प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ६/१ p. २८
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • जागा रहने समय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • “दुष्ट पुस्ता[बाट]” जोगाइएका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ख्रीष्टको उपस्थिति—यसले तपाईंको लागि के अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ६/१ p. २८

पाठकहरूका प्रश्‍नहरू

नोभेम्बर १, १९९५-को “प्रहरीधरहरा” येशूले मत्ती २४:३४ मा “यो पुस्ता[बारे]” भन्‍नुभएको कुरामा केन्द्रित थियो। के त्यस छलफलले परमेश्‍वरको राज्य सन्‌ १९१४ मा स्वर्गमा स्थापना भयो भनी हामीले धेरै अघिदेखि बुझ्दै आएको कुरा अनिश्‍चित छ भन्‍न खोजेको हो?

प्रहरीधरहरा-को त्यस छलफलले सन्‌ १९१४ बारे हाम्रो आधारभूत शिक्षामा कुनै परिवर्तन प्रस्तुत गरेन। येशूले आफू परमेश्‍वरको राज्य शक्‍तिमा आउनुहुँदा देखिने चिह्न प्रस्तुत गर्नुभयो। सन्‌ १९१४ देखि त्यो चिह्न पूरा भइरहेको हामीले प्रशस्त प्रमाण पाएका छौं। अनि सन्‌ १९१४ देखि येशू परमेश्‍वरको राज्यमा राजाको हैसियतमा सक्रिय हुनुभएको छ भनेर हामी युद्ध, भोकमरी, रोगव्याधि, भैंचालो र अन्य घटनाहरू सविवरण प्रस्तुत गर्नसक्छौं। यस कुराले त्यस समयदेखि हामी यस रीतिरिवाजको अन्तिम दिनमा बाँचिरहेका छौं भनेर संकेत गर्छ।

त्यसोभए, त्यस प्रहरीधरहरा-ले कुन कुरा स्पष्ट पारिरहेको थियो? वास्तवमा, येशूले मत्ती २४:३४ मा “पुस्ता” शब्द प्रयोग गर्नुभएको ढंगले यो कुरा स्पष्ट पार्छ। त्यहाँ यसो भनिएको छ: ”म तिमीहरूलाई साँच्चै भन्दछु, कि यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ।” येशूले “पुस्ता” भनी चलाउनुभएको शब्दले उहाँको समय र अहिले हाम्रो समयको लागि कस्तो अर्थ राख्छ?

येशूले यहूदी नेताहरू वा आफ्ना वफादार चेलाहरूजस्तो कुनै सानो वा बेग्लै समूहलाई बुझाउन “पुस्ता” शब्द प्रयोग गर्नुभएन भनी धेरै शास्त्रपदहरूले पुष्टि दिन्छन्‌। बरु, आफूलाई इन्कार गर्ने यहूदीहरूको जमातलाई निन्दा गर्न उहाँले उक्‍त शब्द प्रयोग गर्नुभयो। तर आनन्दको कुरा, प्रेरित पत्रुसले पेन्तिकोसको दिनमा गरेको आग्रहअनुरूप मानिसहरूले पश्‍चात्ताप गरेर “दुष्ट पुस्ताबाट” बच्नसक्थे।—प्रेरित २:४०.

स्पष्ट छ, पत्रुसले “पुस्ता[लाई]” कुनै खास उमेरका मानिसहरू वा समयावधि वा निश्‍चित मितिसँग गाँसेनन्‌। सा.यु. २९ कै पुस्ता वा उहाँ जन्मनुभएकै सालमा जन्मेको पुस्ताबाट बच्नुपर्छ भनी तिनले भनेनन्‌। पत्रुसले त्यतिबेलाका अविश्‍वासी यहूदीहरूबारे बताउँदैथिए र तिनीहरूमध्ये कोही जवान त कोही वृद्ध थिए होलान्‌। तिनीहरूलाई येशूको शिक्षा थाह थियो, तिनीहरूले उहाँका चमत्कारहरू देखेका वा त्यसबारे सुनेका थिए तर उहाँलाई मसीहको रूपमा स्वीकारेका थिएनन्‌।

स्पष्टतः, येशू आफ्ना चार प्रेरितहरूसित जैतून डाँडामा हुनुहुँदा उहाँले चलाउनुभएको “पुस्ता” शब्दलाई पत्रुसले यसरी नै बुझेका थिए। येशूका भविष्यसूचक शब्दहरूअनुसार त्यस समयावधिका यहूदीहरू, मुख्यतया येशूका समकालीनहरूले यहूदी रीतिरिवाजको अन्त नजीकै छ भनेर प्रमाणित गर्ने युद्ध, भैंचालो, अनिकाल वा अन्य घटनाहरू भोग्ने वा सुन्‍नेथिए। भनौं भने, सा.यु. ७० मा अन्त नआउञ्जेल त्यो पुस्ता बित्ने थिएन।—मत्ती २४:३-१४, ३४.

तथापि, सबैले एउटा कुरा भने स्वीकार्नैपर्छ, त्यो के हो भने, हामीले येशूका शब्दहरूलाई सधैं त्यस्तै ढंगमा बुझेका छैनौं। अन्त कहिले आउनेछ भनेर निश्‍चित घडी जान्‍न चाहने असिद्ध मानिसहरूको झुकाउ हुन्छ। सम्झनुहोस्‌ त, प्रेरितहरूले पनि अरू थुप्रै निश्‍चित विवरणहरू जान्‍न चाहेकाले यस्तो प्रश्‍न गरे: “हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?“—प्रेरित १:६.

त्यस्तै निष्कपट मनसाय राखेर परमेश्‍वरका आधुनिक समयका सेवकहरूले पनि येशूले “पुस्ता[बारे]” बताउनुभएको कुराबाट सन्‌ १९१४ देखि स्पष्ट छुट्टिने समयावधि गणना गर्न खोजेका छन्‌। उदाहरणका लागि, यस्ता तर्कहरू गरिएका छन्‌: एउटा पुस्ता ७०, ८० वर्ष लामो हुनसक्छ। साथै, मानिसहरू पहिलो विश्‍वयुद्ध तथा अन्य घटनाहरूको महत्त्व बुझ्नसक्ने उमेरका थिए; यसरी अन्त कति नजीक छ भनेर हामी गणना गर्नसक्छौं।

जस्तोसुकै राम्रो नियतले त्यस्तो सोचेको भए तापनि के त्यो येशूले दिनुभएको सल्लाहअनुरूप थियो? येशूले यसो भन्‍नुभयो: “त्यस दिन र घडीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र। . . . यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ।”—मत्ती २४:३६-४२.

अतः “[यो] पुस्ता[बारे]” हालैको जानकारीले सन्‌ १९१४ मा भएको घटनालाई भने परिवर्तन गरेन। तर येशूले प्रयोग गर्नुभएको “पुस्ता” शब्दलाई अझ स्पष्टसित बुझ्नसक्यौं। तर त्यसैलाई आधार मान्दै सन्‌ १९१४ देखि यताको समय गनेर अन्त कति नजीक छ भन्‍नु मिल्दैन भनी बुझ्न मदत दियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने