प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ८/१५ पृ. ३१
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • जब येशू राजकीय महिमामा आउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मसीहीहरूले गोप्य राख्नै नहुने कुरा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • एउटा पवित्र रहस्य खोलिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “पवित्र रहस्यमा भएको परमेश्‍वरको बुद्धि”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ८/१५ पृ. ३१

के तपाईंलाई सम्झना छ?

के तपाईंले हालै प्रकाशित प्रहरीधरहरा-का अंकहरू पढेर व्यवहारिक लाभ उठाउनुभएको छ? त्यसोभए, निम्न प्रश्‍नहरूबाट आफ्नो स्मरण जाँच्नुहोस्‌:

◻ आरमागेडोन कस्तो हुनेछ? (प्रकाश १६:१४, १६)

यो आणविक विध्वंश वा मानिसहरूको कारणले हुने प्रकोपजस्तो हुनेछैन। यो त सारा मानव युद्धहरू अन्त गर्ने र यस्ता युद्धहरूलाई उक्साउने सबैलाई नष्ट गर्ने परमेश्‍वरको युद्ध हो। यो, शान्तिप्रियहरूलाई साँचो शान्ति दिने परमेश्‍वरको युद्ध हो। अबेर हुनेछैन। (हबकूक २:३)—४/१५, पृष्ठ १७.

◻ कस्तो प्रकारको विवाहले यहोवाको आदर गर्छ?

सांसारिक तौरतरिकाभन्दा आध्यात्मिक कुराहरूलाई महत्त्व दिएको विवाहले साँच्चै यहोवाको आदर गर्नेछ। संसारको अन्धविश्‍वास र अचाक्लीपनलाई त्यागेर मसीहीहरूले त्यस अवसरको आनन्द उठाउनेछन्‌। संसारका त्यस्ता कुराहरूलाई आफ्नो नियमित ईश्‍वरतान्त्रिक क्रियाकलापमा बाधा ल्याउन नदिनका साथै देखावटीपनको साटो विनय प्रदर्शित गर्छन्‌।—४/१५, पृष्ठ २६.

◻ निष्ठावान्‌ व्यक्‍तिका विशेषताहरू के हुन्‌?

निष्ठावान्‌ व्यक्‍तिले आफ्ना सहमानवहरूको मात्र होइन, स्वयं परमेश्‍वरको पनि भरोसा कमाउँछ। उसको कामैले उसको हृदय शुद्ध छ भनेर बताउँछ। उसमा कपट हुँदैन। छक्कापञ्जा गर्ने वा भ्रष्ट हुँदैन। (२ कोरिन्थी ४:२)—५/१, पृष्ठ ६.

◻ यर्मियाले किन यसो भनेका: “आफ्नो युवावस्थामानै जुवा बोक्नु मानिसलाई असल हुन्छ”? (विलाप ३:२७)

युवावस्थामै समस्याहरूसँग जुझ्न सिक्ने व्यक्‍तिले वयस्क हुँदाका समस्याहरू पनि समाधान गर्नसक्छन्‌। (२ तिमोथी ३:१२) तर विश्‍वासी हुन सक्यो भने परिस्थितिसँग सम्झौता गरेर प्राप्त हुने छुटकाराभन्दा कैयौं गुणा बढी फाइदा हुनसक्छ।—५/१, पृष्ठ ३२.

◻ येशूको रूप परिवर्तन भएको दर्शनमा मोशा र एलियाले क-कसको पूर्णचित्रण गर्छन्‌?

येशूको रूप परिवर्तन भएको दर्शनमा मोशा र एलियाले येशूका अभिषिक्‍त भाइहरूको उपयुक्‍त ढंगमा चित्रण गर्छन्‌। तिनीहरूले येशूसँगसँगै “साझे-हकवाला” हुन पवित्र आत्माद्वारा नियुक्‍त हुने अभिषिक्‍त मसीहीहरूको चित्रण गर्छन्‌ जसले स्वर्गीय राज्य प्रबन्धमा “उहाँसँगै महिमित” हुने अद्‌भुत आशा पनि पाएका छन्‌। (लूका ९:३०, ३१; रोमी ८:१७; २ थिस्सलोनिकी १:१०)—५/१५, पृष्ठ १२, १४.

◻ परमेश्‍वरको “पवित्र गोप्य” (NW) के हो? (१ कोरिन्थी २:७)

यहोवाको “पवित्र गोप्य” (NW) येशू ख्रीष्टमा केन्द्रित छ। (एफिसी १:९, १०) त्यो केवल येशू नै प्रतिज्ञा गरिएको वंश वा मसीह हुनुहुन्छ भन्‍ने परिचय मात्र होइन। परमेश्‍वरको उद्देश्‍य पूर्ति गर्नाका लागि उहाँलाई निर्वाह गर्न लगाइएको भूमिका पनि त्यसमा समावेश छ।—६/१, पृष्ठ १३.

◻ वृद्धावस्था वा बिरामीप्रति मसीहीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

परीक्षाले गर्दा यहोवाको सेवा गर्न सकिनँ भन्‍नुको साटो यो परीक्षाले गर्दा परमेश्‍वरमा अझै भर पर्ने मौका पाएको छु भन्‍ने सकारात्मक दृष्टिकोण राख्नुहोस्‌। नबिर्सनुस्‌, मसीही हुनुको मोल कसले कत्ति सेवा गर्नसक्छ, त्यसले होइन तर विश्‍वास र प्रेमको गहिराइद्वारा नापिन्छ। (मर्कूस १२:४१-४४)—६/१, पृष्ठ २६.

◻ बाइबल लेख्न स्वर्गदूतहरूको साटो मानिसहरूलाई चलाएर यहोवाले कसरी आफ्नो महान्‌ बुद्धि देखाउनुभयो?

मानव विचारहरू पटक्कै नहुँदो हो त बाइबलका सन्देशहरू बुझ्न हामीलाई धौ-धौ पर्नेथियो। यसबाहेक, बाइबलमा मानिसमा पाइने न्यानोपना, विविधता र आकर्षण पनि छ।—६/१५, पृष्ठ ८.

◻ पारिवारिक आनन्दको रहस्य के हो?

पारिवारिक आनन्दको रहस्य, बाइबल र त्यसका सिद्धान्तहरूको उपयोगमा निर्भर छ। ती सिद्धान्तहरू हुन्‌, जस्तै आत्मसंयम, शिरत्वलाई स्वीकार्ने, खुलस्त कुराकानी र प्रेम।—६/१५, पृष्ठ २३, २४.

◻ येशूले गर्नुभएको निवारण कार्य अहिले जताततै देखिएका वा दाबी गरिएका निवारण कार्यभन्दा कसरी एकदमै फरक थियो?

येशूले निको पार्नुहुँदा भावनात्मक प्रदर्शन अर्थात्‌ भीडका मान्छेहरू चिच्याउने, मन्त्र जप्ने, रूँदै विलाप गर्ने, मूर्छा पर्ने र उहाँ चाहिं नाटकीय ढंगमा उत्तेजित हुने जस्ता कुरा भएनन्‌। त्यसबाहेक, रोगीले पूर्णतया विश्‍वास नगरेमा वा तिनीहरूले उदारचित्तले दान दिएनन्‌ भनेर बहाना बनाउनुहुँदै येशूले कहिल्यै निको पार्न इन्कार गर्नुभएन।—७/१, पृष्ठ ५.

◻ यहोवाले आफ्नो नाउँ र राज्यसम्बन्धी उद्देश्‍यमा सहभागी हुन हामीलाई कसरी मदत दिनुभएको छ?

प्रथमतः, यहोवाले आफ्ना जनहरूलाई सत्य सुम्पनुभएको छ। दोस्रो, तिनीहरूलाई पवित्र आत्मा दिनुभएको छ। अनि तेस्रो हो, हामीले विश्‍वव्यापी भ्रातृत्व र उपासनाको लागि आनन्ददायी संगठनात्मक प्रबन्ध पाएका छौं।—७/१, पृष्ठ १९, २०.

◻ सद्‌गुण भनेको के हो?

सद्‌गुण भनेको नैतिक श्रेष्ठता, भलाइ, सही कार्य तथा सोचाइ हो। यो निष्क्रिय नभई सक्रिय, सकारात्मक गुण हो। सद्‌गुण भनेको पाप नगर्नु मात्र होइन। यसको अर्थ असल काममा लागिरहनु हो। (१ तिमोथी ६:११)—७/१५, पृष्ठ १४.

◻ आमाबाबुले छोराछोरीलाई दिनसक्ने सबैभन्दा बहुमूल्य पुर्ख्यौली सम्पत्ति के हो?

प्रेम देखाएर राम्रो उदाहरण बसाल्नु नै सबैभन्दा बहुमूल्य पुर्ख्यौली सम्पत्ति हो। उल्लेखनीय कुरा के हो भने, आमाबाबुले परमेश्‍वरप्रति साँचो प्रेम व्यक्‍त गरेको तथा प्रकट गरेको छोराछोरीले देख्नु तथा सुन्‍नु खाँचो छ।—७/१५, पृष्ठ २१.

◻ पारिवारिक अध्ययन प्रभावकारी बनाउन नभई नहुने केही कुराहरू के हुन्‌?

पारिवारिक अध्ययन नियमित हुनुपर्छ। अध्ययनको लागि तपाईंले ‘समय निकाल्नुपर्छ।’ (एफिसी ५:१५-१७, NW) बच्चाहरूका लागि अध्ययन समय रुचिकर बनाउन बाइबललाई जीवन्त बनाउनसक्छौं। अध्ययनबाट आनन्द उठाउन बच्चाहरूले तिनीहरूलाई नछुट्याएको महसुस गर्नुपर्छ।—८/१, पृष्ठ २६, २८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने