प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ८/१ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • अन्तको समयमा साँचो उपासकहरू चिन्‍ने
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको भविष्यसूचक दिन र हाम्रो विश्‍वास
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ८/१ p. ३१

पाठकहरूका प्रश्‍नहरू

“प्रहरीधरहरा” मा छलफल गरिएको दानियलका भविष्यवाणीहरू पढेर हामीले आनन्द उठायौं। तर प्रकाश ११:३ मा दिइएको साढे तीन वर्षको मिति “प्रकाश चरमोत्कर्ष” पुस्तकभन्दा किन भिन्‍न थियो?

हो, नोभेम्बर १, १९९३ को प्रहरीधरहरा ले प्रकाश ११:३ को आधुनिक पूर्तिको मितिसम्बन्धी एउटा सानो संशोधन अवश्‍य गरेको थियो। तर किन?

सर्वप्रथम, हामी प्रकाश ११:२ हेरौं, जहाँ पदको अन्तमा “बयालीस महिना” उल्लेख गरिएको छ। पद ३ पनि पढौं: “मेरा दुइ साक्षीहरूलाई एक हजार दुइ सय साट्ठी दिनसम्म भाघ्रको लुगा लाएर अगमवाणी बोल्ने शक्‍ति दिनेछु।” त्यो कहिले लागू हुन्छ?

सन्‌ १९१४ मा “अन्यजातिको समय” अन्त भएपछि आत्माले अभिषिक्‍त मसीहीहरूमा यस भविष्यवाणीको पूर्ति भयो भनेर यहोवाका साक्षीहरूले धेरै अघिदेखि बुझिसकेका छन्‌। (लूका २१:२४, न्यु व.; २ कोरिन्थी १:२१, २२) यस विषयमा टिप्पणी गर्दै प्रकाश—यसको चरमोत्कर्ष निकट!a (१९८८) पुस्तकले १६४ पृष्ठमा यस्तो टिप्पणी गर्छ: “परमेश्‍वरका जनहरूले साढे तीन वर्षसम्म भोगेका कठिन अनुभवहरू र यहाँ प्रकाशमा वर्णन गरिएका घटनाहरू ठ्याक्क मिल्छन्‌। विशेषगरी १९१४ को अन्तताका प्रथम विश्‍व-युद्ध सुरु भएको समयदेखि १९१८ को सुरुसम्म।”

याद गर्नुहोस्‌, यहाँ दिइएको मिति “१९१४ को अन्तताका प्रथम विश्‍व-युद्ध सुरु भएको समयदेखि १९१८ को सुरुसम्म” थियो। “देन इज फिनिश्‍ड्‌ द मिस्ट्री अफ गड” पृष्ठ २६१-४, (१९६९)* जस्ता प्रकाशनहरूमा प्रायः प्रस्तुत गरिने मितिसित यो मेल खान्छ।

तर, प्रहरीधरहरा ले दानियलका भविष्यवाणीहरूमा ध्यान केन्द्रित गरेको थियो, जुन पुस्तकले प्रकाशमा उल्लेख गरिएको ३ १/२ वर्ष अथवा ४२ महिनासित समानान्तर अवधिलाई दुई पटक उल्लेख गर्छ। तोकेर भन्‍ने हो भने, परमेश्‍वरका पवित्र जनहरूलाई “एक समय, दुइ समय र आधा समय” अर्थात्‌ ३ १/२ समय धुजा धुजा पारिनेछन्‌ भनेर दानियल ७:२५ ले भन्छ। पछि गएर “एक समय, दुइ समय र आधा समय” अर्थात्‌ ३ १/२ वर्षको समयावधिको विषयमा दानियल १२:७ ले भविष्यवाणी गर्छ, जुन अवधिको चरमोत्कर्ष “पवित्र जातिहरूको शक्‍ति छिन्‍न-भिन्‍न” हुँदा हुनेछ।

अतः दानियल ७:२५, दानियल १२:७ र प्रकाश ११:२, ३ साथै प्रकाश १३:५ मा समानान्तर अवधिसित सम्बन्धित भविष्यवाणीहरू पाउँछौं। यी सबै भविष्यवाणीहरूको पूर्ति १९१४-१८ को अवधिमा भयो भनेर हाम्रा प्रकाशनहरूले देखाएको छ। तर यी भविष्यवाणीहरूलाई बेग्लाबेग्लै छलफल गर्दा तिनीहरूको सुरुआत र अन्त भएको मितिमा केही भिन्‍नता देखिन्छ।

तापनि, नोभेम्बर १, १९९३ को प्रहरीधरहरा मा यो प्रश्‍न गरिएको थियो: “यी सबै समानान्तर भविष्यवाणीहरूको पूर्ति कसरी भयो?” हो, दानियल ७:२५, दानियल १२:७ र प्रकाश ११:३ मा उल्लिखित ३ १/२ वर्षको समयावधिसित सम्बन्धित भविष्यवाणीहरू “समानान्तर भविष्यवाणीहरू” भनी बुझियो। यसर्थ, तिनीहरूको सुरुआत र अन्तको मिति मिल्नेछ।

त्यस समयावधिको अन्तको सन्दर्भमा जे. एफ. रदरफोर्ड र वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीका अन्य सञ्चालकहरूलाई “गलत अभियोगमा दीर्घकालीन कैदको फैसला” सुनाईंदा परमेश्‍वरका अभिषिक्‍त जनहरूलाई धुजा धुजा गर्ने कार्य (दानियल ७:२५) १९१८, जून महिनामा चरमोत्कर्षमा कसरी पुग्यो भनी त्यही पत्रिकाले देखाएको थियो। त्यो साँच्चै नै दानियल १२:७ मा टिप्पणी गरिएको “पवित्र जातिहरूको शक्‍ति छिन्‍न-भिन्‍न” गर्ने समय थियो।

जून १९१८ देखि गन्दै गयौं भने ३ १/२ वर्षको समयावधि सुरु हुने समय डिसेम्बर १९१४ मा पुग्छौं। सन्‌ १९१४ को त्यस अन्तिम महिनामा यस पृथ्वीमा भएका परमेश्‍वरका अभिषिक्‍त जनहरूले आउँदो सालको मुख्य शास्त्रपद थाहा पाए। त्यो थियो: “‘जुन कचौरा मैले पिउनलागेको छु, तिमीहरू पिउनसक्छौ?’—मत्ती २०:२०-२३।” यो घोषणा गर्ने पत्रिकाले निम्न चेताउनी दियो: “थुमाका निष्ठावान अनुयायीहरूले सन्‌ १९१५ मा दुःख र बेइज्जतीको खास परीक्षा भोग्नु पर्ला कि नपर्ला, के थाहा!” ३ १/२ वर्षको समयावधिबारे दानियल ७:२५ ले भविष्यवाणी गरेझैं ‘सर्वोच्चको विरूद्धमा हाँक दिइयो, र सर्वोच्चका पवित्र जनहरूलाई धुजा धुजा’ पारियो। राष्ट्रहरू प्रथम विश्‍व-युद्धमा मुछिएको हुनाले अन्यायपूर्ण ढङ्‌गमा पवित्र जनहरूलाई धुजा धुजा पार्न सजिलो भयो। निष्कर्ष यो हो: दानियल ७:२५; १२:७ र प्रकाश ११:३ का समानान्तर भविष्यवाणीहरू ३ १/२ वर्ष अर्थात्‌ ४२ महिनाको अवधिमा डिसेम्बर १९१४ देखि जून १९१८ भित्र पूरा भए।

प्रकाश ११:३ को मितिको सानो शुद्धीकरणलाई यस विवरणले स्पष्ट पार्छ। भविष्यमा प्रकाश चरमोत्कर्ष पुस्तक पढ्‌दा हामी यो संशोधनलाई मनमा राख्न सक्छौं। (w94 8/1)

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यु योर्क, इन्क.द्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने