प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १२/१५ पृ. ३-४
  • शास्त्रविद्‌हरूको भनाइमा सुसमाचारको पुस्तक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शास्त्रविद्‌हरूको भनाइमा सुसमाचारको पुस्तक
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशूबारे “विद्वतापूर्ण” दृष्टिकोण
  • सैद्धान्तिक मात्र होइन
  • सुसमाचारका पुस्तक-विवाद अझै सुल्झिएको छैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येशूको साँचो चिनारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • येशूबारे सत्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • सुसमाचारका पुस्तक-इतिहास वा मिथ्या?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १२/१५ पृ. ३-४

शास्त्रविद्‌हरूको भनाइमा सुसमाचारको पुस्तक

“मको हुँ भनेर मानिसहरू भन्छन्‌?” (लूका ९:१८) येशूले लगभग २,००० वर्षअघि आफ्ना चेलाहरूलाई यो प्रश्‍न गर्नुभएको थियो। त्यतिबेला यो प्रश्‍न विरोधाभासपूर्ण भयो। यस कुरा अहिले र विशेषगरि क्रिसमसको समयमा झनै विरोधाभासपूर्ण भएको देखिन्छ किनभने यो उत्सव येशूमा केन्द्रित भएको मानिन्छ। येशूलाई मानिसजातिको उद्धारको निम्ति स्वर्गबाट पठाइएको भनेर थुप्रैले विश्‍वास गर्छन्‌। के तपाईं पनि त्यसरी नै सोच्नुहुन्छ?

कोही कोही शास्त्रविद्‌हरू अर्कै दृष्टिकोण राख्छन्‌। धर्म र संस्कृतिका प्राध्यापक मार्कस जे. बर्ग यस्तो दाबी गर्छन्‌, “आफू संसारका पापहरूका लागि मर्नुहुने परमेश्‍वरका पुत्र हुँ भनेर येशूले शिक्षा दिनुभएको थियो भन्‍ने धारणाको ऐतिहासिक सत्यता छैन।”

वास्तविक येशू बाइबलमा उल्लिखित येशूभन्दा भिन्दै हुनुहुन्थ्यो भनेर अरू शास्त्रविद्‌हरू दाबी गर्छन्‌। सुसमाचारका सबै पुस्तकहरू येशूको मृत्युको चार दशक वा धेरै दशकपछि लेखिएका थिए र त्यतिबेलासम्म येशूको साँचो परिचय झन्‌ प्रष्टिसकेको थियो भनेर कोही विश्‍वास गर्छन्‌। लेखकहरूले स्मरण गर्न नसक्दा होइन तर ती लेखकहरूले अर्थ खुलाउन नसक्दा अनुवादमा समस्या खडा भएको थियो भनेर शास्त्रविद्‌हरूको दाबी छ। येशूको मृत्युपछि उहाँका चेलाहरूले उहाँलाई भिन्दै दृष्टिकोणले अर्थात्‌ परमेश्‍वरको पुत्र, मुक्‍तिदाता र मसीहको रूपमा हेर्न थाले। कोही कोहीले चाहिं येशू घुमन्ते साधु र सामाजिक आन्दोलनकारीबाहेक कोही होइनन्‌ भनेर दृढतासाथ दाबी गर्छन्‌। र यही नै सुसमाचार पुस्तकको सत्यता हो भनेर शास्त्रविद्‌हरू भन्छन्‌।

येशूबारे “विद्वतापूर्ण” दृष्टिकोण

आफ्नो “विद्वतापूर्ण” दृष्टिकोणको समर्थन गर्नको लागि येशूबारे देखिने कुनै पनि अलौकिक कुरालाई अस्वीकार गर्न आलोचकहरू उत्सुक देखिन्छन्‌। उदाहरणका लागि, येशूको अवैध जन्मलाई ढाकछोप गर्न उहाँ कन्या केटीबाट जन्मनुभएको हो भनेर कोही कोही भन्‍ने गर्छन्‌। अरूले चाहिं यरूशलेमको विनाशसम्बन्धी येशूका भविष्यवाणीहरूको “पूर्ति” भइसकेपछि मात्र ती भविष्यवाणीहरू सुसमाचारका पुस्तकहरूमा थपिएका थिए भनेर जोड दिंदै उहाँले गर्नुभएका ती भविष्यवाणीहरू अस्वीकार गर्छन्‌। कसै कसैले त के समेत भन्छन्‌ भने, येशूले पूर्णतया मनोवैज्ञानिक प्रभाव अर्थात्‌ कुनै कुराप्रति मनलाई काबूमा पारेर निको पार्ने कार्य गर्नुहुन्थ्यो। तपाईंलाई यस्ता दृष्टिकोणहरू सार्थक लाग्छ कि निरर्थक?

कोही शास्त्रविद्‌हरू त के समेत दाबी गर्छन्‌ भने, येशूका चेलाहरूले आफ्नो क्रियाकलापलाई जोगाउन पुनरुत्थानको कुरा रचेका हुन्‌। येशूका अनुयायीहरू उहाँबिना शक्‍तिविहीन थिए त्यसैले तिनीहरूले आफ्नो मालिकबारे कथा रचे भनेर शास्त्रविद्‌हरू तर्क गर्छन्‌। विशेषगरि शास्त्रविद्‌हरूको भनाइअनुसार ख्रीष्टको होइन तर मसीही धर्मको पुनरुत्थान भएको थियो। त्यो कुरा विद्वतापूर्ण ढंगमा हटाइएको जस्तो देखिन्छ भने, येशूलाई वास्तवमा हत्या गरिएको थिएन भन्‍ने धर्मविज्ञानी बार्ब्रा थोरिङको सुझाउबारे के भन्‍न सकिन्छ त? तिनको विश्‍वासअनुसार येशू यातना शूलीबाट बच्नुभयो र दुइपल्ट विवाह गरेर तीन छोराछोरीको पिता हुनुभयो।

यी सबै कथनहरूले येशूलाई थुप्रै शास्त्रविद्‌हरूका लागि स्वीकार्य अवस्थामा पुऱ्‍याउँछन्‌। ती अवस्था हुन्‌: “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई” आउनुभएको परमेश्‍वरको पुत्रबाहेक कुनै पनि रूप अर्थात्‌ ज्ञानी पुरुष, सामान्य यहूदी, सामाजिक सुधारक।—मत्ती २०:२८.

सम्भवतः यस वर्ष क्रिसमसको समयतिर तपाईंले येशूको जन्म डुँडमा भएको थियो भन्‍ने सुसमाचार पुस्तकका भागहरू पढ्‌नुभएको छ। वा यी कुराहरू तपाईंले चर्चमा सुन्‍नुभएको होला। के तपाईंले सुसमाचार पुस्तकका विवरणहरूलाई मूल्यवान्‌ र विश्‍वासयोग्य ठानी स्वीकार्नुभएको छ? त्यसोभए यस झसंग पार्ने परिस्थितिलाई ध्यान दिनुहोस्‌। येशू गोष्ठी भनौंदो गोष्ठीमा येशूका शब्दहरूको सत्यता निर्णय गर्न सन्‌ १९८५ देखि शास्त्रविद्‌हरू वर्षको दुइ पटक भेला भएका छन्‌। बाइबलले येशूबारे जे भन्छ, के साँच्चै येशूले त्यसै भन्‍नुभएको थियो त? गोष्ठीका सदस्यहरूले रंगीन काँचका टुक्राहरू प्रयोग गरेर त्यस विषयमा आफ्नो मत प्रकट गरे। रातो रंगको काँचको टुक्राको अर्थ येशूले साँच्चै भन्‍नुभएको थियो; गुलाबी रंगको काँचको टुक्राको अर्थ येशूले सम्भवतः भन्‍नुभएको थियो होला; खरानी रंगको काँचको टुक्राले शंका र कालो रंगको काँचको टुक्राले झूटो भनेर देखाउँथ्यो।

तपाईंलाई यो कुरा सुनेर अचम्म लाग्ला, येशूबारे बताइएका ८२ प्रतिशत शब्दहरू उहाँले सम्भवतः भन्‍नुभएको थिएन भनेर येशू गोष्ठीमा घोषणा गरिएको छ। मर्कूसको सुसमाचार पुस्तकको एउटा उद्धरण मात्र भरपर्दो ठानियो। भनिन्छ, लूकाको सुसमाचार “मौलिक कुरा नै पत्ता लगाउन नसकिने” खराब अफवाहले टन्‍न भरिएको छ। यूहन्‍नाको सुसमाचारको तीन पंक्‍तिबाहेक सबै पंक्‍तिहरूले झूटो भनेर चित्रित गर्ने कालो काँचको टुक्राको मत पाए र बाँकी पंक्‍तिहरूले शंकालाई चित्रित गर्ने काँचको टुक्राको मत पाए।

सैद्धान्तिक मात्र होइन

के तपाईं शास्त्रविद्‌हरूसित सहमत हुनुहुन्छ? के तिनीहरूले येशूबारे बाइबलमा पाइने भन्दा सही चित्रण प्रस्तुत गरिरहेका छन्‌? यी प्रश्‍नहरू विद्वतापूर्ण बहस मात्र होइनन्‌। यस वर्ष के स्मरण गर्नुहोला भने, बाइबलअनुसार परमेश्‍वरले येशूलाई “उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌” भनेर पठाउनुभयो।—यूहन्‍ना ३:१६.

हामीलाई कम मात्र थाह भएको घुमन्ते साधु येशू हुनुभएको भए उहाँलाई ‘विश्‍वास गर्नु’ निरर्थक हुनेथियो। अर्कोतर्फ येशूबारे बाइबलको चित्रण सत्य हो भने, यसमा हाम्रो अनन्त मुक्‍ति समावेश छ। तसर्थ, बाइबलमा येशूबारे सत्य कुरा छ कि छैन, हामीले थाह पाउनु खाँचो छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने