प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ११/१ pp. ३०-३१
  • येशूले केटाकेटीसँग समय बिताउनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले केटाकेटीसँग समय बिताउनुभयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशू केटाकेटीलाई स्वागत गर्नुहुन्छ
  • हाम्रोलागि पाठ
  • के तपाईंसित “ख्रीष्टको मन” छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • हाम्रा छोराछोरी—एउटा बहुमूल्य उत्तराधिकार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • येशू किन महान्‌ शिक्षक हुनुहुन्थ्यो?
    महान्‌ शिक्षकबाट सिकौं
  • येशू साना केटाकेटीहरूलाई माया गर्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ११/१ pp. ३०-३१

तिनीहरूले यहोवाको इच्छा गरे

येशूले केटाकेटीसँग समय बिताउनुभयो

येशूको साढे तीन वर्ष लामो सेवकाई अन्त हुनै लागेको थियो। उहाँ चाँडै नै येरूशलेम प्रवेश गर्न र त्यहाँ कष्टकर मृत्यु भोग्न लाग्नुभएको थियो। उहाँलाई अब छिट्टै हुन लागेको कुरा राम्ररी थाह थियो। त्यसैकारण, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मानिसको पुत्र मानिसहरूको हातमा सुम्पिनेछ, र तिनीहरूले उसलाई मार्नेछन्‌।”—मर्कूस ९:३१.

निस्सन्देह, येशू बाँकी रहेका हरेक दिन, हरेक घण्टा अनि हरेक पलको सर्वोत्तम लाभ उठाउन चाहनुहुन्थ्यो। उहाँका चेलाहरूलाई अझै पनि ध्यान दिनु आवश्‍यक थियो। येशूले तिनीहरूलाई नम्रता अनि कुनै पनि समय अवरोध खडा गर्नसक्ने कुराबारे अझै कडा सल्लाह दिनुपर्ने आवश्‍यकता देख्नुभयो। (मर्कूस ९:३५-३७, ४२-४८) तिनीहरूलाई विवाह, सम्बन्ध विच्छेद र अविवाहित रहने विषयमा पनि निर्देशन चाहिएको थियो। (मत्ती १९:३-१२) येशूले आफ्नो मर्ने बेला थाह पाउनुभएर आफ्ना चेलाहरूसँग पक्कै पनि छोटकरीमा अनि तत्परतासहित कुरा गर्नुभयो। यो एकदमै महत्त्वपूर्ण समय थियो। येशूले केही समयपछि गर्नुभएको कामले त्यस समयलाई झनै उल्लेखनीय बनायो।

येशू केटाकेटीलाई स्वागत गर्नुहुन्छ

बाइबल विवरण यसो भन्छ: “मानिसहरूले ससाना केटाकेटीहरूलाई, उहाँले तिनलाई छोइदिऊन्‌ भन्‍ने खातिरले, उहाँकहाँ ल्याए।” चेलाहरूले तिनीहरूलाई देख्नासाथ हकारे। तिनीहरूले येशू महत्त्वपूर्ण व्यक्‍ति हुनुहुन्थ्यो अथवा केटाकेटीलाई ध्यान दिइरहने उहाँसँग समय नै थिएन भन्ठानेका हुनसक्छन्‌। यसो कल्पना गर्नुहोस्‌ त, येशू चेलाहरूसँग रुष्ट हुनुहुँदा तिनीहरू कत्ति चकित भए होलान्‌! उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो।” त्यसपछि येशू कुरा थप्नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई साना बालकले जस्तै ग्रहण नगर्ला त्यो कदापि त्यसभित्र पस्नेछैन।”—मर्कूस १०:१३-१५.

येशूले केटाकेटीहरूमा प्रशंसनीय गुनहरू देख्नुभयो। तिनीहरू साधारणतया जिज्ञासु र भरोसायोग्य हुन्छन्‌। तिनीहरूले आफ्ना आमाबाबुका वचन शिरोपर गर्नुका साथै अरू केटाकेटीसामु आमाबाबुको पक्ष लिन्छन्‌। तिनीहरूको ग्रहणशील र शिक्षणीय स्वभाव परमेश्‍वरको राज्यमा प्रवेश गर्न चाहनेहरू सबैले अनुकरण गर्न लायकको छ। किनकि येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य यस्तैहरूको हो।”—मत्ती १८:१-५ तुलना गर्नुहोस्‌।

तर येशूले ती केटाकेटीलाई दृष्टान्तको निम्ति मात्र प्रयोग गरिरहनुभएको थिएन। येशू ती केटाकेटीबीच बस्न रुचाउनुहुन्थ्यो भनेर विवरणले स्पष्टसित बताउँछ। मर्कूसअनुसार येशूले “तिनीहरूलाई काखमा लिएर तिनीहरू माथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।” (मर्कूस १०:१६) मर्कूसको विवरणमा मात्र येशूले “तिनीहरूलाई काखमा लिए” भन्‍ने न्यानो विवरण पाइन्छ।a अतः येशूले ती मानिसहरूको प्रत्याशाभन्दा ठूलो काम गर्नुभयो। किनकि तिनीहरू त उहाँले केटाकेटीलाई “छोइदिऊन्‌” भन्‍ने मात्र चाहन्थे।

येशूले “तिनीहरू माथि आफ्नो हात” राख्नुको अर्थ के थियो? यसले बप्तिस्मा दिएझैं कुनै धार्मिक विधि पूरा गर्नु भन्‍ने बुझाउँदैन। हुन त, केही अवसरहरूमा मानिसहरूमाथि हात राख्नाले नियुक्‍त गरिएको बुझाउँथ्यो भने अन्य अवसरहरूमा चाहिं आशीर्वाद दिएको जनाउँथ्यो। (उत्पत्ति ४८:१४; प्रेरित ६:६) अतः येशूले ती केटाकेटीहरूलाई आर्शिवाद दिनुभएको हुनसक्छ।

जे भए तापनि, मर्कूसले “आशीर्वाद” (कट्युलोजिअ) बुझाउन तीव्र शक्‍ति बोध गराउने सशक्‍त शब्द प्रयोग गरे। यसको मतलब येशूले केटाकेटीहरूलाई व्यग्रता, कोमलता अनि प्रेमका साथ आशीर्वाद दिनुभयो। स्पष्टतः उहाँले केटाकेटीहरू अलमल्याउने बोझ मात्र हुन्‌ भन्‍ने विचार गर्नुभएन।

हाम्रोलागि पाठ

येशूले केटाकेटी अनि वयस्कहरूसँग न धम्काउने नता होच्याउने व्यवहार नै गर्नुहुन्थ्यो। एउटा पुस्तकअनुसार “उहाँ अनायासै मुस्कुराउनुहुन्थ्यो अनि आनन्दसित हाँस्नुहुन्थ्यो होला।” चाहे जुनसुकै उमेरका मानिसहरू किन नहोस्‌, तिनीहरूलाई उहाँसामु जान अप्ठ्यारो नलाग्नु कुनै छक्कलाग्दो कुरा होइन। येशूको उदाहरण विचार गर्दै हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्नसक्छौं, ‘के अरूले मसँग धक नमानी कुरा गर्नसक्छन्‌?’ ‘के म अरूको कामकुरा अनि चासोप्रति विचार पुऱ्‍याउनै नसक्नेगरि व्यस्त देखिन्छु कि?’ मानिसहरूप्रति निष्कपट चासो राख्यौं भने येशूले जस्तै हामी आफूलाई अर्पण गर्न उत्प्रेरित हुनेछौं। अरूले तिनीहरूप्रतिको हाम्रो साँचो चासो महसुस गर्नेछन्‌ र हामीसँग घनिष्ठ हुनेछन्‌।—हितोपदेश ११:२५.

मर्कूसको विवरणअनुसार येशू केटाकेटीहरूसँग बस्नुहुँदा रमाइलो मान्‍नुहुन्थ्यो। उहाँले तिनीहरू खेलेको पनि नियाल्नुभएको हुनसक्छ किनकि उहाँले एकचोटि तिनीहरूको खेल दृष्टान्तमा प्रयोग गर्नुभयो। (मत्ती ११:१६-१९) येशूले आशीर्वाद दिनुभएका केही केटाकेटीहरू यति स-साना थिए होलान्‌ कि तिनीहरूले उहाँलाई चिन्‍न अनि उहाँको शिक्षा बुझ्नै सक्दैनथे। तर उहाँले आफ्नो समय बेकार खेर गयो भन्‍ने महसुस गर्नुभएन। उहाँले केटाकेटीप्रतिको प्रेमको कारण तिनीहरूसँग समय बिताउनुभयो। हुनसक्छ, येशूले सेवकाईमा भेट्‌नुभएका थुप्रै केटाकेटी उहाँको प्रेमद्वारा उत्प्रेरित भएर पछि उहाँको चेला भए होलान्‌।

येशूले आफ्नो जीवनको संकष्टपूर्ण अन्तिम हप्ताहरूमा त केटाकेटीहरूसँग समय बिताउनुभयो भने हामी तिनीहरूका निम्ति आफ्नो व्यस्त तालिकाबाट अवश्‍य समय निकाल्नसक्छौं। हामीले खासगरि टुहुरा केटाकेटीहरूजस्ता विशेष आवश्‍यकतामा परेकाहरूलाई विचार गर्नुपर्छ। साँच्चै, राम्ररी रेखदेख गरियो भने सबै केटाकेटीहरू फल्नफुल्न सक्नेछन्‌। हामीले तिनीहरूलाई सकेसम्म प्रेम र मदत गरेको यहोवा चाहनुहुन्छ।—भजन १०:१४.

[फुटनोट]

a एउटा अनुवादमा येशूले तिनीहरूलाई “अंगालो हाल्नुभयो” भनिएको छ। अर्को अनुवादअनुसार उहाँले “तिनीहरूलाई बाहुपाशमा लिनुभयो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने