प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ६/१ पृ. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • “हे प्रभु, . . . हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • परमेश्‍वरको राज्य शासन
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ६/१ पृ. ३१

पाठकहरूका प्रश्‍नहरू

कहिलेकाहीं भाइहरूले परमेश्‍वरको राज्य पृथ्वीमा आओस्‌ भनेका वा प्रार्थना गरेका हामी सुन्छौं। के यो अभिव्यक्‍ति सही हो?

किटेरै भन्‍नै हो भने, त्यसो भन्‍नु धर्मशास्त्रीय तरिका होइन। परमेश्‍वरको राज्य स्वर्गीय हो। त्यसैकारण प्रेरित पावलले यस्तो लेख्न सके: “प्रभुले मलाई हरेक खराब कामबाट जोगाउनु हुनेछ, र मलाई उहाँको स्वर्गीय राज्यको निम्ति उद्धार गर्नुहुनेछ, जसलाई सदा सर्वदा महिमा होस्‌। आमिन।”—२ तिमोथी ४:१८; मत्ती १३:४४; १ कोरिन्थी १५:५०.

सन्‌ १९१४ मा परमेश्‍वरको राज्य स्वर्गमा स्थापित भयो। यसलाई पुनर्स्थापित पार्थिव प्रमोदवनमा वा अन्य कतै कहिल्यै स्थानान्तरण गरिनेछैन। त्यस राज्यको राजा येशू ख्रीष्ट हुनुहुन्छ। राजाको हैसियतमा स्वर्गदूतहरूमाथि येशूको अख्तियार छ। अतः उहाँको शासन गर्ने उचित स्थान स्वर्गमा परमेश्‍वरको दाहिने हात हो। अभिषिक्‍त मसीहीहरू स्वर्गमा राजा र पूजाहारीहरूको हैसियतमा उहाँसित सम्मिलित हुन्छन्‌।—एफिसी १:१९-२१; प्रकाश ५:९, १०; २०:६.

त्यसको अर्थ, के हामीले अबदेखि प्रभुको प्रार्थनामा पाइने “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌” भन्‍ने अन्तरबिन्तीहरू परमेश्‍वरलाई व्यक्‍त गर्नु हुँदैन? (मत्ती ६:१०) हुन्छ, त्यो प्रार्थना उचित र अझै अर्थपूर्ण छ।

अन्ततः परमेश्‍वरको राज्यले यस पृथ्वीका लागि निर्णायक ढंगमा कार्य गर्नेछ। अनि हामी जुन कुरा मनमा राखेर प्रार्थनामा प्रभुको प्रार्थनासित मिल्दोजुल्दो अभिव्यक्‍तिहरू व्यक्‍त गर्छौं, त्यो यही हो। उदाहरणका लागि, त्यस राज्य पृथ्वीका सबै राष्ट्रहरूलाई नष्ट गर्न “आउनेछ” र यसमाथि शासन गर्नेछ भनी दानियल २:४४ ले भविष्यवाणी गर्छ। प्रकाश २१:२ ले स्वर्गबाट आउँदै गरेको नयाँ यरूशलेमबारे बताउँछ। यो नयाँ यरूशलेम ख्रीष्टकी दुलही हुने १,४४,००० अभिषिक्‍त मसीहीहरूले बनिएको छ। तिनीहरू पनि परमेश्‍वरको राज्यमा येशूसितै संयुक्‍त हकदार हुनेहरू हुन्‌। तसर्थ, तिनीहरूले पृथ्वीतिर ध्यान केन्द्रित गरेको प्रकाश २१:२ ले वर्णन गर्छ। परिणामस्वरूप, विश्‍वासी मानिसजातिले महान्‌ आशिष्‌हरू पाउनेछ।—प्रकाश २१:३, ४.

उपरोक्‍त भविष्यवाणीहरू र अन्य भविष्यवाणीको पूर्ति नभईञ्जेल “तपाईंको राज्य आओस्‌” भन्‍ने येशूका शब्दहरूअनुरूप यहोवा परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नु उचित हुनेछ। तर त्यो राज्य साँच्चै पृथ्वीमा आउनेछ भनेर हामीले सोच्नु हुँदैन। परमेश्‍वरको राज्यको सरकार पृथ्वीमा होइन स्वर्गमा निहित छ।

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

पृथ्वीः Based on NASA photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने