्‌घर्ष गर्नुहोस्‌। किनभने साँच्चै नै “आशाले निराश गराउँदैन।”—रोमी ५:५. (w92 7/1)

[पृष्ठ ७-मा भएको चित्र]

बाइबल अध्ययनद्वारा हामीले “प्राणको लङ्‌गर जस्तै” काम गर्ने आशा पाउन सक्‍तछौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने