प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ११/१ पृ. ३-६
  • शोषणमा परेकाहरूलाई सान्त्वना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शोषणमा परेकाहरूलाई सान्त्वना
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शोषणसम्बन्धी पुरातन अवलोकनकर्ता
  • शोषण चाँडै अन्त हुनेछ
  • चासो राख्ने साँच्चै कोही हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • साँचो सान्त्वना कहाँ पाउन सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मदतको लागि पुकार्नेहरूलाई कसले छुटकारा दिन सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ११/१ पृ. ३-६

शोषणमा परेकाहरूलाई सान्त्वना

के तपाईंले आफ्नो जीवनकालमा केही शब्दहरू शीर्षसमाचारमा दोहोऱ्‍याइ तेहऱ्‍याएको देख्नुभएको छैन र? के तपाईं युद्ध, अपराध, विपत्ति, भोकमरी र दुःखकष्टजस्ता शब्दहरू पढ्‌दा पढ्‌दा वाक्क भइसक्नुभयो? तर समाचारहरूमा एउटा शब्द भने प्रायः प्रयोगै नभएको स्पष्टै देखिन्छ। यद्यपि, त्यो शब्दले मानिसजातिलाई नभई नहुने कुरा जनाउँछ। त्यो शब्द हो, “सान्त्वना।”

“सान्त्वना दिनु” भनेको “बल तथा आशा दिनु” र कसैको “शोक वा संकष्टलाई कम गर्नु” हो। संसारले यस २०औं शताब्दीमा झेलेका अनेकन्‌ संकटहरूलाई ध्यान दिंदा आशा चाहिनुका साथै शोक पनि कम गर्नै परेको छ। हो, हामीमध्ये कोहीले हाम्रा पुर्खाहरूले कल्पनै नगरेका शारीरिक सुविधाहरू उपभोग गर्छौं। यो मुख्यतः वैज्ञानिक प्रगतिले गर्दा सम्भव भएको हो। तर विज्ञान तथा प्रविधिले मानिसजातिमाथि दुःखकष्ट ल्याउने कारणहरू हटाउन सकेको छैन र त्यस अर्थमा हामीलाई सान्त्वना प्रदान गरेको छैन भन्‍नसक्छौं। ती कारणहरू के हुन्‌?

धेरै शताब्दीअघि बुद्धिमान पुरुष सुलेमानले दुःखकष्टको एउटा आधारभूत कारण यसरी बताए: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।” (उपदेशक ८:९) सँगीमानवलाई शोषण गर्ने मानिसको झुकाउलाई विज्ञान तथा प्रविधिले परिवर्तन गर्न सकेको छैन। परिणामस्वरूप यस २०औं शताब्दीमा कतिपय देशहरू शोषक तानाशाहहरूको अधीनमा पर्नुका साथै देशहरूबीच बीभत्स युद्धहरू भएका छन्‌।

सन्‌ १९१४ देखि दश करोडभन्दा बढी मानिसहरू युद्धको कारण मारिएका छन्‌। उक्‍त संख्याले देखाउने मानव वेदना अर्थात्‌ सान्त्वना चाहिने करोडौं शोकाकुल परिवारहरूको कल्पना गर्नुहोस्‌ त। अनि युद्धहरूले अस्वाभाविक मृत्युबाहेक अन्य दुःखकष्टहरू पनि ल्याउँछन्‌। दोस्रो विश्‍वयुद्धको अन्ततिर युरोपमा १.२ करोडभन्दा बढी शरणार्थीहरू थिए। हालैका वर्षहरूमा दक्षिणपूर्वी एसियाका युद्धग्रस्त क्षेत्रहरूबाट १५ लाखभन्दा बढी मानिसहरू अन्यत्र भागे। बाल्कन क्षेत्रको युद्ध र प्रायजसो “जातीय नरसंहारबाट” बच्न २० लाखभन्दा बढी मानिसहरू आफ्नो घर छाडेर भाग्नु परेको छ।

शरणार्थीहरूलाई सान्त्वना अवश्‍य चाहिन्छ। कहाँ जाने वा आफू र आफ्नो परिवारको भविष्य कस्तो हुने हो, कुनै अत्तोपत्तो नभई झिटीझाम्टी मात्र बोकेर भाग्न बाध्य भएकाहरूलाई विशेषगरि सान्त्वना चाहिन्छ। शोषणको शिकार भएका सबैभन्दा दयनीय व्यक्‍तिहरूमध्ये तिनीहरू पनि हुन्‌। तिनीहरूलाई सान्त्वना चाहिन्छ।

पृथ्वीका शान्तिपूर्ण क्षेत्रहरूमा भने करोडौं मानिसहरू संसारको आर्थिक प्रणालीको दासै भएका छन्‌। हो, कसै कसैसित भौतिक कुराहरू प्रशस्त छन्‌। तर अधिकांशले जीविकोपार्जनका लागि दिनहुँ संघर्ष गर्छन्‌। धेरै जना सन्तोषजनक आवासको खोजीमा छन्‌। बेरोजगारहरूको संख्या बढ्‌दो छ। एउटा अफ्रिकी अखबारको पूर्वानुमानअनुसार “संसारले अहिलेजस्तो बेरोजगारीको संकट पहिले कहिल्यै सामना गरेको थिएन। सन्‌ २०२० सम्म अहिलेको तुलनामा १३ करोडभन्दा बढी मानिसहरू जागिरको लागि दौडधूप गरिरहेका हुनेछन्‌।” निस्सन्देह, शोषणमा परेकाहरूलाई “बल तथा आशा” अर्थात्‌ सान्त्वना चाहिन्छ।

असह्‍य परिस्थितिको प्रतिकार गर्न कसै कसैले अपराधको सहारा लिन्छन्‌। निस्सन्देह, यसले अपराधको शिकारहरूमाथि कठिनाइ थोपर्छ अनि बढ्‌दो अपराध दरले अझ बढी शोषित महसुस गराउँछ। जोहानेसबर्ग, दक्षिण अफ्रिकाको अखबार द स्टार-को शीर्षसमाचारमा हालै यसो भनिएको थियो: “‘संसारको सबैभन्दा बढी हत्या हुने देशको’ दिनचर्या।” उक्‍त लेखले जोहानेसबर्गको एउटा सामान्य दिनको वर्णन गऱ्‍यो। त्यो दिन चार जनाको हत्या गरियो र आठ जनाको सवारीसाधन अपहरण भयो। एउटा मध्यम वर्गीय इलाकामा १७ वटा डकैती रिपोर्ट गरियो। त्यसबाहेक, सशस्त्र लुटपाटका अनगिन्ती घटनाहरू भए। उक्‍त अखबारअनुसार प्रहरीले त्यो दिनलाई “तुलनात्मक हिसाबमा शान्त” दिन भनी वर्णन गरे। घर तोडफोड तथा सवारीसाधनको अपहरण भोग्नु परेका व्यक्‍तिहरू र हत्या गरिएको व्यक्‍तिका नातेदारहरूले असाध्यै शोषित महसुस गर्नुको कारण बुझ्नसक्छौं। तिनीहरूलाई आश्‍वासन तथा आशा अर्थात्‌ सान्त्वना चाहिन्छ।

कतिपय मुलुकहरूमा केही आमाबाबुहरूले आफ्ना छोराछोरीलाई वेश्‍यावृत्तिमा बेच्छन्‌। “यौन यात्रामा” सामेल हुन पर्यटकहरू ओइरिने एउटा एसियाली मुलुकमा २० लाख वेश्‍याहरू भएको रिपोर्ट पाइन्छ। तिनीहरूमध्ये धेरै जना केटाकेटी छँदै किनिएका वा अपहरण गरिएका थिए। यी दयनीय व्यक्‍तिहरू जत्तिको अरू शोषित होलान्‌ र? यस निन्दनीय व्यापारबारे छलफल गर्दै टाइम पत्रिकाले सन्‌ १९९१ मा सम्पन्‍न दक्षिणपूर्वी एसियाली स्त्रीहरूका संगठनहरूको सम्मेलनको प्रतिवेदन प्रस्तुत गऱ्‍यो। त्यहाँ गरिएको अनुमानअनुसार “सन्‌ १९७० दशकको बीचतिर देखि अहिलेसम्म संसारभरि तीन करोड स्त्रीहरू बेचिएका थिए।”

निस्सन्देह, केटाकेटीहरूलाई शोषण गर्न तिनीहरू वेश्‍यावृत्तिमा बेचिनैपर्छ भन्‍ने छैन। आफ्नै घरमा आमाबाबु तथा नातेदारहरूले थुप्रै केटाकेटीप्रति शारीरिक दुर्व्यवहार वा तिनीहरूलाई बलात्कारसमेत गर्छन्‌। त्यस्ता केटाकेटीहरूले पछिसम्म भावनात्मक पीडा भोग्नसक्छन्‌। तिनीहरू शोषित हुनाले अवश्‍य सान्त्वना चाहिन्छ।

शोषणसम्बन्धी पुरातन अवलोकनकर्ता

मानवहरू कुन हदसम्म शोषित हुन र शोषण गर्नसक्छन्‌ भनेर थाह पाउँदा राजा सुलेमान तीन छक परे। तिनले यसप्रकार लेखे: “फेरि मैले संसारमा अत्याचारका सबै कामहरू देखें र विचार गरें। अत्याचारमा परेकाहरूको आँसु मैले देखें, औ मैले के देखें भने तिनीहरूलाई सान्त्वना दिने कोही हुँदैन रहेछ। अत्याचारीहरूको पक्षमा शक्‍ति थियो, तर अत्याचारमा परेकाहरूको पक्षमा भएर साटो लिने कोही थिए[न]।”—उपदेशक ४:१.

शोषितहरूलाई सान्त्वना दिने व्यक्‍ति नितान्त चाहिन्छ भनी बुद्धिमान राजाले ३,००० वर्षअघि महसुस गरेका थिए भने आज तिनले के भन्‍नेथिए होलान्‌? तैपनि, मानिसजातिलाई चाहिएको सान्त्वना तिनीलगायत कुनै पनि असिद्ध मानिसले दिन सक्दैनन्‌ भनी सुलेमानलाई थाह थियो। शोषकहरूको शक्‍तिलाई चक्नाचूर पार्न अझ महान्‌ व्यक्‍ति चाहिएको थियो। के त्यस्तो व्यक्‍ति छ?

बाइबलको भजन ७२ ले सबै मानिसहरूका महान्‌ सान्त्वनादाताबारे बताउँछ। उक्‍त भजन सुलेमानका बुबा, राजा दाऊदले लेखेका थिए। उक्‍त अध्यायको शीर्षकमुनि यसो लेखिएको छ: “सुलेमानको भजन।” स्पष्टतः, यो भजन वृद्ध राजा दाऊदले पछि आफ्नो सिंहासनमा बस्ने व्यक्‍तिबारे लेखेका थिए। त्यस भजनअनुसार उक्‍त व्यक्‍तिले शोषणबाट स्थायी छुटकारा प्रदान गर्नेथियो। “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहूञ्जेल प्रशस्त शान्ति रहनेछ। एक समुद्रदेखि अर्को समुद्रसम्म उसको साम्राज्य हुनेछ। र . . . पृथ्वीको पल्लो छेउसम्म रहनेछ।”—भजन ७२:७, ८.

सम्भवतः राजा दाऊदले ती शब्दहरू लेख्दा आफ्नो छोरा सुलेमानबारे सोचिरहेका थिए। तर उक्‍त भजनमा वर्णन गरिएको ढंगमा मानिसजातिको सेवा गर्नु आफ्नो क्षमताभन्दा बाहिरको कुरा हो भनी सुलेमानले बुझे। तिनले त्यस भजनका शब्दहरू सानो अर्थमा मात्र पूरा गर्नसक्थे र त्यो पनि सारा पृथ्वीको लागि नभई इस्राएल राष्ट्रको खातिर मात्र थियो। यस भविष्यसूचक प्रेरित भजनले सुलेमानभन्दा निकै महान्‌ व्यक्‍तिलाई इंगित गरिरहेको थियो भनेर स्पष्ट हुन्छ। तिनी को थिए? अरू कोही नभई येशू ख्रीष्ट हुनुहुन्छ।

स्वर्गदूतले येशूको जन्मबारे घोषणा गर्दा यसो भने: “परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।” (लूका १:३२) यसबाहेक, येशूले आफूलाई “सुलेमानभन्दा महान्‌” भन्‍नुभयो। (लूका ११:३१) येशू, पुनरुत्थानपश्‍चात्‌ परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्नुभएदेखि स्वर्गमा हुनुहुन्छ र भजन ७२ का शब्दहरू पूरा गर्न उक्‍त स्थान अत्यन्तै उपयुक्‍त छ। साथै, मानव शोषकहरूबाट शोषणमुक्‍त पार्न उहाँले परमेश्‍वरबाट शक्‍ति तथा अख्तियार पाउनुभएको छ। (भजन २:७-९; दानियल २:४४) अतः भजन ७२ का शब्दहरू पूरा गर्नुहुने व्यक्‍ति येशू नै हुनुहुन्छ।

शोषण चाँडै अन्त हुनेछ

यसको अर्थ के हो? सबै प्रकारको मानव शोषणबाट स्वतन्त्रता चाँडै वास्तविकता हुनेछ। पहिले कहिल्यै नभएको दुःखकष्ट तथा शोषण आज २०औं शताब्दीमा भइरहेको छ र यसले “जगत्‌को अन्त[लाई]” चिह्नित गर्नेछ भनी येशूले भन्‍नुभएको थियो। (मत्ती २४:३) अन्य कुराहरूका साथै उहाँले यस्तो भविष्यवाणी गर्नुभयो: “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।” (मत्ती २४:७) सन्‌ १९१४ मा प्रथम विश्‍वयुद्ध सुरु हुँदा त्यस भविष्यवाणीको पूर्ति हुन थाल्यो। येशूले अझै भन्‍नुभयो, “अधर्म बढ़ने हुनाले धेरैका प्रेम सेलाएर जानेछ।” (मत्ती २४:१२) कसैलाई प्रेम नगर्ने भाव तथा अधर्मले दुष्ट तथा शोषक पुस्तालाई जन्माएको छ। यसर्थ, पृथ्वीको नयाँ राजाको हैसियतमा येशू ख्रीष्टले हस्तक्षेप गर्नुहुने समय नजीकै आएको हुनुपर्छ। (मत्ती २४:३२-३४) येशू ख्रीष्टमा विश्‍वास राख्ने र मानिसजातिलाई सान्त्वना दिन उहाँलाई परमेश्‍वरले नियुक्‍त गर्नुभएको ठानी उहाँकै प्रतीक्षा गर्ने शोषित मानवहरूको लागि यसले के अर्थ राख्नेछ?

त्यसको जवाफको लागि ख्रीष्ट येशूमा पूरा हुने भजन ७२ का थप शब्दहरू पढौं: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रहरूलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।” (भजन ७२:१२-१४) यसप्रकार परमेश्‍वरबाट नियुक्‍त राजा येशू ख्रीष्टले कोही पनि शोषणले गर्दा दुःखकष्ट भोग्न नपरोस्‌ भनी निश्‍चय गर्नुहुनेछ। उहाँसित सबै प्रकारको अन्यायलाई अन्त गर्ने शक्‍ति छ।

कसैले भन्लान्‌, ‘ओहो, त्यो त साह्रै राम्रो तर अहिले नि? अहिले दुःखकष्ट भोगिरहेकाहरूको लागि कस्तो सान्त्वना पाइन्छ?’ भनौं भने, शोषितहरूको लागि अवश्‍य सान्त्वना छ। यस पत्रिकाको यसपछिका दुइ लेखहरूले कुन कुरा देखाउनेछ भने, लाखौं मानिसहरूले कसरी साँचो परमेश्‍वर यहोवा र उहाँको प्रिय पुत्र येशू ख्रीष्टसित घनिष्ठ सम्बन्ध विकास गरेर अहिले पनि सान्त्वना पाइरहेका छन्‌। त्यस्तो सम्बन्धले हामीलाई यो शोषक समयमा सान्त्वना प्रदान गर्नसक्छ र शोषणमुक्‍त अनन्त जीवनतर्फ डोऱ्‍याउनसक्छ। येशूले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

[पृष्ठ ४-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारमा कसैले कसैको शोषण गर्नेछैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने