प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ४/१५ pp. २८-२९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • के परमेश्‍वरले मलाई क्षमा दिनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • हृदयदेखि क्षमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के तपाईं यहोवाले जस्तै क्षमा गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ४/१५ pp. २८-२९

पाठकहरूका प्रश्‍नहरू

येशूले भन्‍नुभयो: “जस जसका पाप तिमीहरू क्षमा गरौला, तिनीहरूलाई क्षमा हुनेछन्‌, औ जस जसका पाप तिमीहरू रहनदिन्छौ, ती रहनेछन्‌।” के मसीहीहरूले पाप क्षमा गर्नसक्छन्‌ भनेर यी शब्दहरूले भन्‍न खोजेका हुन्‌?

साधारणतया मसीहीहरू वा नियुक्‍त प्राचीनहरूसित पनि क्षमा गर्ने ईश्‍वरीय अख्तियार छ भन्‍ने निष्कर्षमा पुग्ने धर्मशास्त्रीय आधार छैन। यद्यपि, माथि उद्धृत यूहन्‍ना २०:२३ मा येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभएका शब्दहरूले यस सन्दर्भमा परमेश्‍वरले प्रेरितहरूलाई विशेष शक्‍ति दिनुभएको थियो भनेर देखाउँछ। अनि येशूको यो भनाइ उहाँले मत्ती १८:१८ मा स्वर्गीय फैसलाबारे भन्‍नुभएको कुरासित सम्बन्धित हुनसक्छ।

एफिसी ४:३२ मा प्रेरित पावलले दिएको सल्लाहअनुसार मसीहीहरूले कुनै कुनै गलतीहरू क्षमा गर्नसक्छन्‌। त्यो सल्लाह यसप्रकार छ: “जसरी परमेश्‍वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।” यहाँ पावल मसीहीहरूबीच हुने सोचविचारबिनाको कुराकानीजस्ता व्यक्‍तिगत समस्याहरूबारे बताउँदै थिए। तिनीहरूले एकअर्कालाई क्षमा गरेर त्यस्ता समस्याहरू समाधान गर्ने कोसिस गर्नुपर्छ। येशूका यी शब्दहरू स्मरण गर्नुहोस्‌: “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने त्यही वेदीको सामु तिम्रो भेटी छोड़, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।”—मत्ती ५:२३, २४; १ पत्रुस ४:८.

तथापि, येशूले निकै गम्भीर पापहरू उल्लेख गर्नुहुँदैथियो भनेर यूहन्‍ना २०:२३ को प्रसंगले संकेत गर्छ। यो कुरा उहाँले आफ्ना विशेष श्रोताहरूलाई अरू जे भन्‍नुभयो त्यसबाट प्रकट हुन्छ। हेरौं किन रहेछ।

आफू पुनरुत्थान भएकै दिन येशू यरूशलेमको एउटा घरको बन्द कोठामा चेलाहरूसमक्ष देखा पर्नुभयो। विवरणले बताउँछ: “तब येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरूलाई शान्ति होस्‌! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँछु।’ अनि यति भनेर उहाँले तिनीहरूलाई फुकेर भन्‍नुभयो, ‘पवित्र आत्मा लेओ। जस जसका पाप तिमीहरू क्षमा गरौला, तिनीहरूलाई क्षमा हुनेछन्‌, औ जस जसका पाप तिमीहरू रहनदिन्छौ, ती रहनेछन्‌।’”—यूहन्‍ना २०:२१-२३.

सम्भवतः माथि उल्लिखित चेलाहरू मुख्यतः विश्‍वासी प्रेरितहरू थिए। (पद २४, तुलना गर्नुहोस्‌।) तिनीहरूलाई फुकेर “पवित्र आत्मा लेओ!” भन्दै येशूले तिनीहरूमाथि पवित्र आत्मा चाँडै खनाइनेछ भनेर प्रतीकात्मक ढंगमा सूचना दिनुभयो। पापहरू क्षमा गर्ने सम्बन्धमा तिनीहरूसित अख्तियार हुनेछ भनी येशूले अझ भन्‍नुभयो। उहाँका दुइ भनाइहरूबीच पारस्परिक सम्बन्ध छ भन्‍नु युक्‍तिसंगत छ।

उहाँको पुनरुत्थान भएको पचास दिनपश्‍चात्‌ अर्थात्‌ पेन्तिकोसको दिन येशूले पवित्र आत्मा खन्याउनुभयो। त्यसले के गऱ्‍यो? प्रथमतः पवित्र आत्मा प्राप्त गर्नेहरूले स्वर्गमा ख्रीष्टको सहशासक हुने आशासहित परमेश्‍वरको आत्मिक छोराहरूको हैसियतमा आत्मिक पुनर्जन्म पाए। (यूहन्‍ना ३:३-५; रोमी ८:१५-१७; २ कोरिन्थी १:२२) तर त्यो आत्मा खनाइएपछि अझ धेरै कुरा पूरा भयो। पवित्र आत्मा प्राप्त गर्नेहरूमध्ये केहीले चमत्कार गर्ने शक्‍ति पाए। केही आफूले नजानेको अन्य भाषाहरूमा बोल्न सके। केहीले भविष्यवाणी गर्न सके। केहीले बिरामीहरूलाई निको पार्न सके वा मृत मानिसहरूलाई जीवित पारे।—१ कोरिन्थी १२:४-११.

यूहन्‍ना २०:२२ मा येशूका शब्दहरूले यो आत्मा चेलाहरूमाथि खन्याइने कुरालाई संकेत गर्छ। अत: पाप क्षमा गर्नेसम्बन्धी उहाँका शब्दहरूले प्रेरितहरूलाई पापहरू क्षमा गर्न वा नगर्न आत्माद्वारा अनुपम अख्तियार दिएको थियो भन्‍ने बुझिन्छ।—हेर्नुहोस्‌ प्रहरीधरहरा, (अंग्रेजी) मार्च १, १९४९, पृष्ठ ७८.

बाइबलले हामीलाई प्रेरितहरूले हर समय यस्तो अख्तियार प्रयोग गरेको पूर्ण विवरण दिंदैन। नता चमत्कारको वरदान प्रयोग गरेर अन्य भाषा बोलेको, भविष्यवाणी गरेको वा निको पारेको प्रत्येक घटनाको विवरण नै दिन्छ।—२ कोरिन्थी १२:१२; गलाती ३:५; हिब्रू २:४.

प्रेरितहरूले पापहरू क्षमा गर्ने वा नगर्ने तिनीहरूको अख्तियारमा पवित्र आत्माको विरुद्ध झूटा बोल्ने हननिया र सफीराको घटना सम्मिलित छ। पत्रुसले यूहन्‍ना २०:२२, २३ मा उल्लिखित येशूको भनाइलाई सुने। त्यसै कारण तिनले हननिया र सफीराको पापलाई उदांग पारे। पत्रुसले प्रथमतः हननियालाई सम्बोधन गरे र उनी त्यति नै खेर मरिहाले। त्यसपछि सफीरा पनि आएर झूट बोलेपछि पत्रुसले उनको न्याय घोषणा गरे। पत्रुसले उनको पाप क्षमा गरेनन्‌ तर भने: “हेर, तिम्रा पतिलाई गाड़नेहरू ढोकामै छन्‌, र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्‌।” त्यसो भन्‍नेबित्तिकै उनी पनि मरिहालिन्‌।—प्रेरित ५:१-११.

यस उदाहरणमा प्रेरित पत्रुसले पाप क्षमा गर्ने सम्बन्धमा विशेष अख्तियार प्रयोग गरे। परमेश्‍वरले हननिया र सफीराको पाप क्षमा गर्नुहुन्‍न भनेर तिनले चमत्कारी ज्ञान पाए। प्रेरितहरूले पनि कुनै कुनै घटनाहरूमा दैविक अन्तरदृष्टि पाएको जस्तो देखिन्छ। जसमा येशूको बलिदानको आधारमा पाप क्षमा भएको भनेर तिनीहरू निश्‍चित हुन्थे। तसर्थ, यी आत्माद्वारा शक्‍ति पाएका प्रेरितहरूले पापहरू क्षमा गर्ने वा नगर्ने कुरा घोषणा गर्न सके।a

तर यसको मतलब त्यति बेलाका आत्मा-अभिषिक्‍त प्राचीनहरूसित पनि यस्तो चमत्कारी अख्तियार थियो भन्‍ने होइन। यस सम्बन्धमा प्रेरित पावलले कोरिन्थ मण्डलीबाट बहिष्कृत मानिसबारे भनेका कुरालाई विचार गर्नसक्छौं। पावलले यसो भनेनन्‌, ‘त्यस मानिसको पाप क्षमा गर्छु’ वा ‘तिनलाई ग्रहण गर किनकि त्यस मानिसको पाप स्वर्गबाट क्षमा गरिएको छ।’ बरु, पुनर्स्थापित यो मसीहीलाई क्षमा तथा प्रेम गर्नू भनेर पावलले सम्पूर्ण मण्डलीलाई आग्रह गरे। पावलले थपे: “जसलाई तिमीहरू केही कुरामा क्षमा गर्छौ, म पनि गर्छु।”—२ कोरिन्थी २:५-११.

मण्डलीमा पुनर्स्थापित भाइलाई सबै मसीही भाइ तथा बहिनीहरूले तिनले पहिला गरेका कार्यलाई भुलेर क्षमा गर्न सक्थे। यद्यपि, फर्केर आउन तिनले प्रथमतः पश्‍चात्ताप गर्नुपर्थ्यो। त्यो कसरी गरिन्थ्यो?

चोरी, झूट वा घोर अनैतिकताजस्ता गम्भीर पापहरूलाई मण्डलीका प्राचीनहरूले सँभाल्नुपर्छ। ती गलत कार्य गर्नेहरूलाई पश्‍चात्ताप गर्न उत्प्रेरित गरेर प्राचीनहरूले तिनीहरूको सुधार गर्ने चेष्टा गर्छन्‌। तर कसैले अपश्‍चात्तापी भावले घोर पाप गर्छ भने, प्राचीनहरूले त्यस गलत कार्य गर्नेलाई ईश्‍वरीय निर्देशनअनुसार बहिष्कार गर्छन्‌। (१ कोरिन्थी ५:१-५, ११-१३) येशूले यूहन्‍ना २०:२३ मा भन्‍नुभएको कुरा यस्ता घटनाहरूमा लागू हुँदैन। यी प्राचीनहरूसित शारीरिक तवरमा बिरामीहरूलाई निको पार्ने वा मृत मानिसहरूलाई बिउँताउने जस्ता पवित्र आत्माको चमत्कारी वरदान छैन। ती चमत्कारी शक्‍तिहरूको उद्देश्‍य प्रथम शताब्दीमा पूरा भएपछि आवश्‍यकता परेन। (१ कोरिन्थी १३:८-१०) यसबाहेक, घोर पापी यहोवाको दृष्टिमा स्वच्छ छ भन्दै गम्भीर गलतीलाई क्षमा गर्ने ईश्‍वरीय अख्तियार आज प्राचीनहरूसित छैन। यसप्रकारको क्षमा छुडौतीको बलिदानको आधारमा हुनुपर्छ। अनि यहोवाले मात्र त्यस आधारमा क्षमा गर्न सक्नुहुन्छ।—भजन ३२:५; मत्ती ६:९, १२; १ यूहन्‍ना १:९.

पुरातन कोरिन्थको मानिसलाई जस्तै घोर पापीले पश्‍चात्ताप नगरेको खण्डमा तिनलाई बहिष्कार गर्नुपर्छ। तिनले पछि पश्‍चात्ताप गर्छन्‌ तथा पश्‍चात्ताप योग्य कार्य गर्छन्‌ भने, ईश्‍वरीय क्षमा पाउनसक्छन्‌। (प्रेरित २६:२०) यस्तो परिस्थितिमा यहोवाले दोषीलाई साँच्चै क्षमा गर्नुभएको छ भनेर विश्‍वास गर्न धर्मशास्त्रले प्राचीनहरूलाई बुझ्ने मदत दिन्छ। त्यसपछि प्राचीनहरूले पुनर्स्थापित व्यक्‍तिलाई विश्‍वासमा बलियो बनाउन आध्यात्मिक तवरमा सहायता दिनसक्छन्‌। कोरिन्थका मसीहीहरूले पुनर्स्थापित मानिसलाई जसरी क्षमा गरे, त्यसरी नै मण्डलीका अरूले पनि ती पुनर्स्थापित भाइलाई क्षमा गर्नसक्छन्‌।

यसरी समस्या सँभाल्न प्राचीनहरूले आफ्नै न्याय बनाउनु हुँदैन। तिनीहरूले बाइबलका सिद्धान्तहरू प्रयोग गर्छन्‌ र यहोवाले बसाल्नुभएको धर्मशास्त्रीय कार्यप्रणाली पालन गर्छन्‌। यसर्थ, प्राचीनहरूले क्षमा गर्नु या नगर्नु येशूले मत्ती १८:१८ मा भन्‍नुभएका शब्दहरूअनुरूप हुनेथियो: “म तिमीहरूलाई साँच्चै भन्दछु, जे तिमीहरूले पृथ्वीमा बाँधौला, त्यो स्वर्गमा बाँधिएको हुनेछ। औ जे तिमीहरूले पृथ्वीमा फुकाउँछौ त्यो स्वर्गमा फुकाएको हुनेछ।” तिनीहरूका कार्यहरूले बाइबलमा प्रस्तुत यहोवाको दृष्टिकोणलाई मात्र प्रतिबिम्बित गर्थे।

फलस्वरूप, यूहन्‍ना २०:२३ मा येशूले भन्‍नुभएको विवरण धर्मशास्त्रका बाँकी पदहरूसित विरोधाभासपूर्ण छैन। यसले प्रेरितहरूसित क्षमा गर्ने सम्बन्धमा विशेष अख्तियार थियो भनेर देखाउँछ। किनभने मसीही मण्डलीको प्रारम्भमा तिनीहरूको विशेष भूमिका रहेको हामी पाउँछौं।

[फुटनोट]

a आफ्नो मृत्युअघि र उहाँले छुडौतीको बलिदान दिनअघि पनि कसैको पाप क्षमा भयो या भएन त्यो भन्‍ने अख्तियार येशूसित थियो।—मत्ती ९:२-६; प्रहरीधरहरा जून १, १९९५ को “पाठकहरूका प्रश्‍नहरू” तुलना गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने