प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ५/१ pp. ४-७
  • कलंकित दुनियाँमा भरोसा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कलंकित दुनियाँमा भरोसा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • निष्ठाको पहिलो हार
  • निष्ठाको आधार
  • परीक्षामा पर्दा भरपर्दो हुनु
  • अय्यूबको निष्ठा
  • निष्ठा र मसीही सेवकाई
  • निष्ठाका इनामहरू
  • सत्यनिष्ठा कायम राख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • के तपाईं आफ्नो सत्यनिष्ठामा अडिग रहनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • तपाईं किन सत्यनिष्ठ हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • निष्ठाको मार्गमा हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ५/१ pp. ४-७

कलंकित दुनियाँमा भरोसा

“असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्‍नँ, त्यही म गर्नेगर्छु।” के तपाईंलाई पनि कहिलेकाहीं यस्तै लाग्छ? हरेस नखानुहोस्‌, असाधारण निष्ठावान्‌ मसीही भएर पनि प्रेरित पावललाई त्यस्तै समस्या परेको थियो। कुरा अलि विरोधाभासजस्तो भएन र? रोमका मसीहीहरूलाई पत्रमा उनले त्यस समस्या केलाउँदै यसरी लेखे: “खराब काम जो म गर्न चाहन्‍नँ, त्यही म गर्नेगर्छु। तर जो म इच्छा गर्दिनँ, त्यही गर्छु भने, त्यो गर्ने अब म होइनँ, तर मभित्र बास गर्ने पाप हो।”—रोमी ७:१९, २०.

त्यसै पत्रको केही अघिल्लो हरफमा उनले लेखे: “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरी नै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” त्यो “एउटै मानिस” आदम थिए। (रोमी ५:१२, १४) आदमबाट आएको पाप अर्थात्‌ पहिलो मानिस आदमले गरेको पाप नै मानिसजातिको पुर्ख्यौली असिद्धताको कारण थियो। त्यही कारणले गर्दा निष्ठा कायम राख्न गाह्रो भएको हो।

“पहिलो पापबारे” पावलको दृष्टिकोण आजभोलि त्यति स्वीकार्य मानिंदैन। किनभने विकासवादी सिद्धान्तको प्रभावले गर्दा धर्मविज्ञानीहरू सृष्टिसम्बन्धी बाइबलको विवरणलाई मान्यता दिंदैनन्‌। रोमी ५:१२-१४ को सम्बन्धमा एक आधुनिक टिप्पणीले यसो भन्यो, “शास्त्रविद्‌हरूले सम्पूर्ण विवरणलाई नै एकातिर पन्छाएका छन्‌।” यद्यपि, सय वर्षअगाडिसम्म बाइबलका टिप्पणीकारहरूले एकनासले यस्तो व्याख्या गरिरहेका थिए, “आदमले पाप गरेपछि . . . उसलाई पापको धब्बा लाग्यो अनि समयको अन्तरालमा यो पाप उसका सन्तान दरसन्तानमा सर्दै गयो।”a

निष्ठाको पहिलो हार

पहिलो मानिस आदमको अस्तित्वलाई अस्वीकार गरेझैं अचेलका मान्छेहरू शैतान अर्थात्‌ दियाबललाई पनि कथाको पात्र मात्र ठान्छन्‌।b तर असाधारण अख्तियार सम्पन्‍न व्यक्‍ति येशू ख्रीष्ट त्यसलाई यसो भन्‍नुहुन्छ, त्यो ता “सत्यमा ठहरेन।” अर्को शब्दमा भन्‍ने हो भने, ऊ भरपर्दो थिएन। (यूहन्‍ना ८:४४) अनि त्यही शैतानको लहैलहैमा लागेर आदम र उसकी पत्नी हव्वाले यहोवा विरुद्ध विद्रोह गरे अनि जाँचमा आफ्नो निष्ठा भंग गरे।—उत्पत्ति ३:१-१९.

हामी सबै आदमकै सन्तान भएका हुनाले हामीसित पनि पाप गर्ने झुकाउ छ। बुद्धिमान्‌ व्यक्‍ति सुलेमानले यसो भने: “संसारमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै भुल गर्दैन।” (उपदेशक ७:२०) तापनि, मानिसहरू भरपर्दो हुनै नसक्ने चाहिं होइन। त्यो कसरी सम्भव छ? किनभने निष्ठावान्‌ हुन मानिस सिद्ध नै हुनुपर्छ भन्‍ने छैन।

निष्ठाको आधार

इस्राएलका राजा दाऊदले धेरै गल्ती गरे, यहाँसम्म कि, बेतशेबासँग गरेको करणीबारे त स्पष्ट लिखित विवरण नै छ। (२ शमूएल ११:१-२७) दाऊदका त्यस्ता थुप्रै पापहरूले उनी पनि सिद्ध थिएनन्‌ भन्‍ने कुरा प्रष्ट पार्छन्‌। त्यसोभए यहोवाले तिनमा के देख्नुभयो त? दाऊदको छोरा सुलेमानलाई सम्बोधन गर्दै यहोवाले यसो भन्‍नुभयो: “[ निष्ठा] र सोझोपनामा. . . मेरो दृष्टिमा तेरा पिता दाऊदझैं हिं[ड्‌]।” (१ राजा ९:४) कैयौं भूलहरू गरे तापनि दाऊद भरपर्दो थिए भनेर यहोवालाई थाह थियो। किन?

दाऊदले सुलेमानलाई अर्ती दिंदा त्यसको जवाफ यसरी दिए: “परमप्रभुले सबै हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाह पाउनुहुन्छ।” (१ इतिहास २८:९) हुन त दाऊदले धेरै बिराम गरे, तर उनी नम्र थिए। अनि जे ठीक छ त्यही गर्न चाहन्थे। उनले लगातार हप्काइ र सुधार स्वीकारे। साँच्चै, उनले त्यसको माग पनि गरे। उनको अनुरोध थियो, “मलाई जाँच्नुहोस्‌, हे परमप्रभु र प्रमाणित गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्नुहोस्‌।” (भजन २६:२) अनि दाऊद साँच्चै शुद्ध तुल्याइए। बेतशेबासँग गरेको पापको कारण नमरूञ्जेल उनले नराम्रा नतिजाहरू भोगिरहनु पऱ्‍यो। तर दाऊदले बहाना बनाउने कोसिस भने कहिल्यै गरेनन्‌। (२ शमूएल १२:१-१२) एउटा महत्वपूर्ण कुरा के हो भने, उनी साँचो उपासनाबाट कहिल्यै तर्किएनन्‌। यो कारण र दाऊदको साँचो अनि हार्दिक आत्मग्लानी तथा पश्‍चात्तापले गर्दा यहोवा उनका पापहरूलाई क्षमा गर्न तयार हुनुभयो र उनलाई निष्ठावान्‌ व्यक्‍तिको रूपमा स्वीकार्नुभयो।—भजन ५१ अध्याय पनि हेर्नुहोस्‌।

परीक्षामा पर्दा भरपर्दो हुनु

शैतान अर्थात्‌ दियाबलले येशूको निष्ठा भंग गर्न भरमग्दूर परीक्षा गऱ्‍यो। विभिन्‍न दुःखकष्ट एवं कठिनाइका बावजूद पनि उहाँले निष्ठा कायम राख्नु परेको थियो, जबकि सिद्ध मानिस भएर निष्ठा कायम राख्न आदमले ईश्‍वरीय नियम मात्र पालन गरे पुग्थ्यो। यसबाहेक आफ्नो निष्ठामा भने मानव परिवारको छुटकारा निर्भर थियो भन्‍ने कुरा पनि येशूलाई राम्ररी थाह थियो।—हिब्रू ५:८, ९.

येशूले ध्यान गर्नुभएर अनि उपवास बस्नुभएर ४० दिन बिताउनुभएपछिको थकित अनि कमजोर अवस्थामा उहाँको निष्ठा भंग गर्ने सुर कसेर शैतान उहाँकहाँ पुग्यो। विभिन्‍न तीन तरिकामा उसले येशूको परीक्षा गऱ्‍यो; ढुङ्‌गालाई रोटी बनाउनु भनेर, मन्दिरको छानामाथिबाट हाम्फाल्नु, किनकि उहाँलाई स्वर्गदूतहरूले बचाउँछन्‌ र यसरी मसीह हुनुहुन्छ भन्‍ने चमत्कारपूर्ण चिह्न दिएर प्रमाणित पनि गर्न सकिन्छ भनेर र त्यसलाई “दण्डवत्‌ गर्नुभयो” भने संसारको सबै अख्तियार दिन्छु भनेर। तर ती सबै लालचलाई लत्याएर येशू यहोवाप्रति निष्ठावान्‌ हुनुभयो।—मत्ती ४:१-११; लूका ४:१-१३.

अय्यूबको निष्ठा

अय्यूबले परीक्षामा पर्दा पनि बलियो अडान लिएर निष्ठा नगुमाएको विवरण प्रायः सबैलाई थाह छ। चाखलाग्दो कुरा चाहिं के हो भने, आफूले सहनु परेको आपद्‌विपद्‌को कारण नै अय्यूबलाई थाह थिएन। शैतानले अय्यूबको नीति ठीक छैन भनेर दोष लगायो। अय्यूबले परमेश्‍वरलाई चढाएको भक्‍ति स्वार्थपूर्ण छ, यदि ज्यानको खतरा पऱ्‍यो भने कुनै हालतमा पनि निष्ठावान्‌ हुनेछैनन्‌ भनेर शैतानले दाबी गऱ्‍यो। यो कुरा अय्यूबलाई थाहै थिएन। शैतानको दाबी झूटो साबित गराउन परमेश्‍वरले अय्यूबलाई निकै दुःखदायी जाँचहरूमा पर्न दिनुभयो।—अय्यूब १:६-१२; २:१-८.

त्यसपछि तीन जना मित्र भनौंदाहरू देखा पर्छन्‌। तिनीहरूले जानाजानी परमेश्‍वरको स्तर र उद्देश्‍य विपरीत काम गर्छन्‌। तिनकी पत्नीले समेत त्यस मामिलालाई बुझ्न नसकेर त्यस्तो विपद्‌को घडीमा पतिलाई प्रोत्साहन दिन सक्दिनन्‌। (अय्यूब २:९-१३) तर अय्यूब डगमगिएनन्‌। “नमरुञ्जेल म निर्दोष छु भन्‍ने मेरो दाबीलाई म छोड़नेछैनँ। म तपाईंहरूलाई साँचो ठहराउन सक्‍तै सक्‍तिनँ, म ठीकै छु भन्‍ने मेरो दाबीलाई म कायम राख्नेछु, म बाँचुञ्जेल मेरो मन बद्‌लनेछैन।”—अय्यूब २७:५, ६.

अय्यूब र बाइबलमा उल्लेख गरिएका अन्य विश्‍वासी पुरुष र स्त्रीहरूको जीवन्त उदाहरणहरूले शैतानलाई नै झूटा साबित गरे।

निष्ठा र मसीही सेवकाई

के निष्ठा भनेको यहोवाले आफूलाई खुशी राख्न माग गर्ने गुण हो र? पटक्कै होइन। हामी मानवजातिको लागि नै यसको महत्त्व छ। हाम्रै भलाइ होस्‌ भनेर येशूले हामीलाई ‘यहोवा हाम्रा परमेश्‍वरलाई हाम्रो सारा हृदयले, र हाम्रो सारा प्राणले र हाम्रो सारा समझले प्रेम गर्ने’ सल्लाह दिनुभयो। साँच्चै “प्रमुख र प्रथम आज्ञा यही हो।” अनि यसलाई पालन गर्न पुरुष, स्त्री तथा केटाकेटी निष्ठावान्‌ हुनुपर्छ। (मत्ती २२:३६-३८) त्यसोभए निष्ठामा के के समावेश छ त? अनि यसबाट के कस्ता इनामहरू पाइन्छन्‌ नि?

निष्ठावान्‌ व्यक्‍तिले आफ्ना सहमानवहरूको मात्र होइन, स्वयं परमेश्‍वरको पनि भरोसा कमाउँछ। उसको कामैले उसको हृदय शुद्ध छ भनेर बताउँछ। उसमा कपट हुँदैन। छक्कापञ्जा गर्ने र भ्रष्ट हुँदैन। प्रेरित पावलले त्यस्ता मानिसबारे यसरी व्याख्या गर्छन्‌: “कपटमा नचलेर, परमेश्‍वरको वचनमा छलछाम नगरेर, हामीले शर्मका गुप्त कुराहरू त्यागेका छौं। तर सत्यलाई सफा देखाउँदै, परमेश्‍वरको दृष्टिमा, मानिसहरूका विवेकमा हामी आफैलाई सह्रनी गर्दछौं।”—२ कोरिन्थी ४:२.

मसीही सेवाको लागि हुनुपर्ने मनोवृत्तिबारे पावलले बताएको कुरा विचार गर्नुहोस्‌। यदि कुनै मसीहीको हात शुद्ध छैन अथवा उनी निष्ठावान्‌ छैनन्‌ भने कसरी अरूलाई मदत गर्लान्‌? हालै आफ्नो पदबाट राजीनामा दिने आयरिस धर्म सम्प्रदायका प्रमुख व्यक्‍तिले यसलाई चरितार्थ गरे। दि इन्डिपेन्डेन्ट समाचारपत्रअनुसार उनले यो कुरा कबुल गरे, “बाल यौन दुराचारी हो भनेर थाह हुँदाहुँदै पनि त्यस्तो पादरीलाई चर्चमा काम गर्न दिइरहें।” त्यससम्बन्धी विवरणअनुसार, त्यस्तो बाल यौनदुर्व्यवहार २४ वर्षसम्म कायमै रह्‍यो। उक्‍त पादरीलाई चार वर्षसम्म झ्यालखानामा राखियो। तर त्यस पीडाबाट प्रभावित बच्चाबारे सोच्नुहोस्‌, पादरीको गुरुले समेत नैतिक निष्ठा गुमाएको कारण त्यसबेला त्यस बालकलाई कस्तो असर पऱ्‍यो होला?

निष्ठाका इनामहरू

प्रेरित यूहन्‍ना निडर थिए। तिनीहरूको जोस दन्केको आगोजस्तै भएकोले येशूले उनी र उनका भाइ, याकूबलाई “गर्जनका छोराहरू” भन्‍नुभयो। (मर्कूस ३:१७) त्यस्तो असाधारण निष्ठावान्‌ व्यक्‍ति भएका हुनाले नै यूहन्‍नाले याकूबको साथमा खडा भएर यहूदी शासकहरूका सामने उनीहरू येशूसँगै आफूले देखेका र उहाँले गरेका कुराहरूको विषयमा ‘नबोलिकन बस्नै सक्दैनौं’ भने। यूहन्‍ना पनि एक प्रेरित नै थिए। उनले भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ४:१९, २०; ५:२७-३२.

झन्डै १०० वर्षको वृद्ध अवस्थामा “परमेश्‍वरको वचन र येशू ख्रीष्टको साक्षी” दिएको हुनाले यूहन्‍ना पतमोस नाउँको टापुमा निर्वासित भएको हुनुपर्छ। (प्रकाश १:९) उनले त्यस्तो बयोवृद्ध उमेरमा अब त आफ्नो सेवा पूरा भयो भन्‍ने सोचेका थिए होलान्‌। त्यस बेला उनी मात्र त्यस्तो निष्ठावान्‌ व्यक्‍ति थिए। त्यसैले प्रकाशको सनसनीपूर्ण दर्शन लेख्न उनी जस्तो निष्ठावान्‌ व्यक्‍ति मात्र भरपर्दो गनिन सक्थे। यूहन्‍नाले विश्‍वासपूर्वक यो काम फत्ते गरे। उनको लागि यो गजबकै मौका थियो! उनले अझै केही महत्त्वपूर्ण काम गर्न बाँकी थियो। पछि सम्भवतः एफिससको नजीकै बसेर उनले सुसमाचारको र अरू तीनवटा चिठ्ठी लेखे। यसरी उनको ७० वर्ष लामो भरपर्दो अनवरत सेवाको अन्ततिर उनले त्यस्तो सुअवसरहरू पाए!

भरपर्दो व्यक्‍ति हुनुमा पूर्ण सन्तुष्टि छ। परमेश्‍वरको दृष्टिमा भरपर्दो भइयो भने त झन्‌ दिगो इनाम पाइन्छ। अहिले साँचो उपासकहरूको “ठूलो भीड़” अनन्त जीवनको आशा मनमा सजाएर शान्तिमय नयाँ संसारमा प्रवेश गर्ने तयारी गर्दैछन्‌। (प्रकाश ७:९) यस रीतिरिवाजबाट आउने परीक्षा र शैतानले ल्याउन सक्ने विभिन्‍न चुनौतीहरू हुँदाहुँदै पनि नैतिकता अनि उपासनाको क्षेत्रमा निष्ठावान्‌ हुनु नितान्त आवश्‍यक छ। तर यहोवाले दिनुहुने शक्‍तिको आधारमा तपाईं सफल हुन सक्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌!—फिलिप्पी ४:१३.

भजनरचयिता दाऊद आफ्नो प्रार्थनामा यहोवालाई धन्यवाद चढाउँदै वर्तमान र भविष्यबारे हामीलाई हौसला दिंदै यसो भन्छन्‌: “मलाई तपाईंले मेरो [निष्ठा]मा सह्‍माल्नुहुन्छ र सदा तपाईंको नजरको सामने मलाई राख्नुहुन्छ। इस्राएलका परमेश्‍वर परमप्रभु . . . धन्यको हुनुहुन्छ। आमेन, आमेन।”—भजन ४१:१२, १३.

[[फुटनोटहरू]

a हाम्रो प्रभु र मुक्‍तिदाता, येशू ख्रीष्टको नयाँ नियम, विभिन्‍न लेखकहरूको छोटा टिप्पणीहरूसहितको अथोराइज्ड भर्सन-को (अंग्रेजी) टिप्पणी।

b शैतानको अर्थ “विरोधी” र दियाबलको अर्थ “निन्दक” हो।

[पृष्ठ ४-मा भएको चित्र]

दाऊदले पटक पटक बिराम गरे तापनि भरपर्दो साबित भए

[पृष्ठ ५-मा भएको चित्र]

भरपर्दो हुने सम्बन्धमा येशूले उत्तम उदाहरण बसाल्नुभयो

[पृष्ठ ७-मा भएको चित्रहरू]

भरपर्दो हुँदा ठूलो सन्तुष्टि प्राप्त हुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने