प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ४/१ पृ. ९
  • संकष्टमय समयमा प्रचार गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संकष्टमय समयमा प्रचार गर्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ४/१ पृ. ९

राज्य प्रचारकहरूको रिपोर्ट

संकष्टमय समयमा प्रचार गर्ने

“आखिरी दिनमा डरलाग्दो समय आउनेछ” भनी प्रेरित पावलले अगमवाणी गरेका थिए। (२ तिमोथी ३:१) यी शब्दहरू आज कति सत्य साबित भएका छन्‌! मध्य अमेरिकामा अवस्थित एल साल्भाडोरका जनताले यो कटु वास्तविकताको सामना गर्दै आएको निकै भइसक्यो। एक दशकभन्दा लामो समयसम्म यो देश गृहयुद्धमा मुछिएको थियो जसले गर्दा हजारौं मानिसहरूले दुःख जेल्नु पऱ्‍यो, मर्नु पऱ्‍यो। अहिले युद्ध अन्त भइसके तापनि दुःख भने यथावत्‌ छ। युद्धपश्‍चात्‌ अपराध निकै बढेको छ। एक जना स्थानीय टेलिभिजन टीकाकारले हालै मात्र यसो भने: “हिंसा र डकैत हाम्रो दैनिक भोजनसरह भएको छ।”

यस्तो अपराधको लहरबाट यहोवाका साक्षीहरू पनि प्रभावित भएका छन्‌। थुप्रै राज्य भवनहरूमा पसेर चोरहरूले ध्वनियन्त्रहरू चोरेका छन्‌। मसीही सभाहरू सञ्चालन भइरहेको बेला हातहतियारले सुसज्जित युवकहरूको समूह राज्य भवनभित्र पसेर पैसा, घडी र अन्य बहुमूल्य चीजबीजहरू निकै पटक लुटेका छन्‌। आफ्नो दिनचर्यामा व्यस्त भएको बेला थुप्रै साक्षीहरू डाँकाहरूको हातबाट मारिएका छन्‌।

तर यस्ता अवरोधहरूको बावजूद एल साल्भाडोरका यहोवाका साक्षीहरू सुसमाचार सुनाउन मेहनत गरिरहेका छन्‌। यसो गर्नुको कारण, तिनीहरू यो शास्त्रीय सल्लाह पालन गर्छन्‌: “पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ।” (मर्कूस १३:१०) बाइबलले दिने राज्य आशाको लालसा गर्ने थुप्रै मानिसहरू यस मुलुकमा अझै पनि छन्‌। यिनीहरू सबैकहाँ पुग्न यहोवाका साक्षीहरूले प्रयत्न गर्दैछन्‌। अनौपचारिक साक्षी दिनु यस मुलुकमा निकै प्रभावकारी साबित भएको छ।

अस्पतालमा उपचार गराउँदा यहोवाका एक जना साक्षीले मौका पाउने बित्तिकै अरू बिरामीहरूसँग कुरा गरेछ र बाइबलमा दिएअनुसार भविष्यका लागि परमेश्‍वरले दिनुहुने प्रतिज्ञाहरूबारे तिनीहरूलाई बताएछ। सोही अस्पतालमा सिकिस्त भएको एक जना बिरामीले तिनको कुरा सुनेपछि दुःख मान्दै यसो भने: “अब म चाँडै मरिहाल्छु!” तर यस रोगीको नैराश्‍यपूर्ण दृष्टिकोणले त्यस साक्षीलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनदेखि रोक्न सकेन। बरु यहोवाका साक्षीहरूद्वारा प्रकाशित पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक तिनले ठूलो स्वरमा पढेर सुनाए। केही दिनपश्‍चात्‌ यो साक्षीले अस्पताल छाड्‌नु पऱ्‍यो र त्यो मानिस त्यसरी मृत्युशैय्यामा परेको देखेर दुःख मान्दै तिनी त्यहाँबाट गए।

चार वर्षपछि यो साक्षीलाई उपचारको लागि फेरि अर्को अस्पतालमा जानु पऱ्‍यो। तिनी त्यहाँ हुँदा एक जना रोगी आएर तिनलाई यसो भने: “मलाई चिन्‍नुभयो?” यो प्रश्‍न सोध्ने मान्छे चार वर्षअघि तिनले भेटेका मानिस थिए जो त्यतिबेला मरणशील अवस्थामा थिए। त्यसपछि अँगालो हाल्दै यस मानिसले अप्रत्याशित तर निकै हर्षपूर्ण कुरा बताए: “अब म पनि यहोवाको साक्षी हुँ!” तिनले भविष्यबारे बाइबलले दिने आशालाई स्वीकारेर यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गरिसकेको रहेछ र यहोवालाई आफ्नो जीवनसमेत समर्पण गरिसकेको रहेछ। र त्यति मात्र नभएर अहिले साक्षी बनेर नियमित अग्रगामीको रूपमा पूर्ण-समय सेवकाईमा लागेको पनि दुइ वर्ष बितिसकेको रहेछ।

यस घटनालाई हेर्ने हो भने, अनौपचारिक ढंगमा छरिएको सत्यको बीउ अनुकूल हृदयमा पुगेछ भन्‍न सक्छौं। सच्चाइको ज्ञानमा आउन मानिसहरूलाई मदत गर्ने यस्तो सुअवसरले साँचो मसीहीहरूलाई “डरलाग्दो समय[को]” बावजूद प्रचार-कार्यमा लागिरहन उत्प्रेरित गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने